PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • हेरफेरपछि यस्तो बन्दैछ मन्त्रिपरिषद : को को भए इन्ट्री, कसको जिम्मेवारी के?

    हेरफेरपछि यस्तो बन्दैछ मन्त्रिपरिषद : को को भए इन्ट्री, कसको जिम्मेवारी के?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्त नेम्वाङ, पार्वत गुरुङ, मोती दुगड, घनश्याम भुषाल, लगायतलाई मन्त्रिपरिषदमा समेट्ने गरी मन्त्रिपरिषदमा हेरफेर गरेका छन्। भोलि सपथ हुने गरी नयाँ मन्त्रीहरुको नामावली राष्ट्रपति कार्यालय पठाइएको छ।  नयाँ मन्त्रीहरुको भोलि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने छन्। मात्रिका, रघुबीर र गोकर्ण आउट हुँदा लेखराज, वसन्तकुमार र रामेश्वरको…

    विस्तृतमा पढ्नुस्

  • उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्त

    उच्च अदालतमा १५ जना न्यायाधीश नियुक्त

    काठमाडौं : उच्च अदालतमा १५ जना न्यायाधीशमा नियुक्त भएका छन्। आज बसेको न्यायपरिषद्को बैठकले १५ जना न्यायाधीशको नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले जिल्ला अदालतका न्यायाधीशको बढुवा तथा कानुन व्यवसायी र  सरकारी वकिल कार्यालयका न्यायाधीशलाई नियुक्ति गरेको हो। जिल्ला न्यायाधीशबाट किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी उच्च अदालतको न्यायाधीशमा बढुवा भएका हुन्। सरकारी वकिलका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति कार्यालयमा औपचारिक जानकारी छैन, सपथका लागि जतिखेर पनि तयारी अवस्था

    राष्ट्रपति कार्यालयमा औपचारिक जानकारी छैन, सपथका लागि जतिखेर पनि तयारी अवस्था

    काठमाडौं : मन्त्रीहरु हेरफेर गर्ने विषयलाई अन्तिम रुप दिन आज बिहानैदेखि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) छलफलमा जुटेका थिए। दुवै नेताबीच सहमति भएपछि उनीहरु सितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डरीसँग परामर्श गरेका थिए। हिजो नै मन्त्रीहरुलाई जिम्मेवारीमुक्ति दिइने तथा जिम्मेवारी हेरफेर गरिने बताइसकेका थिए प्रधानमन्त्री ओलीले। आज १ बजेबाट बालुवाटारमा सुरु भएको नेकपाको…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको आदेश विपरीत कुस्ती संघमा राखेपको हस्तक्षेप, निर्वाचन नगरी तदर्थबाट कामकाज

    सर्वोच्चको आदेश विपरीत कुस्ती संघमा राखेपको हस्तक्षेप, निर्वाचन नगरी तदर्थबाट कामकाज

    काठमाडौं : सर्वोच्च अदालतले नेपाल कुस्ती संघको पुरानै कार्यसमितिलाई काम गर्न दिन आदेश गरे पनि राष्ट्रिय खेलकुद परिषदले आदेश अटेर गर्दै तदर्थ समितिलाई काम लगाएको पाइएको छ। दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै गर्दा संघको विवाद सतहमा आएको हो । सर्वोच्चले कात्तिक २६ गते नारायणदेव राणा अध्यक्ष रहेको कुस्ती संघलाई अर्को व्यवस्था नभएसम्म कामकाज गर्न दिन आदेश गरेको थियो। आदेश बमोजिम साह…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिमण्डल पुनर्गठनका तयारी : शीर्ष नेता परामर्शमा, नेकपा सचिवालय बैठक बस्दै 

    मन्त्रिमण्डल पुनर्गठनका तयारी : शीर्ष नेता परामर्शमा, नेकपा सचिवालय बैठक बस्दै 

    काठमाडौँ : मन्त्रिपरिषद् हेरफेरको तयारीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बिहान ९ बजे बोलाइएको बैठक १२ बजे सारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा हेरफेरको जानकारी पनि दिइसकेका छन्। सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच अनौपचारिक परामर्श हुनेछ। नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीले ओली तयार…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनको चुनावी सुरक्षा, धमाधम पक्राउ गरिँदै विप्लवका कार्यकर्ता

    उपनिर्वाचनको चुनावी सुरक्षा, धमाधम पक्राउ गरिँदै विप्लवका कार्यकर्ता

    तुलसीपुर : प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ। मंगलबारमात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ। सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए। वली विप्लव समूहका जिल्ला कमिटी सदस्यसमेत रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् हेरफेरको जानकारी दिँदै प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, ‘औपचारिक कार्यक्रम नराख्नू’

    मन्त्रिपरिषद् हेरफेरको जानकारी दिँदै प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने, ‘औपचारिक कार्यक्रम नराख्नू’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनबारे औपचारिक रुपमा मन्त्रीहरुलाई जानकारी गराएका छन्। मंगलबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले बुधबार कुनै औपचारिक कार्यक्रम नराख्न पनि मन्त्रीहरुलाई सुझाव दिएको एक मन्त्रीले बताए।  हेरफेरको चर्चा भइरहे पनि औपचारिक रुपमा प्रधानमन्त्रीले मन्त्रीलाई बैठकमा पहिलोपटक जानकारी गराएका हुन्। को को मन्त्री फेरिन्छन् टुंगो लागिसकेको भने छैन।  बैठकमा मन्त्रीद्वय चक्रपाणि खनाल र मातृका यादव…

    विस्तृतमा पढ्नुस्

  • मधेशी जनतासँग म 'डिप लभ'मै छु, डिभोर्स भएको छैन : प्रचण्ड

    मधेशी जनतासँग म 'डिप लभ'मै छु, डिभोर्स भएको छैन : प्रचण्ड

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेशी जनतासँग आफ्नो सम्बन्ध सुमधुर रहेको दाबी गरेका छन्। मंगलवार नवलपरासीमा आयोजित एक कार्यक्रममा प्रचण्डले मधेशी जनतासँग आफ्नो 'डिभोर्स' नभएर गहिरो माया बसेको बताए। उनले भने, 'मधेशीसँग मैले डिभोर्स गरेकै छैन। डिभोर्स गर्नेवाला पनि छैन। तर मैले डिभोर्स गरेको भन्ने तपाईहरुलाई कसरी लाग्यो? तपाईहरुले मसँग डिभोर्स गर्न खोजेको…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबल टिमलाई उपराष्ट्रपतिको सम्मान

    महिला भलिबल टिमलाई उपराष्ट्रपतिको सम्मान

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधी जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेका छन्। उपराष्ट्रपति पुनले मंगलवार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधी जित्ने राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक र खेलाडीहरुलाई सम्मान गरेका हुन्। उनले एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपमा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो खेलमा कुवेतसँग ०-७ ले पराजित नेपालले आज ०-१ मा बेहोर्‍यो हार

    अघिल्लो खेलमा कुवेतसँग ०-७ ले पराजित नेपालले आज ०-१ मा बेहोर्‍यो हार

    काठमाडौं : नेपालले आज विश्वकप छनोट अन्तर्गतको 'होम गेम'मा नेपाल कुवेतसँग १–० ले पराजित भएको छ। खेल भुटानको चाङलिमिथाङ स्टेडियममा भएको खेलमा पहिलो हाफमा ब्यहोरेको गोल खेलमा निर्णायक बन्दा नेपाल १–० पराजित बन्न पुग्यो। खेलको २८ औं मिनेटमा गोल गर्दै कुवेतका बदेर अल मुटुवाले अग्रता दिलाएका थिए।  दोस्रो हाफमा भने नेपाल केही आक्रामक देखिएको थियो। नेपालले गोलका अवसरहरु पनि सिर्जना…

    विस्तृतमा पढ्नुस्

  • सरकारका कामबारे कांग्रेसको २१ बुँदे टिप्पणी, 'माओवादीले बन्दुक थमायो, हामीले पासपोर्ट'

    सरकारका कामबारे कांग्रेसको २१ बुँदे टिप्पणी, 'माओवादीले बन्दुक थमायो, हामीले पासपोर्ट'

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ने क पा नेतृत्वको सरकारको २१ महिनामा गर्न नसेको २१ बुँदे कामको टिप्पणी गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलवार पत्रकार सम्मेलन गर्दै कांग्रेसले उपनिर्वाचनको प्रचारप्रसार स्वरुप एउटा पुस्तिका सार्वजनिक गरेको छ। कार्यक्रममा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले युवाहरुलाई बेल्चा थमाएर रोजगारी दिएको भन्ने भ्रम फैलाएको बताए। रोजगारीकै सन्दर्भमा नेपाली कांग्रेसले काम गर्ने वातावरण नदिएर युवा…

    विस्तृतमा पढ्नुस्

  • सौगातको खुलासा : सृष्टिसँग काम गर्न पाँउदा रमाइलो लाग्छ

    सौगातको खुलासा : सृष्टिसँग काम गर्न पाँउदा रमाइलो लाग्छ

    काठमाडौं : अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको प्रेमले नेपाली मिडियामा राम्रै चर्चा पाउने गरेको छ। त्यसो त पछिल्लो समय उनीहरु 'रियल लाइफ कपल' मात्र नभएर रिलमा पनि एकसाथ देखिदै आएका छन्। पछिल्लो समय उनीहरुले फिल्म 'पोइ पर्‍यो काले' मा एकसाथ काम गरेका थिए। फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाए तर फिल्म भने व्यापारिक रुपमा सफल भएन। त्यसो त सौगातकै…

    विस्तृतमा पढ्नुस्

  • चर्पी दिवसको राजधानीमा र्‍याली

    चर्पी दिवसको राजधानीमा र्‍याली

    काठमाडौं : आज विश्व चर्पी दिवस। राजधानीको वसन्तपुरबाट सरसफाइमा चेतना जगाउने र चर्पीको प्रयोगमा प्रेरणा दिने उद्देश्यले प्रभातफेरीको आयोजना गरियो। हनुमानढोका दरवार क्षेत्रबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै टुङ्गिएको थियो। सरकारले सिंगो मुलुक नै खुला दिसा पिसाव मुक्त घोषणा गरिसकेको छ। यद्यपि, त्यसको व्यवहारिक कार्यान्वयन भने कमजोर नै छ। चर्पी दिवस मनाइरहँदा राजधानमै चर्पीको अभाव चर्को रुपमा रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

    विश्वकप छनोट: नेपालले आज कुवेतसँग खेल्दै

    काठमाडौं : नेपालले आज विश्वकप छनोट अन्तर्गतको 'होम गेम' कुवेतको सामना गर्दैछ। यस अघिको अवे गेममा ७–० गोल अन्तरले पराजित भएको नेपाल आज त्यसको बदला लिने दाउमा हुनेछ। खेल भुटानको चाङलिमिथाङ स्टेडियममा आज दिउँसो पौने ३ बजे शुरु हुनेछ। दशरथ रंगशाला निर्माण भइनसकेकाले नेपालको 'होम गेम' भुटानमा सरेको थियो। फिफा वरीयतामा पनि कुवेत नेपाल भन्दा अगाडि रहेको मुलुक हो। कुनै…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिना र उरुग्वे बराबरीमा रोकिए

    अर्जेन्टिना र उरुग्वे बराबरीमा रोकिए

    गएराति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र उरुग्वे बराबरीमा रोकिएका छन्। लियोनल मेस्सीले अन्तिम समयमा गोल गर्दा खेल २–२ को बराबरीमा रोकिएको हो। अर्जेन्टिनाका लागि सर्जियो अग्युरो र लियोनल मेस्सीले गोल गर्दा उरुग्वेका लागि इडिन्सन काभानी र लुइस स्वारेजले गोल गरे। खेलको ३८ औं मिनेटमा काभानीले गोल गरेसँग उरुग्वेले अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले अघि रहेको उरुग्वेलाई बराबरीमा ल्याउन…

    विस्तृतमा पढ्नुस्

  • नम्रता पाण्डे र प्रद्युम्नराज पाण्डेका दुई कृति एकसाथ सार्वजनिक

    नम्रता पाण्डे र प्रद्युम्नराज पाण्डेका दुई कृति एकसाथ सार्वजनिक

    काठमाडौं : डाक्टर नम्रता पाण्डे र डाक्टर प्रद्युम्नराज पाण्डेका दुई नयाँ कृति एकसाथ सार्वजनिक भएका छन्। 'रहस्यः जीवन र प्रेम' तथा 'ऊर्जा' नाम दिइएका दुई कृति शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार लोकार्पण गरे। ‘ऊर्जा’ मा समसामयिक एवं सामाजिक विषयवस्तुका ४७ निवन्ध समावेश छन्। 'रहस्यः जीवन र प्रेम' पुस्तकले जीवनमा प्रेमको महत्व दर्शाएको…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारससहित ७ नेपाली खेलाडी

    पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारससहित ७ नेपाली खेलाडी

    पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासहित ७ नेपाली खेलाडी परेका छन्। नेपाली स्पीनर सन्दीप लामिछाने यसअघि नै प्लाटेनियम क्याटगोरीमा परिसकेका थिए। खड्का र लामिछाने बाहेक आरिफ शेख, बिनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सरद भेषावाकर र सोमपाल कामी पनि ड्राफ्टमा परेका छन्। सर्राफ, केसी, राजबंशी, शेख र भण्डारीलाई क्यानले आइसिसीमार्फत पिएसएलका लागि प्रस्ताव गरेको थियो। अन्य खेलाडी भने…

    विस्तृतमा पढ्नुस्

  • एसिसी इमर्जिङ टिम्स एसिया कप : बंगलादेशसँग नेपाल ८ विकेटले पराजित

    एसिसी इमर्जिङ टिम्स एसिया कप :  बंगलादेशसँग नेपाल ८ विकेटले पराजित

    बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो। १३९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २४ ओभर सकिँदा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। बंगलादेशका लागि नजामुल शान्तोले सर्वाधिक अभिजित ५९ रन बनाए। त्यस्तै नइम शेखले ४५…

    विस्तृतमा पढ्नुस्

  • ‘दि कर्मा’को पोस्टर रिलिजसँगै रिलिज टार्गेट

    ‘दि कर्मा’को पोस्टर रिलिजसँगै रिलिज टार्गेट

    काठमाडौं: फिल्म ‘दि कर्मा’ले अफिसियल पोस्टर सार्वजनिकसँगै रिलिज टार्गेट तय गरेको छ। आउँदो माघ १७ गते फिल्म प्रदर्शनमा आउने भएको हो। देवकुमार श्रेष्ठ निर्देशित फिल्मले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाहरुको कथा समेट्छ। फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन्। जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा'को कथा निर्माता जयराज राय स्वयंले लेखेका हुन्। भारतका मोडल…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई एक हजारको लोभ देखाउने दुई जड्याहा पक्राउ

    प्रहरीलाई एक हजारको लोभ देखाउने दुई जड्याहा पक्राउ

    काठमाडौं: प्रहरीलाई पैसाको लोभ देखाउने दुईजना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी सवारी चलाएका दुईजनाले प्रहरीलाई नै आर्थिक प्रलोभनमा देखाएपछि पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने दोलखा घर भएका २८ वर्षीय अनुप सुवेदी र कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने २८ वर्षकै उमेश सुवेदी  हुन्। उनीहरुले काठमाडौं महानगरपालिका-३२ सनराइज चोकस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell