PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • मिस युनिभर्समा सहभागी सुन्दरीहरुको जादु ७ फोटोमा

    मिस युनिभर्समा सहभागी सुन्दरीहरुको जादु ७ फोटोमा

    फिलिपिन्सको मनिलामा आयोजना भइरहेको मिस युनिभर्स प्रतियोगितामा सहभागी शुन्दरीहरुले आ-आफ्नो दावेदारी यसरी प्रस्तुत गरे। प्रतियोगितामा ८६ देशका सुन्दरी सहभागी छन्। प्रतियोगिताको नतिजा सोमबार सार्वजनिक हुनेछ। मिस युनिभर्समा सहभागीको सौन्दर्य हेर्नुस् ७ फोटोमा । फोटो : रोयटर्स

    विस्तृतमा पढ्नुस्

  • थाइल्याण्डमा खुल्यो ठगीको अनौठो शैली

    थाइल्याण्डमा खुल्यो  ठगीको अनौठो शैली

    थाइल्यान्डमा एक अनौठौ प्रकृतीको ठगीमा पाँच जना पक्राउ परेका छन्। उनीहरुमाथी विवाहमा सहभागी भए वापत शुल्क लिएर पाँच लाख अमेरिकी डलर बराबरको ठगी गरेको आरोपमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा भिक्षु सहित ३ जना पुरष र २ जना महिला छन्। उनीहरुले ठगीका लागि राजपरिवारको नाम सहारा लिएका थिए। बिबिसी हिन्दीका अनुसार उनीहरुले आफुलाई थाइल्याण्डको राजपरिवारको प्रतिनिधी बनेर विवाह समारोहमा सहभागी हुँदै…

    विस्तृतमा पढ्नुस्

  • शुक्रबार किन दिनभर बिजुली जानेआउने भइरह्यो? यस्तो छ कारण

    शुक्रबार किन दिनभर बिजुली जानेआउने भइरह्यो? यस्तो छ कारण

    काठमाडौँ : लोडसेडिङमुक्त काठमाडौँ लगायत देशका बिभिन्न भेगमा शुक्रबार पटक पटक बिजुली  गइरह्यो।    कुनै बेला छोटो समय त कहिले १/२ घण्टासम्मनै बत्ति गएको थियो। सामाजिक सञ्जालमा धेरैले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्बोधन गर्दै बिजुली नआएको स्टाटस र ट्विट पोष्ट गरेका थिए।    लाइन आएन भनेर ट्विट गर्नेमा पूर्व सचिवहरु मैतीदेवी निवासी सचिव कृष्ण ज्ञवालीदेखि बालकोट निवासी रामेश्वर…

    विस्तृतमा पढ्नुस्

  • बेन्जामिन नेतन्याहूले लाखौं डलरको महँगो चुरोट लिएको आरोप, प्रहरीद्वारा चार घन्टा सोधपुछ

    बेन्जामिन नेतन्याहूले लाखौं डलरको महँगो चुरोट लिएको आरोप, प्रहरीद्वारा चार घन्टा सोधपुछ

    जेरुसेलम : इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको जेरुसेलमस्थित निवासमा पुगी पदीय मर्यादा विपरीत धनाढ्य समर्थकबाट उपहार लिएको र भ्रष्टाचार गरेको आशङ्कामा तेस्रो पटक सोधपुछ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।   प्रहरीले प्रधानमन्त्रीसँग करिब चार घण्टा सोधपुछ गरेको स्थानीय एक रेडियोले जनाएको छ। उक्त रेडियोले नेतन्याहूमाथि प्रहरीले आगामी हप्ताको मध्यतिर पुनः एक पटक सोधपुछ गर्नसक्ने प्रहरीले बताएको जनाएको छ।   यस…

    विस्तृतमा पढ्नुस्

  • अवैधानिक रुपमा सञ्चालित तीन औषधि पसलमा सिल

    धनकुटा : पाख्रिबास नगरपालिकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका एक क्लिनिकसहित तीन औषधि पसलमा जिल्ला अनुगमन समिति धनकुटाले सिल लगाई बन्द गरिदिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार धनकुटाको पाख्रिबास नगरपालिका–४ बजार क्षेत्रमा रहेको रहेको पाख्रिबास पोलिक्लिनिकलाई बन्द गरिदिएको हो। पोलिक्लिनिकमा विभिन्न रोगका विषेशज्ञको सेवा उपलब्ध छ भनेर भ्रममा पार्ने गरिएको र अनुमतिविना भिडियो एक्सरे र प्रयोगशाला…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिले गर्‍यो साझा प्रकाशन कार्यालयको अनुगमन, जनक-साझालाई काम दिन निर्देशन

    संसदीय समितिले गर्‍यो साझा प्रकाशन कार्यालयको अनुगमन, जनक-साझालाई काम दिन निर्देशन

    काठमाडौँ : व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले समयमा विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने आफ्नो निर्देशन कार्यान्वयनबारे पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालयमा अनुगमन गरेको छ।   आगामी शैक्षिक सत्रका लागि आवश्यक पर्ने विद्यालय तहको पाठ्यपुस्तक अभाव हुने र वितरणको जिम्मेवारी कसले लिने भन्ने टुङ्गो नलागेको सन्दर्भमा समितिले राज्यका निकायहरु जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनलाई प्राथमिकता…

    विस्तृतमा पढ्नुस्

  • आज तामाङ समुदायले मनाउने सोनाम ल्होसारको उल्लास

    आज तामाङ समुदायले मनाउने सोनाम ल्होसारको उल्लास

    काठमाडौँ : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन्।   मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप : एसियन सेन्ट्रल जोन छनोटमा नेपाल इरानसँग पराजित

    काठमाडौं :  वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप छनोट अन्तर्गत एसियन सेन्ट्रल जोन छनोटको दोस्रो खेलमा नेपाल इरानसँग सोझो सेटमा पराजित भएको छ।  शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल इरानसँग २५-१२, २५-१२, २५-१२ को स्कोरमा पराजित भयो। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई शुक्रबार हराएको थियो। इरानसँगको हारसँगै नेपालको दोस्रो चरण प्रवेश गर्ने सम्भावना लगभग सकिएको छ। छनोट प्रतियोगिता अन्तर्गत आइतबार माल्दिभ्स र इरानबीच खेल…

    विस्तृतमा पढ्नुस्

  • झापा गोल्डकप : झापा एघार विजयी

    बिर्तामोड : दोस्रो संस्करणको झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक रमपम झापा ११ विजयी भएको छ। झापा एघारले भारतको शेर फुटवब क्लबलाई ५-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। झापा ११ का लागि सञ्जोग राईले खेल सुरु भएको चौथो मिनेटमै गोल गरेका थिए। यस्तै खेलको ३७औँ मिनेटमा बुद्ध चेम्जोङले दोस्रो गोल गरे। लगत्तै पुजन उपरकोटीले तेस्रो गोल गरे। कप्तान कर्ण लिम्बूले…

    विस्तृतमा पढ्नुस्

  • मनाङ मर्स्याङदीले जित्यो पाँचौं पटक आहा रारा गोल्डकपको उपाधि

    मनाङ मर्स्याङदीले जित्यो पाँचौं पटक आहा रारा गोल्डकपको उपाधि

    पोखरा : मनाङ मर्स्याङदी क्लबले पाँचौ पटक आहा रार गोल्डकपको उपाधि जितेको छ। शनिबार पोखरा रंगशालमा भएको खेलमा अयोजक सहारालाई १-० ले पराजित गर्दै मनाङ मर्स्याङदीले १५ औं संस्करणको उपाधि जित्दै पाँचौ पटक च्याम्पियन बनेको हो। मनाङलाई उपाधि दिलाउन कोमल श्रेठले ७० औं मिनेटमा निर्णायक गोल गरे।  उपाधिसँगै मनाङले नगद ५ लाख ५१ हजार हात पारेको छ। उपविजेता बनेको सहाराका…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीको दावी संविधान संशोधन प्रस्ताव पास हुन्छ

    गृहमन्त्रीको दावी संविधान संशोधन प्रस्ताव पास हुन्छ

    दमौली : दोस्रो संविधान सभा संशोधन प्रस्ताव असफल हुने भएपछि सत्ता नेतृत्व गर्ने दल माओवादी केन्द्रले बैकल्पिक प्रस्तावको गृहकार्य गरिरहेको बेला सत्ता सहयोगी दल नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको प्रस्ताव पास हुने दावी गरेका छन्। गृहमन्त्रीले दावी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दोस्रो संविधान संशोधन प्रस्ताव पारित नहुने देखेपछि  पुरक प्रस्ताव ल्याउने तयारीमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक कमिटी विवादमा खेलकुद मन्त्रि र सदस्य सचिवको मत बाझियो

    ओलम्पिक कमिटी विवादमा खेलकुद मन्त्रि र सदस्य सचिवको मत बाझियो

    सर्वोच्चले जे फैसला गरेको छ त्यही हुन्छ : मन्त्री, राखेपमा आवद्ध कमिटीसँग सहकार्य गर्छौ : सदस्य सचिव काठमाडौं : युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले ओलम्पिक कमिटीबारे अदालतबाट जे फैसला आएको त्यही मान्य हुने बताएका छन्। व्यवथापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा ओलम्पिक कमिटीको विवादबारे भएको छलफलमा मन्त्री श्रीपाइलीले ओलम्पिक कमिटीको विषयमा सर्वोच्च अदालतले जे फैसला गरेको छ त्यही…

    विस्तृतमा पढ्नुस्

  • ​मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, बिजुलीको पोलमा ट्रक ठोक्किँदा तीन घाइते

    राजविराज : सप्तरीका छुट्टाछुट्टै घटनामा परी बिहीबार एक जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको मधुपट्टीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा जिल्लाको गोविन्दपुर–२ बस्ने अन्दाजी ४० वर्षीय घुरन यादव रहेको इलाका प्रहरी कार्यालय, कडोरबनाले जनाएको छ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प २१९७ नंको मोटरसाइकल…

    विस्तृतमा पढ्नुस्

  • ​राप्रपामा अध्यक्षदेखि साधारण सदस्यसम्मलाई नयाँ सदस्यता, २० लाख सदस्य बनेको दावी

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर करिब २० लाख साधारण सदस्यता वितरण गरेको छ।  पार्टीलाई संगठित र व्यवस्थित बनाउन तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई सो सदस्यता लिन अनिवार्य गरिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।  गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर सञ्चालन गरिएको विशेष सदस्यता वितरण अभियानअन्तर्गत केन्द्रीय अध्यक्षदेखि साधारण सदस्य तथा नयाँले समेत सदस्यता लिएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय तह निर्वाचनको मिति घोषणा एक साताभित्र –सभापति देउवा

    ​स्थानीय तह निर्वाचनको मिति घोषणा एक साताभित्र –सभापति देउवा

    दाङ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान जारी गर्दा मिलेका दलहरु संविधान कार्यान्यन गर्न पनि एक हुनुपर्ने बताएका छन्।  तुलसीपुर उद्योग वाणिज्य संघले बिहीवारदेखि सञ्चालन गरेको मध्यपश्चिम व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले भने ‘जसरी सबै दल मिलेर संविधान जारी गरेका थियौँ, त्यसैगरी कार्यान्वयनमा पनि एक हुन अतिआवश्यक छ।’  सभापति देउवाले हाल देखिएको विवाद मिलाएर स्थानीय तह चुनावको घोषणा हुने…

    विस्तृतमा पढ्नुस्

  • ​काश्मिरमा हिमपहिरोमा परी दश भारतीय सैनिकको मत्यु

    ​काश्मिरमा हिमपहिरोमा परी दश भारतीय सैनिकको मत्यु

    श्रीनगर (भारत) ः भारत प्रशासित काश्मिरमा अवस्थित एक सैनिक शिविर र सीमा क्षेत्रमा गस्तीमा रहेका सैनिकलाई हिमपहिरोले पुर्दा कम्तिमा १० जना भारतीय सेनाको मृत्यु भएको छ।  भारतीय सेनाले दिएको जानकारी अनुसार गुरेज क्षेत्रस्थित शिविरमा रहँदै आएको १० जनामध्ये तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ भने सात जनालाई सकुशल उद्धार गरिएको छ ।  त्यसैगरी गस्तीमा रहेका अन्य सात सैनिकको पनि…

    विस्तृतमा पढ्नुस्

  • ​अल्ट्रा धाविका मीरा राईले जितिन् नेशनल जियोग्राफिकको ‘साहसी बर्ष व्यक्ति’ उपाधि

    ​अल्ट्रा धाविका मीरा राईले जितिन् नेशनल जियोग्राफिकको ‘साहसी बर्ष व्यक्ति’ उपाधि

    चर्चित नेपाली अल्ट्रा धाविका मीरा राइले नेशनल जियोग्राफिकको ‘साहसी बर्ष व्यक्ति’को उपाधि जितेकी छिन्। नेशनल जियोग्राफीले हरेक बर्ष प्रदान गर्ने अवार्डबाट सन् २०१७ मा राईले जितेकी हुन्। अनलाइन भोटिङ समेतका आधारमा आफ्ना नौ प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि जितेकी हुन्। डिसेम्वर १६ सम्म अनलाइन भोटिङ सकिएपछि उपाधि घोषणा गरिएको हो। नेशनल जियोग्राफिकले १२ बर्षदेखि यो अवार्ड दिँदै आएको छ।  साहसिक…

    विस्तृतमा पढ्नुस्

  • ​जनकपुर जयनगर रेल ः आठ बर्षअघि निर्माण सम्झौता काम एक तिहाई पनि भएन

    धनुषा : जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन।  भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले एक वर्ष भित्रमा जयनगरदेखि जनकपुरसम्म रेल चलाउन निर्देशन दिएपनि रेल सञ्चालन हुने अवस्था देखिँदैन।  सन् १९९४ सालदेखि सञ्चालनमा आएको जनकपुर–जयनगर–विजलपुरा रेल सेवा अहिले बन्द छ। तीन वर्षअघि भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरसम्म ब्रोडगेज रेलमार्ग…

    विस्तृतमा पढ्नुस्

  • ​स्वास्थ्य चौकीमा खोप क्लिनिक सञ्चालनका लागि जग्गा दान

    पाल्पा : पाल्पा जिल्लाको भुवनपोखरी गाविस–२ निवासी जगबहादुर दर्लामीले भुवनपोखरी स्वास्थ्य चौकी खोप क्लिनिकलाई जग्गा दान गरेका छन्।  भुवनपोखरी गाविस–२ मा रहेको १५२० कित्ता नम्बरको एक रोपनी जग्गा स्वास्थ्य चौकीको नाममा विहिबार नामसारी गर्नुभएको मालपोत कार्यालयका प्रमुख नवराज बरालले जानकारी दिए।  स्वास्थ्य चौकी राख्नका लागि उपयुक्त जग्गा किन्न पनि नपाएपछि आफूले दिएको दर्लामीले बताए। ‘मानव जीवनको सबैभन्दा संवेदनशील अवस्था स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • ​जनता आवास कार्यक्रम : कर्णालीका विपन्न दलित परिवारलाई ६ सय ३० घर बन्दै

    ​जनता आवास कार्यक्रम : कर्णालीका विपन्न दलित परिवारलाई ६ सय ३० घर बन्दै

    नृपेन्द्रबहादुर मल्ल  मुगु : जनता आवास कार्यक्रमअन्तर्गत कर्णालीमा यस आर्थिक बर्षभित्र ६ सय ३० वटा घर निर्माण हुने भएका छन्।  दलित समुदायलाई लक्षित गर्दै कर्णालीका पाँचै जिल्लामा सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत यी घर निर्माण गर्न लागेका हो। कर्णालीका अतिविपन्न दलित घरपरिवारलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जुम्लाका सबइन्जिनियर चन्द्रबहादुर खड्काले जानकारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell