नयाँ दिल्ली : आगामी साता तय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको अनौपचारिक भेटको पूर्व सन्ध्यामा चीनले अरुणान्चल प्रदेशमा जारी हिम बिजय सैन्य अभ्यासप्रति आपत्ती जनाएको छ। भारतका लागि चिनियाँ राजदूत रहिसकेका चिनियाँ उप विदेशमन्त्री लुवो झाहोइले भारतीय विदेश सचिव विजय गोखलेसँगको भेटमा सैन्य अभ्यासको कुरा उठाएका हुन्। भारत र चीनबीच द्वीपक्षीत वार्ताको तयारी सकारात्मक भइरहेको…
काठमाडौँ : आदिवासी तमुहरूको छाता सङ्गठन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा तमुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। छोंज धिंले शुक्रवार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार यही असोज २४ र २५ गते हुने अन्तर्राष्ट्रिय सम्मेलनमा हालसम्म १७ वटा देशका प्रतिनिधिहरूले सहभागी हुने छन्। थप देशबाट पनि सहभागी आउने सम्भावना रहेको आयोजकको भनाई छ। छोंज धिंका अध्यक्ष…
काठमाडौं : ‘इनास फिल्म अवार्ड-२०७६’ को उत्कृष्ट तीनको मनोनयन सूची सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आयोजना गर्न लागेको छैठौं इनास फिल्म अवार्डको मनोनयन सूची शुक्रवार सार्वजनिक भएको हो। आगामी असोज २७ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने उक्त अवार्ड शोमा ११ विधामा अवार्ड प्रदान गरिने आयोजकले बताएको छ। अवार्डमा उत्कृष्ट फिल्म तर्फ ‘बुलबुल’, ‘प्रसाद’ र ‘गोपी’ मनोनयनमा परेका छन्।…
नयाँ दिल्ली : गत फेब्रुअरीमा पाकिस्तानसँग कश्मीर विषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाइल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ। 'गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित छ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ,' वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताए। यस्ता…
काठमाडौं: लोकरक ब्याण्ड नेपथ्यको चर्चित गीत 'लामपाते सुरती'को भिडियो रिलिज भएको छ। गीतको लाइभ प्रस्तुतिको भिडियो युट्युब रिलिज भएको हो। एल्बम ‘रेशम’मा समावेश उक्त गीतलाई साहित्यकार सरुभक्तले लेखेका हुन्। भाका भने पहिलेदेखि नै पोखरेली गन्धर्वहरुले प्रयोगमा ल्याएका थिए। भिडियो भने गीत रिलिजकझ दुई दशकपछि मात्र सार्वजनिक भयो। जुन लाइभ कार्यक्रममा आधारित छ। ‘प्रत्यक्ष कार्यक्रम हेर्दाको अनुभूति होस् भनेर यस्तो प्रयास…
धनुषा : प्रदेश नम्बर २ प्रहरीले जनकपुरबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। जनकपुर उपमहानगरपालिका-१४ बाट महोत्तरी जलेश्वर नगरपालिका-९ बस्ने २१ वर्षीय आनन्द पाठकलाई १ थान कटुवा पेस्तोलसहित बिहीवार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ज ११ प ४६५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा…
काठमाडौं : काठमाडौँको पाको न्यूरोड स्थिति एक नक्कली सुनका गह गहना बनाउने कारखानामा आगलागी भएको छ। बिहीवार राति करिब साढे ११ बजे घरको पाँचौँ तल्लामा रहेको कारखानामा आगलागी भएको हो। नेपाल प्रहरी, नेपाली सेना, जुद्ध बारुणयन्त्र तथा स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। 'नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी भएको बुझिएको छ। आगो नियन्त्रणमा आइसकेको छ,' महानगरीय प्रहरी जनसेवा…
काठमाडौं: नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण दिन स्विजरल्यान्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक नेपाल आएका छन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील साहीको पहलमा एक हप्ताका लागि उनी नेपाल आएका हुन्। 'नेपाली खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा नपठाएसम्म नेपालमा नै विदेशी प्रशिक्षकमार्फत् खेलाडीहरुको खेल स्तर वृद्धि गर्नुका साथै सागमा…
काठमाडौं: नककली १५ किलो चाँदीसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले धादिङ घर भएका ३३ वर्षीय राज सापकोटालाई नियन्त्रणमा लिएको वृत्तका डिएसपी उमेश लम्सालले जानकारी दिए। सापकोटा ललितपुरको इमाडोलमा तिलहरी ज्वेलर्स संचालन गर्दा आएको बुझिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौः चाडपर्व शुरु भएसँगै राजधानीलगायत देशका विभिन्न स्थानमा चोरी, लुटपाट लगायतका अपराधिक गतिविधि बढी हुने गरेको पाइन्छ। राजधानीमा सबैभन्दा धेरै चोरीका घटना हुने गरेका छन्। दशैं मनाउन गाउँ जानेको सङख्या बढी हुनाले घर तथा कोठा खाली हुने गर्दछन्। यही मौका छोपेर चोरी हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी बताउँछन्। विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरिरहेको छ। प्रहरीले…
काठमाडौः दशैं बिदामा पनि अधिकास बैंकहरुले बैंकिङ सुविधा प्रदान गर्ने भएका छन्। दशैंमा लगातार पाँच दिनसम्म सरकारी बिदा हुँदा सर्वसाधारण समस्या पर्न सक्ने भन्दै बैंकहरुले यस्तो सुविधा प्रदान गर्ने भएका हुन्। बैंकहरुले पैसा राख्ने, झिक्ने, चेक साट्ने र रेमिट्यास सुविधा प्रदान गर्ने छन्। उपत्यकाभित्र र उपत्यका बाहिरका प्रमुख शहरहरुका शाखा कार्यालय खोल्ने बैंकहरुले जनाएका छन्। बिदाको दिनमा काउन्टर खुला भए…
काठमाडौँः पदबाट राजीनामा दिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका छन्। महराले सेनाका १७ र प्रहरीका ९ जना सुरक्षाकर्मी फिर्ता गरेका हुन्। दुई सुरक्षाकर्मी भने आफैँसँग राखेका छन्। बिहीबार संसद् सचिवालयमा महराले गाडी फिर्ता पठाएका हुन्। निवास खाली गर्ने तयारी भए पनि डेरा नपाएकाले तत्काल सम्भव नभएको महराका प्रेस सल्लहाकार डिल्ली मल्लले जानकारी दिए। डेरा पाउनसाथ…
दुबई : इराकमा आन्तरिक द्वन्द्व चर्किएको भन्दै इरानले इराकसँगका दुई वटा सीमानाका बन्द गरेको छ। इरानी तीर्थयात्रीले प्रयोग गर्ने एक नाकासहित दुई वटा नाका बन्द गरिएको स्थानीय संचारमाध्यमलाई उदृत गर्दै रोयटर्सले लेखेको छ। सीमा सुरक्षाबलका प्रमुख जेनेरल कसेम रेजेइका अनुसार बुधवारदेखि खोस्रावी र चाजाबे सीमा बन्द रहेका छन्। खोस्रावी सीमा बन्द रहेपनि अन्य सीमा भने इराकमा हुने सिया मुस्लिम धर्मावलम्बीहरुको…
काठमाडौं : सुनको मूल्य फेरि बढ्न थालेको छ। बिहीवार प्रति तोला सुनको मूल्य ११ सय रुपैयाँले बढेको हो। बिहीवारको लागि प्रति तोला सुनको मूल्य ७० हजार नौ सय रुपैयाँ तय गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधवार प्रति तोला सुनको मूल्य ६९ हजार आठ सय रुपैयाँ रहेको थियो। दुई कारोबार दिनमा सुनको मूल्य १७ सय रुपैयाँले बढेको छ। यसअघि सुनको…
मुम्बई : बलिउड स्टार ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म 'वार' ले भारतीय बक्स अफिसमा ५३ करोड भारुको व्यापार गर्दै आक्रमक ओपनिङ गरेको छ। यसअघि फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ ले ५२ करोडको ओपनिङ गरेको थियो। गान्धी जयन्तीको अवसरमा रिलिज गरिएको 'वार'ले सार्वजनिक विदाको पुरा फाइदा उठाएको छ। 'वार'ले समीक्षक र फिल्मकर्मीबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छ। ऋतिक र टाइगरले पहिलो…
च्याम्पियन्स लिगको गएराति भएको खेलहरुमा बार्सिलोनाले इन्टरलाई २-१ ले पराजित गरेको छ। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा खेलको दोस्रो मिनेटमै इन्टरका मार्टिन्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा इन्टरले आफ्नो अग्रता जोगाउन सफल रह्यो। तर, दोस्रो हाफमा भने बार्सिलोनाका लागि लुइस स्वारेजले २ गोल गर्दै टिमको जीत सुनिश्चित गरे। उनले खेलको ५८ औं र ८४ औं मिनेटमा गोल…
युवा पुस्ताबीच लोकप्रिय दुई स्टारहरु ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले यतिखेर थियटर कब्जा गरेको छ। सेनाको कथामाथि बनेको फिल्म पूर्ण एक्सन जनराको हो। फ्यान फलोइङका आधारमा यी दुवै स्टार फिल्मको कमाइका लागि बलियो आधार हुन्। बक्स अफिस कलेक्सनमा पनि फिल्म अब्बल हुने अपेक्षा छ तर के फिल्म हेर्न लायक छ त? के भन्छन् समीक्षकहरु? टाइम्स अफ इन्डियामा समीक्षक…
महात्मा गान्धीको १ सय ५० औं जन्मदिन मनाइरहँदा उनको हत्या गर्ने नाथुराम गोड्सेको नाम पनि ट्विटर ट्रेन्डमा देखिएको छ। हिजो बिहानैदेखि महात्मा गान्धीको महानता र आदर्शलाई ट्विट गर्नेहरुको भीड थियो। भारतमा मात्र होइन, विश्वभरि नै अहिंसाका पुजारीका रुपमा महात्मा गान्धीलाई लिने गरिन्छ। नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो जसमा गान्धीका विचारमाथि विमर्श भए। विभिन्न ह्यास ट्यागमा महात्मा गान्धीलाई जोडेर…
काठमाडौं : सुन लुटेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामाले आफूले साथीको बहकाउमा लागेर लुटेको बताएका छन्। मंगलवार प्रहरीले नियन्त्रणमा लिएका असई लामाले प्रहरीको प्रारम्भिक बयानमा आफूले गल्ती गरेको स्वीकार गरेका हुन्। 'मैले साथीको बहकाउमा लागेर लुटेको सुन फिर्ता गरिन। दशैं राम्रो हुन्छ फिर्ता नगर भन्दै साथीले उकासेका थिए,' एक प्रहरीले लामालाई उदृत गर्दै भने। महानगरीय प्रहरी परिसर…
काठमाडौं : दशैँमा प्रहरीले लामो बिदा नपाउने भएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालले बिदा नदिनको लागि सातै प्रदेशमा रहेको प्रहरी कार्यालयलाई पत्रचार गरेको छ। दशैँमा शान्ति सुरक्षालाई ध्यानमा राख्दै बिदा नदिने निर्णय भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। 'दशैँमा पहिले पनि बिदा दिने प्रचलन थिएन। तर यसपट झनै अत्याआवश्यक बाहेक सम्पूर्ण बिदा कटौती गरिएको हो,' डिआइजी पोखरेलले भने।…