काठमाडौं : जथाभावी धारिलो हतियारले मानिसलाई आक्रमण गर्दै हिँड्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जाजरकोट घर भएका २० वर्षीय रामबहादुर विक नाम बताउने युवकले भक्तपुर क्षेत्रमा धारिलो हतियार प्रहार गर्दै हिँडेका थिए। हतियार प्रहारका कारण दुई जना घाइते समेत भएका छन्। 'के खाएर वा कुनै कारणले खुलेको छैन। तर, मानिसलाई आक्रमण गर्दै हिँडेपछि नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी परिसर…
काठमाडौँः प्रदेश नम्बर ३ को राजधानी काभ्रे तोकियोस् भन्ने विवेकशील पार्टीको प्रस्ताव दुई तिहाईले अस्वीकृत भएको छ। विवेकशीलका रमेश पौड्यालले उक्त प्रस्ताव पेश गरेका थिए। प्रस्तावको पक्षमा ३ र विपक्षमा १०१ मत पर्यो। सभामुख सानुकुमार श्रेष्ठले उक्त प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। अहिले हेटौँडा कायम गरियोस् भन्ने प्रस्तावमा मतदान भइरहेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरु हेटौडाका विपक्षमा थिए। उनीहरुले…
काठमाडौँ : सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ। हिउँदे अधिवेशन प्रारम्भ भएको तीन साता भए पनि सभामुख चयनको प्रक्रिया अघि बढ्न सकेको छैन। उम्मेद्वार चयनमा विवाद हुँदा निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको छैन। अधिवेशन प्रारम्भबाहेक अन्य बैठक सूचना टाँसेर स्थगित हुँदै आएका छन्। शनिवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो। तर,…
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदैछन्। आज हुने पहिलो खेलमा थ्री स्टार क्लबले फ्रेन्डस क्लबको सामना गर्नेछ। आज १२ बजेबाट शुरुहुने खेलमा उपाधि दावेदारसमेत मानिने थ्री स्टार क्लब जित निकाल्दै शीर्ष स्थानको मछिन्द्र क्लबसँग बराबरी गर्ने लक्षका साथ उत्रने छ। यता फ्रेन्डस क्लबको लक्ष जित निकाल्दै रेलिगेसन जोनबाट माथि उठ्ने रहने छ। अंकतालिकामा थ्री…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि फराकिलो जित निकालेको छ। खेलमा हावी भएको घरेलु टोली युनाटेडले नर्विच सिटीलाई ४-० को फराकिलो अन्तरले हराएको हो। युनाइटेडको जितमा मार्कस रासफोर्डले २ गोल तथा एन्थोनी मार्टियल र म्यासन ग्रिनउडले समान १/१ गोल गरे। खेलको २७ औं मिनेटमा युनाइटेडले अग्रता बनाएको थियो। युनाइटेडका लागि २७ औं मिनेटमा रासफोर्डले गोल…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गतको गएराति भएको खेलमा टोटेनहम हट्सपरलाई हराउँदै लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। घरेलु टोली टोटेनहमलाई १-० ले हराउँदै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो। लिभरपुलको जितमा रोबर्टो फर्मिन्होले निर्णायक गोल गरे। उनले खेलको ३७ मिनेटमा गरेको गोल नै लिभरपुलको जितका लागि पर्याप्त बन्यो। जितसँगै शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको लेस्टरसिटी भन्दा १६ अंकको अग्रता बनाएको छ।…
इङ्ग्लिस प्रिमियल लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बर्नलीमाथि जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सीले बर्नलीमा ३-० को जित निकालेको हो। चेल्सीको जितमा लागि जोर्गिन्हो, अब्राहम र हुडसन ओडोइले गोल गरे। खेलको २७ औं मिनेटमै जोर्गिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले पेनाल्टीमा पाएको अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए। ३८ औं मिनेटमा अब्राहमले अर्को गोल थपे। पहिलो…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा आर्सनल र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन्। क्रिस्टल प्यालेस घरेलु मैदानमा भएको खेलमा १-१ को बराबरीमा रोकिएको हो। खेलको १२ औं मिनेटमै आर्सनलले अग्रता बनाएको थियो। आर्सनलका लागि ओबामेयाङले गोल गर्दै खेलमा अग्रता बनाए। पहिलो हाफमा आर्सनल नै अगाडी रह्यो तर दोस्रो हाफमा क्रिस्टल प्यालेस बराबरीमा फर्कन सफल रह्यो। खेलको ५४ औं मिनेटमा जोर्डन…
दीपिका पादुकोणको फिगर र उनको सजधजले धेरैलाई तान्छ बलिउडमा। त्यसमा उनको पहिरन र गहना सधैं चर्चामा रहन्छ - रिलमा अथवा रिल बाहिर पनि। दीपकामाथिको यही दृष्टिकोणभन्दा ठीक विपरीत सिनेमाले यतिखेर थिएटरका पर्दामा उपस्थिति जनाएको छ। आफ्नो सुन्दर पहिचानका बाबजुद दीपिकाले जुन स्वरुपमा आफूलाई उतारेकी छिन्, त्यो सानो 'रिस्क' भने होइन। सन्दर्भ अरु केही होइन, उनको शुक्रवारमात्र रिलिज भएको फिल्म छपाकको…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै मछिन्द्र क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले जावलाखेललाई १-० गोल अन्तरले पराजित गरेको हो। खेलको एकमात्र गोल मछिन्द्रका विशाल राईले गरे। ३१ औँ मिनेटमा राईले गरेको गोल नै निर्णायक सावित भयो। छैठौँ चरणको पहिलो खेलमा जित निकालेको…
काठमाडौं : प्रहरीले हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौंको सिनामंगलबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घरेलु हतियार रिभल्बरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषाका २५ वर्षीय धर्वेन्द्र पासवान र सिरहाका ४१ वर्षीय दिनेश कुमार झा रहेको प्रहरीले जनाएको छ। झा शिवा गेष्ट हाउसका सञ्चालक भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। त्यस्तै पासवान भने ट्राभल एजेन्सी सञ्चालक हुन्। उनीहरुको सिनामंगलमा पार्किङ गरिरहेको बा १५…
सुमित मिश्र- जनकपुरधाम : दिलीप कुमार महतोको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले क्रसर सञ्चालक विपिन कुमार महतोलाई पक्राउ गरेको छ। महतोलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ भानुचोक नजिकबाट आज विहान करिब १० बजे नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए। यस भन्दा पहिले हिजो नै टिपर चालक मुनिन्द्र महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ। धनुषामा शुक्रवार…
इतिहासका कालखण्डको स्मृतिलाई जोगाइराख्न बलिउडले बेलाबेलामा तिनैमा आधारित भएर फिल्म बनाइरहन्छ। गएको वर्ष मनिकर्णिका, पानीपत, केसरी जस्ता फिल्महरु तिनै इतिहासलाई सम्झाउनेगरी तयार भएका थिए। २०२० को सुरुवातमै एउटा त्यस्तै वीरगाथा बोकेको फिल्म रिलिज भएको छ – तानहाजी – द अनसङ वारियर। भारतको प्रादेशिक इतिहासको कथा हो तानहाजी जुन महाराष्ट्रका वीर तानहाजी मलुसेराको सैनिक जीवनमा आधारित छ। नेपाली सिनेमा घरका पर्दाहरुमा…
सुमित मिश्र- जनकपुरधाम : शुक्रवार धनुषाको मिथिला नगरपालिकामा अवैध उत्खनन् रोक्न गएका दिलीपकुमार महतोलाई कुटपिट गरी हत्या गरिएको उनको परिवारले आरोप लगाएका छन्। दिलीपकी बहिनी लक्ष्मीका अनुसार साथी रोशन यादवको फोन आएलगत्तै बिहानै ४ बजे उनी घरबाट निस्किएका थिए। घरबाट निस्केको १५ मिनेट नबित्दै उनको हत्या भएको खबर पाएको लक्ष्मीले बताइन्। खबर पाएलगत्तै आफू खोला तर्फ गएको उनले बताइन्। उनले…
सुमित मिश्र- जनकपुर : मंगलवार जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारमाथि भएको दुर्व्यवहारको विभिन्न पार्टीसहित उद्योगीहरुले विरोध जनाएका छन्। उद्योग वाणिज्य संघ तथा राजनीतिक पार्टीले विज्ञप्ति जारी गर्दै निस्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग समेत गरेका छन्। पत्रकारमाथि कुटपिट हुनु निन्दनीय भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषाले पनि दोषीलाई कारबाहीको माग गरेको छ। नेकपा धनुषाका अध्यक्ष राजकिशोर यादवले संचारकर्मीमाथि दुर्व्यवहारको भर्त्सना…
काठमाडौं : ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले चौथो संशोधित तालिकामा पनि विद्युत उत्पादन गर्न नसक्ने पक्का भएको छ। तोकिएको समयमा आयोजना नसकिएपछि लागत बढेको बढ्यै छ। स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत ब्याज बाहेक ३५ अर्ब थियो। त्यो ब्याज र अमेरिकी डलरको एप्रिसेसनले ४८ अर्ब पुगेको थियो। तर, अहिले यो आयोजनाको लागत ७३ अर्ब पुग्ने अनुमान छ।…
काठमाडौं : स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको जिम्मेवारी थप भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ढकाललाई कानुन मन्त्रालय र सञ्चारमन्त्री बास्कोटालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार स्वास्थ्य…
काठमाडौं : नेपाल ट्रस्टको दरबारमार्ग स्थित जग्गामा यति समूहले बनाउँदै गरेको भवन निर्माण रोक्न अदालतले आदेश दिएको छ। भवनको संरचना पूरा भइसकेको छ भने अहिले भित्री निर्माणहरु जारी रहेको छ। यही अवस्थामा निर्माण रोकको आदेश आएको हो। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रवार जारी निर्माण रोक्न आदेश दिएको हो। अवैधानिक ढंगबाट सरकारले नेपाल ट्रष्टको जग्गा भाडामा…
अस्ट्रेलियामा जारी बिग व्यास लिग अन्तर्गत आजको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन्। मेलबर्न स्टार्समा आबद्ध लामिछानेले आज ४ ओभर बलिङ गर्दै ३९ रन दिएर २ विकेट लिएका हुन्। मेलबर्न (डकल्यान्डमा) जारी खेलमा मेलबर्न स्टार्सले टस जितेर मेलबर्न रेनेगेड्सलाई ब्याटिङको निम्ता दिएको थियो। रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनायो। रेनेगेड्सका लागि शाउन मार्सले…
फिल्म 'हिजो आजका कुरा' छायांकनको क्रममा छ। शुक्रबार बसुन्धरास्थित पानस बैंक्वेटमा फिल्ममा समावेश एक गीत भिडियोको छायांकन भइरहेको छ। उक्त भिडियोमा फिल्मका कलाकार बाहेक अन्य अतिथी कलाकारहरु पनि देखिँदैछन्। गायक नविन के भट्टराईले आफूपनि उक्त गीतमा अतिथी रहेको जानकारी दिए। उनले ट्वीटरमा फोटो पोस्ट गर्दै लेखेका छन्: 'फिल्म हिजो आजका कुराको छांयाकनको क्रममा।' गायक शम्भुजीत बास्कोटा, शिवहरि पौडेल, हरिहर शर्मा,…