PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

  • ट्वीटरमा कास्की-२ का उम्मेद्वार पौडेलको १७ वर्षे जोश : तर, खेमराज भन्छन्, 'खै मलाई त चलाउन पनि आउँदैन'

    ट्वीटरमा कास्की-२ का उम्मेद्वार पौडेलको १७ वर्षे जोश : तर, खेमराज भन्छन्, 'खै मलाई त चलाउन पनि आउँदैन'

    काठमाडौं : कास्की निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेल सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा देखिएका छन्। एकहप्ता अघि फेसबुकमा एकाउन्ट बनाएका उनले चुनावी प्रचारका क्रममा सोमबार ट्वीटर ह्यान्डल @nckhemrajpaudel मा पनि देखिएका छन्। फेसबुकमा उनको व्यक्तिगत कुनै पोस्ट देखिएको छैन। यता ट्वीटरमा भने उनी आक्रमक रुपमा देखिएका छन्। पहिलो ट्वीटमै ८० जना बढीले प्रतिक्रिया जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • टिपर र बोलेरोमा मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

    टिपर र बोलेरोमा मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

    काठमाडौँः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थित अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा ३ ख ७०८७ नम्बरको टिपर र बा १० च २१५४ नम्बरको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • सिक्टा सिँचाइः १४ वर्षमा ६० प्रतिशत काम, प्राथमिकता अनुसार छैन प्रतिफल

    सिक्टा सिँचाइः १४ वर्षमा ६० प्रतिशत काम, प्राथमिकता अनुसार छैन प्रतिफल

    राँझाः बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ। निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ। सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो। रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख कृष्णप्रसाद नेपालले जानकारी दिए। उनका अनुसार, सिक्टाको सबै काम…

    विस्तृतमा पढ्नुस्

  • टिपरबाट खस्दा सहचालकको मृत्यु

    टिपरबाट खस्दा सहचालकको मृत्यु

    चितवनः पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना ३ ख ३७७८ नंको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। टिपर…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै प्रदेश २ सरकार

    आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै प्रदेश २ सरकार

    वीरगंजः प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक तयार पारिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याउन लागिएको बताए। यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित गरिसकेको छ। प्रदेश सरकारले प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि चाहिने…

    विस्तृतमा पढ्नुस्

  • भद्रपुर विमानस्थल १० दिनका लागि पूर्णरुपमा बन्द

    भद्रपुर विमानस्थल १० दिनका लागि पूर्णरुपमा बन्द

    झापाः झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ। चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो। एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै, यस्तो छ चार दिने भ्रमण तालिका

    बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै, यस्तो छ चार दिने भ्रमण तालिका

    काठमाडौंः बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन्। हमिदको नेपाल भ्रमण चार दिनको हुनेछ। भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्नेछन्। सोही राष्ट्रपतिले हमिद र प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोज आयोजना गर्नेछिन्। हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग…

    विस्तृतमा पढ्नुस्

  • स्विमिङ पुलमा डुबेर धनगढीमा एक बालकको मृत्यु

    स्विमिङ पुलमा डुबेर धनगढीमा एक बालकको मृत्यु

    कैलालीः स्विमिङ पुलमा डुबेर धनगढीमा एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका ७ क्याम्पस चोकमा पसल गरी बस्ने हिरा रोकायाका २ वर्षीय छोरा सुशान्तको स्विमिङ पुलमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । ‘हिजो दिउँसो हराएका सुशान्तको खोजी गर्दै जाँदा बेलुका ५:३० बजे धनगढी उपमहानगरपालिका ८ मा रहेको इशाबेला रेस्टुरेन्ट एन्ड बारको स्विमिङ पुलमा खसेको…

    विस्तृतमा पढ्नुस्

  • 'अघोरी'की नव विवाहिता पुगिन् हिरासत : बिहे गराएर अमेरिकी ग्रिनकार्डको प्रलोभनमा लाखौं ठगीको आरोप

    'अघोरी'की नव विवाहिता पुगिन् हिरासत : बिहे गराएर अमेरिकी ग्रिनकार्डको प्रलोभनमा लाखौं ठगीको आरोप

    काठमाडौं : सामाजिक सञ्जाल तथा युट्युवमार्फत् चर्चामा आएका एक 'अघोरी बाबा'की नवविवाहित दुलहीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले विजय केसी भनिने अघोरी बाबाकी हालै बिहे गरेकी पत्नी शारदा पाण्डेलाई सोमबार अनुसन्धानका लागि भन्दै बोलाएको थियो। पाण्डेले ठगेको भन्दै पीडितले उजुरी गरेपछि नियन्त्रणमा लिइएको वृत्तका डिएसपी रमेश सिंहले जानकारी दिए। 'उहाँमाथि ठगीको आरोप छ। छोड्न…

    विस्तृतमा पढ्नुस्

  • तथ्य र प्रमाणले भारतसँग सीमा समस्या सुल्झाउन समस्या छैन : दाहाल

    तथ्य र प्रमाणले भारतसँग सीमा समस्या सुल्झाउन समस्या छैन : दाहाल

    काठमाडौं : ऐतिहासिक तथ्य र प्रमाणहरुले भारतसँगको नेपालको सीमा लामो समय विवादित नहरने नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। आज संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुँदै दाहालले लिम्पियाधुरा काली नदीको मुहान भएको र ऐतिहासिक तथ्यले त्यहीबाट नेपाल भारतको सीमा खुट्टिने भएकाले समस्या समाधान सहज हुने तर्क गरे। उनले सीमाको समस्या समाधानका लागि अवस्था अनुकूल…

    विस्तृतमा पढ्नुस्

  • एभिसी सेन्ट्रलजोन वुमन्स भलिबल: नेपालको लगातार दोस्रो जित

    एभिसी सेन्ट्रलजोन वुमन्स भलिबल: नेपालको लगातार दोस्रो जित

    बंगलादेशको ढाकामा जारी एभिसी सेन्ट्रलजोन वुमन्स भलिबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा आफगानिस्तानलाई हराएको नेपालले आज दोस्रो खेलमा कीर्गिस्तानलाई हराएको हो। आज भएको खेलमा पनि नेपाल कीर्गस्तानलाई सोझो सेटमा हरायो। नेपालले २५/१५, २५/१९ र २५/२० को सेटमा कीर्गिस्तानलाई पराजित गरेको हो। हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई २५/४, २५/९ र २५/६ को सेटमा हराएको थियो। आज पराजय भोगेसँगै…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सीमानामा स्थायी सीमा सुरक्षा बल राख्न संसदीय समितिको सुझाव, भारतले जारी गरेको नक्साविरुद्ध एक रहन आग्रह

    नेपाली सीमानामा स्थायी सीमा सुरक्षा बल राख्न संसदीय समितिको सुझाव, भारतले जारी गरेको नक्साविरुद्ध एक रहन आग्रह

    काठमाडौं : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतको राजनीतिक नक्सामा नेपाली भूमि अतिक्रमित भएको भन्दै राष्ट्रियताको पक्षमा दृढताका साथ उभिन अपील गरेको छ। नोभेम्बर २ २०१९ मा भारत सरकारले नयाँ नक्सा जारी गरेको थियो। नेपालको कालापानी, लिपुलेक, लिपुभञ्ज्याङ र त्यसभन्दा पूर्वको भागसमेत नक्सामा समेटिएको विषयलाई लिएर आज बसेको समितिको बैठकले सरकारलाई तत्काल उच्चस्तरीय राजनीतिक एवम् कुटनीतिक पहल गर्नसमेत…

    विस्तृतमा पढ्नुस्

  • ६ करोड मूल्य बराबरको कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

    ६ करोड मूल्य बराबरको कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

    काठमाडौं : प्रहरीले अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलबाट लागुऔषध कोकिन सहित एक विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण व्युरोको विषेश सुचनाको आधारमा विमानस्थल प्रहरीले दुई किलो कोकिनसहित ब्राजिलियन नागरिकलाई नियन्त्रणमा लिएको व्यूरोका एसएसपी बसन्त लामाले जानकारी दिए। 'हामीले नियन्त्रणमा लिएका हौं। अझै केहि अप्रेसन चलिरहेको छ,' एसएसपी लामाले भने। ब्राजिलियन ६१ वर्षीय नागरिक साजियो टुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • एक बुङ तासको एक लाख रुपैयाँ, जितिन्छ या हारिन्छ पहिल्यै पाइन्छ थाहा!

    एक बुङ तासको एक लाख रुपैयाँ, जितिन्छ या हारिन्छ पहिल्यै पाइन्छ थाहा!

    काठमाडौं: रहस्यमयी तरिकाले जुवा खेल्न प्रयोग हुने ताससहितको सामाग्री प्रहरीले बरामद गरेको छ। लामो समयको सूचनापछि अनुसन्धान गर्दा महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले आइतवार सेन्सरजडित तास बरामद गरेको हो। प्रहरीले बरामद गरेको तासमा खेल्ने व्यक्तिले कसले जित्ने र कोसित के पर्‍यो भन्ने प्रष्ट देखिने बताइएको छ। 'हामीलाई नै अचम्ममा पार्‍यो। सबै सेन्सरजडित छ। कोठामा बसेर कसलाई के तास परेको छ…

    विस्तृतमा पढ्नुस्

  • एभिसी सेन्ट्रलजोन वुमन्स भलिबल : नेपालले आज कीर्गिस्तानको सामना गर्ने

    एभिसी सेन्ट्रलजोन वुमन्स भलिबल : नेपालले आज कीर्गिस्तानको सामना गर्ने

    बंगलादेशको ढाकामा जारी एभिसी सेन्ट्रलजोन वुमन्स भलिबलमा आज नेपालले कीर्गिस्तानको सामना गर्दैछ। पहिलो खेलमा अफगानिस्तानलाई सोझो सेटमा हराएको नेपालले कीर्गिस्तानसँग पनि त्यही आत्मविश्वासका साथ उत्रने छ। हिजो नेपालले अफगानिस्तानलाई २५/४, २५/९ र २५/६ को सेटमा हराएको थियो। यता कीर्गितस्तान भने पहिलो खेलमा माल्दिभ्ससँग पराजित भएको थियो। नेपाल र कीर्गिस्तानबीचको खेल नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ। थाइल्यान्डमा लामो…

    विस्तृतमा पढ्नुस्

  • सूर्यविनायक-धुलिखेल सुरुङमार्गको निर्माण प्रक्रिया किन रोके मन्त्री महासेठले?

    सूर्यविनायक-धुलिखेल सुरुङमार्गको निर्माण प्रक्रिया किन रोके मन्त्री महासेठले?

    काठमाडौँः मूख्य पूर्वाधार निर्माणको जिम्मा लिएका मन्त्री नै विकास विरोधि देखिएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकै चाहनामा यतिबेला सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माण रोकिएको छ।  शिलान्यास गरेर चालु वर्षबाट निर्माण नै सुरु गर्नुपर्ने सुरुङमार्ग मन्त्रीकै स्वार्थका कारण रोकिएको हो। जापान सहयोग नियोग (जाईका) को सहयोगमा डिटेल रिपोर्ट तयार भएपछि ऋण सम्झौता गर्ने मौखिक सहमति भएको थियो। लिखित सम्झौता हुनुभन्दा केही दिनअघि…

    विस्तृतमा पढ्नुस्

  • बी एन्ड आर कप : नेपाल यू १९ क्रिकेट टोलीले थाइल्यान्डको सामना गर्ने

    बी एन्ड आर कप : नेपाल यू १९ क्रिकेट टोलीले थाइल्यान्डको सामना गर्ने

    चीनमा हुने बी एन्ड आर कपमा नेपाली यू १९ क्रिकेट टोलीले आज थाइल्यान्डको सामना गर्दै छ। चीनको सांघाइमा आजबाट सुरु हुने प्रतियोगितामा डोली भट्टको कप्तानीमा नेपाली टोलीले खेल्नेछ। नेपाल र चीन बीचको खेल आज दिउँसो साढे ११ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा नेपालले आज पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ। त्यस्तै भोली नेपालले २ खेल खेल्नेछ। पहिलो खेलमा साउदी अरेबिया सँग र दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • कालापानी विवादबारे प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

    कालापानी विवादबारे प्रधानमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

    काठमाडौँः भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभाग कालापानी समावेश भएको विषयमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज प्रधानमनत्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ। समितिले बिहान ११ः३० बजे प्रधानमन्त्रीलाई बोलाएको छ। यस्तै, प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नक्साबारे छलफल गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाएको छ।  दुबै समितिले एकै विषयमा फरक फरक छलफल गर्न लागेका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालय बैठकः पार्टी एकीकरणका बाँकी काम मुख्य एजेण्डा, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने 

    नेकपा सचिवालय बैठकः पार्टी एकीकरणका बाँकी काम मुख्य एजेण्डा, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने 

    काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ। सोमबार बिहान ९ बजे बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकीकरणका बाँकी काम मुख्य एजेण्डा रहेको बताइएको छ। सचिवालयका एक सदस्यले पार्टीको सांगठानिक एकताको बाँकी काम मुख्य एजेण्डा भएको बताए। मन्त्रिपरिषद् पुनर्गठनबारे गृहकार्य भइरहे पनि सचिवालय सदस्यहरुलाई यो विषयमा कुनै जानकारी नदिइएको उनले बताए।  उनले भने, ‘जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा 'वान अन वान' वार्ता, के भयो कुराकानी?

    प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा 'वान अन वान' वार्ता, के भयो कुराकानी?

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ। आइतवार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच 'वान अन वान' भेटवार्ता भएको हो। बिहिवारमात्र धापासीस्थिति ग्रान्डी इन्टरनेसनल अस्पतालमा डायलासिस गरेर प्रधानमन्त्री निवास बालुवाटरमा आराम गरिरहेका प्रधानमन्त्री भेट्न  प्रचण्ड मध्यान्ह बालुवाटार पुगेका थिए। त्यसलगतै आज दोस्रो पटक प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटर पुगेका हुन्। करिव तीन घण्टा अध्यक्ष दाहाल बालुवाटारमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell