PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • स्कुटीलाई ठक्कर दिने पूर्व प्रमको पछुवा गाडीलाई कारबाही, ५ सय रुपैयाँ जरिवाना

    स्कुटीलाई ठक्कर दिने पूर्व प्रमको पछुवा गाडीलाई कारबाही, ५ सय रुपैयाँ जरिवाना

    काठमाडौः शुक्रबार बानेश्वर चोकमा स्कूटीलाई ठक्कर दिएर भागेको पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको पछुवा गाडीलाई प्रहरीले कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले गाडी चालक सन्तोष घिमिरेलाई कारबाही गरेको हो। चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना दस्तुर भराएको छ। लापरवाहीपूर्वक गाडी चलाएकोमा सवारी ऐन अनुसार कारबाही गरिएको महाशाखाका एसपी जयराम सापकोटाले जानकारी दिए।  बा १ झ ९५२७ नम्बरको भ्यानले…

    विस्तृतमा पढ्नुस्

  • हुरी प्रभावितको सहयोगका लागि राजपाले पाँच लाख दिने

    हुरी प्रभावितको सहयोगका लागि राजपाले पाँच लाख दिने

    काठमाडौं : राष्ट्रिय जनता पार्टीले बारा पर्सामा हुरीबाट प्रभावितहरुको राहतका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।  राजपा नेपालका संयोजक शरतसिंह भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेका हुन्।  राजपाले आफ्नो पार्टी पंक्तिलाई राहत र उद्धार कार्यमा लाग्न निर्देशनसमेत दिएको छ।  उसले  प्रदेश नं. २ को सरकारले प्राकृतिक विपत्तिको घटनामा देखाएको तत्परताको प्रशंसा गर्दै संघीय सरकारलाई समेत राहत…

    विस्तृतमा पढ्नुस्

  • पीडितकहाँ पुगे प्रधानमन्त्री : राहतमा नेकपाका सांसदले दिँदै एक दिनको तलब

    पीडितकहाँ पुगे प्रधानमन्त्री : राहतमा नेकपाका सांसदले दिँदै एक दिनको तलब

    बारा : प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ आएको हुरीबाट प्रभावित र घाइतेसँग भेट गरेका छन्। हुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले उपचार गरिरहेकाहरुलाई भेट्न अस्पताल पनि पुगेका थिए। झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री ओली आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन्। भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेर पीडितकहाँ पुगेका थिए उनी। प्रधानमन्त्री ओलीले राहत र उद्दारमा…

    विस्तृतमा पढ्नुस्

  • 'कुली नम्बर वान'का लागि वरुण धवनको पहिलो रोजाई आलिया भट्ट

    'कुली नम्बर वान'का लागि वरुण धवनको पहिलो रोजाई आलिया भट्ट

    'कुली नम्बर वान'को रिमेकका लागि वरुण धवनको पहिलो रोजाई आलिया भट्ट थिइन्। तर, अन्य फिल्ममा व्यस्त भएका कारण आलियाले फिल्म गर्न मानिन्। करण जोहरको 'स्टूडेन्ट अफ दि इयर'बाट डेब्यू गरेका आलिया र वरुणको स्क्रिन जोडी दर्शकमा अत्याधिक रुचाइन्छ। यसअघि 'हम्टी शर्माकी दुल्हनिया' र 'बद्रीनाथकी दुल्हनिया'मा उनी दुईले एकसाथ काम गरिसकेका छन्।   अब 'कुली नम्बर वान'मा भने वरुणको अपोजिटमा अभिनेत्री…

    विस्तृतमा पढ्नुस्

  • सलोन बस्नेत : अनमोलसँग अझै फिल्म गर्ने मन छ

    सलोन बस्नेत : अनमोलसँग अझै फिल्म गर्ने मन छ

    काठमाडौं:  अनमोल केसीका फिल्महरुमा दोहोरिएका कलाकार हन् सलोन बस्नेत। हरेक फिल्ममा नयाँ अभिनेत्रीसँग रोमान्स गर्ने अनमोलका तीन फिल्ममा भने सलोन दोहोरिसकेका छन्।   उनी दुईको पछिल्लो फिल्म 'ए मेरो हजुर ३' हो। फिल्म प्रदर्शनको तयारीमा छ। यसअघि सलोनले 'होस्टेल' 'गाजलु'मा अनमोलसँग काम गरिसकेका छन्। सलोनलाई अनमोलसँग अन्य फिल्ममा पनि काम गर्ने रहर रहेको बताउँछन्। उनले भने 'अनमोलसँग यो मेरो तेस्रो फिल्म…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीमा परी गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

    हावाहुरीमा परी गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

    काठमाडौँः आइतबार साँझको हावाहुरीमा परी गम्भीर घाइते भएकामध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। सोमबार बिहान नेपाली सेनाको 'स्काइ ट्रक'मार्फत् उनीहरुलाई काठमाडौं ल्याइएको हो। ६ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता यम ढकालले जानकारी दिए। आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले दुई…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीको अनुमान मौसम पूर्वानुमान महाशाखाले किन गर्न सकेन?, कति गतिमा हावा बहेको समेत जानकारी छैन

    हावाहुरीको अनुमान मौसम पूर्वानुमान महाशाखाले किन गर्न सकेन?, कति गतिमा हावा बहेको समेत जानकारी छैन

    काठमाडौः आइतबार साँझ बारा र पर्सा जिल्लामा गएको विनाशकारी हावाहुरीको कारण समाचार तयार पार्दासम्म २७ जनाको मृत्यु भइसकेको छ। गृहमन्त्रालयका अनुसार ६ सयभन्दा बढी घाइते भएका छन्। भारतको मौसम पूर्वानुमान केन्द्रले अलर्ट जारी गरे पनि नेपालको मौसम पूर्वानुमान महाशाखाले यसबारे कुनै अलर्ट जारी गरेको थिएन।   किन?  महाशाखाका मौसमविद् मिनकुमार अर्याल सामान्य मौसममा परिवर्तन हुने अनुमान गर्न सकिए पनि यति…

    विस्तृतमा पढ्नुस्

  • झापाको भ्रमण छोट्याएर प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्र जाने

    झापाको भ्रमण छोट्याएर प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्र जाने

    काठमाडौँः बारा र पर्सामा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि गृहजिल्लाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली प्रभावित क्षेत्रमा जाने भएका छन्। गृहजिल्ला झापामा रहेका ओली ११ बजे बारा जान लागेका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले ११ बजे प्रधानमन्त्री भद्रपुरबाट प्रभावित क्षेत्रमा जाने तयारी गरिरहेको जानकारी दिए। प्रधानमन्त्री अहिले दमकमा छन्। दमकबाट प्रधानमन्त्री भद्रपुर पग्नेछन्। भद्रपुरबाट हावाहुरी प्रभावित क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् बारा र पर्सामा हावाहुरीको वितण्डा

    फोटोमा हेर्नुस् बारा र पर्सामा हावाहुरीको वितण्डा

    काठमाडौँ : आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्र दुई जिल्लामा गरी मृत्यु हुनेको संख्या सोमबार बिहान ७ बजेसम्म २७ जना पुगेको छ। हावाहुरीमा परी ६१२ जना घाइते भएका छन्। घाइतेमध्ये २७० उपचारपछि घर फर्किएका छन्। हावाहुरीको वितण्डाका केही फोटोहरु

    विस्तृतमा पढ्नुस्

  • बारा, पर्साको हावाहुरीको विनाशमा फेसबुकको क्राइसिस रेस्पन्स

    बारा, पर्साको हावाहुरीको विनाशमा फेसबुकको क्राइसिस रेस्पन्स

    काठमाडौँ : बारा र पर्सा जिल्लामा गएरातिको विनाशकारी हावाहुरीको वितण्डापछि फेसबुकले क्राइसिस रेस्पन्स खुला गरेको छ।  यसअघि नेपालमा भूकम्प आउँदा पनि फेसबुकले क्राइसिस रेस्पन्स चलाएको थियो।  क्राइसिस रेस्पन्समार्फत् प्रभावित क्षेत्रमा रहेकाहरुले आफू सुरक्षित भएको जानकारी दिन सक्नेछन् भने यससँग सम्बन्धित फोटो, भिडियो र लिङ्कहरु पनि एकै ठाउँमा पाउन सकिनेछ।  त्यसैगरी सहयोग दिने वा आवश्यक भएको जानकारी पनि यसमा राख्न सकिनेछ।   

    विस्तृतमा पढ्नुस्

  • मृतकको परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने, मन्त्रीको संयोजकत्वमा उद्दार र राहत समिति गठन

    मृतकको परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने, मन्त्रीको संयोजकत्वमा उद्दार र राहत समिति गठन

    काठमाडौँः प्रदेश २ सरकारले आइतबार साँझको हावाहुरीमा परी मृत्यु भएका व्यक्तिका परिवारका सदस्यलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको आकस्मिक बैठकले विपदमा परी निधन भएका मृतकका परिवारलाई उक्त रकम दिने निर्णय गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले ट्वीट लेख्दै घाइतेहरुको उपचार खर्च पनि प्रदेश सरकारले बेहोर्ने निर्णय भएको जनाएका छन्। मन्त्रीपरिषदको आकस्मिक बैठकले प्राकृतिक विपदमा परि निधन भएका मृतक…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : टोटनहमका एल्डरवेरल्डले ९०औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुल विजयी, फेरि शीर्ष स्थानमा

    प्रिमियर लिग : टोटनहमका एल्डरवेरल्डले ९०औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुल विजयी, फेरि शीर्ष स्थानमा

    टोटनहम हट्सपरलाई पराजित गर्दै लिभरपुल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। गएराती भएको खेलमा लिभरपुलले लण्डन क्लब टोटनहमलाई २-१ ले पराजित गरेको हो। टोटनहमका टोवी एल्डरवेएरल्ससले ९०औँ मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले ३ अंक जोडेको हो। त्यसअघि रोवर्टो फिर्मिनोले १६औँ मिनेटमा गोल गर्द लिभरपुलाई अग्रता दिलाएका थिए। टोटनहमका लागि लुकास मउराले ७०औँ मिनेटमा बराबरी गोल फर्काएका थिए। जितपछि ३२…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियल मड्रिडको कठिन जित

    ला लिगा : रियल मड्रिडको कठिन जित

    करिम बेन्जामाले खेल सकिन एक मिनेट अगाडि गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा हुएस्कामाथि कठिन जित हात पारेको छ। घरेलु मैदानमा खेलको तेस्रो मिनटमै गोल खाएको रियलले प्रतिस्पर्धात्मक खेलमा हुएस्कालाई ३-२ ले पराजित गरेको रियलले छिमेकी एट्लेटिको मड्रिडसँग अंक दूरी २ मा झारेको छ। रियलका लागि इस्को, डानी सेवालोस र बेन्जामाले एक-एक गोल गरे। हुएस्काका…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुग्यो, काठमाडौँबाट मेडिकल टोली प्रस्थान

    हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुग्यो, काठमाडौँबाट मेडिकल टोली प्रस्थान

    काठमाडौँः आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्र दुई जिल्लामा गरी मृत्यु हुनेको संख्या सोमबार बिहान ७ बजेसम्म २७ जना पुगेको छ। हावाहुरीमा परी ६१२ जना घाइते भएका छन्। घाइतेमध्ये २७० उपचारपछि घर फर्किएका छन्। #बारा update : death 26, injured 612 among them 270 returned home…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : धोनीको अर्धशतक र बलरको उत्कृष्ट प्रदर्शन, चेन्नाईको लगातार तेस्रो जित

    आइपीएल : धोनीको अर्धशतक र बलरको उत्कृष्ट प्रदर्शन, चेन्नाईको लगातार तेस्रो जित

    कप्तान महेन्द्र सिंह धोनीको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शन मद्दतमा साविक विजेता चेन्नाईले आइपीएल २०१९ मा लगातार तेस्रो जित हात पारेको छ। आइतवार भएको खेलमा चेन्नाईले राजस्थान रोएल्सलाई ८ रनले पराजित गरेको हो। राजस्थानको यो लगातार तेस्रो हार हो। चेन्नाई यस सिजन अपराजित एक्लो टिम हो। घरेदु मैदान एमए चितम्बरमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निधारित २० ओभरमा ५…

    विस्तृतमा पढ्नुस्

  • बारा र पर्सामा दुई बटालियन सेना उद्दारमा खटाइयो, नाइटभिजन हेलिकप्टर तयारी अवस्थामा

    बारा र पर्सामा दुई बटालियन सेना उद्दारमा खटाइयो, नाइटभिजन हेलिकप्टर तयारी अवस्थामा

    काठमाडौँ : बारा र पर्सा जिल्लामा आज साँझ आएको भीषण हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ।  उद्दारका लागि त्यहाँ दुई बटालियन सेना तत्काल खटाइएको जानकारी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दिएका छन्।  प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले नेपाली सेनाको स्पेसल रेस्क्यु टिमलाई तत्काल परिचालन गर्न भन्दै गरेको ट्विटको जवाफमा रिमालले यस्तो जानकारी दिएका हुन्। Two battalions has…

    विस्तृतमा पढ्नुस्

  • बारा र पर्सामा भीषण हावाहुरी, कम्तिमा २५ को मृत्यु, ४ सय घाइते

    बारा र पर्सामा भीषण हावाहुरी, कम्तिमा २५ को मृत्यु, ४ सय घाइते

    काठमाडौँ : बारा र पर्सा जिल्लामा आज साँझ आएको भीषण हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ।  हावाहुरीका कारण ज्यान गुमाउनेहरुको यकिन संख्या खुलिसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाइते भएको जानकारी दिएका छन्।  बारा/पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएकोछ। यस आकस्मिक क्षतिप्रति…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा अचानक मौसम बिग्रँदा हवाई यात्रु मर्कामा, यी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान भए प्रभावित

    काठमाडौँमा अचानक मौसम बिग्रँदा हवाई यात्रु मर्कामा, यी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान भए प्रभावित

    काठमाडौँ : काठमाडौँमा अचानक मौसम बिग्रिएर मेघ गर्जनसहित वर्षा हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान र अवतरण प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्।  मौसमका कारण बेलुका ४:३० बजेदेखि आन्तरिक उडान अवतरणमा प्रभाव परेको विमानस्थलले जनाएको छ। बुद्ध एयरको काठमाडौँबाट विराटनगरतर्फको १, भैरहवाको २, भद्रपुरको १ र नेपालगन्जतर्फको १ गरी ५ वटा उडान रद्द भएको छ। काठमाडौँ विमानस्थलमा अवतरणका लागि आएका विमानहरु मौसमका कारण अन्यत्रै…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : बेर्स्टोव एक्लैले बनाएको जति रन पनि बनाउन सकेन बैंगलोरले, दुई खेलाडीको शतकमा हैदरावादको फराकिलो जित

    आइपीएल : बेर्स्टोव एक्लैले बनाएको जति रन पनि बनाउन सकेन बैंगलोरले, दुई खेलाडीको शतकमा हैदरावादको फराकिलो जित

    जोनी बेर्स्टोव र डेविड वार्नरको शतक मद्दतमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपीएलमा आइतवार रोएल च्लेन्जर्स बैंगलोरमाथि शानदार जित हात पारेको छ। दुई खेलाडीको शतक अनी मोहम्मद नावीले ४ विकेट लिएपछि हैदरावादले बैंगलोरलाई ११८ रनले पराजित गरेको हो। बेर्स्टोवको ११४ तथा वार्नरको नटआउट १०० रन मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको हैदारवादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३१ रन…

    विस्तृतमा पढ्नुस्

  • युवा खेलाडीलाई एन्फा एकेडेमीमा छनोट हुने अवसर, देशभरबाट दुई उमेर समूहमा खेलाडी छानिने

    युवा खेलाडीलाई एन्फा एकेडेमीमा छनोट हुने अवसर, देशभरबाट दुई उमेर समूहमा खेलाडी छानिने

    काठमाडौँ : अखिल नेपाल फुटबल संघले आधारभुत तहदेखि पुटबल खेलको विकास गर्न र सानै उमेरदेखि फुटबलको प्रशिक्षण दिलाउन भन्दै देशैभरबाट युवा खेलाडी छानेर एकेडेमीमा राख्ने भएको छ। एन्फाले दुई उमेर समूहमा टिम तयार पार्न देशैभरबाट खेलाडी छान्ने प्रक्रिया सुरु गर्न लागेको हो। एन्फाले १३ वर्ष र १६ वर्ष मुनीका खेलाडी छनोट गर्न लागेको हो। १३ वर्षमुनीको युवा खेलाडी देशभरबाट युवा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell