PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

  • सञ्चारमाध्यमले 'प्रचण्ड' नलेखिदिएकोमा प्रमको आपत्ति, कुरो बुझ्न सञ्चारमन्त्रीलाई निर्देशन

    सञ्चारमाध्यमले 'प्रचण्ड' नलेखिदिएकोमा प्रमको आपत्ति, कुरो बुझ्न सञ्चारमन्त्रीलाई निर्देशन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमले आफ्नो नाम बिगारेर प्रस्तुत गर्ने गरेकोमा आपत्ति जनाएका छन्।   प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले 'प्रचण्ड' क्रान्ति र परिवर्तनको नाम भएकाले केही सञ्चारमाध्यमलाई स्वीकार गर्न गाह्रो भएको बताए।   सरकारी सञ्चारमाध्यमले समेत आफ्नो नाम बिगारेको भन्दै उनले सूचना तथा सञ्चारमन्त्रीलाई किन त्यस्तो भइरहेको छ भन्दै तत्काल…

    विस्तृतमा पढ्नुस्

  • एक महिनापछि अपरमादीबाट थपिँदैछ २५ मेगावाट बिजुली

    एक महिनापछि अपरमादीबाट थपिँदैछ २५ मेगावाट बिजुली

    पोखरा : २५ मेगावाट क्षमताको अपरमादी जलविद्युत आयोजनाको निर्माण सकिएको छ। एक महिनापछि आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रीडमा जोडिनेछ। कास्कीको सिल्दजुरे र नामार्जुङमा रहेको आयोजनाको निर्माण सकिएपछि विद्युतीय उपकरणको परीक्षण गरिएको छ। टर्वाइन, ट्रान्सफर्मर, जेनेरेटर सहितका उपकरण परीक्षण गर्दा कुनै समस्या नदेखिएको आयोजना कोअर्डिनेटर राजकुमार बराल जानकारी दिए। लेखनाथ सबस्टेसनमा रहेको १ सय ३२ केभी प्रसारण मार्फत चार्ज गर्न लागिएको…

    विस्तृतमा पढ्नुस्

  • डायरीमा 'भिलेन' रेखाको यस्तो रुप

    डायरीमा 'भिलेन' रेखाको यस्तो रुप

    काठमाडौं : फिल्म 'डायरी'को टिजर सार्वजनिक गरिएको छ। छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको अभिनय रहेको फिल्मको टिजर शनिबार सार्वजनिक गरिएको हो। छुल्ठिम र सन्नीको मायाको संसारमा रेखाको प्रवेश भएसँगै आउने उतारचढावलाई फिल्ममा देखाइएको छ। छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको फिल्मलाई आवरण फिल्म मार्फत निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीलाई ट्राईबेकरमा हराउँदै एपीएफले जित्यो 'सुरुङ्गा गोल्डकप'को उपाधि

    रुपन्देहीलाई ट्राईबेकरमा हराउँदै एपीएफले जित्यो 'सुरुङ्गा गोल्डकप'को उपाधि

    विभागिय क्लब एपीएफले झापामा भएको 'सहारा सुरुङ्गा गोल्डकप' फुटबलको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा रुपन्देशी-११ लाई ट्राईबेकरमा ५-३ ले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको हो। एक गोलले पछि परेको अवस्थामा रुपन्देहीका लागि बराबरी फर्काएका विमल घर्ती मगर ट्राईबेकरमा पेनाल्टी प्रहनर गर्न असफल भएका थिए। एपीएफको जितमा…

    विस्तृतमा पढ्नुस्

  • ​अन्तर्राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप खेल्न नेपाली टेनिस टोली मलेसिया प्रस्थान

    ​अन्तर्राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप खेल्न नेपाली टेनिस टोली मलेसिया प्रस्थान

    काठमाडौं : दुई भिन्नाभिन्नै प्रतियोगितामा सहभागी हुन नेपाली लनटेनिस टोली शनिबार मलेसिया प्रस्थान गरेको छ। नेपालबाट प्रतियोगितामा शुभाङ्गीलक्ष्मी शाह, सक्षमविक्रम शाह, आईशा डोल्कर गुरुङ र अजा रेग्मीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली खेलाडीले नोभेम्बर २८ देखि डिसेम्बर २ तारिखसम्म हुने जेन्टिङ सेलङगोर अन्तर्राष्ट्रिय जुनियर खुला टेनिस च्याम्पियनसिप तथा डिसेम्बर ३ देखि ७ तारिखसम्म हुने पर्लिस मिलो अन्तर्राष्ट्रिय जुनियर खुला टेनिस च्याम्पियनसिपमा खेल्न…

    विस्तृतमा पढ्नुस्

  • पार्टीले दियो अध्यक्ष प्रचण्डलाई संविधान संशोधनबारे निर्णय गर्न जिम्मेवारी, के गर्लान् उनले?

    पार्टीले दियो अध्यक्ष प्रचण्डलाई संविधान संशोधनबारे निर्णय गर्न जिम्मेवारी, के गर्लान् उनले?

    काठमाडौँ : शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पोलिटव्युरो बैठकले संविधान संशोधनबारे आवश्यक निर्णय लिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई जिम्मेवारी दिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले जसको लागि संशोधन गर्न लागेको हो, उसैले (मधेसी मोर्चा) विरोध जनाइरहेको भन्दै स‍ंशोधन प्रस्तावको औचित्यमाथि प्रश्न उठाइरहेको छ। सरकार त्यही भएर शुक्रबारै स‍ंविधान संशोधन विधेयक दर्ता गर्ने तयारी गरे पनि…

    विस्तृतमा पढ्नुस्

  • ​फुटसल लिग : रजनी फुटसललाई हराउँदै ढुकु शिर्ष स्थानमा

    ​फुटसल लिग : रजनी फुटसललाई हराउँदै ढुकु शिर्ष स्थानमा

    काठमाडौं : ढुकु फुटसल फुटसल लिगको समूह ए मा शीर्ष स्थानमा उक्लेको छ। शनिबार घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ढुकु फुटसलले रजनी फुटसललाई ७–५ गोल अन्तरले हरायो।  ढुकुको जितमा सिद्धान्त बस्नेतले ह्याट्रिक गर्दा म्यानअफ द म्याच मुस्कान लामाले २ गोल गरे। त्यस्तै प्रकाश अधिकारीले १ गोल गरे भने एक गोल रजनी फुटसलले आत्माघाती उपहार दियो। रजनीकाल लागि अयुष कार्की र…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रिय खुला स्केटबोर्डिङको उपाधि सन्दिप र गीतालाई

    ​राष्ट्रिय खुला स्केटबोर्डिङको उपाधि सन्दिप र गीतालाई

    काठमाडौं : काठमाडौंका सन्दिप शाह ठकुरी र रामेछापकी गीता लामाले प्रथम राष्ट्रिय खुला स्केटबोर्डिङ च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन्। सन्दिप पुरुष र गीता महिलामा पहिलो भए। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा चितवनका शरण श्रेष्ठ दोश्रो तथा भक्तपुरका गजेन्द्र बर्देवा तेश्रो भए। महिलामा ललिपतुरकी नेहा पुन दोश्रो तथा काठमाडौंकी रोजिना डंगोल तेश्रो भए।  पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान…

    विस्तृतमा पढ्नुस्

  • ढोरपाटन महिला भलिबलको मिति सर्‌यो, अब पुष २३ देखि माघ ८ सम्म

    ढोरपाटन महिला भलिबलको मिति सर्‌यो, अब पुष २३ देखि माघ ८ सम्म

    काठमाडौं : ढोरपाटन स्पोर्टस् प्रशिक्षण केन्द्रको आयोजनामा हरेक वर्ष हुने ‘ढोरपाटन ब्लु स्काई महिला डबल लिग भलिबल च्याम्पियनसिपको १२ औं संस्करणको मिति सरेको छ। नयाँ मिति अनुसार महिला भलिबल पुष २३ गतेबाट माघ ८ गतेसम्म हुनेछ। यसअघि आयोजकले पुष ९ गतेबाट २३ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने बताएको थियो। तर त्यहि मितीमा राष्ट्रिय खेलकुल परिषद्ले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति तोकेकाले प्रतियोगिताको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : अगुएरोको २ गोलमा बर्नलेलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

    प्रिमियर लिग : अगुएरोको २ गोलमा बर्नलेलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

    म्यानचेष्टर सिटी प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। १३ औं चरणको खेलमा सिटीले बर्नलेलाई उसैको मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो। एक गोलले पछि परेको स्थितीमा सिटीलाई कमब्याक भिक्ट्री दिलाउन सर्जियो अगुएरोले २ गोल गरे। घरेलु मैदानमा डिन मर्नेएले गोल गर्दै १४ औं मिनेटमै बर्नलेलाई अग्रता दिलाएका थिए। तर उसको अग्रता लामो समय टिकेन। ३७ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • चितुवा मार्न गएको प्रहरी टोली चितुवा नै नभेेटेपछि तीन महिना गाउँ बसेर फर्कियो

    बैतडी : नरभक्षी चितुवाले मानवबस्ती पसेर आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी फर्किएको छ।   तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो।   भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८…

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

    काठमाडौं : मोरङको विराटनगर–५ स्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ।   पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ४१७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सुनसरीको सीतापुर–३ घर भएका ३० वर्षीय फारुक मियाँको मृत्यु भएको हो।   राति पौने १० बजे भएको दुर्घटनापछि गम्भीर घाइते भएका मियाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको जिल्ला ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा भित्रियो यूनिकोर्न मोबाइल,एकपल्ट चार्ज गर्दा चार दिन चल्ने कम्पनीको दाबी

    नेपालमा भित्रियो यूनिकोर्न मोबाइल,एकपल्ट चार्ज गर्दा चार दिन चल्ने कम्पनीको दाबी

    काठमाडौं : यू टेलिभेन्चर्सले यूनिकोर्न मोबाइल नेपाली बजारमा ल्याएको छ। यू टेलिभेन्चर्स माइक्रोम्याक्स इर्न्फम्याटिक्सको सहायक कम्पनी हो। यो मोबाइल अनलाइन स्टोर केमुबाट किन्न सकिने कम्पनीले जनाएको छ।   केमुले ब्ल्याक फ्राइडेमा यो मोबाइल विशेष मूल्यमा पाइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो उत्सब नोभेम्बर २५देखि २८ तारिखसम्म आयोजना हुनेछ।   फोनको डिजाइन २.५ डी ग्लास र पूरै मेटल बडी निर्मित…

    विस्तृतमा पढ्नुस्

  • ​युरोपा लिग : युनाइटेडको जितमा रुनीको गोल रेकर्ड, 'रेड डेभिल्स' नकआउट चरण नजिक

    ​युरोपा लिग : युनाइटेडको जितमा रुनीको गोल रेकर्ड, 'रेड डेभिल्स' नकआउट चरण नजिक

    युरोपा लिग फुटबल प्रतियोगितामा म्यानचेष्टर युनाइटेडले फेयेनुर्डलाई ४-० ले पराजित गर्दै नकआउट चरण प्रवेश गर्ने सम्भावना कायम राखेको छ।  युनाइटेडको जितमा कप्तान वायन रुनी, हुँवा माटा र डजेस लिनगार्डले १/१ गोल गरे। फेयेनुर्डका ब्राडेली जोन्सले एक आत्मघाती गोल गरेका थिए। फेयेनुर्ड विरुद्ध गोल गरेसँगै रुनी युरोपियन प्रतियोगितामा युनाइटेडका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। डच खेलाडी रुड भान निस्टोरलयलाई…

    विस्तृतमा पढ्नुस्

  • अन्तरजातीय बिहे गरेकी महिलाको रहस्यमय मृत्यु, गाडेको शव निकालेर हुँदैछ अनुसन्धान

    अन्तरजातीय बिहे गरेकी महिलाको रहस्यमय मृत्यु, गाडेको शव निकालेर हुँदैछ अनुसन्धान

    कृष्ण दर्नाल  पाल्पा : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा न्यायको खोजीमा हिँडेकी पाल्पा ताहुँ–७ की विनु पुलामीको रहस्यमय मृत्यु भएको खुलेको छ।  गत कात्तिक–४ गते राम्दीघाट नजिक बेवारिसे अवस्थामा फेला परेको महिलाको शव विनु पुलामीकै भएको माइती पक्षले दाबी गरेपछि उनको मृत्यु भएको खुलेको हो।  बेवारिसे महिलाको शवको तस्बिर, कपडाका आधारमा माइती पक्षले विनु नै भएको बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ​युरोपा लिग : जेनिथ, शाख्तर, साल्केसँगै अयाक्स, रोमा र प्राग समूह विजेता बन्दै अन्तिम ३२ मा

    ​युरोपा लिग : जेनिथ, शाख्तर, साल्केसँगै अयाक्स, रोमा र प्राग समूह विजेता बन्दै अन्तिम ३२ मा

    नकआउट चरण प्रवेश गरिसकेका रसियन क्लब जेनिस सेन्ट पिटरसवर्ग, युक्रेनी क्लब शाख्तर डोनेस्क र जर्मन क्लब साल्केको युरोपा लिगमा शत प्रतिशत जित हात पारेका छन्। यी तीन क्लबसँगै इटालियन क्लब रोमा, डच क्लब अयाक्स र चेक रिपब्लिकन क्लब स्पार्टा प्राग पनि समूह विजेता बन्ने निश्चित हुँदै नकआउट चरण प्रवेश गरेका छन्। अयाक्स पनि यस अघि नकआउट चरण प्रवेश गरिसकेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मदिरा खाएका व्यक्तिको ढुंगा प्रहारबाट एक जनाको ज्यान गयो

    बागलुङ : मदिराले लठ्ठ बनेका एक व्यक्तिले ढुंगा प्रहार गर्दा बागलुङमा अर्का एक जनाको ज्यान गएको छ।   बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ कै ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो। पसलबाट चामल बोकेर घर गइरहेका बेला चक्रबहादुरलाई फल्लेघर भन्ने ठाउँमा लोचनले ढुङ्गा प्रहार गरेका थिए। मदिरा सेवन गरेका लोचनले आपसी विवादका क्रममा ढुङ्गाले हानेको स्थानीय वीरबहादुर विकले…

    विस्तृतमा पढ्नुस्

  • महिला हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु, हिंसाविरुद्ध एकजुट हुन राष्ट्रपतिको आह्वान

    काठमाडौँ : ‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ नारासहित आजदेखि लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–सुरु भएको छ।   प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालय सहित विभिन्न गैरसरकारी संघ संस्थाहरुले महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम गर्ने गर्छन्।   सन् १९६० नोभेम्बर २५ का…

    विस्तृतमा पढ्नुस्

  • सुरुङ्गा गोल्डकपको उपाधिका लागि एपिएफ र रुपन्देही–११ भिड्ने

    सुरुङ्गा (झापा) : झापाको सुरुङ्गामा जारी 'सहारा सुरुङ्गा गोल्डकप' फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब एपीएफ र रुपन्देही–११ भिड्ने भएका छन्। बिहीबार भएको दोस्रो सेमिफाइनलमा रुपन्देही–११ ले मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै रुपन्देही–११ सँगको फाइनल भेट पक्का गरेको हो। निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको थियो। रुपन्देहीले मनाङलाई टाइब्रेकरमा ४–३ को गोलअन्तरले पछि…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : 'पुरानो डुंगा'सँगै 'डियर जिन्दगी'

    फ्राइडे रिलिज : 'पुरानो डुंगा'सँगै 'डियर जिन्दगी'

    काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत यो हप्ता नेपाली फिल्म 'पुरानो ढुङ्गा' सार्वजनिक भएको छ। पुराना दुई फिल्म 'जात्रा' र 'छक्का पञ्जा'ले हल नछोड्दै पुरानो ढुङ्गा प्रदर्शनमा उत्रिएको हो।   सिंगल रिलिजको मौका छोप्दै सार्वजनिक भएको पुरानो ढुङ्गाको बुधबार प्रिमियर गरिएको थियो। रामबाबु गुरुङ निर्देशित फिल्ममा प्रियंका कार्की, दयाहाङ राई, माओत्से गुरुङ र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ।   पोखरामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell