PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

  • विप्लवका नुवाकोट जिल्ला सेक्रेटरी सिलवाल पक्राउ

    विप्लवका नुवाकोट जिल्ला सेक्रेटरी सिलवाल पक्राउ

    नुवाकोट : जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ। सिलवाल काठमाडौंबाट पक्राउ परेका हुन्। ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले जानकारी दिए। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ नुवाकोटडाँडा, वडा नम्बर १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • १८० जना यात्रु बोकेको युक्रेनी एयरलाइन्सको विमान तेहरानमा दुर्घटना 

    १८० जना यात्रु बोकेको युक्रेनी एयरलाइन्सको विमान तेहरानमा दुर्घटना 

    युक्रेनी एयरलाइन्सको एक विमान दुर्घटनामा परेको छ। इरानको तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विमान दुर्घटनामा परेको हो। टेकअफको केही समयभित्रै विमान दुर्घटनामा परेको हो। बोइङ ७३७ मा चालक दलका सदस्य र १८० यात्रु रहेको बताइएको छ।  दुर्घटनाको क्षतिको विवरण आइनसकेको समाचार एजेन्सीहरुले जनाएका छन्। विमानले युक्रेनको राजधानी केइभको बोरिस्पिल विमानस्थलसम्म  उडान गर्दै थियो।  इरानको अर्धसरकारी समाचार संस्था आइएसएनले प्राविधिक कारणले विमान दुर्घटनामा परेको…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर नगरपालिकाले शुरु गर्‍यो शैक्षिक ऋण सम्झौता

    भक्तपुर नगरपालिकाले शुरु गर्‍यो शैक्षिक ऋण सम्झौता

    भक्तपुरः नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ। गरिब र इमानदार ९१ विद्यार्थीलाई चालु आर्थिक वर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मंगलवार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित…

    विस्तृतमा पढ्नुस्

  • इरान र इराकमा अमेरिकी विमान उडाउन प्रतिबन्ध 

    इरान र इराकमा अमेरिकी विमान उडाउन प्रतिबन्ध 

    इरान र अमेरिकाबीच तनाव बढ्दै गएको छ। शुक्रबार अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएको थियो। आफ्ना जनरलको मृत्यु भएपछि इरानले बदलास्वरुप बुधबार बिहान इराकमा रहेका दुई सैन्य आधार शिविरमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको छ। दुवै देशबीच हवाई आक्रमण बढ्दै जाँदा अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले इरान, इराक र पर्सिन गल्फ र गल्फ अफ ओमनमा अमेरिकी…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिगमा आज दुई खेल, पहिलो खेलमा थ्री स्टार र ब्रिगेड ब्वाइज क्लब खेल्ने

    शहीद स्मारक लिगमा आज दुई खेल, पहिलो खेलमा थ्री स्टार र ब्रिगेड ब्वाइज क्लब खेल्ने

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा लिग उपाधिको समेत दाबेदार मानिने थ्री स्टार क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्ने छ। थ्री स्टार क्लब जारी सिजन ४ खेलमा २ जित १ हार र १ बराबरी खेल्दै ७ अंक जोडेर अंकतालिकाको छैटौ स्थानमा छ। आजको खेलमा जित निकालेको खण्डमा उसको तालिकाको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीको जित

    म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीको जित

    इएफएल कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई म्यानचेस्टर सिटीले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेड ३–१ गोल अन्तरले पराजित भएको हो। खेलको १७ औं मिनेटमा बर्नान्डो सिल्भाको गोलबाट अग्रता बनाएको सिटीका लागि रियाद महरेजले दोस्रो गोल गरे। महरेजले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए। त्यसको पाँच मिनेटभित्रै सिटीले एक आत्मघाती गोल उपहारमा पायो। युनाइटेडका एन्ड्रेस पेरेराले…

    विस्तृतमा पढ्नुस्

  • बराबरीको श्रृंखलामा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब

    बराबरीको श्रृंखलामा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको आज भएको खेलमा फ्रेन्ड्स क्लब फेरि पनि बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब बराबरीमा रोकिएका हुन्। हिमालयन शेर्पा क्लबले पछिल्ला पाँच खेलमा ३ बराबरी र २ हार ब्यहोरेको छ। अर्कोतर्फ फ्रेन्डस क्लबले पनि लगातार दोस्रो बराबरी खेलेको छ। यसअघि लिग लिडर मनाङ मर्स्याङ्दी क्लबलाई १-१ को…

    विस्तृतमा पढ्नुस्

  • आत्महत्या गर्नेलाई जलाएको आरोपमा एक जना पक्राउ

    आत्महत्या गर्नेलाई जलाएको आरोपमा एक जना पक्राउ

    सुमित मिश्र- धनुषा : कत्तिक १७ गते छठका दिन झुण्डिएर आत्महत्या गर्ने व्यक्तिलाई जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अत्याधिक रक्सी सेवन गर्ने लक्ष्मीनिया गाउँपालिका-३ बनिगा बस्ने विश्वनाथ महरा आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेपछि जलाएको आरोपमा प्रहरीले उनका छिमेकीलाई पक्राउ गरेको हो। कानुनी प्रावधान अनुसार प्रहरीलाई खबर गर्नुपर्ने भए पनि खबर नगरी मृतक महरालाई जलाएको आरोपमा जगेश्वर महरालाई…

    विस्तृतमा पढ्नुस्

  • सुकेधारा आसपासका क्षेत्रमा आज दिनभर विजुली नहुने, यस्तो छ कारण

    सुकेधारा आसपासका क्षेत्रमा आज दिनभर विजुली नहुने, यस्तो छ कारण

    काठमाडौं : चक्रपथ विस्तारको कामले मंगलवार दिनभर सुकेधारा आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ। महाराजग‌ञ्ज वितरण केनद्रको ओम फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको क्रममा नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि पुस २२ गते बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। उक्त फिडर अन्तर्गत सुकेधारा न्युकोलोनी, ढलाने पुल, निलो पुल लगायतका…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : पहिलो जितको खोजीमा फ्रेन्ड्स र हिमालयन शेर्पा क्लब भिड्दै

    ए डिभिजन लिग : पहिलो जितको खोजीमा फ्रेन्ड्स र हिमालयन शेर्पा क्लब भिड्दै

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। जारी सिजनमा दुवै टोलीले जित निकाल्न सकेका छैनन्। ४ खेल खेलेको हिमालयन शेर्पाले २ खेलमा पराजय र २ खेलमा बराबरी खेल्दै २ अंक जोडेको छ। त्यस्तै समान ४ खेल नै खेलेको फ्रेन्ड्स क्लब ३…

    विस्तृतमा पढ्नुस्

  • मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    भरतपुर : चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन। रत्ननगर नगरपालिका-४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना ५ ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते करिब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शव…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको सहज जित

    रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको सहज जित

    इटालियन 'सिरि ए'को गएराति भएको खेलमा युभेन्टसले काग्लियारीलाई ४-० ले हराएको छ। घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। त्यस्तै हिग्वाइनले १ गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युभेन्टसले सबै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४९ मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका रोनाल्डो त्यसपछि थप आक्रमक देखिए। उनले ६७ औं मिनेटमा र ८२ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • गोल्डेन ग्लोब्समा उत्कृष्ट घोषित 'प्यारासाइट' फिक्सन सिनेमा श्रृङ्खलामा

    गोल्डेन ग्लोब्समा उत्कृष्ट घोषित 'प्यारासाइट' फिक्सन सिनेमा श्रृङ्खलामा

    काठमाडौं: किम कि तेक, उनकी श्रीमती र दुई सन्तान एक सामान्य अपार्टमेन्टमा बसोबास गर्छन्। कम आयले चलेको परिवार बाँच्नकै लागि कडा संघर्ष गरिरहेका हुन्छन्। गरिबीको चपेटामा रहेको कि परिवारको सपना हुन्छ- सहज जीवन बिताउने। त्यस्तो अवस्थामा छोरा कि वुका मिल्ने साथी मिन ह्युकले उनीहरुको परिवारलाई एक परम्परागत ढुङ्गा ल्याएर दिन्छन्। त्यो ढुङ्गाले घरमा धन भित्र्याउने विश्वास उनीहरुले राख्छन्।  घरमा ढुङ्गा भित्राए लगत्तै बेसमेन्टमा गुजारा…

    विस्तृतमा पढ्नुस्

  • 'गोल्डेन ग्लोब्स फिल्म अवार्ड २०२०' सम्पन्न, 'जोकर' बनेका वाकिन फिनिक्स उत्कृष्ट ठहरिए

    'गोल्डेन ग्लोब्स फिल्म अवार्ड २०२०' सम्पन्न, 'जोकर' बनेका वाकिन फिनिक्स उत्कृष्ट ठहरिए

    गोल्डेन ग्लोब्स फिल्म अवार्डको ७७ औं संस्करण सम्पन्न भएको छ। हलिउड फरेन प्रेसको आयोजनामा भएको अवार्ड कार्यक्रममा हलिउड एवं अन्य विदेशी फिल्म र फिल्मकर्मी पुरस्कृत भएका छन्। यसपटक नेटफ्लिक्‍सका ३४ वटा फिल्म तथा टिभी कार्यक्रमहरु मनोनयनमा परेका थिए। आइतवार राति भएको समारोहमा प्रथम विश्वयुद्धको कथा देखाउने फिल्म '१९१७'ले ड्रामातर्फ बेस्ट पिक्चरको अवार्ड जित्यो। ड्रामातर्फ बेस्ट प्रफर्मेन्स (महिला)को अवार्ड 'जुडी'की जेनी जेलवेगरलेल पाइन्।…

    विस्तृतमा पढ्नुस्

  • जावलाखेल बराबरीमा रोकियो, लिगको शीर्ष ४ मा १ अंकको अंकदुरी

    जावलाखेल बराबरीमा रोकियो, लिगको शीर्ष ४ मा १ अंकको अंकदुरी

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको आजको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लवले गोल रहित बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाँचौ चरणको पहिलो खेल प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा दुवै टिमले १/१ अंक बाँडेका छन्। यो सँगै जावलाखेल युथ क्लवको ९ अंक भएको छ भने एनआरटीको ५ अंक भएको छ। लिगको शीर्षस्थानमा प्रतिस्पर्धासमेत देखिएको…

    विस्तृतमा पढ्नुस्

  • रेल अनिश्चित तर कानुन बन्ने निश्चित : अन्तरदेशीय सञ्जालको परिकल्पना, चालक बन्न प्लस टु पढेको हुनुपर्ने

    रेल अनिश्चित तर कानुन बन्ने निश्चित : अन्तरदेशीय सञ्जालको परिकल्पना, चालक बन्न प्लस टु पढेको हुनुपर्ने

    काठमाडौं : सरकारले रेल्वे सञ्चालसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ। रेल सञ्चालनको टुंगो नभए पनि कानुन भने बन्ने निश्चित भएको छ। अन्तरदेशीय रेलमार्गको समेत परिकल्पना गरेर विधेयक अघि बढाइएको छ। भौतिक पूर्वाधार मन्त्रालयकाक तर्फबाट विधेयक राष्ट्रियसभामा दर्ता भएको छ।  विधेयकले रेल्वेको विकास, विस्तार तथा सञ्चालनसम्बन्धी व्यवस्था गरेको छ। रेल, मेट्रो रेल र मनो रेल विस्तार र सञ्चालनको संरचना विधेयकमा प्रस्ताव गरिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • एफए कप : लिभरपुल र चेल्सी चौथो चरणमा

    एफए कप : लिभरपुल र चेल्सी चौथो चरणमा

    एफए कप अन्तर्गत गएराति भएको खेलमा एभर्टनलाई हराउँदै लिभरपुल चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १-० को जित निकालेको हो। लिभरपुलको जितमा १८ वर्षे खेलाडी कुर्टिस जोन्सले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा जोन्सले निर्णायक गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्। जोन्सले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै गएराति नै…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाल फोटो प्रतियोगिता २०७६' घोषणा, सात फरक विधामा हुनेछ प्रतिस्पर्धा

    'नेपाल फोटो प्रतियोगिता २०७६' घोषणा, सात फरक विधामा हुनेछ प्रतिस्पर्धा

    काठमाडौं: फोटो जर्नलिस्ट क्लब, नेपालले २०७६ का लागि फोटो प्रतियोगिता घोषणा गरेको छ। वर्षेनी हुँदै आएको प्रतियोगिताको यो सातौं संस्करण आइतबार कार्यक्रम आयोजना गरी घोषणा गरियो। ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले ‘नेपाल फोटो प्रतियोगिता २०७६’ का लागि आफूले खिचेको फोटो अनलाइन इन्ट्री गर्दै प्रतियोगिताको औपचारिक शुरुवात गरे। समाचार, हाँसो, प्रकृति र वन्य जन्तु, संस्कृति तथा पर्यटन, जीवनशैली,…

    विस्तृतमा पढ्नुस्

  • २ नम्बर प्रदेशमा राष्ट्रिय सभा निर्वाचन : पहिलेका शत्रु अहिले भए मित्र

    २ नम्बर प्रदेशमा राष्ट्रिय सभा निर्वाचन : पहिलेका शत्रु अहिले भए मित्र

    सुमित मिश्र- जनकपुरधाम : आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको १८ सिटका लागि देशभरी आइतवार उम्मेद्वारी मनोनयन दर्ता गरिएको छ। त्यसै अन्तर्गत प्रदेश २ मा पनि ४ सिटका लागि उम्मेद्वारहरुले मनोनयन दर्ता गराए। कुनै समय एक अर्कालाई परमशत्रु मान्ने दुई दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यस निर्वाचनमा भने तालमेल गरे। मधेश आन्दोलनका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • थिएटर मलमा 'वर्तमान समाजको सपाट कथा' : जामुनको रुख

    थिएटर मलमा 'वर्तमान समाजको सपाट कथा' : जामुनको रुख

    एक सरकारी सचिवालय अगाडि ठूलो अनि बुढो जामुनको रुख ढल्छ। रुख ढलेर एक कविलाई थिच्छ। कवि जीवन र मरणको दोसाधबीच आफूलाई बचाउन आग्रह गरिरहेको अवस्थामा देख्छ सचिवालयकै मालीले। माली उसलाई बचाउन पहलका लागि आग्रहसहित विभिन्न तह र तप्काका कर्मचारीहरुसम्म पुग्छ। ती कर्मचारीसम्म जसलाई रुखले मानिस थिच्नुभन्दा बढी चिन्ता त्यो फलदायी रुख ढल्नुको हुन्छ। अन्तत: तिनै कर्मचारीले उक्त सरकारी रुख हटाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell