PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

  • प्रदेश राजधानीको एक स्कुल, जहाँ ८ शिक्षकले पढाउँछन् १० विद्यार्थी

    प्रदेश राजधानीको एक स्कुल, जहाँ ८ शिक्षकले पढाउँछन् १० विद्यार्थी

    सुमित मिश्र- जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण अवस्थामा छ। कुनै कक्षामा झ्याल/ढोका छैन भने कुनै कक्षाकोठाको पर्खाल नै भत्किएको छ। कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा अध्ययन गर्नका लागि जम्मा १० जना विद्यार्थीहरु दिनहुँ पुग्छन्। तीनै १० विद्यार्थीलाई पढाउन ८ जना शिक्षकको दरबन्दी सो विद्यालयमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी बैठकमा अष्टलक्ष्मी शाक्य र पम्फा भुसालका ६ प्रस्ताव 

    स्थायी कमिटी बैठकमा अष्टलक्ष्मी शाक्य र पम्फा भुसालका ६ प्रस्ताव 

    काठमाडौं : आइतवारबाट शुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधनको प्रस्तावमाथि आज पनि छलफल भयो। राजनीतिक प्रतिवेदन र विधान संशोधनमाथि स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्। आफ्नो धारणा राख्न सदस्यहरुलाई २० मिनेटको समय दिइएको छ। बैठकमा स्थायी कमिटी सदस्यद्वय अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले बुधवार संयुक्त रुपमा लिखित प्रस्ताव पेश गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सीमाबाट भारतको 'शान्ति विथोल्ने तत्व' छिर्दै गरेको अमित शाहको बयान

    नेपाल सीमाबाट भारतको 'शान्ति विथोल्ने तत्व' छिर्दै गरेको अमित शाहको बयान

    नयाँ दिल्ली : भारतको शान्ति देख्न नसक्ने तत्वले नेपाल र भुटानको सीमा प्रयोग गर्न खोजेको आरोप त्यहाँका गृहमन्त्री अमित शाहले लगाएका छन्। भारतको सीमा सुरक्षा बल (एसएसबी)को ५६ औं स्थापना दिवसमा सम्बोधन गर्दै शाहले यस्तो आक्षेप लगाएका हुन्। 'भारत शान्त रहेको नरुचनाउने तत्वले जसरी भए पनि यी दुई देशका सीमाको प्रयोग गरेर भारत छिर्ने प्रयास गरिरहेको छ,' उनले भने। एसएसबी…

    विस्तृतमा पढ्नुस्

  • गुहा गिरफ्तार, संचार बन्द, दीयाको प्रश्न : के धर्मले नै म भारतीय हुँ या होइन भन्ने कुरा निर्धारण गर्छ?

    गुहा गिरफ्तार, संचार बन्द, दीयाको प्रश्न : के धर्मले नै म भारतीय हुँ या होइन भन्ने कुरा निर्धारण गर्छ?

    बिहीवार बिहान बैंगलोरको टाउन हलमा प्रदर्शन भइरहेको थियो- नागरिकता कानुन संशोधन विरुद्ध। प्रदर्शनकारीको बीचमा थिए इतिहासकार रामचन्द्र गुहा। उनको हातमा "संविधान विरूद्ध सीएए" लेखिएको पोस्टर थियो। उनी मिडियामार्फत् प्रदर्शनी उत्रिनुको कारण र नागरिकता कानुन संशोधनबारे धारणा राख्दै थिए। अचानक तीन प्रहरी जवान आए। उनलाई जबर्जस्ती समाए। र, गलहत्याउँदै गाडीभित्र हुले। न्यू इन्डियन एक्सप्रेसका पत्रकार इम्रान खानले ट्वीट गरेको भिडियोमा देखिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री नै मिर्गौलाका बिरामी, पीडित जनतालाई ५ हजार दिन किन रोक? : पूर्वमन्त्री बोहरा

    प्रधानमन्त्री नै मिर्गौलाका बिरामी, पीडित जनतालाई ५ हजार दिन किन रोक? : पूर्वमन्त्री बोहरा

    काठमाडौं : अघिल्लो सरकारले गरेका जनपक्षीय निर्णय बदर गरिदा आज मिर्गौला बिरामीहरू आन्दोलित भएको जनाउँदै पूर्व मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले विरामीलाई दिन थालिएको भत्ता कटौती गरेकोमा आपत्ती प्रकट गरेका छन्। 'स्वयं प्रधानमन्त्री मिर्गौला बिरामी हुन् र डायलसिसमा हुनुहुन्छ,' प्रेस विज्ञप्ति निकाल्दै बोहराले भनेका छन्, 'म स्वास्थ्य मन्त्री रहँदा सरकारका तर्फबाट मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड…

    विस्तृतमा पढ्नुस्

  • 'कोर अफ लिडरसीप' को गरिमालाई कायम राख्न नसकेको भन्दै प्रदीप ज्ञवालीले गरे पार्टी नेतृत्वको आलोचना

    'कोर अफ लिडरसीप' को गरिमालाई कायम राख्न नसकेको भन्दै प्रदीप ज्ञवालीले गरे पार्टी नेतृत्वको आलोचना

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आलोचना गरेका छन्। स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै ज्ञवालीले पार्टी सचिवालयले 'कोर अफ लिडरसीप' को गरिमालाई कायम राख्न नसकेको आरोप लगाएका हुन्। नेकपाको जारी स्थायी कमिटीमा हिजो उनले पार्टीको कार्यशैलीमाथि गरेको लिखित टिप्पणी आज सार्वजनिक भएको हो। 'न त सचिवालयले ‘कोर अफ लिडरसिप’ को गरिमालाई…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल : बुटवललाई चितवनले दियो ठूलो लक्ष्य, पारस र रोहनको अर्धशतक

    पिपिएल : बुटवललाई चितवनले दियो ठूलो लक्ष्य, पारस र रोहनको अर्धशतक

    काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २०४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। पोखरा रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०३ रन बनाएको हो। चितवनका लागि रोहन मुस्ताफाले सर्वाधिक ७० रन बनाउँदा उनी अभिजित रहे। त्यस्तै कप्तान पारस खड्काले ४० बलमा ६ चौका र २ छक्काको सहायतामा ६३…

    विस्तृतमा पढ्नुस्

  • भारतीय नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

    भारतीय नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

    काठमाडौं : उदयपुरमा भारतीय जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। उदयपुरगढी गाउँपालिका ३ जरुवामा दुर्घटना भएको हो। तामलडाँडाबाट कटारी जाँदै गरेको एस के ०१ पीबी ३०६८ नम्बरको बलेरो गाडी अनियन्त्रित भइ सडकभन्दा अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। गाडीमा रहेका उदयपुरगढी गाउँपालिका ३ घर भइ मोरङ पथरी बस्ने ६१ वर्षीय टिकनारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • नेकपा-राजपा तालमेलः प्रदेश २ मा अर्को गठबन्धन बने कसले जित्ला चार सिट?

    नेकपा-राजपा तालमेलः प्रदेश २ मा अर्को गठबन्धन बने कसले जित्ला चार सिट?

    काठमाडौं : कुनै चर्चाविनै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच माघ ९ गतेको राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा तालमेलको सहमति भएको छ। पहिलो चरणमा चार सिट रिक्त हुने उक्त प्रदेशमा दुई दलले दुई/दुई सिट लिनेगरी तालमेल भएको हो। राष्ट्रियसभामा राजपाका दुईमात्र सदस्य छन्। दुबै प्रदेश २ बाट निर्वाचित हुन्। सहमतिले राजपाको दुई सिट जोगिने करिब निश्चित जस्तै छ। …

    विस्तृतमा पढ्नुस्

  • पिपिएल : आज बुटवल र चितवन भिड्दै

    पिपिएल : आज बुटवल र चितवन भिड्दै

    काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगमा आज बुलवल ब्लास्टर्स र चितवन राइनोज भिड्दै छन्। जारी प्रतियोगितामा दुवै टोली अपराजित छन्। बुटवल सोमपाल कामीको कप्तानीमा छ भने चितवन पारस खड्काको कप्तानीमा रहने छ। बुटवल ब्लास्टर्सले पहिलो खेलमा काठमाडौं गोल्डेनलाई सुपर ओभरमा हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। त्यस्तै चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा अमिशा कार्कीको ह्याट्रिक

    भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा अमिशा कार्कीको ह्याट्रिक

    काठमाडौं : मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको भुटान यू-१५ महिला टोलीलाई नेपाली टोलीले पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले हराएको हो। खेलमा नेपालले पाँचौ मिनेटबाटै अग्रता बनाएको थियो। पहिलो हाफ सकिँदासम्म नेपाल ३–१ गोलले अगाडि थियो। दोस्रो हाफमा फेरि नेपालले ३ गोल नै थप्यो। नेपालका लागि अमिशा कार्कीले ३ गोल गर्दा प्रीति राईले २…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कारका कसुरदारलाई जन्मकैदको सजाय

    बालिका बलात्कारका कसुरदारलाई जन्मकैदको सजाय

    दमौली : पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ। न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधबार अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो। बालिकालाई बलात्कार गरेको अभियोगमा थापालाई जन्मकैदको सजायसहित पीडित बालिकालाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिएए। बालिकालाई…

    विस्तृतमा पढ्नुस्

  • डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाको तल्लो सदनमा महाभियोग लगाउने प्रस्ताव पारित

    डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाको तल्लो सदनमा महाभियोग लगाउने प्रस्ताव पारित

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने प्रस्ताव तल्लो  सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले पारित गरेको छ। डेमोक्र्याट्सहरुको बाहुल्यता रहेको तल्लो सदनमा ट्रम्पलाई शक्ति दुरुपयोग गरेको आरोपमा महाभियोग लगाउने सम्बन्धी प्रस्ताव पारित गरिएको हो। महाभियोग लगाउन मिल्ने ठहर तल्लो सदनले गरे पनि माथिल्लो सदनले अनुमोदन नगरेसम्म ट्रम्प पदमुक्त हुने छैनन्। सिनेटमा रिपब्लिकनहरुको मत बढी रहेकाले पदमुक्त हुने सम्भवना भने कम छ। तल्लो…

    विस्तृतमा पढ्नुस्

  • जहाँ महिलालाई अघि बढ्नै रोकिन्छ, 'त्यहाँ पहिलो महिला सिडिओ'

    जहाँ महिलालाई अघि बढ्नै रोकिन्छ, 'त्यहाँ पहिलो महिला सिडिओ'

    फूलमाया पुरी- अध्यागमनबाट हुम्ला सदरमुकाम सिमीकोट पुगेको केही दिनमै विनीता भट्टराईको यात्रा गाउँतिर सोझियो। सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारी रहिसकेकी विनीता प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएर गत साउन ८ गते सिमीकोट पुगेकी हुन्। हुम्ला पुगेपछि उनको जिम्मेवारी बढ्यो। समस्या बुझ्न र तिनको समाधान खोज्न गाउँगाउँ जानुपर्ने भयो। हुम्लाका गाउँ पुग्न सहजता छैन। पैदलै पुग्नुपर्छ। कोदो कुटिरहेका दिदीबहिनी विनीतालाई देखेर कानेखुसी…

    विस्तृतमा पढ्नुस्

  • धनगढीसँग पराजित भएसँगै पिपिएलको साविक विजेता पोखरा उपाधि होडबाट बाहिरियो

    धनगढीसँग पराजित भएसँगै पिपिएलको साविक विजेता पोखरा उपाधि होडबाट बाहिरियो

    काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) मा साविक विजेता पोखरा पल्टन धनगढी ब्लुजसँग पराजित भएको छ। आज भएको खेलमा पराजित भएसँगै पोखरा पल्टन प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको पोखराले १६ दशमलव ३ ओभरमा अलआउट हुँदै ७९ रन जोडेको थियो। ८० रनको सामान्य लक्ष्य पछ्याएको धनगढीले ९ दशमलब १ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम समयमा गोल गर्दै आर्मीमाथि मनाङको जित

    अन्तिम समयमा गोल गर्दै आर्मीमाथि मनाङको जित

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै मनाङ लिगको शीर्ष स्थानमा कायमै छ। मनाङका लागि दयानन्द सिंहले इन्ज्युरी टाइममा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे।   साविक विजेता मनाङ र सदाबहार टिम त्रिभुवन आर्मी क्लब दुवैलाई लिग उपाधिको…

    विस्तृतमा पढ्नुस्

  • साविक विजेता पोखरा पल्टनको फितलो ब्याटिङ,  ७९ रनमै अलआउट

    साविक विजेता पोखरा पल्टनको फितलो ब्याटिङ,  ७९ रनमै अलआउट

    काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले धनगढीविरुद्ध फितलो ब्याटिङ गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको पोखरा १६ दशमलव ३ ओभरमा अलआउट बन्यो। पिपिएलको साविक विजेतासमेत रहेको पोखराका लागि आशिफ शेखले ३२ रन बनाउँदा बिनोद भण्डारीले १२ बनाए। यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन समेत जोड्न सकेनन्। पोखरालाई सस्तैमा समेट्न धनगढीका लागि अनिल खरेलले ३ विकेट लिँदा दीपक पुनियाँ, कमलसिंह…

    विस्तृतमा पढ्नुस्

  • एल क्लासिको : गोलरहित बराबरीमा खेल सकियो

    एल क्लासिको : गोलरहित बराबरीमा खेल सकियो

    स्पेनिस ला लिगाको महाभिडन्त अर्थात एल क्लासिको गोल रहित बराबरीमा टुंगिएको छ। आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो।   सुरुवातबाटै खेल प्रतिस्पपर्धात्मक बन्दै गयो।  खेलको १० औं मिनेटमै बेन्जेमाको प्रहार सेभ भएको थियो भने ३१ औं मिनेटमा लियोनल मेसीलाई गोल गर्नबाट सर्जियो रामोसले रोकेका थिए। ४१ औं मिनेटमा पनि बार्सिलोनाले पाएको अवसर सदुपयोग गर्न सकेन।दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीले नियुक्त गरिन् चार मुलुकका लागि गैह्रआवासीय राजदूत

    राष्ट्रपति भण्डारीले नियुक्त गरिन् चार मुलुकका लागि गैह्रआवासीय राजदूत

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार चार मुलुकका गैह्रआवासीय राजदूत नियुक्त गरेकी छिन्। नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चार मुलुकका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई ब्रुनाई, थाइल्यान्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोडिया, लाओस र भियतनाम, राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि राजदूत भृगु ढुंगानालाई…

    विस्तृतमा पढ्नुस्

  • रिचार्ज कार्डमा नम्बर मेटियो भने? अझै रिचार्ज हुनसक्छ, यस्तो छ उपाय

    रिचार्ज कार्डमा नम्बर मेटियो भने? अझै रिचार्ज हुनसक्छ, यस्तो छ उपाय

    काठमाडौं : तपाईँले लिनु भएको मोबाइलको रिचार्ज कार्डमा नम्बर मेटियो, के गर्नुहुन्छ?  नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिए पनि रिचार्ज गर्न मिल्ने भएको छ। कम्पनीका अनुसार कम्तीमा ६ वटा नम्बर भने हुनुपर्नेछ। ग्राहकले कम्पनीको वेवसाइटबाट आफैंले रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell