काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि बजार मूल्य प्रतितोला एक लाख एक हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्यमा आइतबार झिनो…
काठमाडौं: बहुपति प्रथामाथि बनेको फिल्म 'टुल्की' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी चैत ३ गतेबाट देशभर रिलिज हुनेछ। ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको फिल्मले हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथाको कथा भन्छ। देवजङ्ग थापा निर्देशित फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन। शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माता रहेका छन्। शिशिर वाङ्देल,…
काठमाडौं : आज इश्वी संवत् २०२३ को पहिलो दिन पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुँदैछ। चीन सरकारको सहयोगमा निर्माण भएको यो विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्। विमानस्थल उद्घाटनलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकामा आज सार्वजनिक विदासमेत दिइएको छ। विमानस्थलको उद्घाटनको सम्पूर्ण तयारी पूरा भए पनि मौसम प्रतिकुलताका कारण भने आज बिहानैदेखि पोखरातर्फको उडान अस्तव्यस्त भएको छ। आइतबारबाट उद्घाटन हुन लागेको पोखरा अन्तर्राष्ट्रिय…
नेपाल आध्यात्मिक भूमि हो। यहाँ प्राकृति र सांस्कृतिक पर्यटकीय सम्भावना जति छ त्यति नै प्रचुर सम्भावना आध्यात्मिक पर्यटनको पनि छ। त्यसैले हरेक वर्ष यहाँ योग र ध्यान गर्न हजारौं पर्यटक आउने गर्छन्। यहाँका गुम्बाहरुबाट बुद्ध शिक्षा लिन पनि कयौं पर्यटक आउने गर्छन्। हरेक वर्ष डोल्पा लगायतका हिमाली जिल्ला पुगेर त्यहाँका गुम्बाहरुमा सेवा गर्ने र ज्ञान आर्जन गर्नेहरुको कमी छैन। पछिल्लो…
काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज जारी पहिलो खेलमा काठमाडौँ नाइट्सले जनकपुर रोयल्सललाई १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको हो। काठमाडौँका लागि सुनम गौतमले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६२ रन बनाउँदा रायर बर्ल ६१ रनमा अविजित रहे। त्यस्तै एलेक्स ब्लेकले…
काठमाडौं : आज देखि इस्वी संवत् २०२३ सुरु भएको छ। सन् २०२३ को स्वागतमा आज विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ। २०२२ को अन्तिम दिन डिसेम्बर ३१ मा हिजो पनि विश्वभर कार्यक्रमहरु आयोजना भए। ठूला र पर्यटकीय शहरहरुमा मानिसहरु मध्यरातसम्म नयाँ वर्षको स्वागतका लागि बसे। चीनदेखि अमेरिका, अष्ट्रेलियादेखि युक्रेनसम्म मानिसहरुले आतिशबाजी गर्दै सन् २०२३ को स्वागत गरे। सबै तस्विरहरु रोयटर्स, एपी, गेट्टी…
काठमाडौं : अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फागुन १९ गते नै फिल्म प्रदर्शन गर्ने जनाएको हो। फागुन १९ गते देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘छक्कापञ्जा ४’ लाई मात्र रिलिज गर्ने बताएसँगै ‘छड्के २’ ले प्रदर्शन मिति सहितको पोस्टर निकालेको हो। ग्याङ्स्टर जनरामा निर्माण भएको फिल्मको सार्वजनिक पोस्टरमा अनमोलको भिन्न…
बुटवल : लुम्बिनी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। दाङको राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ। लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सांसद छन्। प्रदेशसभामा १० दल र ३ स्वतन्त्र सांसदको सहभागिता रहेको छ। २९ सिट ल्याएको नेकपा (एमाले) प्रदेशको सबैभन्दा ठूलो दलका…
विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले प्रदेश नम्बर १ को संसदीय दलको नेता बन्न आफूलाई पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले षड्यन्त्रपूर्वक रोकेको आरोप लगाएका छन्। संसदीय दलको नेताको निर्वाचनमा प्रस्तावक-समर्थकमध्ये एकको समेत मत नपाई कुल २ मत ल्याएर पराजय भोगेका केन्द्रीय सदस्य अर्यालले यसको दोष मन्त्री कार्कीलाई लगाएका हुन्। ‘मैले २०७० को निर्वाचनमा मोरङको ५ बाट उपेन्द्र यादवलाई…
काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीहरुलाई कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरणसम्बन्धी स्थायी आदेश २०७९ जारी गरेको छ। यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्रले सो स्थायी आदेश जारी गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक प्रवक्ता…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र एभर्टन बराबरीमा रोकिएका छन्। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो। खेलको २४ औं मिनेटमा अर्लिङ हल्याण्डले रियाद महरेजको पासमा गरेको गोलमा सिटीले अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा एभर्टन खेलमा फर्कन सफल भयो। ६४ औं मिनेटमा डेमराइ ग्रेले गोल फर्काउँदै खेल बराबरी ल्याए।…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वुल्भसलाई हराएको छ। मोलिनिउक्स स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोली वुल्भ्सलाई ०-१ गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडलाई जित दिलाउन सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका मार्कस रासफोर्डले निर्णायक गोल गरे। खेलको ४६ औं मिनेटमा मैदान प्रवेश गरेका रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका हुन्। ८४ औं…
बुटवल : नेपाली कांग्रेसका नेता तथा निर्वतमान गृहमन्त्री बालकृष्ण खाणले नेपालको राष्ट्रिय राजनीतिमा पछिल्लो समय बाह्य हस्तक्षेप बढेको बताएका छन्। वीपी कोइराला अध्ययन प्रतिष्ठान रुपन्देहीले ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसरमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाणले कांग्रेस नेतृत्वको सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावका कारण प्रतिकूल अवस्था सिर्जना भएको बताएका हुन्। पछिल्लो समय वीपी कोइरालाले प्रतिपादन…
हेटौंडा : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको संसदीय दलको नेतामा पोलिट ब्युरो सदस्य शालिकराम जम्कट्टेल चयन भएका छन्। शुक्रवार र शनिवार काठमाडौंमा बसेको बैठकले जम्कट्टेललाई सर्वसम्मत दलको नेता चयन गरेको हो। वाग्मती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए। उनीहरूमा जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ थिए। आकांक्षी धेरै भएपछि पार्टी प्रदेश इन्चार्ज हिकमान शाक्यले जम्कट्टेललाई…
आज सन् २०२२ को अन्तिम दिन। कोरोना महामारीले दुई वर्ष हरेक क्षेत्रलाई असर पुर्यायो। जसबाट फिल्म क्षेत्र पनि नराम्ररी पछारियो। तर, सन् २०२२ सुरुवातसँगै फिल्म क्षेत्रले लय समात्यो। सन् २०२१ हलिउड उद्योगका लागि औसत रहेता पनि सन् २०२२ भने हलिउडका सुखद वर्ष सावित भयो। सन् २०२२ मा ‘टप गन : माभरिक’देखि बहुप्रतिक्षित फिल्म अवतार : द वे अफ वाटर’सम्मका फिल्महरु…
दोधारा चाँदनी : कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए। पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ। ‘शुक्रवार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्’, उनले भने, ‘ती भारतीय नागरिक लुटपाटको…
बुटवल : लुम्बिनी प्रदेशसभामा जनमत पार्टीबाट निर्वाचित तीन सांसदहरुले मातृ भाषामा शपथ लिने भएका छन्। लुम्बिनी प्रदेशसभातर्फ निर्वाचित सांसदहरुमध्ये दुई जनाले मधेशी (अवधी) र एक जनाले गरुङ भाषामा शपथ लिने भएका हुन्। सांसदहरुले प्रदेशसभा सचिवालयलाई जानकारी गराई आआफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश (सीके) गुप्ताले जानकारी दिए। जनमतबाट निर्वाचित सदस्यहरु प्रत्यक्षमा चन्द्रकेश…
काठमाडौं : आर्टमाण्डूले नयाँ म्युजिकल फिल्म ‘चन्द्रमा’ ल्याएको छ। ‘तीनपाते’, ‘के माया लाग्छ र?’, ‘घुमीघुमी’ जस्ता चर्चित गीत र भिडियोमार्फत् लोकप्रिय बनेका निर्देशक नवीन चौहानको उक्त गीत आर्टमाण्डूको युट्युब च्यानलमा हेर्न सकिन्छ। सुष्मा सिग्देलको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ। ‘चन्द्रमा -आँखी झ्यालमै’ गीतमा एसडी योगी र रेश्मा पुनको स्वर रहेको छ। गीतको भिडियोमा सबिन कार्की (बिस्ट), मल्लिका महतका…
हेटौंडा : मोफसलको सबैभन्दा ठूलो राशिको पुरस्कार रहेको बागमती गोल्डकप आगामी साताबाट मकवानपुरमा सुरू हुने भएको छ। मकवानपुरको बागमती गाउँपालिकामा पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको पाँचौँ संस्करण पुस २४ गतेदेखि माघ ३ गतेसम्म मकवानपुरको जनता माविको खेल मैदान फापरबारीमा आयोजना हुने भएको हो। बागमती गाउँपालिका खेलकुद विकास समितिले शनिवार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको जानकारी गराएको…
बुटवल : वनभोज खाने क्रममा विवाद हुँदा गुल्मीको मदाने गाउँपालिकामा एक युवकमाथि खुकुरी प्रहार भएको छ। मदाने गाउँपालिका-६ स्थित कन्के देउरालीमा वनभोज खान गएका स्थानीय १८ वर्षीय सन्तोष कुँवरमाथि सोही ठाउँका ३३ वर्षीय रमेश परियारले शुक्रवार आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाटले जानकारी दिए। घाइते कुँवरको दाइने हातमा ठूलो चोट लागेको छ। उनलाई उपचारको लागि जिल्ला…