काठमाडौं : १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा शिवम् न्यू डायमण्डको अपराजित यात्रालाई एपीएफले ब्रेक गरिदिएको छ। प्रतियोगिताअन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली एपीएफले न्यू डायमण्डलाई ३-२ को सेटमा पराजित गरेको हो। जितपछि एपीएफले भने अपराजित यात्रालाई कायम राखेको छ। एपीएफको यो लगातार दशौँ जित हो। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा दुवै…
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य विमल घर्ती मगर भारतीय फुटबल लिग आइ लिग खेल्न कोलकता पुगेका छन्। उनलाई मोहन बगानले यस सिजनको बाँकी समयको लागि दुई दिन अगाडि अनुबन्ध गरेको हो। विमलले सोमबार क्लबले गरेको पत्रकार सम्मेलनमा मोहन बगान आउन पाउँदा खुशी लागेको र खेल्न उत्साहित भएको बताए। ‘मोहन बगान लेजेण्ड क्लब हो। म यहाँ आउन पाउँदा खुशी छु। क्लबका…
वेष्ट ब्रोमसँग ३-२ ले पराजित हुँदै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ। उता न्युपोर्ट काउन्टीसँग बराबरीमा रोकिएपछि टोटनहमले भने रिप्ले म्याच खेलनुपर्ने भएको छ। घरेलु मैदान एनफिल्ड पहिले अग्रता लिएर पनि लिभरपुल पराजित भएको हो। खेलको तेस्रो मिनेट रोवर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै जे रोड्रिगेजले वेष्टब्रोमको बराबरी गोल गरे। ११औँ मिनेटमा रोड्रिगेजले…
फ्रेन्च लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन पिएसजीले मोन्टपिलरलाई ४-० ले पराजित गरेको छ। पिएसजीको सहज जितमा नेमारले दुई गोल गरे भने एडिनसन कभानी र एन्जल डि मारियाले एक-एक गोल गरे। खेलको ११औँ मिनेटमै पिएसजीका लागि पहिलो गोल गरेका कभानीले ज्लाटन इब्राहिमोभिचको सर्वाधिक गोलको कीर्तिमा तोडेका छन्। उक्त गोलसँगै कभानीले पिएसजीको लागि सर्वाधिक १५७ गोल पूर्याएका हुन्। यसअघि ज्लाटनले…
बुटवलः संघीय संरचनाअनुसारको प्रदेश संसदअन्तर्गत प्रदेश नं ५ मा प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम ५ नं प्रदेश प्रमुख उमाकान्त झाले बैठकको आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिए। बैठक प्रदेशसभा सचिवालय भवन बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बस्ने भएको छ। बैठक उक्त दिन अपराह्न १…
काठमाडौँ: संघीय संरचनामा पहिलोपटक गठन भएका प्रदेशसभाका अधिवेशन धमाधम आह्वान भइरहेका छन्। निर्वाचन परिणाम प्राप्त भएको २० दिनभित्र अनिवार्य रुपमा अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण सातमध्ये पाँच प्रदेशले अधिवेशन आह्वान गरिसकेका छन्। प्रदेश नम्बर १ र ६ को अधिवेशन भने अझै डाकिएको छैन। संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान र अन्त्य गर्नेछन्। अन्त्यका लागि भने प्रदेश सरकारको सिफारिस आवश्यक…
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणका लागि हिजोबाट सुरु भएको अक्सन आज पनि जारी छ। आइपीएल अक्सन लिस्टमा पर्ने पहिलो नेपाली बनेसँगै सन्दीपको नाम चर्चामा छ। ५ सय ७८ खेलाडी रहेको अक्सनको सूचीमा सन्दीपको नाम २७६औँ स्थानमा छ। उनी अनक्याप्ड स्पिनरको लिस्टमा छन्। उनको बेस प्राइस भारु २० लाख छ। सन्दीपलाई कुनै फ्रेन्चाइजले बोली लगाए उनी आइपीएलमा छनोट हुने पहिलो नेपाली…
काठमाडौंः प्रहरीले शनिबार राति ५० केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रदेश नम्बर ५ प्रहरी कार्यालयको विषेश ब्यूरोले रोल्पा थवाङ गाँउपालिका ३ घर्तीगाँउबाट ५० किलो अवैध लागूऔषध चरेशसहित २ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा लातावाङका २२ वर्षीय प्रश्न बुढामगर र शेरबहादुर बुढामगर रहेको एआइजी मधु पुडासैनीले बताए। उनीहरुले उत्पादन गरेको चरेश भारत लगायतका देशमा विक्री गर्ने…
काठमाडौँः एमबीबीएस भर्नाको लागि मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिन थालेपछि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बढी शुल्क नलिन कलेजहरुलाई ध्यानाकर्षण गराएको छ। आइओएमले बढी शुल्क नतिर्न अभिभावक, विद्यार्थीलाई समेत आग्रह गरेको छ। सूचना जारी गर्दै आइओएमले अतिरिक्त शुल्क लाग्ने शीर्षक नै तोकिदिएको छ। आइओएम डीन कार्यालयले जारी गरेको सूचना अनुसार कलेजहरुले परीक्षा शुल्क, छात्रावास शुल्क र खाना शुल्क मात्र…
काठमाडौं: शनिबार राजधानीमा भएको ग्याङफाइटमा तीन जना घाइते भएका छन्। शनिबार राति मदिरा सेवनपछि काठमाडौंको बालाजु चोकमा ग्याङफाइट भएको हो। ग्याङफाइटमा सुरज थापा, मानबहादुर घले र सुवास लामिछाने घाइते भएका छन्। दुई समूहको विवादमा खुकुरी प्रहार भएको थियो। महानगरीय प्रहरी बृत बालजुका प्रमुख डिएसपी विश्वराज खड्काले मदिरा सेवनपछि विवाद हुँदा फाइट भएको बताए। घाइते थापाको पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। घाइते…
काठमाडौं: केकी अधिकारी अभिनित सामाजिक चलचित्र ‘गाउँकी छोरी’ इन्टरनेटमा सार्वजनिक भएको छ। चलचित्रको शनिबार युट्युब रिलिज भएको हो। केकीले गाउँपालिका अध्यक्षको भूमिका निर्वाह गरेकी छिन्। स्थानिय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतन चित्रण गरिएको चलचित्रमा पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनितिमा प्रवेश गर्छिन्। स्थानिय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन्। त्यसपछि सिर्जना हुने घटनाक्रम फिल्ममा देखाइन्छ।…
काठमाडौं: फ्रेब्रुअरी १४ अर्थात भ्यालेनटाइन्स डेको अवसरमा गायिका अञ्जु पन्तको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। ‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’ हुने भएको हो। साया हेल्लो क्याफे गजल बारले १४ फेब्रुअरी पन्तको एकल गायन साँझ आयोजना गर्न लागेको हो। यो अञ्जु पन्तको दोस्रो एकल प्रस्तुति हुनेछ। कार्यक्रममा गायिका अञ्जुले भनिन्, ‘युवापुस्ताको लागि विशेष रहने प्रणय दिवसमा उहाँहरुकै उमेर समुहलाई केन्द्रमा…
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ संस्करणका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दिल्ली डेयर डेबिल्सले छनोट गरेको छ। हिजोदेखि सुरु भएको अक्सनमा लामिछानेलाई २० लाख भारु लिएको हो। आइपीएल अक्सन लिस्टमा पर्ने पहिलो नेपाली बनेसँगै सन्दीपको नाम चर्चामा थियो। अब उनी आइपिएलमा दिल्लीका लागि खेल्ने छन्। ५ सय ७८ खेलाडी रहेको अक्सनको सूचीमा सन्दीपको नाम २७६औँ स्थानमा थियो।…
काठमाडौं : दिल्ली डेयरडेबिल्सले नेपाली क्रिकेट प्लेयर सन्दीप लामिछानेलाई टीममा स्वागत गरेको छ। डेयरडेबिल्सले १७ वर्षीय नेपाली खेलाडीलाई भित्र्याउन पाउनु आफ्नालागि खुशीको कुरा बताएको छ। आज अक्सनमा लामिछानेलाई २० लाखमा दिल्लीले लिएका हो। डियरडेबिल्सले स्पिनर लामिछानेलाई स्वागत गरेको ट्विट गर्दै पहिलो नेपाली खेलाडी भित्र्याउन पाएकोमा खुशी जनाएको हो। the first Nepali player in the history of the Vivo IPL!…
काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएलको अक्सनमा लिस्टेड हुँदा नै इतिहास बनाएका थिए – पहिलो नेपाली खेलाडीका रुपमा। अक्सनको दोस्रो दिन सन्दीपको बोली लाग्यो। र, दिल्ली डेयरडेबिल्सले उनलाई बेस प्राइसमा आफ्नो टिममा समेट्यो। उनी समेटिएको दिल्ली डेयरडेबिल्समा अस्ट्रेलियन स्टार गेलेन मेक्सवेलदेखि भारतका गौतम गम्भीरसम्मका खेलाडी समेटिएका छन्। सम्भवत गम्भीरले टीमको नेतृत्व लिनेछन्। गौतम गम्भीर अघिल्ला आइपिएलमा…
काठमाडौं: थ्रीलर ड्रामा ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर शुक्रबार रिलिज भयो। राजनीतिक आन्दोलन रिपोर्टिङका लागि तराई पुगेको फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्धन्द्ध ट्रेलरको केन्द्रमा छ। दोस्रो ट्रेलरमा पनि मुख्य पात्र सत्यराज आचार्य फिचर्ड छन्। सत्यसँगै मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल कलाकारको अभिनय रहेको छ। फिल्ममा साम्तेन भुटियाको लेखन तथा निर्देशन रहेको छ। फिल्म…
काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पारेका छन्। आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाबारे गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन्। यादवले माओवादी र कांग्रेस विगतमा…
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) २०१८ को अक्सन सकिएको छ। कूल ८ टिम सहभागी हुने प्रतियोगिताका लागि खेलाडी छनौट बोलकबोलमा बढाबढ गर्दै सकियो जसमा पहिलो पटक नेपाली खेलाडी सन्दीप लामिछाने पनि समेटिए। खेलाडी अक्सन हुँदा सबैभन्दा कम कबोल २० लाख रुपैयाँ तोकिएको थियो। बढीमा २५ खेलाडी अनुबन्धन गराउन दुई दिनसम्म अक्सन जारी रह्यो। हरेक टीमले बढीमा ८० करोड रुपैयाँ…
काठमाडौं: प्रदेश सरकारको मुख्यमन्त्री चयनका लागि सिंहदरबारमा नेकपा एमाले र माओवादी केन्द्रको बैठक चलिरहेको छ। आजै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ललितपुरको मानभवनमा झन्ड पाँच घन्टा छलफल भएको छ। बिहान १० बजे सुरु भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउन, नयाँ सरकार गठन गर्ने र पार्टी एकताबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी…
काठमाडौं : शनिबार चितवनको रामनगरमा प्रहरी इन्काउन्टरमा घाइते भएका कुख्यात डाँका टीकाबहादुर थापा मगर 'टिके’ अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारत छन्। उनको शरीरमा दुई गोली लागेको छ। गत माघ ४ गते डिल्लीबजार कारागारबाट भागेर टिके लुक्ने ठाउँ खोज्दै चितवन पुगेको प्रहरीको दावी छ। उनले चितवनमा सुरक्षित लुक्ने स्थान खोज्दै थिए, त्यही क्रममा प्रहरीको निशानामा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभु…