काठमाडौं : आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्न नसकेपछि साउन २० गतेसम्मका लागि स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीले सर्लाहीमा प्रहरीको इन्काउन्टरमा मारिएका भनिएका कुमार पौडेलको मुद्दा उठाउँदै संसद अवरुद्ध गरेका कारण संसद चल्न सकेको छैन। हिजोको बैठकमा झन्डै एक घन्टा प्रतिपक्षी दलहरुले नाराबाजी गरेका कारण संसद आजसम्मका लागि स्थगित भएको…
काठमाडौ: बलामी इन्टरटेनमेन्ट अन्तर्गत नेफा अवार्ड आयोजना हुने भएको छ। आगामी दशैंपछि हुने उक्त अवार्डलाई बलामी फिल्म इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो। नेफा अवार्डका लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले सहकार्य गर्ने भएका छन्। २१ जना फिल्म पत्रकारको समूह बलामी फिल्म इन्टरटेनमेन्ट मिडिया ग्रुपले नेपाली फिल्मको प्रचारप्रसार र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त अवार्ड समारोहको…
काठमाडौं : सोमवार राति कलंकीको घरमा भएको गोली प्रहारको प्रकरणमा नयाँ ट्विस्ट आएको छ। सोमवार राति साढे ९ बजे इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको थियो। घटनालाई लिएर प्रहरीले छिमेकी इन्जिनियर सुभाङ्कर खनाललाई नियन्त्रणमा लिएको थियो। खनालको घरबाट प्रहरीले दुई थान पेस्तोल र गोली समेत बरामद गरेको थियो। प्रहरीको अनुसन्धानले घटना खनालले नै गराएको भन्नेमा पुगेको थियो। घटनास्थलबाट प्राप्त गोली…
बैंकक: चीन-अमेरिका व्यापार वार्ता आज थाइल्यान्डको राजधानी बैंककमा हुँदै छ। १२ औँ चरणको व्यापार वार्तामा सहभागी हुनका लागि चिनियाँ विदेश मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री माइक पोम्पिओ थाइल्यान्ड पुगेका छन्। दुई देशबीचको आर्थिक तथा व्यापारिक तनाव बढिरहेका बेला चिनियाँ विदेशमन्त्री यीले दुई देशबीचको आर्थिक सम्बन्ध नयाँ ढंगले अगाडि बढ्ने बताएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। थाई…
काठमाडौँ: अवैधरुपमा भित्र्याएको सुनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले बुधवार राति रसुवा गोसाईंकुण्ड गाउँपालिका ५ घर भएका ३२ वर्षीय पेम्वा दिण्डुप तामाङलाई पक्राउ गरेको जानकारी दिएको छ। तामाङ धादिङबाट काठमाडौँतर्फ आउँदै गर्दा विशेष सूचनाको आधारमा नागढुंगामा शरीर चेक गर्दा एक किलो सुनसहित पक्राउ परेका हुन्। प्रहरीले तामाङले पेटी लगाउने स्थानमा कालोटेपले बेरेर राखेको अवस्थामा ४…
हेटौँडाः मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो। बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। हेटौँडाबाट बसामाडीतर्फ जाँदै गरेको ना ३८ प ५३३२ नंको मोटरसाइकल र चितवनबाट…
हुम्लाः हुम्लाको सर्केगाड स्वास्थ्य चौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्य चौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु हो। टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा मृत्यु भएको स्वास्थ्य चौकी प्रमुख देवेन्द्रवीर मगियाले जानकारी दिए। मृतक…
काठमाडौँः राजस्व अनुसन्धान विभागले हुन्डी कारोबार गरी विदेशी विनिमय अपचलन गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दायर गरिएकामध्ये जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवाल समेत छन्। काठमाडौँ भ्यूटावर निर्माणको ठेक्का पाएर अलपत्र छाडेका कम्पनीका सञ्चालक भेटवालमाथि यसअघि बैंकिङ कसुरमा पनि मुद्दा दायर भएको थियो। विभागले भेटवालसहित निशा गुरुङ, राजकुमार विष्ट तथा शिव विष्टमाथि…
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने दि फिफा बेस्ट अवार्ड २०१९ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक भएको छ। वर्तमान विश्व फुटबलका दुई चर्चित खेलाडी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो स्वभाविक रुपमा मनोनयनमा पर्दा गत संस्करणको अवार्ड विजेता लुका मोडरिच र ब्राजिल खेलाडी नेमार भने टप १० मा अटाउन सकेनन्। यस्तै फ्रेन्की डे जोङ, माथिस डे लिग्ट, ह्यारी केन,…
काठमाडौं: फिल्म निर्देशक, निर्माता एवं कलाकार निश्चल बस्नेत र कलाकार स्वस्तिमा खड्कालाई 'आदर्श जोडी सम्मान' प्रदान गरिन लागेको छ। ललित ब्युटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको संयुक्त आयोजनामा हुने तीज विशेष कार्यक्रममा सम्मान गरिने घोषणा भएको हो। तीजको अवसरमा साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा ‘तीज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा हुँदैछ। कार्यक्रममा रियल लाइफ जोडी…
हरेक दुई वर्षमा आयोजना हुने 'फिल्म साउथ एसिया'को यो वर्षको संस्करणका लागि आवेदन मिति थप गरिएको छ। पहिला जुलाई ३१ सम्ममा डकुमेन्ट्री पठाउनु पर्ने आयोजकले जनाएका थिए। अब भने पन्ध्र दिनका लागि उक्त म्याद थप गरिएको छ। आयोजकले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। आधिकारिक फेसबुक पेजमा लेखिएको छ,'उल्लेखनीय सहभागिता र आग्रहका कारण हामीले आवेदन बुझाउने म्याद थप गरेका हौं।' वृत्तचित्रको महोत्सव भनिने यस…
काठमाडौं : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीमा करिब ४४ बिगाहा जग्गा कब्जा गरेको छ। जिल्लाको बर्दगोरिया बौनियाँमा चार जनाको घरजग्गा प्रतिबन्धित नेकपाले कब्जा गरेको हो। विप्लव नेतृत्वको नेकपाले बनाएको जनपरिषदले जग्गा घर जग्गा कब्जा गर्दै पार्टीको झण्डा गाडेको हो। बर्दगोरिया जनपरिषद्का प्रमुख अनुकूलको नेतृत्वमा पुगेको नेकपाका कार्यकर्ताको टोलीले राजेन्द्र मल्ल र वीरबहादुर मल्लका नाममा रहेको ३५…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ। २०७६ साल साउन १४ गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो। राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधवार जिम्मेवारी पत्र हस्तान्तरण गरे। थापाले दुलालले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रमुखमा नियुक्त भएकोमा बधाइ दिए। उनले कुनै बेला प्रचार…
काठमाडौं : चेक अनादर (बाउन्स)को मुद्दा बैङ्किङ कसुर नहुने सर्वोच्च अदालत आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ। महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकनका लागि उजुरी दर्ता गराउने तयारी गरिरहेको छ। महान्यायाधीवक्ता कार्यालयका सह न्यायाधीवक्ता सञ्जीवराज रेग्मीले पुनरावलोकनका लागि तयारी भइरहेको जानकारी दिए। 'विचाराधीन केही मुद्दामा प्रभाव पर्ने भएकाले हामी पुनरावलोकन गर्ने तयारीमा पुगेका हौं,' रेग्मीले पहिलोपोस्टसँग भने। सर्वोच्चका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी वाचाअनुसार योगेश भट्टराईलाई मन्त्री बनाउने भएका छन्। मन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिन लागेका हुन्। उनको आज ४ बजे शपथ हुँदैछ। राष्ट्रपति कार्यालयलाई सपथको तयारीका लागि पत्राचार भइसकेको छ। 'हामीलाई जानकारी आएको छ। चार बजेका लागि तयारी गर्दैछौं,' राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले…
सामाजिक सञ्जाल कलाकारसँग दर्शक र फ्यानलाई नजिक राख्ने एउटा माध्यम बनेको छ। कलाकारको दैनिकी र नयाँ काम बारे जानकारी राख्ने, संवाद गर्ने काम त हुन्छ नै। साथै यही माध्यममार्फत कलाकार आलोचित हुन्छन्। उनीहरुको फेसन, मेकअप, सम्बन्ध आदिलाई लिएर ट्रोलको शिकार समेत हुने गरेका छन्। केही कलाकार ट्रोल बनाउनेहरुसँग भिडेको पनि देख्न सकिन्छ। तर, बलिउड अभिनेत्री अनुश्का शर्माले भने आफू त्यस्ता…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन सबै मन्त्रीलाई निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७६/०७७को वार्षिक कार्ययोजना प्रस्तुती तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले भने, 'भ्रष्टाचार अन्त्य गर्न र सदाचार अवलम्बन गर्नका लागि सुत्र नै बनाउँ, मातहतको नजरमा नगिरौं। मातहतको नजरबाट गिर्नबाट जोगियो…
बंगलादेश र नेपालको सम्बन्ध झल्काउने कला प्रदर्शनी सुरु भएको छ। काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा ‘बन्धुत्व’ नाम दिइएको प्रदर्शनी मङ्गलबार सुरु भएको हो। कार्यक्रमको उद्घाटन नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्ते शाम्सले गरेकी हुन्। चार दिनसम्म चल्ने प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शनमा राखिएका छन्। नेपालका कलाकारहरु अनुराधा थापा, भुवन थापा, किशोर नकर्मी, कान्छाकाजी भासिमा, लक्ष्मण मण्डल,…
सोलः उत्तर कोरियाले फेरि दुई नयाँ मिसाइल परीक्षण गरेको छ। दुवै मिसाइल करिब २५० किलोमिटर दुरी पार गरी सी अफ जापान भनेर पनि चिनिने इस्ट सीमा खसेको दक्षिण कोरियाली ज्वाइन्ट चिफ्स अफ स्टाफ्स (जेसिएस) लाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यम बिबिसी र रोयटर्स तथा अलजजिरा लगायतले जनाएका छन्। उत्तर कोरियाले छोटो दुरीका मिसाइल परीक्षणा गरेको एक साता पनि नबित्दै फेरि छोटो…
काठमाडौं : प्रधानमन्त्री केपी ओलीसामु मन्त्रीहरुले वार्षिक कार्ययोजना पेश गरेका छन्। यस वर्ष विभागीय मन्त्रालयले गर्ने काम कारवाहीको कार्ययोजना प्रस्तुत तथा कार्यान्वयनको सम्झौतासमेत भएको छ। मन्त्रिपरिषदको कार्यालयमा भएको सम्झौताबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले ट्विटमा लेखेका छन् - सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा मन्त्रीज्यूहरुद्वारा वार्षिक कार्ययोजना प्रस्तुत गर्दै कार्यान्वयन सम्झौता हस्ताक्षर गर्न आयोजित कार्यक्रम सिंहदरबारमा प्रारम्भ। सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा मन्त्रीज्यूहरुद्वारा वार्षिक कार्ययोजना…