काठमाडौं : संविधान संशोधन विधेयक पेश गर्न सरकारलाई दिएको अल्टिमेटम सकिँदै गर्दा बसेको मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धले ठोस निर्णय गर्न सकेन। विधेयक पेश हुन ढिलाइ भएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा गठबन्धनको बैठक बसेको थियो। बैठकपछि नेताहरुले अन्तिम दिन पनि विधेयक दर्ता हुने बताएका छन्। '१५ दिनको अल्टिमेटम सकिने आज रातको १२ बजेसम्म…
पोखरा : जल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि पोखरास्थित उपल्लो सेती नदीमा अन्तर्राष्ट्रिय स्तरको हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ प्रतियोगिता सुरु भएको छ। नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा सुरु यो प्रतियोगिता पोखरामा पहिलोपटक आयोजना गरिएको नाराका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर दाहालले जानकारी दिए। नाराद्वारा यसअघि १४ वटा संस्करण भोटेकोसी र त्रिशूली नदीमा आयोजना गरिएपनि १५औँ संस्करण…
काठमाडौं : मोबाइल तथा इन्टरनेट पहुँचको हिसाबमा स्मार्टसेलले युटिएललाई पछि पारेको छ। नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो रिपोर्टअनुसार युटिएलभन्दा स्मार्टका ग्राहक दुई गुनाले बढेका छन्। युटिएलको ग्राहक सङ्ख्या ६३ हजार एक सय ६० जना रहेका छन् भने स्मार्टसेलका एक लाख ६ हजार ३ सय २ जना पुगेका छन्। समग्र इन्टरनेटको बजार युटिएलको २ प्रतिशत छ भने स्मार्टको ४ प्रतिशत रहेको…
काठमाडौँ : सुडानको अशान्त डार्फर क्षेत्रमा बन्दूकधारीहरुले दुई नेपाली र एक सुडानी नागरिकलाई अपहरण गरी अज्ञात स्थलमा लगेका छन्। वेस्ट डार्फर सरकारका प्रवक्ता अब्दल्लाह गर अल नाबीलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार संयुक्त राष्ट्रसंघको शरणार्थी मामिलामा काम गर्ने एजेन्सी (युएनएचसिआर) का कर्मचारीलाई अज्ञात बन्दूकधारीहरुले अपहरण गरेका हुन्। उनीहरुलाई आइतबारै अपहरण गरिएको भए पनि समाचार भने सोमबार मात्रै सार्वजनिक भएको हो। …
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपले दक्षिण एसियाली खेलकुदमा स्वर्ण तथा एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन भत्ता स्वरुप मासिक पाँच हजार रुपैयाँ प्रदान गरेको छ। राखेपले सोमबार सागका ८५ स्वर्ण विजेता र एसियाली खेलकुदका ५ पदक विजेतालाई चार महिनाको एकमुष्ट २१ लाख ८० हजार रकम वितरण गरेको हो। हाल स्वदेशमा रहेका खेलाडीलाई मात्र उक्त भत्ता प्रदान गरिएको हो। राखेपले…
प्रिमियर लिगमा टोटनहमको अपराजित यात्रा समाप्त भएको छ। लिग अन्तर्गत १३ औं चरणको खेलमा टोटनहमलाई चेल्सीले २-१ ले पराजित गरेको हो। जितपछि चेल्सी भने म्यान सिटी र लिभरपुललाई पछि पार्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा टोटनहमले पहिले अग्रता लिएपनि चेल्सीले पुनरागमन गर्दै २ गोल गरेको थियो। खेलको ११ औं मिनेटमै क्रिस्टियन एरिक्सनले गोल गर्दै…
क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्वतमा लिग लिडर रियल मड्रिडले ला लिगमा स्पोर्टिङ गिहोनलाई पराजित गरेको छ। गएराती घरेलु मैदान सान्टियागो बर्नावेउमा भएको खेलमा रियलले गिहोनलाई २-१ ले पराजित गरेको हो। जितसँगै रियलले दोस्रो स्थानको सेभियामाथि माथि ६ अंकको अग्रता कायम गरेको छ। अर्को खेलमा सेभियाले भ्यालेन्सियालाई पराजित गरेपछि बार्सिलोना तेस्रोमा झरेको छ। खेलको पाँचौं मिनेटमै रोनालडोले पेनाल्टी मार्फत गोल गर्दै…
कावासोती : नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हुँदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे, ४९…
नयाँ दिल्ली : उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ। शुक्रबार अबेर राति कारखानाको विद्युतीय लाइनमा आएको अवरोधका कारण सुरु भएको लागलागीमा त्यहाँ रहेका कामदारहरु फसेका थिए। हर्याणा राज्यको पनीपाट जिल्लामा भएको सो घटनाका कारखानामा कार्यरत दर्जनौँ कामदार भाग्न सफल…
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराती भएको खेलमा वायर्न म्युनिखले वायर लेभरकुजनलाई २-१ ले पराजित गरेको छ। घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा वायर्नलाई ३ अंक दिलाउन थियागो अलकान्ट्रो र माट्स हुमल्सले १/१ गोल गरे। लेभरकुजनका लागि हाकान चाल्हानोग्लुले एक गोल गरे। जितपछि वायर्न १२ खेलबाट २७ अंक जोड्दै दोस्रो स्थानमा छ। जारी सिजन शानदार प्रदर्शन गरिरहेको लेइपजिग ३० अंकका साथ शीर्ष…
आगामी वर्ष रसियामा हुने कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक भएको छ। शनिबार कजानमा गरिएको ड्र अनुसार सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा युरोपियन च्याम्पियन्स पोर्चुगल, कोनकाकाफ च्याम्पियन मेक्सिको, आयोजक रसिया र ओसियान च्याम्पियन न्युजिलयाण्ड छन। यस्तै समूह बी मा विशव विजेता जर्मनी, कोपा अमेरिका च्याम्पियन चिली र एसियन च्याम्पियन अष्ट्रेलिया छन्। अफ्रिका कप अफ…
काठमाडौँ : सरकारले आजै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको छ। संविधान संशोधनका विषयमा छलफल गर्न दिउँसो साढे १ बजे मन्त्रिपरिषद्को बैठक समेत डाकिएको छ। सम्बन्धित समाचार : यस्तो थियो संविधानको पहिलो संशोधन सत्तारुढ नेकपा माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेतले आजै संविधान संशोधन दर्ताको तयारी भइरहेको पहिलोपोस्टलाई बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा कमल थापा सर्वसम्मत रुपमा चयन भएका छन्। राप्रपा नेपाल र राप्रपाबीच एकता भएपछि बसेको संसदीय दलको संयुक्त बैठकबाट थापा सर्वसम्मत चयन भएका हुन्। थापालाइ संसदीय दलको नेताको रुपमा राप्रपाका एकता हुनु अघिका संसदीय दलका नेता दिपक बोहोराले प्रस्ताव गरेका थिए। कमल थापा राप्रपा नेपालको संसदीय दलको नेता थिए। बोहोरा भने उपनेता चयन…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद्मरत्न तुलाधर नेतृत्वको आदिबासी जनजाति आन्दोलनका अगुवाहरुले ज्ञापनपत्र बुझाएका छन्। आइतबार बिहान बालुवाटारमा भेट गरी बुझाएको ज्ञापनपत्रमा संविधान संशोधन गर्दा पहिलो संविधान सभाको राज्य पूनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पूनर्संरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग गरिएको छ। प्रतिनिधि मण्डलले पहिलो संविधान सभाको समिति र आयोगको प्रतिवेदनलाई आधार…
काठमाडौं : नेपालमा ८ वर्षपछि अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल ब्याड्मिन्टन संघले यही मंसिरको अन्त्यमा 'नेपाल बिडब्लूएम इन्टरनेसनल सिरिज' को अायोजना गर्न लागेको हो। विश्व ब्याडमिन्टनको सर्वोच्च निकाय ब्याडमिन्टन वर्ल्ड फेडेरेसन बिडल्लूएफ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा नेपाल इन्टरनेसनल सिरिज यही मंसिर २८ देखि पुष २ गतेसम्म आयोजना हुनेछ। ब्याडमिन्टनमा प्रभावशाली मानिने इन्टरनेसनल सिरिज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…
महोत्तरी : जलेश्वर कारागारमा कैदीहरुबीच आज बिहान झडप हुँदा ८ जना घाइते भएका छन्। झडपलाई नेपाली सेना, नेपाल प्रहरी र कारागार कर्मचारीले नियन्त्रणमा लिएको थियो। घाइते भएका सञ्जय बम्जन, दिनेश भुजेल, सुरेन्द्रप्रसाद सिंह, रमेशकुमार यादव लगायतको अहिले जलेश्वरको कान्ति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। कर्तव्य ज्यानको मुद्दामा सजाय भोगिरहेका कैदी सन्तोष पण्डितले भाइ नाइके काजी साहलाई पिटेपछि झडप भएको प्रहरी…
नेपाली टीमका कप्तान पारस खड्का सहभागि २२ यार्ड क्रिकेट क्लब अमेरिकामा जारी 'युएस ओपन क्रिकेट' प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ। ग्रुप राउण्डमा उत्कृष्ट प्रदर्शन गरेको २२ यार्ड क्वाटरफाइनलमा इन्डियन्स लायन्ससँग ७ विकेटले पराजित भएको हो। २२ यार्डले दिएको १२५ रनको लक्ष्य लायन्सले १६.१ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो। नेपालका कप्तान पारस खड्काले ब्याटिङमा एक रन माउ बनाउन सके…
बलिउड स्टार शाहरुख खान अभिनित चलचित्र 'डियर जिन्दगी'ले बक्स अफिसमा राम्रो कलेक्शन गरेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले दुई दिनमा बिस करोडको व्यवसाय गरेको हो। पहिलो दिन आठ करोड पचहत्तर हजारको व्यवसायिक सफलता हात पारेको फिल्मले शनिबार मात्र एघार करोड पच्चिस लाख उठाएको थियो। गौरी शिंदे निर्देशित फिल्मले यो विकेन्डमै (आईतबारसम्म) आफ्नो लगानी उठाउने बलिउड हंगामाले जनाएको छ। कम लगानीमा बनेको…
अष्ट्रेलियाले घरेलु मैदानमा भएको तेस्रो टेष्टमा दक्षिण अफ्रिका विरुद्ध ७ विकेटको जित हात पारेको छ। यसअघि नै दुई टेष्टमा हार बेहोरिसकेको अष्ट्रेलियाका लागि यो जित सान्त्वना जित भएको छ। तेस्रो टेष्ट हारेपनि यसअघिका दुई टेष्ट जित्दै सिरिज कब्जा गरिसकेको दक्षिण अफ्रिकाले ३ टेष्टको सिरिज २-१ ले जितेको छ। पर्थमा भएको पहिलो टेष्ट दक्षिण अफ्रिकाले १७७ रनले जितेको थियो भने होवार्टमा…
काठमाडौं: भारतीय गायिका शालमली खोलगडेको नेपालमा हुने भनिएको कन्सर्ट गुपचुप स्थगित भएको छ। तर कन्सर्ट किन स्थगित भयो भन्ने विषयमा भने आयोजकले खुलाएका छैनन्। गत सेप्टेमबर ११ मा होटल अन्नपुर्णमा प्रेस सम्मेलन गरी भारतीय गायिका शलमाली खोलगडे नेपाल आउने आयोजकले सार्वजनिक गरेको थियो। ‘गुड ह्युम्यान अर्गनाइजेसन’ले आयोजना गर्ने भनिएको कार्यक्रमको प्रचार केन्द्रमा रहिन् बलिउड गायिका शलमाली थिइन्। कन्सर्टको नाम दिएको…