PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • प्रतिनिधिसभा बैठक बस्दै, आजदेखि बजेट छलफल सुरु हुने

    प्रतिनिधिसभा बैठक बस्दै, आजदेखि बजेट छलफल सुरु हुने

    काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल हुँदैछ। राष्ट्रियसभामा भने शुक्रबारदेखि मात्र छलफल हुनेछ। अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको वार्षिक बजेटका विनियोजन विधेयकसहित सबै आश्रित विधेयक संसदमा पेस भइसकेका छन्। पेस भएका विधेयकमाथि आजदेखि छलफल हुन लागेको हो। अर्थमन्त्रीले मंगलबार वार्षिक बजेट संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेस गरेका थिए। १३ खर्ब १५ अर्ब १६…

    विस्तृतमा पढ्नुस्

  • बजेटमाथि जुम्ली सांसदको टिप्पणी : लंकामा सुन छ कान मेरो बुच्चै

    बजेटमाथि जुम्ली सांसदको टिप्पणी : लंकामा सुन छ कान मेरो बुच्चै

    काठमाडौं : सांसद गजेन्द्रबहादुर महतले बजेटले जुम्लालाई हल्लाएको बताएका छन्। बजेटबारे छलफलका क्रममा सांसद महतले सुरुमा बजेटको स्वागत गरे।  ‘बजेटको बचाउ मैले गर्नुपर्छ जस्तो लाग्दैन। बचाउ कमजोर बस्तुको गर्ने हो। सम्मानित गिरिजाप्रसाद कोइरालाले भनेको मेरो कानमा अझै गुञ्जिएको छ। ‘तिमीहरुको विरोधले यो हल्लिँदैन’ भन्नु भएको थियो,’ उनले भने, ‘बजेट बलियो तर बजेट हल्लिँदैन। तर, बजेटले मलाई हल्लाएको छ, यो बजेटले…

    विस्तृतमा पढ्नुस्

  • नेपालको महिला टोलीले एएफसीको दुई उमेर समूहका छनोट प्रतियोगिता खेल्ने, यू-१६ च्याम्पियनसिप क्वालिफायर आफैँ आयोजना गर्ने

    नेपालको महिला टोलीले एएफसीको दुई उमेर समूहका छनोट प्रतियोगिता खेल्ने, यू-१६ च्याम्पियनसिप क्वालिफायर आफैँ आयोजना गर्ने

    काठमाडौँ : नेपालको दुई उमेर समूहका महिला फुटबल टोलीले एएफसीको छनोट प्रतियोगिता खेल्ने भएको छ। एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा नेपाल, थाइल्याण्ड, भारत, पाकिस्तान र सिंगापुर समूह बी मा छ। यस समूहका खेलहरु थाइल्याण्डमा हुनेछ। यस्तै एएफसी यू-१६ च्याम्पियनसिपको क्वालिफायर नेपालले नै आयोजना गर्दैछ। समूह ई मा रहेको नेपालले क्वालिफायरमा फिलिपिन्स, म्यानमार, मलेसिया र सिरियासँग खेल्नेछ। कूल ३० राष्ट्रलाई क्वालिफायरमा ६…

    विस्तृतमा पढ्नुस्

  • अन्तर स्कुल फुटबल प्रतियोगिता हुने

    अन्तर स्कुल फुटबल प्रतियोगिता हुने

    काठमाडौं : कोटेश्वर सेतिओपी युवा क्लबको आयोजनामा सेतिओपी अन्तर स्कुल फुटबल प्रतियोगिता आयोजाना हुने भएको छ। क्लबले यही जेठ १९ देखि २६ सम्म विभिन्न १० स्कुललाई मावेश गरेर प्रतियोगिता गर्न लागेको बुधवार जनाएको छ। आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका १० वटा प्लस टु तथा स्कुलहरुको सहभागिता रहने क्लबका अध्यक्ष रवि रिमालले बताए। सहभागि टोलीहरुमा मोर्डन इन्डियन स्कुल, डिएभि सुशिल…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो मधेश आन्दोलनका शहीद परिवारलाई जागिर दिन सुरु, डेढ महिने जागिर कि भद्दा मजाक?

    तेस्रो मधेश आन्दोलनका शहीद परिवारलाई जागिर दिन सुरु, डेढ महिने जागिर कि भद्दा मजाक?

    काठमाडौं : प्रदेश २ को सरकारले ‘एक शहीद परिवार एक रोजगारी’ भन्दै शहीद पत्नीलाई डेढ महिने करार सेवामा नियुक्त गरेको छ। प्रदेश सरकारले पहिलो बैठकले गरेको निर्णयलाई कार्यान्वयनमा ल्याएको भन्दै शहीद पत्नीलाई डेढ महिने जागिर दिएको हो। मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद परिवारलाई रोजगारी दिने विषय समेटिएको निर्देशिका मंगलबारमात्रै पारित भएको थियो। उक्त निर्देशिका पारित भएपछि आज एक शहीद परिवारलाई रोजगारी दिइएको हो।…

    विस्तृतमा पढ्नुस्

  • बजेटपछि कुन बाइकको कति बढ्यो प्राइस?

    बजेटपछि कुन बाइकको कति बढ्यो प्राइस?

    काठमाडौं : सरकारले बाइकमा सीसीका आधारमा अन्त:शुल्क निर्धारण गरेको छ। सरकारले बजेटमार्फत् १ सय ५० सीसी भन्दा बढीका बाइकमा अन्त:शुल्क बढाएको हो। पहिला सबै बाइकमा ४० प्रतिशत मात्रै अन्त:शुल्क लाग्ने गर्थ्यो। बजेटमार्फत् १ सय ५० सीसीदेखि २ सय ५० सीसीका बाइकको अन्त:शुल्क १० प्रतिशत बढाएर ५० प्रतिशत पुर्‍याइएको छ। बजेटमा पाँच सय सीसी नाघेको तर ८ सय सीसी ननाघेको रेसिप्रोकेटिङ…

    विस्तृतमा पढ्नुस्

  • पिएम कप क्रिकेट : प्रदेश ४ को पहिलो जितमा हरि चौहानको दुर्लभ कीर्तिमान, ब्याटिङमा शतक, बलिङमा ह्याट्रिक विकेट

    पिएम कप क्रिकेट : प्रदेश ४ को पहिलो जितमा हरि चौहानको दुर्लभ कीर्तिमान, ब्याटिङमा शतक, बलिङमा ह्याट्रिक विकेट

    काठमाडौं : हरि चौहानले अलराउण्ड प्रदर्शन गर्दै शतक बनाउनुका साथै ह्याट्रिक सहित ४ विकेट लिएपछि प्रदेश नम्बर ४ ले प्रधानमन्त्री पिएम कप वान डे क्रिकेटमा पहिलो जित हासिल गरेको छ। जारी पिएम कपमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हरिले सोहि खेलमै ह्याट्रिक विकेट पनि लिए। उनी ह्याट्रिक विकेट लिने पनि पहिलो खेलाडी हुन्। दुवैमा पहिलो भएको हरि यस्तो दुर्लभ…

    विस्तृतमा पढ्नुस्

  • गीतकार कालीप्रसाद रिजाल सम्मानित हुँदै  

    काठमाडौं: गीतकार संघ नेपालले यो वर्षको ‘राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमको छैटौं संस्करणमा ‘राष्ट्रिय स्रष्टा सम्मान’, ‘वर्ष गीत पुरस्कार’, ‘वर्ष गीत पुस्तक पुरस्कार’, र ‘डायस्पोरा गीतकार सम्मान’ प्रदान गर्ने संस्थाले बताएको छ। यसबर्ष संघले अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ अन्तर्गत गीतकार श्री कालीप्रसाद रिजाललाई नगद १ लाख १ रुपैंया सम्मान गर्ने निर्णय भएको गीतकार…

    विस्तृतमा पढ्नुस्

  • 'रणवीर' मङ्सिरमा आउँदै

    'रणवीर' मङ्सिरमा आउँदै

    काठमाडौं: फिल्म ’रणवीर’ आउँदो मङ्सिर १४ बाट प्रदर्शनमा आउने भएको छ। प्रोडक्सन फेजमा रहेको फिल्म युनिटले प्रचार कार्य शूरुसँगै रिलिज टार्गेट तय गरेको हो। फिल्मलाई उपत्यकाको लागि स्टेसन फाइभ र मोफसलको लागि डिसीएनले फिल्म वितरण गर्नेछन्। यी दुई वितरण संस्थासँगकै छलफलपछी डेट तय गरिएको निर्माण पक्षले जानकारी दिएको हो। एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको छायाँकनको लागि दुई गीत…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियामा  हुईंकिदै ‘कोहलपुर एक्सप्रेस’

    अस्ट्रेलियामा  हुईंकिदै ‘कोहलपुर एक्सप्रेस’

    काठमाडौं: फिल्म ‘कोहलपुर एक्सप्रेस’ अस्ट्रेलिया प्रदर्शन हुने भएको छ। अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्मको अस्ट्रेलिया राइट्स राइट एण्ड एसोसियट्स एजुकेसनले लिएको हो। फिल्म पाँच हप्ता प्रदर्शन भयो। विशाल भण्डारी निर्देशित कमेडी जनराको फिल्ममा केकी अधिकारी, रबिन्द्र झा, प्रियंका कार्की, ऋचा शर्मा, कुशाग्र भट्टराई, बुद्धी तामाङ लगायतको अभिनय रहेको छ। अस्ट्रेलियामा ठूलो सङ्ख्यामा नेपाली फिल्म दर्शक रहेको बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • 'स्टयाण्ड–अप कमेडी शो सिजन २' सम्पन्न

    'स्टयाण्ड–अप कमेडी शो सिजन २' सम्पन्न

    काठमाडौ: 'स्टयाण्ड–अप कमेडी शो'को दोस्रो संस्करण सम्पन्न भएको छ। नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो र सेलिब्रेटी म्यानेजमेन्ट नेपालको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। झम्सिखेलस्थित एट डिग्रीज फाइन डाइन एण्ड भेन्यूज रेस्ट्रोमा लाइभ कमेडी शो भयो। सातजना हास्य कलाकारहरु लेखमणी त्रिताल, सहर्ष के.सी., रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारी, सरोज भण्डारी, विवेक पौडेल साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना प्रस्तुतिहरु दिए।…

    विस्तृतमा पढ्नुस्

  • गायक शिव परियार अस्पतालबाट डिस्चार्ज, कस्तो छ अवस्था?

    गायक शिव परियार अस्पतालबाट डिस्चार्ज, कस्तो छ अवस्था?

    काठमाडौं: मोटरसाइकल दुघर्टनामा परी घाइते भएका गायक शिव परियारको अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी ग्राण्डी अस्पतालमा उपचाररत थिए। दुर्घटना भएपछि तत्काल इमर्जेन्सीमा पुगेका उनको उपचार ग्राण्डीका अर्थोपेडिक तथा स्पाइन सर्जन डा बिनोद बिजुक्छेको टिमले उपचार गर्‍यो। शिवको गोडामा सफ्ट टिस्यु इन्जुरी अर्थात् मासुमा र तन्तुहरुमा चोट लागेको डाक्टर बिनोदले बताए। उनको गोडामा थोरै रगत जमेको र सो रगत सानो प्रोसपजर गरेर…

    विस्तृतमा पढ्नुस्

  • बजेटले संघीयतालाई बलियो होइन कमजोर बनायोः राजपा सांसद भण्डारी

    बजेटले संघीयतालाई बलियो होइन कमजोर बनायोः राजपा सांसद भण्डारी

    काठमाडौं : राष्ट्रिय जनता पार्टीका सांसद सरदसिंह भण्डारीले सरकार संघीयतालाई कमजोर बनाउन लागेको आरोप लगाएका हुन्। प्रतिनिधिसभामा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्दै उनले यस्तो आरोप लगाएका हुन्।  ‘सरकारलेसंघीयतालाई बलियो बनाउने भन्दै पनिसंघीयतालाई कमजोर बनाउने दिशा तर्फ बजेट लागेको छ, उनले भने ‘६७ प्रतिशत बजेट केन्द्रीय सरकारको अधिनमा रहेको छ, ३३-३४ प्रतिशत बजेट मात्र प्रदेश र स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • सूर्य चिन्ह लिएर सांसद बनेका त्रिपाठीको बजेट प्रति अाक्रोस: हामीले चन्दा होइन आयोजना मागेका हौँ

    सूर्य चिन्ह लिएर सांसद बनेका त्रिपाठीको बजेट प्रति अाक्रोस: हामीले चन्दा होइन आयोजना मागेका हौँ

    काठमाडौंः प्रतिनिधिसभामा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु भएको छ। बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद हृदयेश त्रिपाठीले अर्थतन्त्रको अप्ठ्यारो बेलामा बजेट ल्याइएको भन्दै सकारात्मक रहेको बताएका छन्।  ‘हामी त्यसलाई बुझ्न सक्छौँ। बजेट राजनीतिक शासकको नियमबाट चल्दै अर्थशास्त्रको नियमबाट चल्छ,’ उनले भने, ‘धेरै सकारात्मक विषय समेटिएका छन्। बाध्यतावश पनि अहिलेको बजेट परम्परागत हुन सक्दैन। भ्याट फिर्ताको विषय सकारात्मक…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप टिममा परेका इंग्ल्याण्डका २३ मध्ये १२ खेलाडीको शरीरमा ट्याटु, कसको कस्तो?

    विश्वकप टिममा परेका इंग्ल्याण्डका २३ मध्ये १२ खेलाडीको शरीरमा ट्याटु, कसको कस्तो?

    इंग्लिस खेलाडी रहिम स्टर्लिङले आफ्नो खुट्टामा नयाँ ट्याटु बनाएपछि उनी यस साता चर्चामा छन्। म्यानचेष्टर सिटीका यी विंगरले दायाँ खुट्टामा एम १६ राइफल अंकित नयाँ ट्याटु खोपाएका हुन्। ट्याटु बनाउने उनी एक मात्र इंग्लिस खेलाडी भने होइनन्। अर्को महिना रसियामा हुने विश्वकप खेल्न जानुअघि इंग्ल्याण्डका ट्याटु खोपाउने खेलाडीहरूको बारेमा डेलीमेलले चर्चा गरेको छ। मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले घोषणा गरेका २३…

    विस्तृतमा पढ्नुस्

  • विम्स्टेक शिखर सम्मेलनको मिति बारे छलफल 

    विम्स्टेक शिखर सम्मेलनको मिति बारे छलफल 

    काठमाडौँ :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र विम्स्टेकका नवनियुक्त महासचिव सहिदुल इस्लामबीच विम्स्टेकको आगामी शिखर सम्मेलन तयारीका विषयमा छलफलल भएको छ। बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इस्लाम महासचिवको पदवहाली गरेसँगै अध्यक्ष राष्ट्र नेपालको तीन दिने भ्रमणमा आएका हुन्।  आगामी नेपालले आगामी महिना विम्स्टेकको सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ। छलफलमा बिम्स्टेकको आगामी शिखर सम्मेलन सबै…

    विस्तृतमा पढ्नुस्

  • एकताको दुई सातामै नाम परिवर्तन गर्दै नेकपा

    एकताको दुई सातामै नाम परिवर्तन गर्दै नेकपा

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता भएको दुई सातामा नै आफ्नो नाम परिवर्तन गर्ने भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको थियो।  पार्टीका हरेक कार्यालय र दस्ताबेजमा नेपाल कम्युनिष्ट पार्टी राखिए पनि निर्वाचन आयोगमा दल दर्ताका लागि दर्ता गरिएको निवेदनमा भने नेपाल कम्युनिष्ट पार्टी राखिएको थियो।   निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • एलएलबी दोस्रो वर्षको परीक्षा असार १७ गतेदेखि, हेर्नुस् परीक्षा तालिका

    एलएलबी दोस्रो वर्षको परीक्षा असार १७ गतेदेखि, हेर्नुस् परीक्षा तालिका

    काठमाडौँः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालयले एलएलबी तेस्रो वर्षको परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार ३ वर्षे एलएलबी दोस्रो वर्षको पूरा तथा अा‌ंशिक परीक्षा असार १७ गतेदेखि सुरु हुनेछ।  परीक्षा  साउन १४ गतेसम्म सञ्चालन हुनेछ।  कार्यालयले परीक्षा आवेदन फाराम भर्न छुटेकाहरुले दोब्बर दस्तुरमा २०७५ साल जेठ २७ गते सम्म फाराम बुझाउन पनि सूचित गरेको छ।  

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीले कैलालीमा तीन सय बढी घरको छानो उडायो

    हावाहुरीले कैलालीमा तीन सय बढी घरको छानो उडायो

    धनगढीः मंगलबार साँझ आएको हावाहुरीले कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ।  हावाहुरीले टिकापुर नगरपालिकाका वडा नम्बर ६, ७, ८, ९ मा पर्ने घरहरूका छाना उडाएको छ। साबिकको धनसिघपुर गाविस र नारायणपुर गाविसमा घरका छाना उडाएको टीकापुर नगरपालिका वडा नम्बर ८ का दीर्घ बहादुर ठकुल्लाले बताए।  उनले सो क्षेत्रमा पर्ने तीन सय बढी घरका छाना उडाएको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • लियोनल मेसीको ह्याट्रिक, मास्केरानोले बराबरी गरे जानेट्टीको कीर्तिमान

    लियोनल मेसीको ह्याट्रिक, मास्केरानोले बराबरी गरे जानेट्टीको कीर्तिमान

    कप्तान लियोनल मेसीको ह्याट्रिक प्रेरित अर्जेन्टिनाले विश्वकपको वार्म अफ म्याचमा हाइटीलाई ४-० ले पराजित गरेको हो। ब्युनर्स आयार्समा भएको खेलमा मेसीले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गरे। अर्को गोल वैकल्पिक खेलाडी सर्जियो अगुएरोले थपे। मेसीले १७औँ मिनेटमा पहिलो गोल गरेका थिए भने ५८औँ र ६६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। अगुएरोले ६९औँ मिनेटमा अर्जेन्टिनाका लागि चौथो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell