PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

  • महेश्वरीनाथ योगी बनिन् उत्कृष्ट फेसन डिजाइनर 

    महेश्वरीनाथ योगी बनिन् उत्कृष्ट फेसन डिजाइनर 

    काठमाडौं: ‘ड्रेस टु इम्प्रेस’को दोस्रो संस्करणको फिनाले सम्पन्न भएको छ। फेसन डिजाइनरहरुबीचको यो प्रतियोगितामा डिजाइनरहरुमध्ये महेश्वरीनाथ योगी उत्कृष्ट घोषित भइन्। प्रतियोगितामा ६४ जना डिजाइनरहरु आफ्नै डिजाइनसहित मञ्चमा उत्रिएका थिए। उत्कृष्ट ठहरिएकी योगीको १२ फिट लामो फूल बुट्टे सेतो गाउनले अरु प्रतिस्पर्धीलाई पछि पार्‍यो। प्रतियोगिता ‘इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’ले आयोजना गरेको हो। प्रतियोगितामा डार्क एन्ड लाइट थिमको कालो गाउनबाट श्रेया…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८ को उपाधि भारतलाई, खेलाडीलाई रेड कार्डै रेड कार्ड

    साफ यू १८ को उपाधि भारतलाई, खेलाडीलाई  रेड कार्डै रेड कार्ड

    काठमाडौंः काठमाडौंमा सम्पन्न साफ यू १८ को उपाधि भारतले जितेको  छ। आज हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा भारतले २–१ गोल अन्तरले जित हात पारेको हो। खेलको पहिलो हाफमा दुवै टिमले बराबरी खेलेका थिए। भारतका लागि खेलको दोस्रो मिनेटमै विक्रम प्रतापले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए। खेलको २२ औं मिनेटमा दुवै टोलीका खेलाडीहरुले अभद्र व्यवहार गरेपछि रेफ्रिले २ वटा…

    विस्तृतमा पढ्नुस्

  • कृषि विकास बैंक लुट प्रकरणः बैंकको लहान शाखाका निमित्त प्रमुख पक्राउ

    कृषि विकास बैंक लुट प्रकरणः बैंकको लहान शाखाका निमित्त प्रमुख पक्राउ

    काठमाडौः कृषि विकास बैंक लुट प्रकरणमा बैंकका कर्मचारी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले लहान शाखाका कर्मचारीलाई नियन्त्रणमा लिएको हो। बैंकका कर्मचारी सुनिलकुमार झालाई नियन्त्रणमा लिएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए। साह बैंकका निमित्त प्रमुख थिए। बैकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • अनुगमन टोली पुगेपछि नयाँ बसपार्कस्थित बिजी मलका व्यापारी भागे, २४ घण्टे स्पष्टीकरण

    अनुगमन टोली पुगेपछि नयाँ बसपार्कस्थित बिजी मलका व्यापारी भागे, २४ घण्टे स्पष्टीकरण

    काठमाडौं: वाणिज्य तथा आपूर्ति विभागको अनुगमन टोली बालाजुमा रहेको बिजी मलमा पुगेपछि व्यापारीहरु सटर बन्द गरेर भागेका छन्। अनुगमन टोली आउने सुराकी पाएपछि व्यवसायीहरुले पसल बन्द गरी असहयोग गरेका हुन्। आइतबार वाणिज्य महानिर्देशक योगेन्द्र गौचन सहितको टोली मलमा अनुगमनको लागि पुगेको थियो। तर टोलीलाई असहयोग हुने गरी व्यवसायीहरुले पसल बन्द गरेका छन्। अनुगमन टोलीले कुनै पनि पसल अनुगमन गर्न नसकेपछि…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको चियापान असोज २९ गते, एक लाख जनालाई कार्ड बाड्ने तयारी

    ने क पाको चियापान असोज २९ गते, एक लाख जनालाई कार्ड बाड्ने तयारी

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले यस वर्षको चियापान कार्यक्रममा एक लाख जनालाई निमन्त्रणा दिने भएको छ। ने क पाले दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि असोज २९ गते प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गर्न लागेको चियापान कार्यक्रममा एक लाख निमन्त्रणा कार्ड बाड्ने भएको हो। आज पार्टी केन्द्रीय कार्यालयमा महासचिव विष्णु पौडेलको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट शनिवारसम्म ७ लाख मानिस बाहिरिए, ८५ हजार टिकट बुकिङ

    काठमाडौंबाट शनिवारसम्म ७ लाख मानिस बाहिरिए, ८५ हजार टिकट बुकिङ

    काठमाडौं: दशैं मनाउन गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा दशैं मनाउन घर फर्कने यात्रुहरुको संख्या बढेको हो। गत असोज ५ गतेदेखि ११ गतेसम्म उपत्यकाबाट करिब ८६ हजार सवारीसाधन बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। त्यस्तै यो अवधिमा उपत्यकाबाट करिब ७ लाख मानिस बाहिरिएका छन्। ६ लाख ८९ हजार ५७१ जनाले उपत्यका छोडेको महाशाखाका…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक भयो कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’

    सार्वजनिक भयो कालीप्रसादको ‘काँडामा हाँसेको जिन्दगी’

    काठमाडौं : कवि तथा गीतकार कालीप्रसाद रिजालको संस्मरणात्मक जीवनकथा 'काँडामा हाँसेको जिन्दगी' सार्वजनिक भएको छ। नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'मा शनिबार साँझ रिजालको नयाँ पुस्तक विमोचन भएको हो। नेपाली सांगीतिक र साहित्यिक जगतमा अलग्गै उचाइ हासिल गरेका कालीप्रसाद लामो समय सरकारी सेवामा कार्यरत रहेका थिए। वि.सं. १९९६ विराटनगरमा जन्मेका रिजालले 'काँडामा हाँसेको जिन्दगी'मा उसबेलाको विकट नेपाल र आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • सन्दर्भ मुटु दिवस : यसरी बच्न सकिन्छ ह्रदयघातबाट

    सन्दर्भ मुटु दिवस : यसरी बच्न सकिन्छ ह्रदयघातबाट

    गत असार १७ गते फिल्म निर्देशक नीलु डोमा शेर्पाको मृत्यु भएको खबर सार्वजनिक भयो। अघिल्लो दिन असार १६ गते मात्र अभिनेत्री नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरको विवाहमा रमाएको फोटो पोस्ट गरेकी उनको निधनको खबरमा विश्वास गर्न धेरैलाई गाह्रो भयो। किनकी विवाहको अवसरमा खुसी मनाउनेहरुले केही घण्टा अघि मात्र उनलाई नजिकबाट देखेका धेरै थिए।  मृत्युको कारण हर्ट अट्याक रहेको पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८ : भुटानलाई हराउँदै माल्दिभ्स तेस्रो

    साफ यू १८ : भुटानलाई हराउँदै माल्दिभ्स तेस्रो

    काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ को आज भएको खेलमा भुटानलाई पराजित गर्दै माल्दिभ्सले प्रतियोगिताको तेस्रो स्थान हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा भुटानलाई १–० ले हराउँदै माल्दिभ्स तेस्रो बनेको हो। प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। माल्दिभ्सले खेलको ७५ औं मिनेटमा  गोल गर्दै जित सुनिश्चित गरेकाे हाे।   भुटान समूह 'ए' का…

    विस्तृतमा पढ्नुस्

  • फिलिपिन्समा गयो ६.४ म्याग्निच्युडको भूकम्प

    फिलिपिन्समा गयो ६.४ म्याग्निच्युडको भूकम्प

    जकर्ता/मनिला : फिलिपिन्समा आइतवार ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा गएको उक्त भूकम्पको कम्पन उत्तरी सुलावेशी प्रान्तमा समेत महशुस गरिएको द स्ट्रेट्स टाइम्सले बताएको छ। फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा भुकम्म गएको इन्डोनेसियाको मौसम विज्ञान तथा भूगर्भ एजेन्सीका प्रमुख विद्यात्मोकोले जानकारी दिए। भूकम्पका कारण सुनामीको खतरा भने ननिम्तिएको इन्डोनेसियाको मौसम विज्ञान तथा भूगर्भ एजेन्सीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ मनोनीत

    एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ मनोनीत

    असोज १० गतेबाट सुरु भएको एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ इलेक्टोरल कंग्रेसको मिटिङले नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई उपाध्यक्षमा मनोनीत गरेको छ। सम्पन्न कंग्रेसको मिटिङले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष  श्रेष्ठलाई एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको उपाध्यक्षमा दोस्रो पटक मनोनीत गरेको हो। त्यस्तै, नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघले नेपाल भ्रमण वर्ष…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराईको प्रश्न : कमरेडहरू सामाजिक फासीवादतिर उन्मुख भएकै हुन्?

    बाबुराम भट्टराईको प्रश्न : कमरेडहरू सामाजिक फासीवादतिर उन्मुख भएकै हुन्?

    काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराईले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणबारे टिप्पणी गरेका छन्। उनले आज ट्वीट गर्दै सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) कार्यकर्ताहरुप्रति लक्षित गरी हाम्रा कमरेडहरु फासीवादतर्फ उन्मुख भएका हुन् भन्दै प्रश्न गरेका छन्। भट्टराईले लोकतन्त्रमा भिन्न मत राख्नेलाई कुट्न मिल्दैन भन्दै उनले प्रतिगामीलाई पनि विधिसम्मत ढंगले दण्डित गर्नुपर्ने बताएका छन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • दशैँमा कृत्रिम अभाव रोक्न पाँच हजार खसीबोका काठमाडौं लग्दै बाँकेका महिला उद्यमी

    दशैँमा कृत्रिम अभाव रोक्न पाँच हजार खसीबोका काठमाडौं लग्दै बाँकेका महिला उद्यमी

    बाँके : बडादशैँको अवसरमा  बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन्। दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौं र अन्य शहरमा पठाउने भएका हुन्। मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिक रुपमा काठमाडौं तथा अन्य शहर…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८ : प्रतियोगितामा समान प्रदर्शन गरेका भारत र बंगलादेशमध्ये कसले लैजाला उपाधि?

    साफ यू १८ : प्रतियोगितामा समान प्रदर्शन गरेका भारत र बंगलादेशमध्ये कसले लैजाला उपाधि?

    काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत आज फाइनल खेलमा  भारत र बंगलादेश प्रतिस्पर्धा गर्दै छन्। समूह 'बी' बाट समूह विजेता र उपविजेता बनेर आएका भारत र बंगलादेश फाइनल खेलमा फेरि आमने सामने हुन लागेका हुन्। फाइनलमा पुगेका दुवै टिमको रोचक पक्ष यो छ की जारी प्रतियोगितामा यी दुवै टिमकाे पोस्टमा गोल भएको छैन। त्यस्तै दुवै टिमले समूह चरणमा विपक्षीलाई ७ गोल…

    विस्तृतमा पढ्नुस्

  • खोलाले बगाउँदा खोटाङमा एक जनाको मृत्यु

    खोलाले बगाउँदा खोटाङमा एक जनाको मृत्यु

    खोटाङः बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ। केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो। खोला तर्ने क्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करिब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन्। घटनाका बारेमा जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • इपिएलः चेल्सीको जित, लिभरपुलको अपराजित यात्रा कायमै

    इपिएलः चेल्सीको जित, लिभरपुलको अपराजित यात्रा कायमै

    इङलिस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। घरेलु टोलीलाई हराउन लिभरपुलका लागि ७० मिनेटमा जर्जिनियो विज्नाल्डमले गोल गरे। खेलमा  लिभरपुलले बारम्बार आक्रमण गरेको थियो। तर, सेफिल्डका गोलकिपरले सबै प्रहारहरु उत्कृष्ट बचाउ गर्दै विफल बनाएका थिए। यद्यपि विज्नाल्डमको गोल भने गोलकिपरकै गल्तीका कारण भएको थियो। चेल्सीको ब्राइटनमाथि जित गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनमाथि २–०…

    विस्तृतमा पढ्नुस्

  • ला लिगाः बार्सिलोनाको जित, रियल मड्रिड बराबरीमा रोकियो

    ला लिगाः बार्सिलोनाको जित, रियल मड्रिड बराबरीमा रोकियो

    स्पेनिस ला लिगाको गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि २–० को जित निकालेको छ। महत्वपूर्ण खेलाडी लियोनेल मेस्सीबिनै उत्रिएको बार्सिलोनाका लागि लुइस स्वारेज र जुनियर फिर्पोले गोल गरेका थिए। बार्सिलोनाले पहिलो हाफमा १ गोल र दोस्रो हाफमा अर्को गोल गर्दै जित सुनिश्चित गरेको थियो। बार्सिलोनाका लागि खेलको ४१ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको…

    विस्तृतमा पढ्नुस्

  • बडादशैं शुरु, घरघरमा घटस्थापना, हराउँदै नवरथ जाने चलन

    बडादशैं शुरु, घरघरमा घटस्थापना, हराउँदै नवरथ जाने चलन

    काठमाडौं: आज असोज शुक्ल प्रतिपदा। नेपालीहरुको महान चाड बडादशैं आबजदेखि सुरु भएको छ। आज घरघरमा जमरा राखेर घटस्थापना गरिँदैछन। शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं घर वा पूजा कोठामा कलश स्थापना गरि दुर्गा भवानीको आह्वान गर्ने गरिन्छ। कलशलाई दुर्गा भगवतीको प्रतीकका रुपमा पूजा गरी नदीबाट ल्याएको पानी र बालुवामा धान, गहुँ, जौं आदि छरेर घटस्थापना गर्ने गरिन्छ। यस वर्षको घटस्थापनाको शुभ साइत…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षपछि सञ्जिव उप्रेतीको दोस्रो उपन्यास 'हंस' सार्वजनिक

    १२ वर्षपछि सञ्जिव उप्रेतीको दोस्रो उपन्यास 'हंस' सार्वजनिक

    डाक्टर सञ्जिव उप्रेतीको उपन्यास ‘हंस’ सार्वजनिक भएको छ। शनिबार प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजनागरी पुस्तक लोकार्पण गरिएको हो। पुस्तकमाथि वक्ता समेत रहेका साहित्यकार नयनराज पाण्डे र लेखक भूषिता वशिष्ठसँगै लेखक उप्रेतीले हंस अनावरण गरेका हुन्। साहित्यकार नयनराज पाण्डेले एउटा लेखक ‘नबौलाइ’ हंस जस्तो पुस्तक लेख्न नसक्ने तर्क राखे। उनले पुस्तकमाथि बोल्दै भने,’म सञ्जिव जीलाई अझै बौलाउन सुझाव दिन्छु।‘ लेखक भूषिता वशिष्ठले…

    विस्तृतमा पढ्नुस्

  • त्रिकोणात्मक टी २० सिरिजः सिंगापुरमाथि नेपालको जित, पारस खडकाको शानदार शतक

    त्रिकोणात्मक टी २० सिरिजः सिंगापुरमाथि नेपालको जित, पारस खडकाको शानदार शतक

    सिंगापुरमा जारी त्रिकोणात्मक टी २० सिरिजमा नेपालले आयोजक सिंगापुरमाथि सानदार जित हात पारेको छ। सिंगापुरको इण्डियन एसोसिएसनको मैदानमा भएको खेलमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। सिंगापुरका लागि कप्तान टिम डेभिडले सर्वाधिक ६४ रन बनाएका थिए। त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा जनक प्रकाशले २५ रनको महत्वपूर्ण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell