काठमाडौँ: भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौँ आउँदैछिन्। प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा स्वराज नेपाल आउन लागेकी हुन्। दिउँसो ३ बजे विशेष विमानबाट स्वराज काठमाडौँ आउने कार्यतालिका छ। काठमाडौँ आएलगत्तै स्वराजको राजनीतिक भेटघाट सुरु हुनेछ। नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हुन लागेको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि भारतीय विदेश मन्त्रालयले भने स्वराजको भ्रमणलाई दुई…
काठमाडौँः मंगलबार पार्टी कार्यालय धुम्वारहीमा बसेको एमाले स्थायी कमिटी बैठकले प्रदेशका मुख्यमन्त्री छान्न केन्द्रले दबाब नदिने निर्णय गर्यो। मुख्यमन्त्री चयनअघि संसदीय दलको नेता छनोटमा समेत यही मापदण्ड लागू गर्ने एमालेले निर्णय पनि गरेको थियो। संविधान अनुसार मुख्यमन्त्री भन्दा पहिले विवाद संसदीय दलको नेतामै हुनेछ। किनकी संसदीय दलका नेता नै मुख्यमन्त्रीका दाबेदार हुनेछन्। प्रदेश प्रमुखले बुहमतप्राप्त वा बहुमत पुर्याउने संसदीय दलको…
काठमाडौं : प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजधानीको दरबारमार्गमा भएको सामुहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रहरी कर्मचारीलाई कडा कारवाही हुने प्रतिवद्धता जाहेर गरेका छन्। दरबारमार्गमा नव निर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक अर्यालले युवती बलात्कारका दोषीलाई कानुनी दायरामा ल्याएर तथा दोषीलाई सहयोग गर्ने प्रहरी अधिकारीलाई पनि कानुन बमोजिम नै कारवाही गरी पीडितलाई न्याए दिलाउने दावी गरे। 'सामुहिक बलात्कारजस्तो जघन्य अपराधलाई ढाकछोप गर्नु…
काठमाडौं: सागर आलेको नयाँ गीत रिलिज भएको छ। भ्यालेनटाइन विशेष भनिएको 'मलाई किन तिम्रो माया' बोलको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा राज खड्काको शब्द तथा संगीत रहेको छ। स्वरमा सागरलाई सुमिना लोले साथ दिएकी छिन्। गीतको भिडियोलाई सुवास नेपालले निर्देशन गरेका हुन्। जसमा राज खड्का र जुना सुनदासको फिचरिङ रहेको छ। ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले…
काठमाडौं: चलचित्र निर्माताहरूको छाता संगठन चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डले करिब दुई वर्षअघि लागु गरेको आचार संहिता खारेजीको माग गरेको छ। संघले चलचित्र विकास बोर्ड अध्यक्ष नीकिता पौडेललाई संघको तर्फबाट ज्ञापन पत्र बुझाउँदै आचार संहिता खारेजीको माग गरेको हो। बोर्डले दुई वर्षअघि फिल्म निर्माणलाई नियन्त्रण गर्ने भन्दै निर्माण तथा निर्देशनमा मापदण्डहरू लागू गरेको थियो। सो मापदण्डमा फिल्म निर्देशन गर्न…
काठमाडौं: फिल्म ‘निर्जला’ को फस्ट लुक रिलिज भएको छ। रिलिज टार्गेट केही पर भएपनि प्रचार अस्तुका रुपमा बुधबार सार्वजनिक गरिएको पोस्टरमा तीन मुख्य कलाकार फिचर्ड छन्। किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा नेपाली पोशाकमा देखिएका छन्। राजु गिरीले निर्देशन गरेको फिल्म आगामी २०७५ सालको फूलपातीको दिनदेखि रिलिज हुने निर्माण पक्षले जनाएको छ। महिलन प्रधान भनिएको सामाजिक फिल्मका किशोर, शुभेच्छा…
काठमाडौं: फिल्म ‘कोहोलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु काउ’ सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै नेपाल युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको थियो। पुराना कलाकार करिश्मा मानन्धरदेखि नयाँ पुस्ताका कलाकार स्वस्तिमा खड्कासम्मले गीत सेयर गरेका थिए। गीतले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियासहित चर्चा बटुली राख्दा गीत पुन: नेपालको युट्युब ट्रेन्डिङ नम्बर एकमा आएको छ। सार्वजनिक भएको १० दिनमा दुईपटक ट्रेन्डिङको…
काठमाडौं : भारतीय विदेश मन्त्री सुष्मा स्वाराज र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीवार भेटघाट हुने तय भएको छ। उनीहरुबीच सोल्टी होटेलमा साढे ६ बजे भेट हुनेछ। ओली र स्वराज एक्लाएक्लै भेट्ने कार्यक्रम तय भएको छ। त्यसपछि स्वराजले एमाले स्थायी कमिटीका सदस्यसँग डिनर गर्नेछिन्। अहिले ओली निवास बालकोटमा एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। बैठकपछि…
काठमाडौं: फिल्म 'पसिना'को ट्रेलर सार्बजनिक भएको छ। 'गरौँ सत्कर्म बगाउ पसिना' भन्ने नाराका साथ प्रचार प्रसार सुरु गरेको फिल्म युनिटले विहीबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरले मजदुर जीवनको कथामा बनेको फिल्मको थिम प्रष्ट पार्छ। फिल्म मजदुर दिवसको अवसरमा आउँदो बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ। आर.बि.खत्री 'शरद' निर्देशित फिल्मले मजदुर र महिला मजदुरमाथि हुने यौन हिंसाको कथा भन्छ। फिल्म 'पसिना'…
काठमाडौँ : भारतीय विदेशमन्त्री सुष्मा स्वराज भर्खरै नेपाल उत्रिएकी छिन्। उनलाई त्रिभुवन विमानस्थलमा अर्थराज्य मन्त्री उदयशम्शेर राणाले रिसिभ गरेका छन्। परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश वैरागी तथा भारतीय राजदूत मञ्जीवसिंह पुरीले स्वागत गरेका थिए। नेपालमा नयाँ सरकार बन्ने मुखैमा भारतबाट भएको यो उच्चस्तरीय भ्रमण हो। स्वराज आएलगत्तै राजनीतिक भेटघाटमा सक्रिय हुनेछिन्। उनको आजै मधेश केन्द्रित राजनीतिक दल तथा नेकपा एमालेका नेताहरुसँग…
काठमाडौं : राष्ट्रिय सभाको निर्वाचन तथा नयाँ सरकारको गठनका लागि समय नजिकिँदै गर्दै भारतीय विदेश मन्त्री सुष्मा स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संदेश लिएर काठमाडौं उत्रिएकी छिन्। तीनै तहको निर्वाचन सम्पन्न भएपछि भारतबाट भएको यो शीर्ष तहको भ्रमण हो। नेपाल आए लगत्तै राजनीतिक दलहरुसँग छलफलमा सक्रिय हुने स्वराजले भ्रमणको खासै एजेन्डा नभएको बताए बताएकी छिन्। विमानस्थलबाट उनी उत्रिँदाको दृश्य यस्तो…
तीब्र गतिको रेल सेवालाई यातायातको आधार बनाउँदै गरेको छिमेकी मुलुक चीनले रेलयात्राकै महोत्सव आयोजना गर्दैछ। त्यसका लागि चीनको हुवइ प्रान्तको उहानमा तयार अवस्थामा राखिएका रेलहरु। २०१८ को स्प्रिङ फेस्टिबलका लागि यी रेल तयार पारिएका हुन्। तीब्र गतिको यात्राका रुपमा परिचित रेलको सेवा मार्च १२ सम्म चल्नेछ र २ अर्ब ९८ करोडले यसमा ट्रिपको मजा लिने अपेक्षा गरिएको छ। फेब्रुअरी १६…
काठमाडौं : भारतबाट नेपालमा आयात हुने केही वस्तुहरु अब महँगो हुने भएको छ। भारत सरकारले आर्थिक वर्ष २०१८/१९ का लागि सार्वजनिक गरेको बजेट वक्तव्यमार्फत केही कच्चा पदार्थको आयातमा भन्सार बढाउने घोषणा गरिएको छ। भारतले भन्सार बढाएसँगै नेपालमा आयात हुने ती वस्तु पनि स्वत: महँगो हुने देखिएको हो। भारतले सनग्लास, लाइटर, खेलौना, बस तथा ट्रकको टायर र केही फर्निचरको भन्सार दर…
काठमाडौं : उपाधि होडमा रहेका दुई बलिया टोली सशस्त्र प्रहरी बलको एपीएफ र शिवम् न्यू डायमण्ड एकेडेमीले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा बिहीवार दोहोरो जित हात पारेका छन्। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा विभागीय टिम एपीएफले दुवै खेलमा अर्को विभागीय टोली आर्मीलाई ३–० को सोझो सेटमा हरायो। प्रतियोगिताको एपीएफ र आर्मीबीचको पहिलो चरणको…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने किट्सलाई स्पानिस स्पोर्ट्स कम्पनी केल्मीले प्रायोजन गरेको छ। नेपाली फुटबल टोलीका लागि केल्मीले उत्पादन गरेको नयाँ जर्सी बिहीवार एक कार्यक्रमकाबीच एन्फा कम्प्लेक्समा सार्वजनिक गरिएको हो। नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान भरत खवास र महिला राष्ट्रिय टिमकी कप्तान रेनुका नगरकोटीले नयाँ जर्सी सार्वजनिक गरे। अखिल नेपाल फुटबल संघ (एन्फा) र केल्मीबीच एक वर्षको लागि…
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले २०१८ को सेप्टेम्वरमा एसीसी एसिया कप छनोट खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बिहीवार सार्वजनिक गरेको २०१८ को क्यालेन्डर अनुसार एसिया कप छनोटमा ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। भारतमा हुने उक्त छनोट प्रतियोगितामा आइसीकोको वरीयताअनुसार एसियाका टेष्ट खेल्ने बाहेकका अन्य उत्कृष्ट टोलीले सहभागिता जनाउनेछन्। जसमा नेपालसहित हङकङ, मलेसिया, युएई, ओमान र सिंगापुर छन्। यस…
काठमाडौं : इन्टनरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्नका लागि कडा समयसिमा तोकेको छ। नेपाली क्रिकेटमा रहेको समस्या समाधानका लागि केही दिनअघि नेपाल आएर यहाँका सम्बन्धित सरोकारवाला निकायसँग भेट गरी फर्किएपछि आइसीसीले मिडिया रिजिल जारी गर्दै क्यान निलम्वन फुकुवाको काम अघि बढेको तर केही कडा समयसिमा पुरा गर्नुपर्ने सर्त राखेको छ। आइसीसीले भनेकै…
नैरोबीः अफ्रिकाका केही मुलुकबाट विस्थापित जीवन विताउन बाध्य अफ्रिकीको सङ्ख्या सन् २०१७ को अन्त्यसम्म ५५ लाख पुगेको संयुक्त राष्ट्रसंघद्वारा मङ्गलबार जारी प्रतिवेदनमा जनाइएको छ। विस्थापितमध्ये ४१ लाख नागरिक आन्तरिक रूपमा विस्थापित बनेका छन् भने १४ लाख नागरिक अफ्रिकी विभिन्न मुलुक, युरोप तथा अमेरिकामा शरणार्थी जीवन विताइरहेका संयुक्त राष्ट्रसंघ मानवीय सहयोग मामिला हेर्ने संस्था (युएन्एचसीआर) ले जनाएको छ। यूएन्एचसीआरका अनुसार अफ्रिका अरब…
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले हडर्शफिल्ट टाउनलाई पराजित गर्दा आर्सनल स्वान्सी सिटीसँग पराजित भएको छ। लिभरपुलले हडर्शफिल्डलाई उसैको मैदानमा ३-० ले पराजित गेको हो। लिभरपुलको जितमा एम्रे सान, रोवर्टो फिर्मिनो र मोहम्मद लाहाले उक एक गोल गरे। जितपछि लिभरपुलले तेस्रो स्थानको चेलसी समान ५ अंक जोडेको छ तर गोलअन्तरमा पछाडी छ। अर्को खेलमा आर्सनलले एक गोलको अग्रता लिएर…
काठमाडौँः दूरसञ्चार सेवा प्रदायक एनसेलको खरिदविक्रीको लाभकर कसले तिर्ने विवादमा आज पनि सर्वोच्चमा बहस हुँदैछ। पूर्वसचिव द्धारिकानाथ ढुङ्गेल, पूर्व निमित्त महालेखा परीक्षक सुकदेव खत्री लगायत ६ जनाले दायर रिटमा आज बहस हुनेछ। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासमा मुद्दाको पेशी तोकिएको छ। निवेदकहरुले लाभकर असुल नभएसम्म लाभांश लैजान नमिल्ने आदेश जारीको माग गर्दै आइतबार रिट दर्ता गरेका थिए। सोमबार नै पेशी…