PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

  • अमेरिकामा रहेका कलाकार उषा र सुधांशुले गाँसे लगनगाँठो

    अमेरिकामा रहेका कलाकार उषा र सुधांशुले गाँसे लगनगाँठो

    काठमाडौं : कलाकार उषा पौडेल र सुधांशु जोशी वैवाहिक जीवनमा बाँधिएका छन्।   अमेरिका बस्दै आएका यी दुई कलाकारले मङ्सिर ९ गते अमेरिकाको बाल्टिमोरमा हिन्दु परम्पराअनुसार विवाह गरेका हुन्।   प्रेम सम्बन्धमा रहेका उनीहरुले पारिवारिक सहमतिमा लगनगाँठो कसेका हुन्। विवाह समारोहमा अमेरिकामा रहेका नेपाली कलाकारहरु अरुणिमा लम्साल, पूजा चन्द, ऋचा घिमिरे, झरना थापा लगायतको उपस्थिति थियो।

    विस्तृतमा पढ्नुस्

  • बूढीगण्डकी डुबान क्षेत्रको मुआब्जाबारे टुंगो लाग्यो, चार हजार घर सार्नुपर्ने

    बूढीगण्डकी डुबान क्षेत्रको मुआब्जाबारे टुंगो लाग्यो, चार हजार घर सार्नुपर्ने

    गोरखा : बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ।   जग्गा वर्गीकरणका आधारमा न्यूनतम रु ५ लाखदेखि अधिकतम ८ लाखसम्म मुआब्जा दिने निर्णय भएको हो। गोरखा र धादिङको सीमा भई बगिरहेको बूढीगण्डकी नदीमा १२ सय मेगावाट क्षमताको जलाशययुक्त निर्माण हुने भएको छ।   जिल्ला मुआब्जा निर्धारण समितिका संयोजक एवम् गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट,…

    विस्तृतमा पढ्नुस्

  • पाठेघरमा क्यान्सर भएकी टुल्की उपचार अभावमा थलिँदै, एक महिनादेखि घर छोडेर सहयोगको खोजीमा

    जुम्ला : आर्थिक अभावका कारण उपचार हुन नसक्दा क्यान्सरपीडित टुल्की नेपाली चरम पीडामा परेकी छिन्।   हुम्ला दार्मा–१ गर्खागाउँकी टुल्कीलाई पाठेघरको मुखमा क्यान्सर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले थप उपचारका लागि कात्तिक २९ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा सिफारिस गरेको थियो।   डेढ साता बितिसक्दा पनि उपचार हुन नसकेको उनका पति दलवीर नेपालीले दुखेसो गरे। 'आएदेखि एउटा…

    विस्तृतमा पढ्नुस्

  • भू-उपग्रहका लागि कसैको आवेदन नपरेपछि एक महिना म्याद थप, अमेरिकी र चिनियाँको चासो

    भू-उपग्रहका लागि कसैको आवेदन नपरेपछि एक महिना म्याद थप, अमेरिकी र चिनियाँको चासो

    काठमाडौं  : अन्तरिक्षमा आफ्नै भू-उपग्रह स्थापनाका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा कुनै पनि कम्पनीको आवेदन नपरेपछि टेण्डरको म्याद एक महिना थप भएको छ।   नेपाल दूरसंचार प्राधिकरणका अनुसार केही कम्पनीले आवेदन दिन इच्छुक रहे पनि समय अपुग भएकोले एक महिना थपिएको हो। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार भू-उपग्रह राख्न केही कम्पनी इच्छुक देखिएका छैनन्।   स्याटेलाइटका लागि अमेरिका, चीन, भारत, युरोपका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • टिभिएसको अपाचे आरटिआर-२०० फोरभी खरीदमा उपहार,२० हजारको रेसिङ गियर

    टिभिएसको अपाचे आरटिआर-२०० फोरभी खरीदमा उपहार,२० हजारको रेसिङ गियर

    काठमाडौं : जगदम्बा मोटर्सले टिभिएसको अपाचे आरटिआर-२०० फोरभी खरीद गर्ने ग्राहकलार्इ आकर्षक उपहार दिने भएको छ।   कम्पनीले यो बाइक खरीद गर्नेलार्इ २० हजार रुपैयाँ पर्ने टिभिएस ब्राण्डेड रेसिङ गियर दिने जनाएको छ। यो योजना शुक्रबारदेखि  मंसिर १६ गतेसम्म लागू हुने जनाएको छ।   कम्पनीले ब्राण्ड भ्यालु बढाउन यो योजना अघि सारेको हो। यो सिरिजका बाइकहरु रेसिङ थिममा आधारित, स्टाइलिस…

    विस्तृतमा पढ्नुस्

  • स्वचालित पेस्तोल, विस्फोटक पदार्थ र अवैध सामग्रीसहित भारतीय नागरिक पक्राउ

    पर्सा : स्वचालित पेस्तोल, विस्फोटक पदार्थ र लागुऔषध लगायत विभिन्न अवैध सामग्रीसहित एक भारतीय नागरिक वीरगन्जबाट पक्राउ परेका छन्।   भारत बिहार घर भई वीरगन्ज–१५ बस्ने ३७ वर्षीय मोहम्मद समिम अख्तरलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट स्वचालित पेस्तोल एक थान, सोको खाली म्यागजिन दुई थान, गोली १८ राउण्ड तथा लागुऔषध खैरो हिरोइन १९ ग्राम र स्पास्मो प्रोक्सिभोन क्याप्सुल १६…

    विस्तृतमा पढ्नुस्

  • 'राजावादी दल' नेपालबाट निर्मूल, राप्रपा अब हिन्दुवादी, संशोधनमा हिन्दु धर्म नपरे पनि समर्थन

    'राजावादी दल' नेपालबाट निर्मूल, राप्रपा अब हिन्दुवादी, संशोधनमा हिन्दु धर्म नपरे पनि समर्थन

    काठमाडौं : संविधानसभा चुनावमा राजासहितको प्रजातन्त्रको एजेण्डा बोकेर समानुपातिकतर्फ ६ लाख बढी मत प्राप्त गरेको राप्रपा नेपालले राप्रपासँगको एकीकरणसँगै राजतन्त्र छोडेको छ।   पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा र कमल थापा अध्यक्ष रहेको राप्रपा नेपाल एकीकरण भएपछि अब राप्रपा 'सर्वधर्म समभाव र पूर्ण स्वतन्त्रसहितको सनातधन धर्म सापेक्ष हिन्दु राष्ट्र' को मुद्दामा आइपुगेको छ।   दुई पार्टी एकीकरणपछि पहिलो केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • मधेस केन्द्रित नेताहरु पुगे रामदेवको योग शिविरमा

    मधेस केन्द्रित नेताहरु पुगे रामदेवको योग शिविरमा

    पर्सा : वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालित ‘योग विज्ञान शिविर २०७३’ को दोस्रो दिनको आज मधेस केन्द्रित दलका नेताले उद्घाटन गरेका छन्।   पतञ्जलि योगपिठ नेपालद्वारा आयोजित उक्त योग शिविरको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा ​पारस खड्काको विस्फोटक ब्याटिङ, १९ बलमै बनाए 'हाफ सेन्चुरी'

    अमेरिकामा ​पारस खड्काको विस्फोटक ब्याटिङ, १९ बलमै बनाए 'हाफ सेन्चुरी'

    अमेरिकामा बिहीबारबाट सुरु भएको 'युएस ओपन क्रिकेट' प्रतियोगिता २०१६ मा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तन पारस खड्काले विस्फोटक ब्याटिङ गरेका छन्। प्रतियोगिता २२ यार्ड क्रिकेट क्लबका लागि खेलिरहेका पारसले पहिलो खेलमै सिएटल ग्लाडिएटर्स विरुद्ध १९ बलमै हाफ सेन्चुरी पूरा गरेका हुन्। २२ यार्डको लागि चौथो क्रममा ब्याटिङ गरेका पारसले २६ बल खेल्दै ६४ रन बनाए। उक्त क्रममा पारसले ३ चौका…

    विस्तृतमा पढ्नुस्

  • मोर्चासँग कांग्रेसले थप छलफल गर्ने भएपछि आज संविधान संशोधन प्रस्ताव दर्ता नहुने

    काठमाडौँ : संविधान संशोधन प्रस्ताव पेश गर्न डाकिएको मन्त्रिपरिषद् बैठक सरेको छ। सत्ता साझेदार कांग्रेसले मेधसी मोर्चासँग थप छलफल गर्ने निर्णय गरेसँगै मन्त्रिपरिषद् बैठक सरेको हो।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बैठक सरेको जानकारी दिए।   यसअघि शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार कांग्रेसका नेताहरुसँग छलफल गरेका…

    विस्तृतमा पढ्नुस्

  • सेतो कोटधारी 'पागल'हरु डा. केसीको समर्थन र्‍यालीमा, हेर्नुस् ९ फोटो

    सेतो कोटधारी 'पागल'हरु डा. केसीको समर्थन र्‍यालीमा, हेर्नुस् ९ फोटो

    काठमाडौं : पटक-पटक आमरण अनसन बस्दै आएका डा. गोविन्द केसी यति बेला अनसनको १३औं दिनमा छन्। अर्थात् दसौं अनसनको तेह्रौं दिन। स्वास्थ्य अवस्था दिनदिनै निकै जटिल बन्दो छ तर पनि सरकार उनको मागप्रति उदासीन छ।   वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्त गर्नुपर्ने पनि उनको माग हो तर केही दिनअघि नियुक्त प्राडा केशवप्रसाद सिंहलाई पनि बर्खास्त गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • तराई-पहाड टुक्र्याउनका लागि रहस्यमय कुराहरु भइराखेका छन् : केपी ओली

    तराई-पहाड टुक्र्याउनका लागि रहस्यमय कुराहरु भइराखेका छन् : केपी ओली

    पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई आवश्यक नपर्ने संविधान संशोधन आफूहरूलाई मान्य नहुने बताएका छन्। पोखरा विमानस्थलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, 'देश तथा जनताका हकअधिकारका सम्बन्धमा मात्र संविधान संशोधन हुन सक्छ। नत्र संशोधन केका लागि?'   सरकारले विवादलाई समाधान गर्नेभन्दा पनि बल्झाउनेतर्फ लागेको आरोप लगाउँदै उनले थपे, 'क्षेत्र नं–५ मा आक्रमण गरिएको छ,…

    विस्तृतमा पढ्नुस्

  • आजै हुने भनिएको संविधान संशोधन विधेयक किन दर्ता भएन? मन्त्री लेखक यसो भन्छन्

    आजै हुने भनिएको संविधान संशोधन विधेयक किन दर्ता भएन? मन्त्री लेखक यसो भन्छन्

    काठमाडौँ : संविधान संशोधनको प्रस्ताव तयार गरेर दर्ता गर्ने अन्तिम तयारीमा सरकार रहे पनि आइतबार मात्र विधेयक संसद्‍मा दर्ता हुने भएको छ।  नेपाली कांग्रेस र माओवादी केन्द्रबीच संशोधन विधेयकको विषयमा आन्तरिक छलफल गर्ने र यही अवधिमा मधेसी र एमालेसँग पनि थप छलफल गर्ने सहमति पछि आजै दर्ता हुने भनिएको विधेयक आइतबारका लागि सरेको हो। 'संविधान संशोधनको प्रस्ताव केही दिन पछि…

    विस्तृतमा पढ्नुस्

  • संघीय समाजवादीका नेता सुवेदी भन्छन्- 'देशको अस्तित्व धरापमा परे एमालेले जिम्मा लिनुपर्छ'

    संघीय समाजवादीका नेता सुवेदी भन्छन्- 'देशको अस्तित्व धरापमा परे एमालेले जिम्मा लिनुपर्छ'

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले एमालेले अवरोध गरे पनि संसदमा संविधान संशोधनको मस्यौदा दर्ता नरोकिने बताएका छन्। संशोधन दर्ता मात्रै होइन एमालेले असहयोग गरे पनि संशोधन प्रस्ताव संसदमा पारित हुने उनले दाबी गरे।   शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै सुवेदीले भने, ‘एमालेको अवरोधले संशोधन दर्ता कुनै पनि हालतमा रोकिँदैन, संसदमा गणितीय संख्याले संशोधन नरोकिने…

    विस्तृतमा पढ्नुस्

  • सरकारले निर्वाचनको मिति चाँडै घोषणा गर्दैछ : गृहमन्त्री निधि

    सरकारले निर्वाचनको मिति चाँडै घोषणा गर्दैछ : गृहमन्त्री निधि

    काठमाडौँ : उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सबै राजनीतिक दलको सहमति र सहकार्यमा सरकारले निर्वाचनको मिति घोषणा गर्न लागेको बताएका छन्।   निर्वाचनको मिति घोषणा गर्न सरकारले राजनीतिक दलसित संवाद गरिरहेको र सहमति जुट्नासाथ मिति घोषणा हुने उनको भनाइ छ।   व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री निधिले सरकारका तर्फबाट निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिएका छन्। समितिमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ बारे प्रचण्डलाई आफ्नै दलका नेताको चेतावनी - भूईँको टिप्न खोज्दा गोजीको खस्ला

    प्रदेश ५ बारे प्रचण्डलाई आफ्नै दलका नेताको चेतावनी -  भूईँको टिप्न खोज्दा गोजीको खस्ला

    काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भूईँको टिप्न खोज्दा गोजीको खस्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका हुन्।  उनले अघि भने, ‘मेरो लागि देश…

    विस्तृतमा पढ्नुस्

  • अदालतले तीन वर्ष कैद फैसला सुनाएपछि फरार अभियुक्त २४ वर्षपछि समातिए

    काठमाडौं : नेपाल प्रहरीले हाडनाता करणी मुद्दामा फरार एक अभियुक्तलाई २४ वर्षपछि पक्राउ गरेको छ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले नुवाकोट कल्याणपुर गाविस १ घर भई हाल ललितपुर बस्दै आएका ४१ वर्षका रेवकुमार खातीलाई पक्राउ गरेको हो। पक्राउ गरेका खातीले २०५० असार १ गते एक महिलाको स्वास्थ परीक्षण गर्दा गर्भ रहेको र उक्त गर्भ रेवकुमारकै हाडनाता करणीका…

    विस्तृतमा पढ्नुस्

  • ​९ फोटोमा हेर्नुस्, एसिया कपमा पाकिस्तानसँग खेल्नुअघि नेपाली महिला टोलीको अभ्यास

    ​९ फोटोमा हेर्नुस्, एसिया कपमा पाकिस्तानसँग खेल्नुअघि नेपाली महिला टोलीको अभ्यास

    एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता भोलिबाट थाइल्याण्डमा सुरु हुँदै छ। प्रतियोगितामा नेपाल र आयोजक थाइल्याण्डसँगै एसियाका टेष्ट खेल्ने चार टोली भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको पनि सहभागिता रहनेछ। नेपालले आफ्नो पहिलो खेलमा भोलि बैंककस्थित टेर्डथाई क्रिकेट ग्राउण्डमा पाकिस्तासँग खेल्नेछ। सोही मैदानमा नेपाल र पाकिस्तानको खेल हुनुअघि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। नेपालले टेष्ट क्रिकेट खेल्ने मध्ये श्रीलंका र वा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले स्पष्ट पारे- 'अंगीकृत नागरिक मुख्य पदमा निर्वाचित हुनै पाउँदैनन्'

    प्रधानमन्त्रीले स्पष्ट पारे- 'अंगीकृत नागरिक मुख्य पदमा निर्वाचित हुनै पाउँदैनन्'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन भएपछि पनि अंगीकृत नागरिक मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका पदमा निर्वाचित हुन नपाउने स्पष्ट पारेका छन्।   कास्कीको विकास निर्माणका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन आएको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा बजारमा आएका हल्ला सत्य नभएको बताए। 'सरकारले संविधान संशोधन प्रस्तावको तयारी गरिरहेको छ। तर, संविधान संशोधनमा मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका सबै पदमा वंशजको…

    विस्तृतमा पढ्नुस्

  • ​संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा बस्नेत निर्वाचित

    काठमाडौँ : संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा ललितबहादुर बस्नेत चयन भएका छन्। मञ्चको काठमाडौँमा भएको १४ औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। बस्नेत पूर्व राष्ट्रपति रामवरण यादवको कानुनी सल्लाहकार समेत भएका थिए। त्यस्तै सरोजकृष्ण घिमिरे उपाध्यक्ष, ओमप्रकाश अर्याल महासचिव, अम्बर राउत सचिव र लिलाधर उपाध्याय कोषाध्यक्ष निर्वाचित भएका छन्। मञ्च संवैधानिक कानुनमा दख्खल राख्ने कानुन व्यवसायीहरुको संगठन हो। राजाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell