PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

  • संविधान संशोधनको प्रस्तावमा प्रधानमन्त्री रुष्ट, यस्तो थियो उपेन्द्र यादवको प्रस्ताव    

    संविधान संशोधनको प्रस्तावमा प्रधानमन्त्री रुष्ट, यस्तो थियो उपेन्द्र यादवको प्रस्ताव    

    काठमाडौं : सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। आज बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव खाममा संविधान संशोधनको पत्र बोकेर सोमबारको मन्त्रिपरिषद् बैठकमा पुगेका थिए। बैठकमा यादवले खाम नलिकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने, 'प्रधानमन्त्रीज्यू मेरो एउटा प्रस्ताव छ।' प्रधानमन्त्रीले सोधे, 'कस्तो प्रस्ताव?' यादवले संविधान संशोधनको प्रस्ताव भनेपछि प्रधानमन्त्री ओली रुष्ट भएको…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: समाजवादीले सरकार छाड्ने

    अन्तत: समाजवादीले सरकार छाड्ने

    काठमाडौं : समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो। समाजवादीबाट सरकारमा दुई मन्त्री छन्। समाजवादी पार्टीले सरकार छाडे पनि त्यसले अहिलेको सत्ता समिकरणमा कुनै असर गर्नेवाला छैन। समाजवादी सरकारबाट बाहिरिनुलाई अस्वभाविक रुपमा पनि हेरिएको छैन। किनकि मन्त्रिपरिषद फेरबदल हुँदा कुनै सल्लाहविना नै उप प्रधानमन्त्री यादवको विभागीय जिम्मेवारी फेरिएको थियो। सँगै…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

    एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

    इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ मा सोमवार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी-५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स १ च ४९६ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • जनताले मेरो कामको मूल्याङ्कन गर्नेछन् : डिआइजी पोखरेल

    जनताले मेरो कामको मूल्याङ्कन गर्नेछन् : डिआइजी पोखरेल

    काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका छन्। बुधवार गृह मन्त्रालयले काज सरुवा गरेका पोखरेलले आज कार्यभार सम्हालेका हुन्। प्रहरी प्रधान कार्यालयको सचिवालयबाट डिआइजी पोखरेलको रानीपोखरी कार्यालयमा सरुवा भएको हो। डिआइजी पोखरेलले जनताले शान्ति सुरक्षा महसुस गर्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन्। पहिलोपोस्टसँगको कुराकानीमा डिआइजी पोखरेलले भने,'मेरो कामको मूल्याङकन जनताबाट हुने हो। उपत्यकावासीले शान्ति सुरक्षाको महसुस…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिगमा आज दुई खेल हुँदै, पहिलो खेलमा आर्मी र मनाङ भिड्ने

    शहीद स्मारक लिगमा आज दुई खेल हुँदै, पहिलो खेलमा आर्मी र मनाङ भिड्ने

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङदी क्लब भिड्ने छन्। त्रिभुवन आर्मी क्लब लिगको सदावहार दावेदार टिम हो। त्यस्तै लिगको साविक विजेता मनाङ पनि उपाधि दाबेदार टोली हो। दुवै टोलीले लिगको पहिलो खेलमा जित निकाल्दै लिगको यात्रा सुखद बनाइ सकेका छन्। आजको पहिलो खेल दिउँसो १२ बजे शुरु त्रिपुरेश्वरस्थित…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट घाइते छात्राको उपचारका क्रममा मृत्यु, विद्यार्थीले जलाए गाडी

    बसको ठक्करबाट घाइते छात्राको उपचारका क्रममा मृत्यु, विद्यार्थीले जलाए गाडी

    काठमाडौं : सुकेधारामा बसको ठक्करबाट घाइते पशुपति क्याम्पसमा अध्ययनरत छात्राको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार बिहान मध्यपुर ठिमी चल्ने बा ४ ख ५९२० नम्वरको बसले २१ वर्षीय सृष्टि पन्तलाई सुकेधारमा ठक्कर दिएको थियो। गोरखा घर भएकी पन्तको उपचारको क्रममा चाहवहिलस्थित ओम अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनलाई पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीलाई गाडीले ठक्कर दिएपछि चाबहिलमा बसमा आगजनी, चालकसहित तीन जना पक्राउ

    विद्यार्थीलाई गाडीले ठक्कर दिएपछि चाबहिलमा बसमा आगजनी, चालकसहित तीन जना पक्राउ

    काठमाडौं : पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई बसले ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरुले गाडीमा आगजनी गरेका छन्। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छ। २१ वर्षीय सृष्टि पन्तलाई मध्यपुर ठिमी चल्ने बा ४ ख ५९२० नम्वरको बसले सोमबार बिहान सवा ६ बजेतिर सुकेधारामा ठक्कर दिएको थियो।  पन्तको ओम अस्पतालमा उपचार भइरहेको छ। आक्रोशित विद्यार्थीले मित्रपार्कस्थित पशुपति क्याम्प अगाडि प्रदर्शन गरेका थिए। साे क्रममा एक बसमा…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहम र चेल्सीको खेलमा 'रंगभेद हावी', रुडिगरको प्रश्न, ‘यो कहिले रोकिन्छ?’

