काठमाडौं : बंगलादेशको ढाकामा सम्पन्न एभिसी सेन्ट्रलजोन वुमेन्स भलिबलमा च्याम्पियन बनेको नेपाली महिला भलिबल टोली आज नेपाल फर्किएको छ। नेपाली टोलीलाई स्वागत गर्न आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, उपाध्यक्ष पिताम्बर तिमल्सिना, भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले स्वागत गरेका थिए। प्रतियोगितामा नेपाली टोलीले फाइनललगायत सबै खेलहरुमा सोझो सेटमा जित निकालेको थियो। नेपालले फाइनलमा माल्दिभ्सलाई हराएको हो।…
काठमाडौं : रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई अदालतले थुनामा पठाउन आदेश दिएको छ।* एक साता लामो बहसपछि शुक्रवार जिल्ला अदालत रौतहटले उनलाई थुनामा पठाउन आदेश दिएको हो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले थुनामा पठाउने आदेश दिएको छ। सरकारकी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक…
काठमाडौं : व्यवसायी डाक्टर रुप ज्योति रिहा भएका छन्। पूर्व मन्त्रीसमेत रहेका उनीविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको कार्यालयले जनाएलगत्तै उनी रिहा भएका हुन्। उनीसँगै उनकी छोरी सुरुची पनि रिहा भएकी छिन्। उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो। 'पर्याप्त प्रमाण नपुगेकाले रुप ज्योतिविरुद्ध मुद्दा चलाउन नमिल्ने भयो,' सरकारी वकिल कार्यालयका…
काठमाडौं : नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग हुने खेलका लागि नेपाली टोलीको घोषणा गरेका छन्। मंसिर ३ गते भुटानमा हुने खेल कतार विश्वकप २०२२ तथा एसिया कप चिन २०२३ को छनोट चरण अन्तर्गतको नेपालको 'होम गेम' हो। नेपालको दशरथ रंगशालामा खेल हुने बताइए पनि अन्तिम समयमा एसियन फुटबल कन्फिडरेसन (एएफसी) ले दशरथ रंगशालामा खेल खेलाउन अस्वीकृत गरेको थियो।…
काठमाडौं : प्रहरीले चोरीको गाडी बिक्री गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। बिहीवार राति महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौं काभ्रेस्थलीका दीपेन्द्र भन्ने दीपकबहादुर बुढा र गोरखा सुलिकोट गाँउपालिकाका मुकुन्दप्रसाद पुडासैनीलाई नियन्त्रणमा लिएको हो। उनीहरुले चोरी गरेका चारवटा गाडी समेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका पुडासैनी नयाँबजारमा रहेको आदित्य टान्सपोर्टका संचालक समेत भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ। उनीहरुले भारतबाट…
यूरो क्वालिफार्स अन्तर्गतको गएराति भएको खेलमा ह्यारी केनको ह्याट्रिकमा इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ७-० गोलको फराकिलो अन्तरले हराएको छ। खेलको ११औं मिनेटमा अक्सलेड चेम्बरलेनको गोलबाट अग्रता बनाएको इंग्ल्याण्डका लागि ह्यारी केनले १८, २४ र ३७ औं मिनेटमा गोल गरे। त्यस्तै रासफोर्डले ३० औं मिनेटामा गोल गरे। पहिलो हाफमा ५–० ले अगाडि रहेको इंग्ल्याण्डले दोस्रो हाफमा २ गोल थप्यो। ६६औं मिनेटमा मोन्टेनेग्रोका सोफ्र्यानकले आत्मघाती…
काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। ‘मिस्टर नेपाली’ र ‘सम्हाली राख है’ एकसाथ रिलिज भएका हुन्। दुबै फिल्मले सिंगल स्क्रिनमा सो पाएका छन्। साथै मिस्टर नेपालीको भने मल्टिप्लेक्समा केही सो छन्। राष्ट्रियता र प्रेमको कथा समेट्ने भनिएको फिल्मको निर्देशक देव भुसालले गरेका हुन्। भुसालकै लेखन तथा पटकथा रहेको फिल्मलाई नीरज कँडेलले खिचेका हुन्।…
काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्रगत करिब तीन महिना देखि पोखरामा प्रशिक्षणरत राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुबै टोली बैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेको छ। बैदेशिक प्रशिक्षण अन्तर्रगत पुरुषको राष्ट्रिय ह्याण्डबल भारतको चण्डिगढस्थित पटियालामा र महिला टोलीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले जानकारी दिए। दुबै टोलीलाई बिदाई गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य…
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधी जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन्। उपराष्ट्रपति पुनले नेपालको भलिबल खेलमा ईतिहास बनाएकोमा खुशी व्यक्त गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका हुन्। उनले भलिबलमा देशले पहिलो उपाधी जितेको अवसरमा राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षक, नेपाली खेलाडीहरु र सम्पूर्ण नेपालीहरुलाई बधाई दिएका…
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले ज्ञानेन्द्र मल्लको कप्तानीमा साग खेल्ने टोलीको घोषणा गरेका हुन्। टोलीमा दिपेन्द्र सिंह ऐरी उपकप्तान रहने छन्। सो टोलीमा पारस खड्का र सन्दीप लामिछाने पनि परेका छन्। बंगलादेशमा जारी इमर्जिङ कपमा टी-१० लिगको कारण सहभागिता नजनाएका खड्का र लामिछानेले सागमा…
काठमाडौं : सत्तारुढ समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग एकताका लागी गम्भीर छलफल भइरहेको बताएको छ। समाजवादीले संघीय परिषद्को बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राजपासँग आफ्ना एजेण्डाहरु मिल्ने भएकाले एकता छलफल भइरहेको उल्लेख छ। राजपा राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल भएको समाजवादीको ठहर छ। 'यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्छन्। यस पार्टीसँग एकताका निम्ति केही समय…
काठमाडौं : नेपाल प्रहरीको लागि नयाँ खरिद भएका ५ वटा ‘वाटर क्यानोन’को प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा बिहीबार परीक्षण एवम् प्रदर्शनी भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए। उक्त अवसरमा ‘वाटर क्यानोन’द्वारा सेल्फ स्प्रे प्रदर्शन, ५५ मिटर दुरी तथा ३० मिटर दुरीमा पानीको फोहरा प्रदर्शन र भीडमा सहभागीको पहिचान हुन सहज होस् भन्न…
काठमाडौं : बंगलादेशको ढाकामा जारी एभिसी सेन्ट्रलजोन वुमन्स भलिबलको उपाधि नेपालले हात पारेको छ। आज भएको फाइनल खेलमा माल्दिभ्समाथि सोझो सेटमा जित निकाल्दै नेपालले उपाधि जितेको हो। पहिलो सेटमा २५/१३ ले अघि रहेको नेपालले माल्दिभ्सलाई दोस्रो सेटमा २५/१२ ले र तेस्रो सेटमा २५/८ ले पराजित गरेको हो। प्रतियोगिताभर अपराजित नेपालले सबै टोलीलाई सोझो सेटमा हराएको थियो। सेन्ट्रलजोन वुमन्स भलिबलको उपाधि नेपालको…
काठमाडौं : बंगलादेशमा आजबाट सुरु भएको एसिसी इमर्जिङ टिम एसिया कपमा नेपाल भारतसँग ३ विकेटले पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर सकिँदा लक्ष्य भेट्न सफल रह्यो। भारतका लागि ओपनर आर्यन जुयल र रबि सरथले ७४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात…
मुम्बई : गत वर्ष नोभेम्बर १४ मा विवाह बन्धनमा बाँधिएका बलिउड 'क्युट कपल' दीपिका पादुकोण र रणवीर सिंहको आज पहिलो विवाह एनिभर्सरी हो। तर उनीहरु आफ्नो पहिलो एनिभर्सरी भव्य तरिकाले नभएर केही फरक तरिकाले मनाँउदै छन्। दीपवीर मठमन्दिरहरु घुमेर पहिलो एनिभर्सरी मनाँउने योजनामा रहेको छन्। भारतीय मिडियामा उल्लेख गरिएअनुसार उनीहरु १४ नोभेम्बरमा सबै परिवारसँग तिरुपति बालजी मन्दिर र पधावती मन्दिरमा दर्शन…
नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा पुगेका छन्। हेलिकप्टरबाट पोखरा विमानस्थल पुगेका हमिदलाई गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनका साथै गण्डकी प्रदेशका मन्त्रीहरुले स्वागत गरेका थिए। विमानस्थलबाट लेकसाइड स्थित फिसटेल लजमा पुगेर हमिद फेवाताल पुगेका थिए। फेवातालमा उनले डुंगा सयर गरेका थिए। राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिनेछ। उक्त दिवाभोजमा गण्डकी…
काठमाडौं : बंगलादेशमा आजबाट शुरु भएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ। नेपालले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको हो। नेपालका लागि पवन सर्राफले सर्वाधिक ५६ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल खाता नखोल्दै आउट भएसँगै सुरुमै दबावमा आएको नेपालका लागि डेभ्यु गरेका कुशल भुर्तेल र सरद भेषवाकरले…
टिकाराम ढकाल/पहिलोपोस्ट काठमाडौं: ठगी अभियोगमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योतिको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। बुधबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंले फाइल सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र वोगटीले जानकारी दिए। 'सरकारी वकिल कार्यालयमा फाइल पठाइसकेका छौं' व्यवसायी रुप ज्योति र छोरी सुरुचि ज्योतिविरुद्ध हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले…
काठमाडौंः बुधबार दिउँसो काठमाडौंको ठमेलमा केही व्यक्तिहरुले चीनविरुद्ध मौन प्रदर्शन गरेका छन्। चीनले सीमा मिचेको आरोप लगाउँदै उनीहरुले ठमेल क्षेत्रमा प्रदर्शन गरेका हुन्। चिनियाँले सीमामात्र हैन व्यवसायमासमेत हस्तक्षेप गरेको उनीहरुको आरोप छ। स्वतन्त्र नागरिक समूहको नाममा 'प्ले कार्ड' बोकेका उनीहरुले सर्वभौम नेपालको उत्तरी खण्डमा चिनियाँ अतिक्रमण बढेको भन्दै प्रदर्शन गरेका हुन्। चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको उक्त ३६…
बंगलादेशमा आजबाट सुरुभएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ। एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्दी भारतको सामना गर्न लागेको हो। नेपाली टिमका महत्वपूर्ण खेलाडी पारस खड्का र सन्दीप लामिछाने प्रतियोगितामा सहभागी छैन्। दुवै खेलाडी युएईमा हुने टी१० लिगमा सहभागी हुनेछन्। आजै हुने अरु खेलमा बंगलादेश र हङकङ, पाकिस्तान र…