काठामाडौं : यात्रा फाउन्डेसनले 'प्रेम साहित्य सम्मान'को सुरुवात गरेको छ। प्रेमप्रसाद अधिकारीको स्मृतिमा सुरु गरिएको सम्मान यस वर्षका लागि लेखक सरुभक्तलाई प्रदान गरिएको छ। काठमाडौंमा आयोजित 'किताब जात्रा २०२०'मा उक्त सम्मान गरिएको हो। ५५ हजार ५ सय ५५ नगदसहितको पुरस्कार कलाकार हरिवंश आचार्यले सरुभक्तलाई प्रदान गरे। सरुभक्तका उपन्यास, नाटक, मुक्तक लगायत विभिन्न विधाका कृति प्रकाशित छन्। पुरस्कार ग्रहण गर्दै लेखक सरुभक्तले अतिरिक्त मौलिक…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको आजको पहिलो खेलमा सरस्वती क्लबमाथि थ्री स्टार क्लबले फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले सरस्वतीमाथि ४-० को फराकिलो जित निकालेको हो। जितसँगै थ्रीस्टार १७ अंक जोड्दै शीर्ष ४ मा उक्लिएको छ। थ्री स्टारको जितमा सन्जोग राईले ३ गोल गर्दा गर्दा लाल रामर्भाले १ गोल गरे। पहिलो हाफ…
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कोरोना भाइरसको प्रकोपको बाबजुद ओलम्पिकको तयारी पूर्वनिर्धारित हिसाबले नै अघि बढ्ने बताएको छ। कोरोना भाइरसले चीनमा २५९ जनाको मृत्यु र करिव १२ हजार मानिसमा सङ्क्रमण देखा पर्दा पूर्वी एसियाली मुलुक जापानमा हुने भनिएको ओलम्पिकमा असर नगर्ने कमिटीले बताएको हो। 'ओलम्पिकको तयारी पूर्वनिर्धारित हिसाबले अघि बढीरहेको छ।' आइओसीको एक रिपोर्टमा भनिएको छ, 'यो सामान्य अभ्यास हो कि आइओसिले यस्तो अवस्थामा युएनका एजेन्सीहरु सँग…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट दशौं चरणका खेल शुरु हुँदैछन्। लिगमा आज दुई खेल हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रीस्टार क्लब र सरस्वती युथ क्लब भिड्दै छन्। १४ अंकसहित पाँचौं स्थानमा रहेको थ्री स्टार क्लब आजको खेलमा जित निकाल्दै एक स्थान सुधार गर्ने लक्ष्यमा रहने छ। अर्कोतर्फ लगातार ८ वटा खेलमा जितविहीन सरस्वतीले अघिल्लो खेलमा हिमालयन…
काठमाडौं : कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' वुहानमा रहेका नेपालीलाई उद्धार गर्न नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेस सभापति शेरवहादुर देउवाले वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन्। चीनको हुवेई प्रान्तको राजधानी वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १८ देशमा फैलिसकेको छ भने चीनका सबै क्षेत्रमा पुगेको छ। संक्रमणका कारण चीनमा २१३ जनाको मृत्यु भइसकेको छ। जसमध्ये चीनमा मात्र ९ हजार…
काठमाडौं : फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमार्फत् विज्ञापन गर्नेलाई राष्ट्र बैंकले कारवाही गर्ने भएको छ। इन्टरनेटमार्फत गरिने विज्ञापन वापत् अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले सूचना सार्वजनिक गरेको हो। बैंक तथा वित्तीय संस्था, कर्पोरेट संस्था, होटल रेष्टुरेन्ट तथा अन्य व्यवसायीक संघसंस्थाहरुले सामाजिक सञ्जालमार्फत (आफैले बाहिरबाट वा नेपालमै रहेका विज्ञापन…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। आजबाट सुरु राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालिएको हो। 'दुई दशक भन्दा लामो हिंसात्मक विद्रोह र अस्थिरता र अराजकतापूर्ण संक्रमणबाट आजित भएका नेपाली जनताले नयाँ संविधान बमोजिम निर्वाचन भएपछि शान्ति र स्थायित्व कायम हुनेछ तथा…
काठमाडौं : फिल्म 'षट्कोण'ले युनिटले फेसबुकमार्फत पहिलो पोस्टर सार्वजनिक गरेको थियो। जसमा कलाकार फिचर्ड छैनन्। बरु फिल्मको विषय झल्काउने दृश्य प्रस्तुत गरिएको छ। फिल्म घोषणा गर्दा निर्देशक मिलन डि काप्रीले भनेका थिए- फिल्मले मनोवैज्ञानिक कथा भन्छ। रहस्यहरुको गुत्थी खोल्छ। पोस्टरमा एक पात्र हिँडिरहेको छ। र, फिल्मको नाम पूरा गर्न डोरीको प्रयोग गरिएको छ। डोरीले आत्महत्याको संकेत गर्छ। फिल्म युनिटले पोस्टरलाई पनि…
काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत् एक मात्र नेपाली फिल्म प्रदर्शनमा आयो। फिल्म 'कर्मा'ले सोलो रिलिजको मौका पाएको हो। देवकुमार श्रेष्ठ निर्देशित फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाहरुको कथा समेट्छ। फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन्। जयराज राय लिखित कथालाई उनी स्वयंले निर्माण गरेका हुन्। भारतका मोडल तथा कलाकार करण वर्मा र नेपाली कलाकार परमिता राणाको मुख्य अभिनय रहेको…
काठमाडौः प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी सौरभ राणा निलम्बनमा परेका छन्। गृहमन्त्रालयको विहीबार बसेको बैठकले संघीय प्रहरी इकाई धरानमा कार्यारत एसएसपी राणालाई निलम्बन गर्ने निर्णय गरेको हो। २०४९ सालमा राणा प्रहरी निरिक्षकबाट प्रहरीमा प्रवेश गरेका थिए। 'प्रहरी प्रधान कार्यालयको छानविन अनुसार नै निलम्बन गर्ने निर्णय भएको हो', गृहका प्रवक्ता सह सचिव केदार शर्माले भने। एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि गृहमन्त्रालयले प्रहरी प्रधान…
बेइजिङ: चीनमा महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस (२०१९ एनसीओभी) सम्बन्धी अनुसन्धानका लागि ज्याक मा फाउन्डेशनले १४.४ मिलियन डलर (१०० मिलियन युआन) बराबरको रकम सहयोग गर्ने घोषणा गरेको छ। यो रकम कोरोना भाइरसविरुद्ध भ्याक्सिनको अनुसन्धान तथा विकासका लागि खर्च हुने बताइएको छ। 'हामीलाई थाहा छ वैज्ञानिकहरु समयसँग लडिरहेका छन्। यो सजिलो कार्य होइन। भ्याक्सिनको अनुसन्धानदेखि ठूलो मात्रामा उत्पादन र प्रयोग…
काठमाडौँ: विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ। संगठनको इमरजेन्सी कमिटीको बैठकले यस्तो घोषणा गरेको हो। संगठनका महासचिवको नेतृत्वमा अन्तर्राष्ट्रिय स्वास्थ्य नियम (आइएचआर) २००५ बमोजिम बसेको बैठकले नोवेल कोरोना भाइरस २०१९ (२०१९ एनसीओभी) को संक्रमणका कारण अन्तर्राष्ट्रिय रुपमा स्वास्थ्य आपतकाल घोषणा गरेको हो। गत डिसेम्बरबाट चीनको वुहानमा पहिलोपटक पत्ता लागेको यस रोगको संक्रमण पूरै चीनमा फैलिएको छ। चीन…
अर्घाखाँचीः जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ। अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो। जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिए। गत साउन २ गते जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता…
जनकपुरधामः प्रदेश नं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएका छन्। प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता सम्झौता भएको छ। बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन सुरुवात गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल…
काठमाडौँः नेपाल प्रहरीले दुई किलोग्राम २०० ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा सङ्लग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। ब्यूरोले लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाडौँ महानगरपालिका २६ ज्याठास्थित रहेको बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट पक्राउ गरेको हो। सुटकेशभित्र फल्स बटम बनाएर लुकाइछिपाइ…
स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि फराकिलो जित निकाल्दै अन्तिम ८ मा प्रवेश गरेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ५-० ले हराएको हो। बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले २ गोल गर्दा एन्टोनी ग्रिजम्यान, क्लिमेन्ट लेनग्लेट र आर्थर मेलोले समान १/१ गोल गरे। खेलको चौथो मिनेटमै ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।…
काठमाडौं : विश्व क्रिकेटका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पोखरा राइनोजले भित्र्याएको छ। गेललाई नेपाली फ्रेनचाइज लिगमा भित्र्याएसँगै अन्तर्राष्ट्रियस्तरमा नै लिगको चर्चा पनि चुलिएको छ। इपिएलको ट्वीटरबाट पोखरा राइनोजेले आज गेललाई भित्र्याएको घोषणा गरेसँगै उनले भिडियो सन्देशसमेत पठाएका छन्। ‘हेलो नेपाल। म क्रिस गेल द युनिभर्स बोस। किङ अफ टी२०। म एउटा ठूलो खेल इभन्टका लागि नेपाल आउँदै छु। एभरेस्ट प्रिमियर लिगमा आएर म र मेरो…
काठमाडौं : प्रहरीले किर्ते चेक बनाएर रकम ठगी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले चेकमा रकम किर्ते गरि पैसा झिकेको अभियोगमा भोजपुर षडानन्द गाउँपालिका ११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई नियन्त्रणमा लिएको हो। सामुदायिक आवास व्यवस्थापन समाज ताहाचलको कार्यालय सचिव समेत रहेका घिमिरेले ६७ हजार ९ सय १६ रुपैयाँको चेक रकमलाई २० लाख ६७ हजार ९ सय…
काठमाडौं : गत माघ ७ गते बंगलादेशका नागरिक मोहद्धिन अहमदको हत्या गरी फरार रहेका उनका साथी दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मियाँलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीवार सार्वजनिक गरेको हो। हत्या गरी फरार मियाँलाई लहान प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अहमदको हत्या गरेर मियाँ बंगलादेश जानका लागि झापाको काँकडभिट्टा हुँदै कलकत्तासम्म पुगेको प्रहरीको अनुसन्धानमा खुलेको…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लबमाथि फ्रेन्ड्स क्लबले संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले च्यासललाई १-० ले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा उत्तम राईले फ्रेन्ड्स क्लबका लागि निर्णायक गोल गरेका थिए। खेलको ८४ औं मिनेटमा फ्रेन्डस क्लबले फ्रिकिकमा अवसर पाएको थियो। फ्रिकिकमा विश्व…