PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • 'डिसेम्बर फल्स' को कमजोर व्यापार, विकेन्डमा चलेन आर्यन र उपासनाको फिल्म

    'डिसेम्बर फल्स' को कमजोर व्यापार, विकेन्डमा चलेन आर्यन र उपासनाको फिल्म

    काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भएको फिल्म ‘डिसेम्बर फल्स’ बक्सअफिसमा कमजोर सावित भएको छ। आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेको छैन। आर्यन ३ वर्षपछि यस फिल्ममार्फत ठूलो पर्दामा फर्किएका हुन्। तर, दर्शकमा भने आर्यनको जादु चल्न सकेन। फिल्मले पहिलो सप्ताहन्तमै कमजोर व्यापार गरेको हल संचालकहरु बताउँछन्। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पहिलो दिन यस फिल्मलाई…

    विस्तृतमा पढ्नुस्

  • शुरुमै कप्तानी नपाउँदा दु:ख लागेको स्विकारे रोहितले

    शुरुमै कप्तानी नपाउँदा दु:ख लागेको स्विकारे रोहितले

    काठमाडौं : अघिल्लो बुधवार विराटनगर सुपर किङ्सले पत्रकार सम्मेलन गर्दा धेरैको अपेक्षा थियो, रोहितकुमार पौडेलले टिमको नेतृत्व गर्नेछन्। अपेक्षा स्वभाविक पनि थियो : भर्खरै राष्ट्रिय टोलीको कप्तान बनेका पौडेलले घरेलु लिगमा कप्तानी गर्दै अनुभव तिखार्नेछन्, सानै उमेरमा पाएको कप्तानको जिम्मेवारीलाई सही भएको प्रमाणित गर्नेछन् भन्ने आशा थियो। तर, जिम्मेवारी बाँड्दा उनको काँधमा उपकप्पतान भाग लाग्यो। टिममा उनीभन्दा अनुभवी खेलाडी नभएका होइनन्। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीमाथि खनिएका प्रचण्डले ३० बुँदामा के - के दिए निर्देशन? यस्तो छ पूर्णपाठ

    कर्मचारीमाथि खनिएका प्रचण्डले ३० बुँदामा के - के दिए निर्देशन? यस्तो छ पूर्णपाठ

    काठमाडौं : प्रधानमन्त्री भएको ९ औं दिनमा पुष्पकमल दाहाल प्रचण्ड सरकारी कर्मचारीमाथि खनिएका छन्। सार्वजनिक सेवामा कर्मचारीको काम हचुवा तालमा भइरहेको भन्दै प्रचण्ड कर्मचारीमाथि खनिएका हुन्। सोमवार र मंगलवार मन्त्रालयका सचिवसँग प्रचण्डले छलफल गरे। मंगलवार नै ३० बुँदामा प्रचण्डले निर्देशन पनि दिएका छन्। जसमा सरकारी सेवा लिन लाइन लाग्नुपरेको, खराब अर्थतन्त्र लगायतका बुँदाहरु उल्लेख छन्। यस्तो छ प्रधानमन्त्रीको ३० बुँदे निर्देशन १.…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीप्रति आक्रामक प्रचण्ड : अस्पतालमा नाम दर्ता गराउन र बीमा सुविधा लिन किन लाइनमै बिरामीको दिन जान्छ?

    कर्मचारीप्रति आक्रामक प्रचण्ड : अस्पतालमा नाम दर्ता गराउन र बीमा सुविधा लिन किन लाइनमै बिरामीको दिन जान्छ?

    काठमाडौं : प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले सरकारी अस्पतालमा नाम दर्ता गराउन बिरामीको दिन गएको भन्दै कर्मचारीको काममा असन्तुष्टि जनाएका छन्। विभिन्न मन्त्रालयका सचिवहरुसँग भएको दुईदिनको छलफल पछि प्रचण्डले आज ३० बुँदे निर्देशन दिएका थिए। त्यसैक्रममा प्रचण्डले अस्पतालमा अस्तव्यस्ताको कुरा उठाएका हुन्। 'किन अस्पतालमा नाम दर्ता गराउन र बीमा सुविधा लिनका लागि लाइनमै बिरामीका दिन जान्छ? प्रविधिको यति धेरै विकास भइसक्दा सरकारी अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीको काममा प्रचण्डको चर्को असन्तुष्टि : यही ताल हो भने हरेक नेपालीको हातमा राष्ट्रिय परिचयपत्र पुग्न दशकौं लाग्छ

    कर्मचारीको काममा प्रचण्डको चर्को असन्तुष्टि : यही ताल हो भने हरेक नेपालीको हातमा राष्ट्रिय परिचयपत्र पुग्न दशकौं लाग्छ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कर्मचारीको काम प्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन्। मन्त्रालयका सचिवहरुसँग सिहंदरवारमा भएको दुई दिनको छलफल पछि प्रचण्डले कर्मचारीलाई निर्देशन दिएका थिए। राहदानी लिन रातिदेखि लाइन बस्नुपरिरहेको, राष्ट्रिय परिचय पत्र लिन लामो समय लागेका लगायतका सरकारका काममा प्रचण्डले असन्तुष्टि जनाएका हुन्। 'अहिले तपाईँ हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान दुई बजेदेखि लाइनमा बसेको समाचार…

    विस्तृतमा पढ्नुस्

  • माया र प्रेमले लिए प्रतिनिधिसभा सदस्यको शपथ

    माया र प्रेमले लिए प्रतिनिधिसभा सदस्यको शपथ

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसका माया राईले आज प्रतिनिधिसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन्। आज दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरुलाई शपथ दिलाएका हुन्। गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको शपथ समारोहमा आले र राई अनुपस्थित थिए। आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना भएकीले उनीहरुले शपथ लिएका थिएनन्।

    विस्तृतमा पढ्नुस्

  • ३० बुँदे निर्देशन जारी गर्दै प्रचण्डले सचिवहरुलाई भने : ठ्याक्कै तपाईँहरुले भनेकोजस्तो स्थिति छैन

    ३० बुँदे निर्देशन जारी गर्दै प्रचण्डले सचिवहरुलाई भने : ठ्याक्कै तपाईँहरुले भनेकोजस्तो स्थिति छैन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन्। सोमवार र मंगलवार मन्त्रालयका सचिवहरुको रिपोर्टिङ सुनेका प्रचण्डले आज ३० बुँदे निर्देशन दिएका हुन्। आफूले कर्मचारीको पूर्ण सामर्थन चाहेको प्रचण्डको निर्देशनमा उल्लेख छ। मन्त्रिपरिषदले पूर्णता नपाएकाले मन्त्री नियुक्त नभएका मन्त्रालयलाई सचिवहरुलको सहयोगमा आफूले मन्त्रालय चलाउने प्रचण्डले बताए। 'मन्त्रीहरुले मन्त्रालय नसम्हालुन्जेल तपाईहरुकै भरमा मैले धेरै मन्त्रालयका कामहरु गर्नुपर्ने भएको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं नाइट्सका खेलाडीलाई 'फिक्सिङ'को अफर, ज्ञानेन्द्र मल्ल भन्छन् : हामीले रिपोर्ट गरिसक्यौं

    काठमाडौं नाइट्सका खेलाडीलाई 'फिक्सिङ'को अफर, ज्ञानेन्द्र मल्ल भन्छन् : हामीले रिपोर्ट गरिसक्यौं

    काठमाडौं : नेपाल टी २० लिग अन्तर्गतको फ्रेन्चाइजी काठमाडौं नाइट्सका एकजना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको खुलेको छ। नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीको एकजना खेलाडीलाई फिक्सिङको अफर आएको स्वीकार्दै यो विषय 'एन्टी करप्सन यूनिट' (एसीयू) मा रिपोर्ट गराइसकेको बताए। नेपाल टी २० लिगमा कमेन्ट्री गर्दै आएका सचिन तिमल्सिनाले प्रतियोगितामा फिक्सिङ भएको दाबी गरेका छन्। प्रतियोगितालाई नजिकबाट नियाल्दा फिक्सिङको झलकहरु देखिएको दाबी गरेसँगै…

    विस्तृतमा पढ्नुस्

  • थारु समुदायमा माघीको रौनक सुरु

    थारु समुदायमा माघीको रौनक सुरु

    काठमाडौं : माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन। यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ। गाउँगाउँमा रातभर आगो बाल्न दाउरा सङ्कलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको पाइन्छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रभु साहलाई रामवीर मानन्धरको साथ

    प्रभु साहलाई रामवीर मानन्धरको साथ

    काठमाडौं : हालै आफ्नो नेतृत्वमा आम जनता पार्टी गठन गरेका प्रभु शाहलाई रामवीर मानन्धरले साथ दिने भएका छन्। पूर्व राज्यमन्त्री मानन्धरलाई भेट्न साह मंगलवार उनको निवास माछापोखरीस्थित मानन्धर निवास पुगेका थिए। भेटमा मानन्धरले आम जनता पार्टीमा संगठित रुपमा नै अगाडि बढ्ने वचन दिएको आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। ‘हाम्रो पार्टी अध्यक्ष प्रभु साहज्यू र पूर्व शहरी…

    विस्तृतमा पढ्नुस्

  • फिल्मका लागि २० केजी तौल घटाएँ : विजय लामा

    फिल्मका लागि २० केजी तौल घटाएँ : विजय लामा

    काठमाडौं : क्याप्टेन तथा कलाकार विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ आफ्नो लागि फरक रहेको बताएका छन्। निर्माण टिमले निकै चुनौती मोलेर काम गरेको हुँदा एउटा उत्कृष्ट फिल्म बनेको लामाको भनाई छ। हिमालपारीको जिल्ला मुस्ताङमा माइनस डिग्री सेल्सीयसमा फिल्मको छायाङ्कन गरिएको थियो। दिनको १८ देखि २१ घण्टासम्म खटिदा निकै दु:ख भोग्नुपरेको लामा सम्झन्छन्। चलचित्रका लागि आफूले २० केजी तौल घटाएको समेत उनले दाबी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको मुख्य सचेतकमा मनोनित भए रमेश लेखक

    कांग्रेसको मुख्य सचेतकमा मनोनित भए रमेश लेखक

    काठमाडौं : कांग्रेस सांसद रमेश लेखक संसदीय दलको मुख्य सचेतकमा मनोनित भएका छन्। सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलवार लेखकलाई उक्त पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयले जनाएको छ। दलको विधान(संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा(१) बमोजिम उक्त पदमा मनोनयन गरिएको हो। लेखक कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्।  

    विस्तृतमा पढ्नुस्

  • एउटै निर्देशन कार्यन्वयन गर्न प्रधानमन्त्रीको अर्को निर्देशन, फेसबुकमा राखिएको स्टाटस भने एकैछिनमा गायब

    एउटै निर्देशन कार्यन्वयन गर्न प्रधानमन्त्रीको अर्को निर्देशन, फेसबुकमा राखिएको स्टाटस भने एकैछिनमा गायब

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिरिक्त मोबाइल ल्याउने क्रममा विमानस्थलमा भएको समस्या समाधानका लागि दिएको निर्देशनबारे राखेको स्टाटस केहीबेरमै हटाएका छन्। अमेरिकाबाट फर्केका दुधलाल नेम्वाङको अतिरिक्त फोन भन्सारका कर्मचारीले सोमवार नियन्त्रणमा लिएपछि उक्त समस्या समाधान गर्न निर्देशन दिइसकेको स्टाटस मंगलवार प्रचण्डको फेसबुकमा राखिएको थियो। ‘विदेशबाट नेपाल फर्किंदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना…

    विस्तृतमा पढ्नुस्

  • मैदानमा फिक्सिङ, बाहिर बेटिङ : डिएसपीको कमाण्डमा प्रहरीको सुक्ष्म अनुसन्धान

    मैदानमा फिक्सिङ, बाहिर बेटिङ : डिएसपीको कमाण्डमा प्रहरीको सुक्ष्म अनुसन्धान

    काठमाडौं : एक सातादेखि प्रहरीले कीर्तिपुर क्रिकेट मैदानमा निगरानी जारी राखेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी)ले डिएसपीको कमान्डमा रंगशालाको गतिविधिलाई नियालिरहेको हो। कुन टिमले कस्तो खेल खेल्यो भनेर हेर्न भने पक्कै होइन। सादा पोशाकमा खटिएका उनीहरुले मैदानभित्र र बाहिर हुनसक्ने अपराधिक गतिविधिलाई नजिकबाट केलाउन शुरु गरेको प्रहरीले जनाएको छ। मैदानमा हुनसक्ने म्याच फिक्सिङ र बाहिर हुने सट्टेबाजीलाई नजिकबाट केलाइरहेको हो। 'हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • सुनका गहना लुट्न ६० वर्षीया राधाको हत्या गर्ने भारतीय नागरिक पक्राउ

    सुनका गहना लुट्न ६० वर्षीया राधाको हत्या गर्ने भारतीय नागरिक पक्राउ

    बुटवल: अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० की ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा–१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन्। आइतबार बिहान शितगंगा नगरपालिका–१० सिद्धारा बोखोरस्थित जङ्गलमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा थापाको शव फेला परेको थियो। घटनाको अनुसन्धानको क्रममा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय बालनाटक महोत्सवको तयारी हुँदै

    राष्ट्रिय बालनाटक महोत्सवको तयारी हुँदै

    काठमाडौं : राष्ट्रिय बालनाटक महोत्सवको १४ औं संस्करण आयोजना हुने भएको छ। शैली थिएटरले गर्न लागेको यो महोत्सव माघको अन्तिम साता वा फागुनको दोस्रो साता गर्ने तयारी भइरहेको छ। कोरोना महामारीका कारण विगत दुई वर्ष भर्चुअल रूपमा सम्पन्न भएको महोत्सव यस वर्ष भौतिक उपस्थितिमै हुन लागेको हो। रातोपुलस्थित शैली थिएटर र कमलपोखरीस्थित रुसी सदनमा हुने महोत्सव १० दिनसम्म चल्नेछ। महोत्सवमा…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगका लागि मनाङको 'युवा टोली', को को छन् खेलाडी?

    ए डिभिजन लिगका लागि मनाङको 'युवा टोली', को को छन् खेलाडी?

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगमा सर्वाधिक सफल मध्येको टोली मनाङ मर्स्याङदी क्लबले आगामी लिगका लागि टोली घोषणा गरेको छ। अघिल्लो सिजन मनाङबाट कप्तान गरेका अञ्जन बिस्टलगायत राष्ट्रिय टोलीका दिनेश राजवंशी, पुजन उपरकोटी लगायतका खेलाडीले क्लब छाडिसकेका छन्। यस्तोमा मनाङले युवा खेलाडीसम्मिलित नयाँ टोली बनाएको छ। यो सिजनका लागि मनाङको प्रशिक्षण किरण श्रेष्ठले गर्नेछन् भने गोलकिपर प्रशिक्षकमा प्रविण श्रेष्ठ रहेका…

    विस्तृतमा पढ्नुस्

  • गए राति बुढानिलकण्ठमा सवारी दुर्घटना हुँदा १९ वर्षीय किशोरको मृत्यु

    गए राति बुढानिलकण्ठमा सवारी दुर्घटना हुँदा १९ वर्षीय किशोरको मृत्यु

    काठमाडौंः काठमाडौंको बुढानिलकण्ठमा सवारी दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ।  बुढानिलकण्ठ नगरपालिका-८ गोल्फुटारमा मण्डिखाटारबाट गोल्फुटारतर्फ जाँदै गरेको बा.४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो। दुर्घटना हुँदा चालक सप्तरी बोदेबसाई नगरपालिका-३ घर भई हाल काठमाडौं गोल्फुटार बस्ने १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा…

    विस्तृतमा पढ्नुस्

  • पारिश्रमिक विवादपछि ढिला गरेर सुरु भएको खेलमा विराटनगरलाई काठमाडौँको ९३ रनको लक्ष्य

    पारिश्रमिक विवादपछि ढिला गरेर सुरु भएको खेलमा विराटनगरलाई काठमाडौँको ९३ रनको लक्ष्य

    काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज जारी खेलको पहिलो खेलमा काठमाडौँ नाइट्सले विराटनगर सुपरकिंग्सलाई ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित ९ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनाएको हो। खेलाडी र फ्रेन्चाइजीबीचको पारिश्रमिक विवादले निर्धारित समयमा खेल सुरु हुन सकेन। तर, सहमतिको वातावरण बनेपछि खेल ९ ओभरमा छोट्याएर खेलाइएको थियो। सुरुवाती ब्याटिङ गरेको…

    विस्तृतमा पढ्नुस्

  • पुस ७ गते शपथ लिन छुटेका प्रेम आले र माया राईले आज लिँदै शपथ

    पुस ७ गते शपथ लिन छुटेका प्रेम आले र माया राईले आज लिँदै शपथ

    काठमाडौं : प्रतिनिधिसभा सदस्यमा शपथ लिन छुटेका प्रेम आले र माया राईले मंगलवार सपथ लिने भएका छन्। सिंहदरवारस्थित संघीय संसद्को सचिवालयको कानुन समितिको हलमा सपथ हुने भएको हो। दिउँसो साढे १२ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको छ। प्रतिनिधिसभाका अरु सदस्यले जेष्ठ सदस्य पशुपति शम्शेरबाट पुस ७ गते संघीय संसद् भवन बानेश्वरमा लिएका थिए। राई सुत्केरी भएका कारण सपथ लिन छुटेकी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell