बुटवल : नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन्। सोमबार बिहान दाङको देउखुरीमा माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए। दलको नेतामा पोलिटब्युरो सदस्य इन्द्रजित थारु, बसन्त घर्तीलेसमेत दाबी गरे पनि महरा सर्वसम्मत भएका हुन्। माओवादी केन्द्रको स्थायी समितिका सदस्य…
काठमाडौं : ठूलै तामझाम गरेर हिजो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ सहयोग र ऋणमा बनेको विमानस्थलको उद्घाटन गरेका थिए। तर, संचालनमा आएको दोस्रो दिन नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा नै भद्रगोल देखिएको छ। आन्तरिक उडान 'डिले' हुँदा आन्तरिक तर्फको यात्रु व्यवस्थापनमै चुकेको विमानस्थल कार्यालय अन्तर्राष्ट्रिय उडानका लागि कतिको व्यवस्थित होला भन्ने प्रश्न उठेको छ।…
काठमाडौं : काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउन प्रक्रिया थाल्ने निर्णय गरेको विरोध भइरहेको छ। महानगरको कार्यपालिका बैठकले खुल्लामञ्चमा पार्किङ बनाउन डिपिआरको कार्य अघि बढाउने भएपछि स्थानीय र अभियन्ताले विरोध गरिरहेका छन्। महानगरको खुल्लामञ्चमा पार्किङ बनाउने निर्णयको विरोधमा अकुपाइ टुँडिखेल अभियानले आज महानगर उपप्रमुख सुनिता डंगोलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझाउनुअघि अभियन्ता र स्थानीयले महनगर कार्यलय बाहिर केही समय धर्ना…
काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई 'बुर्जुवा उदारवादी शक्ति' का रुपमा व्याख्या गरेका छन्। पार्टीको पोलिटब्युरो बैठकमा देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोण शीर्षकमा आफ्नो प्रस्ताव पेश गर्दै खनालले उक्त व्याख्या गरेका हुन्। ८ पृष्ठको खनालको प्रस्तावको पहिलो पृष्ठमै रस्वपाबारे उल्लेख गरिएको छ। उक्त पार्टी रहस्यम शक्तिका रुपमा उदाएको र गृह मन्त्रालय खान…
काठमाडौं : निजी अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको छ। कम्पनीले यो विमानस्थलबाट नियमित उडानका लागि आइतवार परीक्षण उडान गरेको हो। कम्पनीले एयरबस ३२० सिरिजको जहाजमार्फत उडान गरेको हो। कम्पनीले व्यवसायिक सम्भाव्यता भएका गन्तव्य हेरेर उडान गर्ने स्पस्ट पारेको छ। कम्पनीकी ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्वला दलीले एयर रुट हेरेर सम्भाब्यता अध्ययन गर्ने बताउँदै…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) केही दिन यता आन्तरिक छलफलमा छ। छलफलका मुख्य विषय हुन् - नयाँ सरकारलाई समर्थन गर्ने कि नगर्ने? एमालेसँगको पार्टी एकता के गर्ने? यस्ता विभिन्न पाँच प्रश्नमाथि एकीकृत समाजवादीका नेताले अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिइरहेका छन्। शुक्रवार भर्चुअल माध्यमबाट जिल्ला अध्यक्षको सुझाव सुनेका नेपालले दुई दिन शनिवार र आइतवार स्थायी कमिटीका नेताहरुको धारणा सुने। आज सोमवार भने पोलिटब्युरो…
काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले काठमाडौँलाई ५ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। काठमाडौँका लागि आक्रामक ब्याटिङ गरेका एलेक्स ब्लेकले २८ बलमा ३ चौका र ७ छक्काको सहायतामा ६४ रन…
काठमाडौं : विश्वभर फुड रियालिटी शो 'मास्टर सेफ' चर्चित छ। भारतमा समेत मास्टर सेफको संस्करण पछिल्लो समय चर्चामा छ। अब अन्तर्राष्ट्रिय स्तरमा चर्चित फुड रियालिटी शो नेपालमा पनि आयोजना हुने भएको छ। नेपालकै पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ आयोजना हुने भएको छ। शो कार्यक्रममा चर्चित सेफ सन्तोष साह मास्टर जजका रुपमा रहेन छन्। सन्तोषका साथै शोको निर्णायकमा सेफ गणेशबहादुर ढकाल र लक्ष्मण…
काठमाडौंः इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्य बढेर आएको छ। आईओसीले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो। निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेर आएको छ। पेट्रोल लिटरमा २ रुपैयाँ ५४ पैसा, डिजल २ रुपैयाँ ९५ पैसा, हवाई इन्धन ४…
काठमाडौं : नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणको लागि आवेदन खुला गरिएको छ। अमेरिकास्थित वासिङ्टन डिसीमा असार ७ देखि ९ गतेसम्म हुने महोत्सवमा विश्वभरिबाट नै आवेदन दिन सकिनेछ। अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन दिएका मध्ये उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनका लागि छनोट गर्नेछन्। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, सर्ट फिल्म, एनिमेशनका साथै अन्य विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन्। नेपालबाहेक अमेरिका…
काठमाडौं : निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रमुख आयुक्त दिनेश कुमार थपलिया नेतृत्वको टोलीले प्रचण्डसँग भेटेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका बारेमा छलफल गरेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। 'राष्ट्रपतिको र उपराष्ट्रपतिको निर्वाचनका बारेमा भेट भएको हो,' भण्डारीले भने। आयोगका पदाधिकारीले नयाँ सरकार आएपछि पहिलोपटक प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा प्रचण्डले छलफफल गरेर चाँडै निर्वाचनको मिति तय…
काठमाडौं : आन्तरिक राजश्व विभागको कीर्ते स्टिकरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले पर्सा वीरगंज महानगरपालिका घर भएका २७ वर्षीय मनिषकुमार साह तेली र २५ वर्षीय रञ्जनकुमार रामलाई नियन्त्रणमा लिएको हो। उनीहरू भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गर्दा समातिएका हुन्। वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सडक खण्डमा गोप्य रूपमा निगरानी गर्दै गरेको अवस्थामा प्र.२-०३-००८ प २६६९ नम्बरको मोटरसाइकलमा वीरगंजतर्फ आउँदै…
काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र एवं राहदानी वितरणमा सहजीकरण गर्न निर्देशन दिएका छन्। राहदानी र परिचयपत्रका लागि काठमाडौं आउनु नपर्ने वातावरण सिर्जना गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई लामिछानेले निर्देशन दिएका हुन्। भर्चुअल माध्यमबाट सोमवार लामिछनेले प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मिटरब्याजी र नागरिकता विरुद्धका उजुरी छानबिनलाई तीव्रता दिन निर्देशन दिएको गृह मन्त्रालयका सह सचिव डा. भिष्म कुमार…
हेटौंडा : वाग्मती प्रदेशसभा बैठक आज बस्दैछ। बैठक अघि आज बसेको सर्वदलीय बैठकले आजको सभाका एजेन्डाहरु तय गरेको छ। आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका नेताले सम्बोधन गर्नेछन्। यस्तै, प्रदेशसभा नियमावली,२०७४ अनुमोदन गर्ने र विभिन्न मन्त्रालयबाट पेस हुन आएको अध्यादेश सदनमा पेस गर्ने सहमति पनि आजको बैठकमा भएको छ। यस्तै, प्रदेशसभा सदस्य लक्ष्मी घिमिरेका लागि बैठक कक्षको ढोकातिर रहेको सिटमा…
लुइज इनासियो लुला डा सिल्भाले ब्राजिलको राष्ट्रपतिका रुपमा शपथग्रहण गरेका छन्। जैर बोलसोनारोलाई पराजित गर्दै लुला राष्ट्रपतिमा निर्वाचित भएका हुन्। यससँगै लुला तेस्रोपटक ब्राजिलका राष्ट्रपति बनेका छन्। यसअघि उनी सन् २००३ र २०१० मा राष्ट्रपति निर्वाचित भएका थिए। भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले सन् २०१८ मा लुलाले राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाएका थिएनन्। अहिलेको निर्वाचनमा लुलाले राम्रो 'कमब्याक' गरेको विश्लेषण गरिएको…
बुटवल : बुटवलमा दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको हो। अब बुटवलमा यसअघि दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सामात्रै चल्न पाउनेछन्। दर्ता नगरी सञ्चालन भएका ई-रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधिहरु भएको र दर्ता नभएका ई-रिक्सा पहिचानमा समस्या भएपछि बुटवल उपमहानगरपालिकाको अगुवाइमा बुटवलमा…
बुटवल : नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा संस्थापन पक्षका डिल्लीबहादुर चौधरी चयन भएका छन्। लुम्बिनी कांग्रेस संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चयन गरेको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। दलको नेताको लागि राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर रानाले दाबी गरेपनि चौधरी सर्वसम्मत चयन भएका हुन्। दाङ क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित भएका चौधरी हाल प्रदेशसभाको ग्रामीण, पर्यटन…
रसियाले युक्रेनमाथिको हमला नयाँ वर्षको दिनमा पनि जारी राख्यो। रसियाको ड्रोन र मिसाइल आक्रमणको पछिल्लो लहर जारी रहँदा आइतवार राति कीभमा हवाई आक्रमणको साइरन बजेको थियो। मध्यरातभन्दा केही समयअघि सुरु भएको आक्रमणले महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरेको कीभका क्षेत्रीय गभर्नर ओलेक्सी कुलेबाले बताए। कीभमा एक व्यक्ति रसियाली ड्रोनको भग्नावशेषबाट घाइते भएको राजधानीका मेयरले बताए। धेरै दिनदेखि कायम रहेको आक्रमणहरू नयाँ वर्षमा…
काठमाडौं : एक थान पेस्तोलसहित सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नगरपालिका-४ गुलरिया सीमा ईलाकाबाट एक जनालाई नियन्त्रणमा लिएको छ। भारतको पूर्वीचम्पारण मोतिहानी १६ घर बताउने ४० वर्षीय चन्दन कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले लोड अवस्थामा राखिएको पेस्तोल र ७ राउन्ड गोलीसहित सोमवार नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। भारतबाट नेपालतर्फ आउँदै गरेका…
कैलाली : माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल देखिएको छ। ५३ सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म आफूहरुले कसैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने बताएका छन्। …