    टोटेनहम र चेल्सीको खेलमा 'रंगभेद हावी', रुडिगरको प्रश्न, ‘यो कहिले रोकिन्छ?’

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले टोटेनहमलाई हरायो। टोटेनहमको घरेलु मैदानमा भएको खेलमा चेल्सीले २–० को जित हात पारेको हो। पहिलो हाफमा चेल्सी हाबी भयो। तर दोस्रो हाफमा खेल हैन रंगभेद हाबी भयो। चेल्सीका लागि दुवै गोल विलियनले गरेका थिए। खेलको १४औँ मिनेटमा नै विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। फेरि पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल यू १५ महिला टोलीले आज भुटानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

    नेपाल यू १५ महिला टोलीले आज भुटानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

    काठमाडौं : नेपाल र भुटानको यू १५ महिला टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। नेपाल भ्रमणका क्रममा रहेको भुटानी टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ। जसअनुसार पहिलो खेल आज दिउँसो २ बजे सातदोबाटो स्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ। अर्को खेल डिसेम्बर २५ मा हुनेछ। भुटानी टोली आइतबार काठमाडौं आइपुगेको थियो। ‘महिला फुटवल सुधारका लागि हामी प्रतिबद्ध…

    विस्तृतमा पढ्नुस्

  • अंक तालिकाको पुछारमा रहेको वार्टफोर्डसँग म्यानचेस्टर युनाइटेड पराजित

    अंक तालिकाको पुछारमा रहेको वार्टफोर्डसँग म्यानचेस्टर युनाइटेड पराजित

    इंग्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गतको आज भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई वाटफोर्डले २-० गोलान्तरले पराजित गरेको छ। तालिकाको २० औं स्थानमा रहेको घरेलु टोली वाटफोर्डले ८ औं स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडलाई हराएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। वाटफोर्डले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ५० औं मिनेटमा स्मालिया सरले गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले काबासेले…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल : अफ्ताव उद्दिनको आक्रमक अर्धशतकमा बुटवलको जित

    पिपिएल : अफ्ताव उद्दिनको आक्रमक अर्धशतकमा बुटवलको जित

    काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको छ। जितसँगै बुटवल प्लेअपमा प्रवेश गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको धनगढीले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहायतामा १ सय ४० रन बनाएको थियो। १ सय ४१ रनको औषत लक्ष्य पछ्याएको बुटवलले अफ्ताव उद्दिन अहमेदको आक्रमक अर्धशतकको सहायतामा १६ दशमलव ४ ओभरमै लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • बिग व्यासमा सन्दीपले लिए १ विकेट, मेलबर्न विजयी

    बिग व्यासमा सन्दीपले लिए १ विकेट, मेलबर्न विजयी

    अस्ट्रेलियाको बिग ब्यास लिगमा नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्यसमेत रहेका सन्दीप लामिछानेले ३ ओभर बलिङ गर्दै १८ रन दिएर १ विकेट लिएका छन्। मेलवर्न स्टारबाट खेलिरहेका सन्दीपले आजको खेलमा औषत बलिङ गरे। खेलमा टस जितेर ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। मेलबर्नका लागि मार्कस स्टोइनिसको सर्वाधिक ८१ रन तथा निक म्याडिन्सनले…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल :  चितवनको अपराजित यात्रा कायमै, लोकेश बमको अर्धशतकले टार्न सकेन विराटनगरको हार

    पिपिएल :  चितवनको अपराजित यात्रा कायमै, लोकेश बमको अर्धशतकले टार्न सकेन विराटनगरको हार

    काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिगको आजको पहिलो खेलमा चितवन राइनोजले बिराटनगर टाइटन्समाथि जित हात पारेको छ। पारस खड्काको कप्तानीमा रहेको चितवनले प्रदीप ऐरीको  कप्तानीमा रहेको विराटनगरलाई १८ रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। १ सय ४७ रनको औषत लक्ष्य पछ्याएको विराटनगरको सुरुवाती ब्याट्सम्यान क्रिजमा टिक्नै नसकिरहेको…

    विस्तृतमा पढ्नुस्

  • गुन्डा रमेश बाहुनका सुटर सहित दुई जना पक्राउ

    गुन्डा रमेश बाहुनका सुटर सहित दुई जना पक्राउ

    काठमाडौं : प्रहरीले अपराधिक गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले गुन्डा दुर्गा राई र विष्णु धिताललाई नियन्त्रणमा लिएको हो। दुबै जनालाई कोटेश्वर र पेप्सीकोला क्षेत्रमा नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। राई गुन्डा नाइके रमेश बाहुन समूहका सुटरसमेत हुन्। 'गुन्डागर्दी गरेर मानिसलाई धम्काएको अभियोगमा नियन्त्रणमा लिएका हौं,' महाशाखाका प्रमुख एसएसपी थापाले भने। प्रहरीले उनीहरु…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल : चितवन राइनोजले विराटनगरलाई दियो १ सय ४७ रनको लक्ष्य

    पिपिएल : चितवन राइनोजले विराटनगरलाई दियो १ सय ४७ रनको लक्ष्य

    काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको हो। चितवनका लागि आरिफ शेखले सर्वाधिक अभिजित ३९ रन बनाए। उनले २२ बलमा ३ चौका र ३ छक्काको सहायतामा ३९ रन बनाएका…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा मिनिट्रक दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

    नुवाकोटमा मिनिट्रक दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

    काठमाडौं : नुवाकोटको विदुर नगरपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान बिदुर नगरपालिका ६ स्थित मुलथलाबाट खड्ग भञ्ज्याङतर्फ जाँदै गरेको मिनिट्रक गति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। मिनिट्रकमा सवार सात जना मध्ये दुई जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  बाँकी पाँच जना घाईतेको उपचारको लागि सशस्त्र प्रहरीको १९ नम्वर गुल्म नुवाकोटले त्रिशुली…

    विस्तृतमा पढ्नुस्

  • दैलेखमा गाउँपालिका अध्यक्षका दम्पती सम्पर्कविहीन, अपहरणको आशंका, खोजीमा प्रहरी परिचालन

    दैलेखमा गाउँपालिका अध्यक्षका दम्पती सम्पर्कविहीन, अपहरणको आशंका, खोजीमा प्रहरी परिचालन

    काठमाडौं : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला मल्ल शाही सम्पर्कविहीन भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटी सदस्य समेत रहेका शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेको ने क पा’ले दाबी गरेको छ। यद्यपि प्रहरीले भने अपहरण हो वा होइन स्पष्ट पारिसकेको छैन। ‘अपहरणमा परेको भन्ने खबर पाएका छौँ। कहाँ लगिएको हो यकिन…

    विस्तृतमा पढ्नुस्

  • सागको महासंग्रामपछि पोखरा रंगशाला : दुबो सुक्यो फूल ओइलाए, दुई सातासम्म उठेन फोहोर

    सागको महासंग्रामपछि पोखरा रंगशाला : दुबो सुक्यो फूल ओइलाए, दुई सातासम्म उठेन फोहोर

    पोखरा : पोखरा रंगशाला दुई हप्ताअघिसम्म दिनरात व्यस्त बन्यो। १३औँ दक्षिण एसीयाली खेलकुद (साग) का लागि रातारात संरचना बने। कतिपय पुनर्निर्माण भए। तर, सागको समापनसँगै रंगशाला परिसर अहिले फोहोर थन्क्याउने थलो जस्तै बनेको छ। रंगशाला परिसरमा अतिथिलाई लगाएको माला, मःमका प्याकेटको फोहोर यत्रतत्र छ। मैदानको दुबो पानी अभावमा मर्न लागेको छ। अतिथिलाई देखाउन रोपेका फूला ओइलाएका छन्। तर, खेल आयोजक यी…

    विस्तृतमा पढ्नुस्

  • कपनमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    कपनमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौँः काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका ११ कपन कृष्णमन्दिर सडकमा बा ७ प ८८५१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका–१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचार क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। घटनाका बारेमा आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • फिफा क्लब विश्वकपको उपाधि लिभरपुललाई

    फिफा क्लब विश्वकपको उपाधि लिभरपुललाई

    फिफा क्लब विश्वकपकको उपाधि लिभरपुलले जितेको छ। कतारको दोहामा गएराति भएको खेलमा ब्राजिलियन क्लव फ्लामेङ्गोलाई हराउँदै लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि हात पारेको हो। प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरी भएपछि खेल इन्ज्युरी समयमा पुगेको थियो। खेलको इन्ज्युरी समयमा रोबर्टो फिर्मिन्होले निर्णायक गोल गर्दै लिभरपुललाई जित दिलाए। खालिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा फिर्मिन्होले नै खेलको शुरुमै पनि गोलको अवसर पाए पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell