दक्षिण कोरियन क्लब जेओनबक हुण्डाई मोटर्सले दोस्रो पटक एएफसी च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार भएको एएफसी च्यापिम्यन्स लिग अन्तर्गत दोस्रो लेगको फाइनलमा युएईको अल अइन एफसीसँग १-१ को बराबरी खेल्दै समग्रमा ३-२ ले जेओनबक च्याम्पियन बनेको हो। घरेलु मैदानमा अघिल्लो शनिबार भएको पहिलो लेगको फाइनल जेओनबकले २-१ ले जितेको थियो। अल अइनको मैदानमा पनि ३० औं मिनेटमा हान को…
कुवेत : पेट्रोलियम पदार्थको धनी खाडी मुलुक कुवेतको ५० सदस्यीय संसदका लागि भएको निर्वाचनमा एक सदस्य बाहेक अन्य सम्पूर्ण ४९ जना पुरुष प्रतिनिधि निर्वाचित भएका छन्। निर्वाचनमा १५ महिला उम्मेदवार प्रतिस्पर्धामा रहेतापनि शनिबार सम्पन्न निर्वाचन परिणाम अनुसार एक मात्र महिला सफा अल असेम विजयी भएका हुन्। सोमबार सार्वजनिक गरिएको मत परिणाममा यहाँको प्रतिपक्षी समूहको यसअघिको तुलनामा सदस्य सङ्ख्यामा…
बलिउड अभिनेता आमिर खानले चुरोट पिउन थालेका छन्। फिल्म 'दंगाल' रिलिज हुनु अघि उनले महसुस गरेको 'नर्भसनेस' टाढा राख्न चुरोट पुन: सुरु गरेको बताएका छन्। कुनै समय चेन स्मोकर रहेका आमिरले चुरोटलाई पुरै त्याग्न नसकेपनि लगातार पिउन छोडेका थिए। तर केही समय यता आफ्ना फिल्म रिलिज अघि पैदा हुने डर, नर्भसनेस हटाउन चुरोटको सहारा लिन थालेका छन्। पिके, धुम थ्री…
सरिता पौडेल - चितवन : बहुचर्चित फुजेल हत्याकाण्डको फैसला मिति पुन: सरेको छ। मंसिर १२ गते फैसला हुने भनिए पनि जिल्ला न्यायाधीश नभएपछि फैसलाको मिति सारिएको चितवन जिल्ला अदालतले जनाएको छ। जिल्ला अदालत चितवनका प्रमुख न्यायाधीश टेकनारायण कुंवर कार्यालयको कामले वैदेशिक भ्रमणमा रहेकाले पुस २५ गतेलाई फैसला मिति तय भएको कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिए। यसअघि गत कात्तिक…
बर्लिन (जर्मनी) : जर्मनीको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी लुफ्थान्साका विमान चालकले आफ्नो तलब र सुविधा वृद्धिका लागि भनी विहीबारदेखि सुरु गरेको हड्ताल शुक्रबार पनि नरोकिँदा आन्तरिक तथा बाह्य यात्रुगरी लाखौँ प्रभावित बनेका कम्पनीले जनाएको छ। हडतालका कारण शनिबारका लागि तय भएका १३७ लामो दुरीका उडानसहित झन्डै आठ सयको हाराहारीमा छोटो दुरीका उडान रद्द भएका छन्। हड्तालका कारण कम्पनीले…
इस्तानबुल (टर्की) : टर्कीमा विगत छ वर्षको समयमा एक हजार छ सय महिलाको हत्या गरिएको तथ्याङ्क सार्वजनिक भएको छ। महिलाविरुद्ध हुने हिंसा उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार टर्कीको एक गैरसरकारी संस्थाले आफ्नो वेबसाइटमा यस तथ्याङ्कलाई सार्वजनिक गरेको छ। महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रेसेप तैयप एर्डोगानले महिला हत्याका घटना भयानक देखिएकाले यसलाई नियन्त्रण…
अमेरिकामा भइरहेको युएस ओपन क्रिकेट प्रतियोगितामा नेपालका कप्तान पारस खड्काले खेलिरहेको टीम २२ यार्डले लगातार तेस्रो जित हासिल गरेको छ। शनिबार सम्पन्न दुवै खेलमा २२ यार्ड टोली विजयी भएको छ। शनिबार भएको पहिलो खेलमा २२ यार्डले क्यालिफोर्निया बेर्सलाई ४ विकेटले हरायो भने एटलान्टा पारमभिर्सलाई ९ विकेटले पराजित गर्यो। बिहीबारदेखि सुरु भएको टी २० क्रिकेट प्रतियोगितामा २२ यार्डले सिएटल ग्लाडिएटर्सलाई २०७…
काठमाडौँ : सुरेन्द्र महर्जन 'अमर' को अनुष्का उपन्यासको अडियो युट्युबबाट सार्वजनिक भएको छ। यसअघि नै घोष्ट राइटिङ नेपालको प्रकाशनमा पुस्तक निस्किसकेको यो उपन्यासमा कथा अनुसारको संगीत र गीत समावेश गरी युट्युबबाट उपन्यास सार्वजनिक गरिएको हो। १ घण्टा ४८ मिनेटको अडियो उपन्यासमा संगीत राज कुमारको रहेको छ। यसमा भएका गीतका रचनाकार स्वयम् सुरेन्द्र महर्जन"अमर" नै हुन्। गीतमा मेलिना राईको आवाज पनि रहेको छ।…
कैलाली : कैलालीको अत्तरिया-६ हरैयामा आज बिहान बसको ठक्करबाट अत्तरिया-७ का ३७ वर्षीय भुवनेश्वर पन्तको मृत्यु भएको छ। ना ५ ख २८४४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रु पन्तको सेती अञ्चल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो। बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। यसैगरी, पाल्पाको अर्चलेमा आजै बिहान पौने १० बजे लु १…
क्युबाका पूर्वराष्ट्रपति एवम् क्रान्तिकारी नायक फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ। फिडेलका भाइ राउलले उनको निधनको पुष्टि गरेको बिबिसीले जनाएको छ। सन् १९२६ मा जन्मेका क्यास्ट्रोको पूरा नाम फिडेल अलेजान्द्रो क्यास्ट्रो रुज हो। आधा शताब्दीभन्दा बढी समय क्युबाको नेतृत्व गरेका फिडेलले सन् १९५९ देखि १९७६ सम्म प्रधानमन्त्री र त्यसपछि २००८ सम्म राष्ट्रपतिका रुपमा क्युबाको सत्ता सम्हालेका थिए। २००८…
हेमन्त केसी सिमा (जाजरकोट) : सिमा-१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जङ्गलतिर हिँडिन्। उनका श्रीमान् अघिल्लो दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओच्छ्यानमै थिए। दुई छोरा र एक छोरी साना भएका कारण घरको खलोमा बसेर माटो खेलिरहेका थिए। 'भोक लाग्यो, जेई…
पर्सा : नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताएका छन्। प्रेस चौतारी नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नै अस्वीकार गरेपछि प्रस्तावको औचित्य सकिएको बताए। संविधानसभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा कुनै समस्या नभएको तर मधेसवादी दल र…
काठमाडौं : गायक रुवी जोशीको ७३ वर्षको उमेरमा निधन भएको छ। २००१ असार २५ गते काठमाडौंको डिल्लीबजारमा जन्मिएका उनको शुक्रबार निधन भएको हो। २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेका उनको 'शीतलुमाथि नि शीतलु' निकै चर्चित गीत हो। यादव खरेल, पुण्यप्रसाद सुवेदी, राममान तृषित, किरण खरेल, युधीर थापा, मवीवी शाह लगायतको शब्दमा गीत गाएका जोशीको स्वरमा नातिकाजी, शिवशंकर, शक्तिवल्लभ लगायतका…
काठमाडौं : १४ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले आज दुई सदस्यीय वार्ता टोली बनाएको छ। शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती टोलीमा छन्। केसीले उठाएका माग पूरा गर्ने विषयमा तत्काल संवाद थाल्न पनि सरकारले टोलीलाई निर्देशन दिएको छ। टोलीले केसीका प्रतिनिधिहरुसँग आजैदेखि वार्ताको पहल सुरु गरेको छ। दसौं…
थाइल्याण्डमा शनिबारबाट सुरु भएको एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ। शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो। नेपालले दिएको ४८ रनको सामान्य लक्ष्य पाकिस्तानले १० ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको हो। पाकिस्तानको सहज जितमा ओपनर आयेसा जफरले २६ रन बनाइन्। अर्का ओपनर जाभेरिया वाडुड १६ रनमा नटआउट रहिन्। यसअघि बैंककस्थित…
उर्लाबारी : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले गरिबी निर्मूल पार्ने दाबी गरेका छन्। कांग्रेसले राणा फालेको, एमालेले पञ्चायत फालेको, माओवादीले राजा फालेको प्रसंग उप्काउँदै संयोजक भट्टराईले भने, 'अब नयाँ शक्तिले मुलुकबाट गरिबी फाल्छ र समृद्ध नेपाल निर्माण गर्नेछ।' मुलुकलाई विकास र समृद्धितर्फ लैजानकै लागि नयाँ सोच र नयाँ विचारका साथ नयाँ शक्ति उदाएको उनले…
काठमाडौँ : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा विकासको ठूलो सम्भावना रहेको भन्दै ती सम्भावनाको पहिचान गरी नेपाल निर्माण गर्ने अभियानमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेका छन्। अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीको सहभागितामा गैरआवासीय नेपाली सङघ (एनआरएनए) अष्ट्रेलिया र अष्ट्रेलिया स्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल महोत्सव (फेस्टिवल) को आज उद्घाटन गर्दै उनले मातृभूमिप्रतिको कर्तव्य पूरा गर्न प्रवासी नेपालीलाई…
काठमाडौँ : विश्वमा भ्रातृत्व जगाउने उद्देश्यले नुवाकोटको ककनीमा आज अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ। म्याराथनको अन्तर्राष्ट्रिय संस्था ‘इम्प्याक्ट म्याराथन सिरिज’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित बेलायत, फ्रान्स, बोलिभिया, मरिसस लगायत देशका ४०९ धावकको सहभागिता थियो। जसमध्ये दुई सय ३४ जना नेपालका तथा बाँकी अन्य मुलुकका थिए। ग्लोबल एक्सन नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा ४२ किमी, २१ किमी र १०…
काठमाडौं : आमरण अनसनमा रहेका डा. गोविन्द केसीको समर्थनमा उत्रिएका प्रदर्शनकारीहरुलाई आज दिउँसो प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ। सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सको अगुवाइमा निस्किएका ३१ प्रदर्शनकारी पक्राउ परेका हुन्। त्रिवि उपकुलपति तीर्थ खनियाँलाई दबाब दिन पुगेका उनीहरुलाई खनियाँको निवास कलंकीबाट प्रहरीले पक्राउ गरेको हो। 'शान्तिपूर्ण प्रदर्शन गरिरहेका थियौं। प्रहरीले जबरजस्ती धरपकड गर्दै साथीहरुलाई पक्राउ गरेर लगेको छ,' डा.…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन र नयाँ निर्वाचनका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक तयारीमा जुटेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि नै वर्तमान सरकार गठन भएकाले सोही दिशामा लागेको बताए। 'हुँदै नभएका र सोच्दासमेत नसोचेका विषय प्रचार गरेर सरकारको ओज घटाउने काम…