एभिसी सेन्ट्रलजोन वुमेन्स भलिबलको फाइनलमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ। प्रतियोगितामा सबै टिमलाई सोझो सेटमा हराएको नेपाल अपराजित छ भने माल्दिभ्स बुधबारको खेलमा नेपालसँग पराजित भएको थियो। नेपालले यसअघि पहिलो खेलमा अफगानिस्तान, दोस्रो खेलमा कीर्गिस्तान, तेस्रो खेलमा बंगलादेश र चौथो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो। बंगलादेश र नेपाल बीचको खेल ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने…
बंगलादेशमा आजबाट सुरु हुने एसिसी इमर्जिङ टिम एसिया कपमा नेपालले आज बलियो प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ। प्रतियोगितामा नेपालका मुख्य दुइ खेलाडी पारस खड्का र सन्दीप लामिछानेले सहभागी हुने छैन्। दुवै खेलाडी युएईमा हुने टी१० लिगमा सहभागी हुनेछन्। नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह 'बी' मा नेपालसँगै भारत, बंगलादेश र…
कैलालीः डडेलधुराबाट आफ्नो १७औँ अनशन स्थगित गरेर डा. गोविन्द केसी धनगढी आइपुगेका छन्। धनगढी पुगेर स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पुगेका डा. केसी अस्पताल भर्ना भएका छन्। सेती प्रादेशिक अस्पतालका डा. नीराजन दत्त शर्मा पौडेलले केसीको स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्यमा गम्भीर समस्या नभए पनि अनशनका कारण थकान र केही समस्या देखिएकाले अस्पताल भर्ना हुन केसीलाई सुझाइएपछि भर्ना भएका हुन्।…
चितवनः बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगपालिका ६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा ६६ प २९६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते सापकोटाको उपचारका…
काठमाडौं: उपनिर्वाचनका लागि स्थानीय तहमा २८१ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचन हुने ४८ पदका लागि २८१ जनाले उम्मेदवारी दिएका हुन्। निर्वाचन आयोगले आज ३५ जिल्लाका रिक्त ४४ स्थानीय तहमा ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम राखेको थियो। मंसिर १४ गते उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३…
काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज शिष्टाचार भेट गरेका छन्। चार दिने नेपाल भ्रमणमा रहेका राष्ट्रपति हमिदसँग भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्य बारे कुराकानी भएको थियो। भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताए। बंगलादेशको स्वतन्त्रता संग्राममा समर्थन गर्ने नेपाल ७ औं राष्ट्र…
काठमाडौं : प्रहरीले सिटी सफारी (टेम्पो)मा छुटेको १ लाख रुपैयाँ फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ। इलाम जिल्ला माई नगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय अनुप बहादुर बस्नेतको मंगलवार दिउँसो झापाको विर्तामोड आउने क्रममा १ लाख रुपैयाँ टेम्पोमा छुटेको थियो। पैसा र महत्वपूर्ण कागजपत्र छुटेको बस्नेतले इलाका प्रहरी कार्यालय विर्तामोटमा जानकारी गराएपछि प्रहरीले खोजी गरेको थियो। प्रहरी टोलीले खोजी…
काठमाडौं : जिल्ला अदालत काठमाडौंले दुई वर्षअघि दरबारमार्ग स्थित होटेल ल्यान्डमार्कमा भएको बलात्कार घटनाका मुख्य आरोपी सहित अन्य दुई जनालाई कैद सजाय सुनाइएको छ। युवतीका प्रेमी भनिएका २२ वर्षीय शैलेस कार्कीलाई पाँच वर्ष २ महिना जेल सजाय र ७ लाख रुपैयाँ जरिवाना सुनाएको छ। जिल्ला अदालत काठमाडौंका न्यायधिश कमलप्रसाद पोखरेलको इजलासले विकास गौतम र दिपक श्रेष्ठलाई १४ महिना कैद सजाय…
काठमाडौं: मिर्गौला किनबेच आरोपमा मुद्दा चलाइएका निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित पाँच जनालाई जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत ललितपुरले मंगलबार आरोपितलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो। मिर्गौला किनबेचको अभियोगमा प्रहरीले रामेछाप दोरम्बा घर भएका शंकरलाल लामा, काठमाडौंका विपेन्द्र प्रधान, सप्तरी कन्चनपुर नगरपालिका घर भएका कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त र रामचन्द्र आलेलाई गत असोज२९ गते नियन्त्रणमा लिएको थियो।…
बारा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो सरकारलाई सीमा समस्या समाधानका लागि यो नै सबैभन्दा उत्तम समय भएको बताएका छन्। बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले स्थिर सरकार भएको बेला प्रतिपक्षकोसमेत साथ पाएको हुनाले समस्या समाधान गर्न सवैभन्दा उत्तम समय भएको बताएका हुन्। पौडेलले भने, 'सीमाको समस्या धेरै पहिलेदेखि हो। तर यो पटक हामी चुक्न हुँदैन। हामीले प्रधानमन्त्रीलाई…
काठमाडौंः नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्। अपराह्न ४३० बजेपछि राष्ट्रपति भवनमा भेटवार्ता हुनेछ। राष्ट्रपतिले भण्डारीले आजै हमिद र प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोज आयोजना गरेकी छन्। चार दिने भ्रमणमा रहेका हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग शिष्टाचार भेट…
भारतको महराष्ट्रमा राष्ट्रपति शासन लागू गरिएको छ। तीन हप्ता अगाडि भएको विधानसभा निर्वाचनपछि कुनै पनि दलले सरकार बनाउन नसकेपछि महाराष्ट्रका राज्यपाल भगतसिंह कोसियाराले केन्द्र सरकारको सिफारिसमा राष्ट्रपति शासन लागू गर्न प्रस्ताव गरेका थिए। सो प्रस्तावलाई राष्ट्रपति रामनाथ कोविन्दले स्वीकृत गरिसकेका छन्। गठबन्धन बनाएर निर्वाचन लडेका भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाबीच मुख्यमन्त्री पदमा कुरा नमिलेपछि महाराष्ट्रमा केन्द्रले हस्तक्षेप गरेको…
सोलुखुम्बुः सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका ४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान ६ः४५ मा उनलाई मृत अवस्थामा भेटिएको हो। इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको…
काठमाडौँ : मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत बुधबार स्थानीय तहका उम्मेदवारहरुको मनोनयन हुँदैछ। सम्बन्धित निर्वाचन कार्यालयमा मनोनयन हुनेछ। स्थानीय तहमा एक नगर प्रमुख, गाउँपालिका अध्यक्ष तीन र गाउँपालिका उपाध्यक्ष एक तथा ४३ वडाध्यक्षका लागि निर्वाचन हुनेछ। कार्यकारी बाहेकका अन्य पद पनि रिक्त भए पनि निर्वाचन हुने छैन । उपनिर्वाचन ३७ जिल्लामा ५२ जनप्रतिनिधिका हुँदैछ। यसअघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मनोनयन…
गोरखाः गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चाडपर्वका मौकछोपी गरगहना, टिभी, मोबाइललगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाको बारपाक सुलीकोट गाउँपालिका ८ का २३ वर्षीय बाघे भनिने सुमन बराम, गोरखा नगरपालिका ५ का २१ वर्षीय राजकुमार नेपाली, २० वर्षीय राजकुमार मग्राती,…
काठमाडौं : फिल्म 'बुलबुल'मार्फत चोपेन्द्रको पहिचान बनाएका कलाकार मुकुन भुसाल नयाँ फिल्मका लागि अनुबन्धित भएका छन्। फिल्म 'अन्तरे'का लागि उनले मंगलवार युनिटसँग सम्झौता गरेका हुन्। अन्तरेलाई सत्यराज चौलागाईंले निर्देशन गर्दैछन्। बुलबुलपछि नयाँ प्रोजेक्टमा नदेखिएका मुकुनले आफूलाई कथा र युनिट दुबै चित्त बुझेका कारण फिल्म गर्न लागेको बताए। भुसालले भने, 'चोपेन्द्रलाई दर्शकले गर्नु भएको माया जोगाइ राख्न धेरै स्क्रिप्ट पढें। अन्तत: मैले…
डडेलधुरा : चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै १७औँ फटक अनशन बसेका डा गोविन्द केसीले अनशन स्थगित गरेका छन्। डा केसीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि अनशन स्थगित गरेको जानकारी दिएका हुन्। भारतले नयाँ नक्सामा नेपालको पश्चिमी भूभाग समेटेको समाचारले आफू स्तब्ध भएको बताउँदै उनले अनशन स्थगित गरेको बताएका छन्। ‘सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो।…
काठमाडौं : वातावरण स्वच्छताका लागि नारा लिएर कलाकारहरु सडकमा दौडने भएका छन्। नेपाल चलचित्र कलाकार संघ र कान्ति सांस्कृतिक केन्द्रको आयोजनामा चेतनामुलक दौड प्रतियोगिता आयोजना हुन लागेको हो। आयोजक नेपाल चलचित्र कलाकार संघले उक्त प्रतियोगिताले आम मानिसमा वातावरण स्वच्छताको संदेश प्रवाह गर्ने र आउँदो भ्रमण वर्षको प्रचारमा पनि मद्दत पुग्ने विज्ञप्तिमा जनाएको छ। उक्त प्रतियोगितामा अभिनय, गायन, मोडलिङलगायत कला क्षेत्रमा…
काठमाडौं : गीतकार डीआर उपाध्यायले एकसाथ ७ गीति एल्बम सार्वजनिक गरिएका छन्। सोमवार रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम गरी एल्बमहरु लोकार्पण गरिएको हो। शताब्दी पुरुष सत्यमोहन जोशी, गायिका ज्ञानु राणा, हाँस्य कलाकार बसुन्धरा भुसाललगायतले एल्बमहरु सार्वजनिक गरे। एल्बम ‘अन्जान तिर्खा’, ‘सुधारस’, 'स्वर्गघर', ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभुतिको मझेरीमा’ सार्वजनिक भएका हुन्। गीतकार डिआरको एक उपन्यास ‘सपनाकी रानी’ र…
काठमाडौं : नेपाली कांग्रेसले अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले चाँडो वार्ता टोली गठन गर्नुपर्ने माग गरेको छ। आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त माग गरेका हुन्। पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, 'डा केसीको अवस्था प्रतिकुल बन्दै गएको छ। अनशन थालेको ९ दिनमा लागेको छ। सरकारले चाँडो वार्ता टोली गठन गरी जायज…