काठमाडौं : मित्र राष्ट्र चीनको हेनान राष्ट्रको लिनझाउमा भएको २०१८ चाईना लिनझाउ प्याराग्लाईडिङ्ग प्रि बिश्वकपमा नेपाललाई कास्य पदक प्राप्त भएको नेपाल प्याराग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले बताएका छन्। यहि मे २६ देखि ३१ तारिखसम्म भएको प्रतियोगिताको आज भएको फाईनलमा व्यक्तिगत क्रसकन्ट्रीतर्फ नेपालका बिशाल थापाले उच्च प्रदर्शन गर्दै कास्य पदक जितेका थिए। प्रतियोगितामा आयोजक चीन प्रथम र रशिया दोश्रो भएको थियो।…
काठमाडौं : युवा स्टार सन्दीप लामिछाने टी-२० इन्टरनेशनल क्रिकेट म्याच खेल्ने १८औँ नेपाली खेलाडी बनेका छन्। हुरिक्यान रिलिफ टी-२० च्यालेन्समा विश्व ११ बाट पहिलो रोजाईँमा खेल्दै सन्दीपले उक्त उपलब्धी हात पारे। अन्य १७ नेपालीले खेलाडीले नेपालका लागि विपक्षी टिम विरुद्ध टी-२० इन्टरनेशनल खेलेपनि सन्दीपले भने फरक ढंगमा उक्त अवसर पाए। उनले वेष्टइन्डिज विरुद्ध विश्य ११ बाट खेल्दै टी-२० इन्टरनेशनलमा डेब्यु…
काठमाडौं : नेपाल युवा लेगस्पीनर सन्दीप लामिछानले अर्को महत्वपूर्ण उपलब्धी हात पारेका छन्। आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै चर्चित बनेका १७ वर्षिय युवा टार सन्दीप लर्ड्समा हुने टी-२० च्यारिटी म्याचको लागि आइसीसी विश्व ११ को पहिलो रोजाईँमा परेका छन्। आइसीसीको आधरिकारिक टी-२० म्याचको रुपमा रहेको यो खेलमा विश्व ११ ले टी-२० को वर्ल्ड च्याम्पियन वेष्ट इन्डिजसँग खेल्नेछ। सन्दीपको लागि…
काठमाडौं : सोमपाल कामीले अलारउण्ड प्रदर्शन प्रेरित त्रिभुवन आर्मीले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप वान डे क्रिकेटमा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा भएको खेलमा आर्मीले प्रदेश नम्बर २ लाई डिएल मेथडको आधारमा ५५ रनले हरायो। आर्मीको जितमा राजु रिजालले अर्धशतक प्रहार गरे भने सोपालले आक्रमक ब्याटिङ गर्दै २८ बलमा ४१ रन बनाउनुका साथै ३ विकेट समेत लिए।…
काठमाडौं : आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ। बजेटमा व्यक्तिगत लगानीकर्ताले तिर्नुपर्ने पूँजीगत लाभकर ५० प्रतिशत बढेपछि शेयर बजार घट्दो क्रममा देखिएको छ। साताको अन्तिम दिन बिहीबार शेयर बजार १४.६१ अंकले घटेर १३०७.६६ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९३ अंकले घटेर २७५.२८ अंकमा झरेको छ। बजेट…
रियल मड्रिडलाई लगातार तेस्रो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताएका प्रशिक्षक जिनेदिन जिदानले ५ दिनपछि क्लब छाड्ने घोषणा गरेका छन्। ४५ वर्षीय जिदानले क्लबलाई फरक आवाज चाहिएको भन्दै क्लको प्रशिक्षक पदबाट 'स्टेप डाउन' गरेका हुन्। न्युज कन्फ्रेन्जमा बोल्दै जिदानले सबै विषय परिवर्तन हुने भन्दै त्यसै कारणले आफूले यस्तो निर्णय लिएको बताए। सन् २०१६ को जनवरीमा रियल मड्रिडको प्रशिक्षक बनेको जिदानले…
विराटनगर : सुन प्रकरणमा अभियुक्त एसएसपी श्याम खत्रीको बयान सकिएको छ। जिल्ला अदालत मोरङले बिहीवार बयान लिएको हो। एसएसपी खत्रीसँग पाँच घन्टा लामो बयान भएको हो। ३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेलगत्तै उनी बिहीवार अदालत पुगेका हुन्। अब उनीमाथि थुनछेक बहस हुनेछ। प्रतिवादीका तर्फबाट हेमराज पन्त र सरकारका तर्फबाट पूण्यप्रसाद पाठकले बहस गर्नेछन्। …
काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को डिजिटल ब्रोडकास्ट पार्टनरको रुपमा इपीएल प्रालीले नेपालफ्लिक्ससँग सम्झौता गरेको छ। सम्झौतापछि अब इपीएललाई नेपालफ्लिक्सले विश्वभर नै डिजिटल ब्रोडकास्टिङ गर्नेछ। गत संस्करणमा अफिसियल ब्रोडकास्ट पार्टनरको रुपमा रहेको एपीवान एचडीले टेलिभिजनसहित डिजिटल ब्रोडकास्ट समेत गरेको थियो। अब २०१८ मा एपीवानले टेलिभिजनबाट लाइभ गर्नेछ भने नेपालफ्लिक्सले युट्युव लगायत अन्य डिजिटल मिडियामा ब्रोडकास्ट गर्नेछ। इपीएल प्रालीका…
काठमाडौं : नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले बजेट बाँडफाँड संघीयता विरोधी भएको आरोप लगाएका छन्। ‘बजेट बाँडफाँड संघीयता विरोधी छ। यसले संघीयताको मुल मर्मलाई बोकेको छैन्,’ प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै सांसद शाहले भने, ‘३३ प्रतिशत मात्रै प्रदेश र स्थानीय तहलाई दिइएको छ। र, सम्पूर्ण रकम केन्द्रमा राखिएको छ। भारतमै हेर्ने हो भने पनि ६८ बजेट स्थानीय तह र प्रदेशलाई दिइन्छ।…
काठमाडौं : सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी वर्षको बजेटप्रति सत्तपक्षीय सांसदहरुले नै असन्तुष्टि जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टीका सांसद राजेन्द्र गौतमले समाजवादको आधार तयार गर्ने समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक पुँजीवादको विकास नै बजेटको मुख्य लक्ष्य हुनुपर्ने बताए। सांसद गौतमले बजेटमा सांसद विकास कोषको कुरा उल्लेख नभएको भन्दै आपत्ती प्रकट गरे। ‘यो बजेट मैले सरसर्ती पढेँ, सांसद विकास…
काठमाडौं : एक दशकदेखि प्रकाशन क्षेत्रमा सक्रिय रहेको सांग्रीला बुक्स प्रालि भारतबाट पनि संचालनमा आउने भएको छ। सांग्रीला बुक्स पब्लिकेसन्स – इन्डिया नाममा भारतबाट संचालनमा आउने सांग्रीलाले जनाएको छ। ‘सांग्रीला बुक्स पब्लिकेसन्स - इण्डिया’ नाममा प्रकाशन संस्था दर्ता भएको र हाललाई यसको प्रधान कार्यालय उत्तर बङ्गाल राज्यको सिलिगुडीमा छ। सांग्रीला बुक्स – इन्डियाले नेपाल र भारतमा रहेका नेपाली भाषी लेखक…
काठमाडौं : प्रहरीले काठमाडौंका विभिन्न डान्सबार, रोधीघर तथा होटेलमा छापा मारेको छ। गोगंवु, ठमेल, कोटेश्वर, वानेश्वर, बालाजु, लगायतका क्षेत्रमा संचालित होटल र डान्स रेष्टुरेन्टहरुमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। छापा मार्दा प्रहरीले ३९ जना बालबालिकाको उद्धार गरेको छ। वेवो डान्स रेष्टुरेन्ट, रिभर साइड डान्स रेष्टुरेन्ट, रक डान्सवार, टाइगर टप रेष्टुरेन्ट, न्यु टाउन रेष्टुरेन्ट एण्ड वाट लगायतबाट…
काठमाडौं : सांसद प्रेम सुवालले ३३ किलो सुन प्रकरणमा प्रधानमन्त्री नै ठूला माछा त होइनन्? भन्दै प्रश्न खडा गरेका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका तर्फबाट निर्वाचित सांसद सुवालले यस्तो प्रश्न उठाएका हुन्। ‘सभामुख महोदय अर्थमन्त्री भएका बेला भन्नु भएको म त भुरा मात्र हुँ। धेरै ठूला माछा छन् यसमा। समयक्रममा बाहिर आँउछ। अहिले यो…
काठमाडौं : नेपाल आइसीसीको वान डे वरीयतामा समावेश भएको छ। आइसीसीले नेपालसँगै, स्कटल्याण्ड, युएई र नेदरल्याण्ड्सलाई वान डे वरीयतामा समावेश गरेको हो। आइसीसीले शुक्रवार प्रेस रिलिज जारी गर्दै जुन १ बाट यो वरीयता लागु हुने जनाएको छ। गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ शीर्ष तीनमारहै नेपालले पहिलो पटक वान डे इन्टरनेशनल स्ट्याटस पाएको थियव। वान डे म्याच…
काठमाडौं : रसियामा २१औँ संस्करणको विश्वकप फुटबल सुरु हुन अब दुई साता मात्र बाँकी छ। सारा विश्वको ध्यान अहिले त्यतैतिर छ। नेपालीहरु पनि यसबाट अनभिज्ञ छैनन्। रसियामा दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ। विश्वकपका खेलहरु नेपाली समयअनुसार प्राय राति पर्ने भए पनि त्यसले खासै असर गर्नेछैन। किनकि फुटबलका फ्यानहरु समयको घेराबन्दीमा बस्दैनन्। यस्तो छ…
काठमाडौं : एसएसपी श्याम खत्री जिल्ला अदालत मोरङमा उपस्थित भएका छन्। ३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीवार अदालत पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले एसएसपी खत्री अदालतमा हाजिर भएको पुष्टि गरे। सुन प्रकरण र सनम हत्याको विषयमा छानविन सुरु भएसँगै फरार रहेका खत्रीसहित तीन जना विरुद्ध प्रहरी प्रधान…
काठमाडौं: फिल्म 'कस्मिक लभ' बन्ने भएको छ। फिल्मका लागि कलाकार प्रशान्त ताम्राकार, अर्पण थापा र दीया मास्के फाइनल भएका छन्। फिल्मलाई शंकर अधिकारीले निर्देशन गर्ने भएका हुन्। जय गौतमले निर्माण गर्ने फिल्मका लागि अन्य कलाकार छनोट गर्ने काम भैइरहेको छ। मुभी मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा सुरज प्रधानको प्रस्तुति रहनेछ। यहि असार १ गतेबाट फिल्मको छायाँकन शुरु हुनेछ। फिल्ममा कविराज गहतराज…
काठमाडौं : युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा र राखेपका सदस्य सचिव केशव कुमार विष्टले भौतिक पूर्वाधारका कारण अर्को वर्ष नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद साग गेम्स नरोकिने बताएका छन्। बिहीवार मन्त्रालयले सय दिने प्रगती विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री र सदस्य सचिवले उक्त धारणा राखेका हुन्। 'हाम्रो मुख्य फोकस भने १८औँ एसियन गेम्स,१३औँ साग गेम्स र…
काठमाडौं: दाङकी कल्पना श्रेष्ठले 'मिसेस नेपाल एलिगेन्स–२०१८'को ताज जितेकी छिन्। ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि जितेकी हुन्। र्याम्प जोनद्धारा राजधानीको जमल स्थित नाचघरमा आयोजित प्रतियोगितामा कल्पनाले पोजेटिभ एटिच्युटको उपाधि सहित पाँच हजार रुपैयाँ, तीन महिनाको व्युटिसयन कोर्ष, जुम्बा कोर्ष र अन्य उपहार पाईन्। प्रतियोगितामा काठमाडौंकी सविना महर्जन मिसेस फोटोजेनिक सहित फस्ट रनरअप र जनकपुरकी लक्ष्मी शर्मा सेकेन्ड रनरअप…
मस्कोः रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ। सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए। “हामीले उनलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उनको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,” मत्भीयेन्कोले एक समाचार संस्थासँग भने। जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले…