PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

  • वर्षाले रोक्यो खेल, नेपाल र सिंगापुरले बाढे अंक

    वर्षाले रोक्यो खेल, नेपाल र सिंगापुरले बाढे अंक

    काठमाडौं : सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल र आयोजक सिंगापुर बीचको खेल वर्षाका कारण रद्द भएको छ। वर्षाका कारण टस समेत हुन नसकेपछि नेपाल र सिंगापुरले अंक बाँडेका छन्। खेल आज साँझ ५:१५ बाट सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा हुने बताइएको थियो। जारी सिरिजको दोस्रो खेलमा पारस खड्काको शतकीय इनिङको सहयतामा नेपालले सिंगापुरमाथि ९ विकेटको सहज जित निकालेको थियो। तर, पहिलो…

    विस्तृतमा पढ्नुस्

  • रित्तियो सभामुखको कुर्सी, जारी भयो सूचना

    रित्तियो सभामुखको कुर्सी, जारी भयो सूचना

    काठमाडौं : संघीय संसद सचिवालयले सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएसँगै सभामुखको पद रिक्त भएको जनाएको छ। बुधवार दिउँसो संघीय संसद सचिवालयका सचिव डा भरतराज गौतमले सूचना जारी गर्दै सभामुखको पद रिक्त रहेको जनाएका हुन्। प्रकाशित सूचनामा भनिएको छ, 'उपसभामुखको आदेशअनुसार प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको छ।' उपनियम २ मा उपनियम…

    विस्तृतमा पढ्नुस्

  • एसिड आक्रमण पीडित मुस्कानलाई अमिताभ बच्चनको भिडियो सन्देश : 'तपाईको मुहारमा सधैँ मुस्कान छाओस्'

    एसिड आक्रमण पीडित मुस्कानलाई अमिताभ बच्चनको भिडियो सन्देश : 'तपाईको मुहारमा सधैँ मुस्कान छाओस्'

    काठमाडौं : बलिउड सुपरस्टार अमिताभ बच्चनले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई भिडियो सन्देश पठाएका छन्। उनले आफूलाई मुस्कानको बारेमा ‍कलेजको साथी उज्जवल विक्रम थापाले जानकारी दिएको भिडियोमा उल्लेख गरेका छन्। भिडियो सन्देशमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै भनेका छन्, 'मुस्कान तपाई एकदमै साहसी केटी हो। मुस्कानको अर्थ हुन्छ, मुस्कुराउनु। तपाईको मुहारमा सधैँ मुस्कान छाओस्। तर जे जति भयो त्यो निकै पीडादायक…

    विस्तृतमा पढ्नुस्

  • जस्टिन र हेलीले गरे दोस्रो पटक विवाह 

    जस्टिन र हेलीले गरे दोस्रो पटक विवाह 

    लस एन्जेलस : अमेरिकी गायक जस्टिन बिबर र मोडल हेली बाल्डविन दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले सोमबार ३० अगस्टमा साउथ क्यारोलिनाको मोन्टेज पामेन्टो बल्फमा विवाह गरेका हुन्। यो जस्टिन र हेलीको दोस्रो विवाह हो। यसअघि उनीहरुले २०१८ मा न्युयोर्कको कोर्ट हाउसमा गोप्य तरिकाले विवाह गरेका थिए। उनीहरुको विवाहमा केटी पेरी, किम कार्डशियन, कैमिला मोरानलगायतका १५७ हलिउड स्टार र…

    विस्तृतमा पढ्नुस्

  • चाडपर्वको मौका छोपी पाकेटमार सक्रियः प्रहरी भन्छ- भीडभाड र सार्वजनिक सवारीमा सजग हुनुहोस्'

    चाडपर्वको मौका छोपी पाकेटमार सक्रियः प्रहरी भन्छ- भीडभाड र सार्वजनिक सवारीमा सजग हुनुहोस्'

    काठमाडौं: दशैं तिहार जस्ता चाडपर्व लागेसँगै पाकेटमारहरु सक्रिय हुन थालेका छन्। सार्वजनिक सवारीसँगै पसल तथा भीडभाड र आर्थिक कारोबार हुने स्थानमा पाकेटमारको सक्रियता बढेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले केही दिनयता मात्र राजधानीमा पाकेट मार्ने २२ जना पाकेटमारलाई नियन्त्रणमा लिएको छ। सादा पोशाकमा खटिएका प्रहरीले २२ जना पाकेटमारलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति आउनुपूर्व एयर चाइनाको बोइङले गर्‍यो परीक्षण उडान, विमानस्थल निरीक्षण गरेर फर्कियो जहाज

    चिनियाँ राष्ट्रपति आउनुपूर्व एयर चाइनाको बोइङले गर्‍यो परीक्षण उडान, विमानस्थल निरीक्षण गरेर फर्कियो जहाज

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिङ पीङको नेपाल भ्रमणका लागि एयर चाइनाको बोइङ ७४७-८०० सिरीजको जहाजले परीक्षण उडान गरेको छ। बुधवार गरिएको परीक्षण उडानमा जहाजको चालकदलको सहभागिता रहेको विमानस्थलले जनाएको छ। 'जहाजले आज दिउँसो परीक्षण उडान अन्तर्गत दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। आज विमानस्थल परिसरभित्रको अवस्था निरीक्षण गरेर फर्केका छन्,' विमानस्थलका एक उच्च पदाधिकारीले भने। विमानस्थलका…

    विस्तृतमा पढ्नुस्

  • सुन लुटेको अभियोगमा पक्राउ परेका असई भन्छन्, 'साथीको बहकाउमा लागेर सुन लुटेँ'

    सुन लुटेको अभियोगमा पक्राउ परेका असई भन्छन्, 'साथीको बहकाउमा लागेर सुन लुटेँ'

    काठमाडौं : सुन लुटेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामाले आफूले साथीको बहकाउमा लागेर लुटेको बताएका छन्। मंगलवार प्रहरीले नियन्त्रणमा लिएका असई लामाले प्रहरीको प्रारम्भिक बयानमा आफूले गल्ती गरेको स्वीकार गरेका हुन्। 'मैले साथीको बहकाउमा लागेर लुटेको सुन फिर्ता गरिन। दशैं राम्रो हुन्छ फिर्ता नगर भन्दै साथीले उकासेका थिए,' एक प्रहरीले लामालाई उदृत गर्दै भने। महानगरीय प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • त्रिकोणात्मक टी–२० सिरिज : आज नेपालले आयोजक सिंगापुरको सामना गर्ने

    त्रिकोणात्मक टी–२० सिरिज : आज नेपालले आयोजक सिंगापुरको सामना गर्ने

    काठमाडौं : सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले आज आयोजक सिंगापुरको सामना गर्दैछ। नेपाल, सिंगापुर र जिम्बावेबीचको त्रिकोणात्मक सिरिजमा नेपालले सिंगापुरसंग प्रतिस्पर्धा गर्न लागेको हो। खेल आज साँझ ५:१५ बाट सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा हुनेछ। सिरिजको दोस्रो खेलमा पारस खड्काको शतकीय इनिङको सहयतामा नेपालले सिंगापुरमाथि ९ विकेटको सहज जित निकालेको थियो। तर, पहिलो र तेस्रो खेलमा भने नेपाल जिम्बावेसँग…

    विस्तृतमा पढ्नुस्

  • ऋतिक रोशन र टाइगर श्राफको बहुप्रतीक्षित फिल्म 'वार' बुधवारै रिलिज

    ऋतिक रोशन र टाइगर श्राफको बहुप्रतीक्षित फिल्म 'वार' बुधवारै रिलिज

    बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म 'वार' आजबाट प्रदर्शनमा आएको छ। बलिउडमा वारलाई यो वर्षकै सर्वाधिक बहुप्रतीक्षित फिल्मको रुपमा लिइएको छ। ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाएसँगै फिल्मले पहिलो दिनमा भारतीय बक्स अफिसमा ४५ करोड भारतीय रुपैयाँको व्यापार पर्ने अनुमान गरिएको छ। एक्शन थ्रिलर जनराको यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्। फिल्मले सिंगल स्क्रिन र मल्टिप्लेक्समा…

    विस्तृतमा पढ्नुस्

  • क्यान निलम्बन फुकवा हुन सक्ने संकेत, अर्को साता आइसिसीको बोर्डमा छलफल हुने

    क्यान निलम्बन फुकवा हुन सक्ने संकेत, अर्को साता आइसिसीको बोर्डमा छलफल हुने

    काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल)ले नेपालको निलम्बन फुकुवा हुने संकेत दिएको छ। हालै सम्पन्न क्यान (क्रिकेट एसोसिएसन अफ नेपाल) को निर्वाचनपछि यसको स्वागत गर्दै आइसिसीले मंगलवार जारी गरेको विज्ञप्तिमा आइसिसीका उपाध्यक्ष इमरान ख्वाजाले निलम्बन फुकुवा हुनसक्ने संकेत दिएका हुन्। उनले अर्को साता दुबईमा हुने आइसिसीको बोर्ड बैठकमा यसबारे छलफल हुनसक्ने संकेत गरेका छन्। आइसिसीका उपाध्यक्ष ख्वाजाले…

    विस्तृतमा पढ्नुस्

  • नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै, दुई समूहले लिए अनुमति

    नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै, दुई समूहले लिए अनुमति

    भोजराज कार्की- सोलुखुम्बूः यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो। अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए। तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उनको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • १६ तोला सुनसहित चाबहिलबाट दुई जना पक्राउ

    १६ तोला सुनसहित चाबहिलबाट दुई जना पक्राउ

    काठमाडौँः नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई म‌गलवार साँझ पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। “त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको…

    विस्तृतमा पढ्नुस्

  • सामूहिक बलात्कार आरोपमा तीन पक्राउ, दुई जना फरार

    सामूहिक बलात्कार आरोपमा तीन पक्राउ, दुई जना फरार

    इनरुवाः एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई म‌ंगलवार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ। सोही घटनामा संलग्न भएका दुई फरार छन्। पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए। सोही घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • किन विश्वबाट अझै ध्यान चाहिरहेको छ चीन?

    किन विश्वबाट अझै ध्यान चाहिरहेको छ चीन?

    अक्टोबर १ मा चीनले आफ्नो ७०औँ जन्मदिन मनाएको छ। यो ऐतिहासिक घडीमा उभिएर चीनले के सोचिरहेको छ? विश्वसँगको आफ्नो सम्बन्ध कस्तो हुने र विश्वमा आफ्नो स्थान के हुने? ‘आजको चीन चीनको मात्र चीन होइन। यो एसियाको पनि चीन हो र विश्वको पनि’, जनगणतन्त्र चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष सी जिङपिङले बाँकी विश्वसँगको सम्बन्धबारेमा भनेको अभिव्यक्ति हो यो। यसले…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालको दुरुपयोगले समाजलाई असभ्य बनायोः प्रधानमन्त्री

    सामाजिक सञ्जालको दुरुपयोगले समाजलाई असभ्य बनायोः प्रधानमन्त्री

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको दुरुपयोगले समाज नै असभ्यतातिर जाने हो कि भन्ने चिन्ता लाग्न थालेको बताएका छन्। मंगलवार बालुवाटारमा आयोजित शान्ता चौधरी र भगवती न्यौपानेको गीत विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा नकारात्मक कुराहरुले स्थान पाइरहेको बताए। उनले भने 'एकाथरी मान्छेहरु छन्, खाइपाइ खोसिएका शासन आफ्नो ठेक्का ठान्नेहरु अहिले सामाजिक सञ्जालमा अरुलाई गाली गर्दा बहादुरी ठान्ने। हाम्रो सभ्य…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार सविता श्रेष्ठ उत्कृष्ट खोज पत्रकारिता गरेबापत् २ लाख नगदसहित पुरस्कृत

    पत्रकार सविता श्रेष्ठ उत्कृष्ट खोज पत्रकारिता गरेबापत् २ लाख नगदसहित पुरस्कृत

    काठमाडौं : अमेरिकी दूतावास र सेरकास्ट इनिसिएटिभको संयुक्त पहलमा भएको खोज पत्रकारिता लेखनवृत्तिमा उत्कृष्ट ठहरिएकी पत्रकार सविता श्रेष्ठले दुई लाख नगदसहित राष्ट्रिय पुरस्कार पाएकी छिन्। श्रेष्ठ नागरिक दैनिकसँग आबद्ध छिन्। लेखनवृत्तिमा सहभागी भएकामध्येबाट सात प्रदेशबाट एकएक जना उत्कृष्ट पत्रकार छानिएका थिए। ती छानिएकामध्येबाट पनि एक जनालाई उत्कृष्ट घोषणा गरिएको हो। २ सय ८७ जना लेखन परामर्श, कार्यशाला र लेखन कार्यमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • खाली भयो सभामुखको कुर्सी, महराको राजीनामापत्र कार्यवहाकलाई संसद सञ्चालन गर भने जस्तो

    खाली भयो सभामुखको कुर्सी, महराको राजीनामापत्र कार्यवहाकलाई संसद सञ्चालन गर भने जस्तो

    काठमाडौं : संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई शारीरिक दुर्व्यवहार गरेको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका छन्। महराको राजीनामासँगै सभामुखको पद खाली भएको छ। तर, सभामुखकै 'लेटर प्याड' प्रयोग गरी विज्ञप्ति निकाल्दै महराले छानविन र अनुसन्धान गर्न सहज होस् भनेर नैतिकताका आधारमा छानबिन प्रक्रिया नसकिँदासम्मका लागिमात्र राजीनामा दिएको उल्लेख गरेका छन्। राजीनामापत्रबारे बहस चल्दै गर्दा महराका प्रेस…

    विस्तृतमा पढ्नुस्

  • भारतमा चुनाव हुँदा नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

    भारतमा चुनाव हुँदा नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

    बैतडी : भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्। यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाना यही असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। असोज १६ गते…

    विस्तृतमा पढ्नुस्

  • जबर्जस्ती करणीको आरोप लागेका सभामुख महराले दिए राजीनामा, भने 'नैतिकताका आधारमा राजीनामा दिएको छु'

    जबर्जस्ती करणीको आरोप लागेका सभामुख महराले दिए राजीनामा, भने 'नैतिकताका आधारमा राजीनामा दिएको छु'

    काठमाडौं: प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। मंगलवार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले सचिवालय बैठकको सुझाव अनुसार महराले राजीनामा दिएका हुन्। सभामुख महराले उपसभामुखलाई मंगलवार दिउँसो राजीनामा बुझाएका हुन्। सभामुख महरामाथि संघीय संसद् सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि राजनीति तरङ्गित भएको छ। नैतिकताको आधारमा आफूले आजको मितिबाट अनुसन्धान नसकिँदासम्मको लागि राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • 'वर्ल्ड नेपाली म्युजिक अवार्ड' अमेरिकामा हुँदै, १८ विधामा बाँडिनेछ अवार्ड

    'वर्ल्ड नेपाली म्युजिक अवार्ड' अमेरिकामा हुँदै, १८ विधामा बाँडिनेछ अवार्ड

    काठमाडौं: ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ अमेरिकाको न्युयोर्कमा हुने भएको छ। नोभेम्बर २३ मा हुने अवार्ड समारोहका लागि उत्कृष्ट १० को सूची सार्वजनिक भएको छ। १८ विधामा वितरण हुने अवार्डका लागि मनोनीत सम्पूर्ण कलाकारलाई प्रमाण पत्र दिइएको छ। उत्कृष्ट १० मा परेका कलाकारहरु अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागि छनोट हुनेछन्। जसका लागि निर्णायक र भोटिङको आधारमा छनोट गरिनेछ। आयोजक वर्ल्ड…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell