कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा बार्सिलोना एथ्लेटिक विल्वाओसँग पराजित भएको छ। ९ खेलाडीमा झरेर खेलको अन्तय गरेको विल्वाओले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो। घरेलु मैदानमा विल्वाओले पहिलो हाफमै २ गोलको अग्रता बनायो। २५ औं मिनेटमा अरिट्ज अडुरिजले गोल गर्दै अग्रता दिलाए भने त्यसको ३ मिनेटपछि इनाकी विलियम्ले गोल गर्दै घरेलु टोलीको अग्रता दोबबर पारे।…
लहान : केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ। जाडोबाट कठ्याङ्ग्रिएर सिरहाको धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको विहिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्लाकै सन्हैठ–२ स्थित पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्यधिक जाडोले कठ्याङ्ग्रिएर बरीयारपट्टि चोकमा यादवको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरीक्षक दिलबहादुर…
काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको विरोधमा आज राजधानीमा हुन लागेको सभा र प्रदर्शनलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुरक्षा चिन्ता व्यक्त गरेको छ। यसका लागि एमालेले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको छ भने उपत्यकाका सुरक्षा हेर्ने सशस्त्र र नेपाल प्रहरीका अधिकारीसँग पनि छलफल गरेको हो। एमाले सचिव योगेश भट्टराईका अनुसार 'सुरक्षा निकायका…
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले दोस्रो पटक स्पष्टीकरण पेश गर्न पत्र पठाएको छ। केही बेरअघि उनले पत्र पाएका हुन्। 'मैले यसअघिको स्पष्टीकरणमा प्राधिकरणको समन्वयमा सम्बद्ध निकायहरुद्वारा विभिन्न प्रतिकूलता र चुनौतीका बीच गरिएका कार्यप्रगति र नतिजाको वस्तुगत अवस्था तथा आधारका साथ तोकिएको समयावधिभित्र थप स्पष्ट पार्ने नै छु,' पत्र पाएपछि उनले प्रतिक्रिया दिए। हिजोको मन्त्रिपरिषद्…
'युईएफए टिम अफ दि इअर'को घोषणा भएको छ। क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र एन्टोनी ग्रिजमनसहित ला लिगाबाट ८ खेलाडीले स्थान बनाउँदा प्रिमियर लिगबाट भने कुनै पनि खेलाडी परेनन्। ला लिगा बाहेक इटालियन सिरी ए बाट २ र जर्मन बुण्डेसलिगाबाट १ खेलाडी पर्न सफल भएका छन्। युईएफए टीम अफ दि इअरमा रियल मड्रिडबाट रोनाल्डोसहित, लुका मोडरिक, टोनी क्रुस र सर्गियो रामोस…
अष्ट्रेलिया क्रिकेटर डेविड वार्नरले टेष्ट क्रिकेटमा दोस्रो तिव्र अर्धशतक बनाएका छन्। पाकिस्तान विरुद्ध सिड्नीमा भइरहेको तेस्रो टेष्टको दोस्रो इनिङ्समा वार्नरले २३ बलमै अर्धशतक प्रहार गरेका हुन्। वार्नरले यासिर शाहको एकै ओभरमा २२ रन प्रहार गरेका थिए। वार्नरले २३ बलमा ७ चौका र ३ छक्काको मद्वतमा अर्धशतक पुरा गरेका हुन्। वाहव रियाजको बलमा बोल्ड हुनुअघि उनले २७ बलमा ५५ रन बनाए।…
काठमाडौं : इन्ट्याग्रिटी आइडल २०१६ को उपाधि गुल्मीका डोरविक्रम श्रीशले प्राप्त गरेका छन्। उनी सिद्धबाबा उच्च मावि. तम्घास-९ गुल्मीका प्रधानाध्यापक हुन्। श्रीशले सो माविमा कक्षा १ देखिका विद्यार्थीका लागि कम्प्युटरको व्यवस्था गर्नुका साथै आठ हजारको हाराहारीमा किताब सहितको पुस्तकालय समेत व्यवस्था गरेका छन्। विजेतालाई बधाई दिँदै मुख्य सचिव सोमलाल सुवेदीले नकारात्मकताको बीचमा सकारात्मक अभ्यासको थालनी गरेकोमा आयोजक संस्थाको प्रशंसा गरे। उपाधि ग्रहण…
काठमाडौं : म्याग्दीमा 'धौलागिरि सेन्चुरी ट्रेक' नयाँ पदमार्ग खुलेको छ। धौलागिरि हिमाल प्रथमको दक्षिणी आधार शिविरसम्म पुग्ने यो नयाँ पदमार्ग पहिचान गरिएको हो। म्याग्दी उद्योग वाणिज्य संघको पहलमा सात दिन लामो नयाँ पदमार्ग खुलाएको संघका अध्यक्ष जीवनवहादुर विश्वकर्माले बताए। म्याग्दी सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर…
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले कर्मचारी थप गर्ने भएको छ। प्राधिकरणले 'कर्मचारीको सेवाका शर्त सम्बन्धी विनियमावली २०७३' लाई पास गर्दै नयाँ कर्मचारी थपको प्रक्रियालाई अगाडि बढाएको हो। यससँगै २०६४ सालमा बनाइएको कर्मचारी विनियमावली विस्थापित भएको प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले बताए। लोकसेवा आयोगसँग सहकार्य गरि प्राधिकरणले दुई वरिष्ठ निर्देशक सहित १७ जना कर्मचारी थप गर्न लागेको हो। विनियमावली अनुसार अब दुई…
फर्मुल्लाह मन्सुर सरकारले गत मंसिर १४ गते संविधान संशोधन विधेयक संसद्मा लगेपछि नेकपा एमालेले संसद् अवरुद्ध पारिरहेको छ। यो नेकपा एमालेका नेता केपी शर्मा ओलीले विगतमा संविधानसभामा जनाएको प्रतिबद्धता, संसदीय व्यवस्था र लोकतान्त्रिक चरित्रको विरुद्धमा छ। यसलाई नेकपा एमालेले कि त लोकतन्त्र र संसदीय व्यवस्था हाम्रो बाध्यतामा स्वीकार गरिएको भनेर त्यसबाट पछि हट्नुपर्यो होइन भने उसले राजनीतिक बेइमानी गरेको ठहर्नेछ।…
भक्तपुर : स्थानीयवासीले सडक विस्तारमा सहयोग नगरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएका अधिकांश सडक अलपत्र परेका छन्। अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्रीअस्पताल हुँदै सिद्धिकाली चोक पुरानो बाटो सडक निस्कने सडक विस्तार कार्य अलपत्र परेको छ। नगर विकास आयुक्त कार्यालयले सीमाङ्कन गरेको सडक मापदण्ड मिचेर निर्माण भएका घर भत्काउन नदिँदा सडक…
चितवन : ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङ्मुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताएका छन्। प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रशारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको बताए। मन्त्री शर्माले काठमाडौँ, पोखरा, विराटनगर लगायतका ठाउँमा लोडसेडिङ् नभएको भन्दै अन्य क्षेत्रमा पनि दुई घन्टाको हाराहारीमा मात्र लोडसेडिङ् रहेको जानकारी दिए। लोडसेडिङ्…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दाको बहस जारी रहेपछि आज फैसला नआउने भएको छ। कार्कीको नियुक्ति, अदालतको अपहेलना मुद्दालाई लगाउमा राखी सर्वोच्चले गरिरहेको सुनुवाइ जारी रहेको हो। कार्कीको तर्फबाट बहस सकिएको छ। कार्कीको म्याद तामेली गर्दा अवरोध गरेर अदालतको मानहानीका आरोप लागेका पूर्वसचिव प्रमोद कार्कीको मुद्दाको बहस तन्किएपछि आज फैसला…
चितवन : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाइने भएको छ। अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि अस्पताल अस्तव्यस्त बनेको छ। अस्पताल सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालमा यो व्यवस्था लागू गर्न लागिएको हो। अस्पताल सञ्चालक समितिले छिट्टै निर्णय गरेर यो व्यवस्था लागू गर्ने सञ्चालक समितिका अध्यक्ष…
ललितपुर : एक अविवाहित युवतीले आफूले जन्माएको शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेको प्रहरीले बताएको छ। सिन्धुपाल्चोकको इर्खु गाविस घर भएकी करिब १८ वर्षकी अनिषा तामाङले आफन्त र समाजले थाहा पाउने डरले एक हप्ताअघि शिशुको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ। केही समयसमयदेखि उनी दिदी-भिनाजुसँगै बस्दै आएकी थिइन्। अनिषाको नातामा दाजु पर्ने कृष्णबहादुर तामाङलाई…
काठमाडौं : रुस्लान कप क्रिकेटको दोस्रो संस्करण यही पुस २६ गते मंगलबार देखि शुरु हुने भएको छ। काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर केसीटीसीको आयोजनामा हुने प्रतियोगितामा देशभरबाट कूल १६ टीमको सहभागिता हुने आयोजकले बताएको छ। जसमा तीन विभागीय क्लब आर्मी, एपीएफ र पुलिस लगायतका टीमहरु छन्। सहभागी १६ टीमलाई ८ समूहमा विभाजन गरी खेलहरु खेलाइनेछ। माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशनमा समावेशी अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले पेस गरेको प्रस्तावमाथि छलफल गर्दै पार्टीलाई समावेशी ढङ्गले अगाडि बढाउनेबारे अधिकांश सदस्यले धारणा राखेका थिए। 'पार्टीका अधिकांश सदस्यले आगामी महाधिवेशमा महिला, उत्पीडित, जनजाति, मधेसी, मुस्लिमको…
बैँकक : दक्षिणी थाइल्याण्डमा अविरल वर्षा र बाढीका कारण ६ जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण उडान सेवाहरु समेत ढिला भएको अधिकारीहरुले जानकारी दिएका छन्। एक हप्तायता जारी भारी वर्षा र त्यसपछि आएका बाढीको कारण दक्षिणी थाइल्याण्डको नौ वटा प्रान्त प्रभावित भएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सो प्रकोपमा कम्तीमा १ लाख २० हजार घरपरिवार प्रभावित भएको…
उर्लाबारी (मोरङ) : मोरङसँग सीमा जोडिएको इलामको साकफारामा जङ्गली हात्तीको आक्रमणबाट आज दिउँसो एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा साकफारा– २ का ८४ वर्षीय जयबहादुर लिम्बू रहेको मधुमल्लास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश वान्तवा राईले जानकारी दिए। लिम्बूलाई आज बिहान आफ्नै घरअगाडिको बाटोमा हिँड्दै गर्दा जङ्गली हात्तीले आक्रमण गरेको थियो। गम्भीर घाइते भएका उनलाई उर्लाबारीस्थित…
काठमाडौँ : नायिका प्रियङ्का कार्की हरेक कार्यक्रममा ब्याग बोकेर पुग्छिन्। सामान्यतया नायिकाहरु सानो पर्स वा मोबाइल ब्याग सहित देखिन्छन्। तर प्रियङ्काको साथमा भने ब्याग छुट्दैन। के बोक्छिन् त प्रियङ्काले ब्यागमा? उनलाई धेरैले यही प्रश्न सोधे। बिहीबार भने प्रियङ्काले उनको फ्यान र ब्यागको सिक्रेट जान्न चाहनेहरुलाई इन्सटाग्राममार्फत सरप्राइज दिइन्। उनले आफूले ब्यागमा रहेको सामानहरु बाहिर निकालिन् र एकएक गर्दै ती सामानहरुको…