काठमाडौं : देशको सबैभन्दा ठूलो टेलिकम कम्पनी एनसेल एक्वायर गरेको एक्जियटालाई नेपालको सम्भावित कर दायित्व माथि अझै पनि चिन्ता छ। एक्जियटाले बिहीबार सार्वजनिक गरेको तेस्रो त्रैमास (जुलाई-सेप्टेम्वर)को वित्तीय विवरणमा तीन चुनौतीमध्ये एउटा नेपालको 'कर रहेको जानकारी दिएको छ। नेपालमा कर र नियमन अनिश्चितता छ, एक्जियटाले जारी गरेको वित्तीय प्रतिवेदनमा छ। एक्जियटाले नेपालसँगै श्रीलंका र इन्डोनेसियामा पनि यो समस्या रहेको…
तनहुँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४ नम्बर प्रदेशलाई कुनै पनि हालतमा टुक्र्याउन नहुने बताएका छन्। तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइ समितिद्वारा भिमादमा आयोजित प्रथम भिमाद महोत्सव २०७३ को आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले बरु अन्य प्रदेशको कुनै भाग गाभ्न भने सकिन्छ भने। खैरेनीटारदेखि नवलपरासीको कावासोती जोड्ने दुई दुई लेनको सडक तथा भिमाद पोखरा हुँदै…
काठमाडौँ : बिरामी श्रीमतीलाई खाना र औषधि खुवाएर अस्पतालको बेडमा आराम गर्न पल्टिएका थिए पत्रकार कर्ण बोहोरा। नियमित पत्रकारिताको कामलाई एकातिर राखेर निकै समय भइसकेको थियो उनको यस्तो दैनिकी चलेको। उनले असाध्यै माया गर्ने पत्नी ममताको दुवै मृगौला फेल भएको अवस्था थियो। उनैको उपचारका लागि बोहोरा दम्पति काठमाडौँ आएका थिए। सुदूर पश्चिमको पत्रकारितामा स्थापित व्यक्तित्व हुन् कर्ण बोहोरा। शुक्रबार साँँझदेखि…
ब्रसेल्स (बेल्जियम): युरोपमा वायु प्रदूषण एक ठूलो वातावरणीय स्वास्थ्य समस्या बनेको र प्रतिवर्ष करिब चार लाख ६७ हजार मानिसले अल्पाआयुमै जीवन गुमाउने गरेको युरोपेली वातावरणका लागि कार्यरत संस्था (इइए) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ। सन् २००० देखि सन् २०१४ सम्म युरोपका विभिन्न सहरका ४०० अनुगमनस्थलमा गरिएको मूल्याङ्कन तथा विश्लेषणपछि प्रतिवेदनलाई सार्वजनिक गरिएको हो। प्रतिवेदनअनुसार सन् २०१४…
काठमाडौँ : उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले सरकारले ल्याएको शिक्षा नियमावली, २०७३ को प्रारम्भिक मस्यौदा अपूर्ण रहेको भन्दै संशोधनको माग गरेको छ। शिक्षा मन्त्रालयले हालै प्रस्तुत गरेर समाज कल्याण समितिमा विचाराधीन उक्त नियमावलीका अधिकांश विषयमा समर्थन रहे पनि केही कुरा त्रुटिपूर्ण रहेको हिसानको ठहर छ। हिसानले यहाँ बुधबार पत्रकारसम्मेलन गर्दै संशोधनका २२ बुँदा अघि सारेको छ। …
विनोदसिंह बिष्ट बैतडी : सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भएको छ। पाटन विमानस्थल बन्द भएको दुई दशकपछि सञ्चालन गर्नका लागि तयारी भएको हो। सरकारले यो वर्ष विमानस्थल सञ्चालन गर्ने भनेर १० करोड बजेट विनियोजन गरेपछि विमानस्थललाई कालोपत्र गर्नका लागि विस्तृत सर्वेक्षण प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सुरु भएको छ। विमानस्थलको माटो परीक्षण लगायतका काम…
विराटनगर : प्रतिबन्धित भारु ५ सय र हजारको नोटको विपकल्पको रुपमा भारत सरकारले चलनचल्तीमा ल्याएको नयाँ ५ सय र २ हजारको भारु नोट नेपालमा नचल्ने भएको छ। उद्योग सङ्गठन मोरङमा स्थानीय व्यवसायीसँग छलफल गर्दै नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयका निर्देशक रामु पौडेलले उक्त जानकारी दिएका हुन्। दुवै मुलुकका सरकारबीच कुराकानी भएर निर्णय नभएसम्म भारतका ठूला दरका नयाँ नोट…
काठमाडौं : अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएलगत्तै त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको छ। दुई सातायता अमेरिकी डलर निरन्तर बढ्न थालेको हो। बिहीबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ १०९ रुपैयाँ ९० पैसा तोकेको छ। हिजो बैंकहरुले डलर ११० रुपैयाँसम्म कारोबार गरे। ब्याजदरका कारण यसै पनि अमेरिकी डलर बलियो बन्दै गएको…
काठमाडौं : व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा साना दलका सांसदहरुले बुझाएको ज्ञापन पत्रमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्था नगर्न तथा साना दलहरुलाई पनि ठूला दलहरु सरह सेवा सुविधाको व्यवस्था गर्न माग गरिएको छ। यस्तै संघीय पदाधिकारीहरुको पारिश्रमिक सम्बन्धी विधेयकमा व्यवस्था गर्न पनि उनीहरुको माग छ। ज्ञापनपत्र…
जापानमा ५४ वर्षपछि नोभेम्बर महिनामा पहिलो पटक 'स्नोफल' भएको छ। जापानको राजधानी टोकियोमा बसोबास गर्नेहरुका लागि यसले आश्चर्यचकित बनाएको छ। टोकियो महानगरमा बिहीबार हिउँको वर्षा भएको हो। जापानी मेट्रोरोलोजिकल एजेन्सीका अनुसार गत वर्षभन्दा यस पटक ४० दिनअघि हिउँ परेको हो। यही हिउँ भुइँमा जमेको खण्डमा यसले अर्को रेकर्ड समेत बनाउनेछ। मेट्रोरोलोजिकल एजेन्सीले सडकमा आइस हुन सक्ने, इलेक्ट्रिक वायर र…
काठमाडौं : नेपाली फिल्म 'पुरानो डुङ्गा'को रेड कार्पेट प्रिमियर गरिएको छ। बुधबार बेलुका राजधानीको जयनेपाल हलमा फिल्मी कलाकार र सञ्चारकर्मीमाझ प्रिमियर गरिएको हो। प्रिमियरमा मुख्य कलाकारहरु दयाहाङ राई, माओत्से गुरुङ, मेनुका प्रधान लगायतका कलाकारको उपस्थित थियो। नेपाली रजतपटका नायक आर्यन सिग्देल, संयोक कोइराला, नायिकाहरु वर्षा राउत, केकी अधिकारी, वेनिशा हमाल पनि प्रिमियरमा सहभागी रहे। तर फिल्मकी मुख्य कलाकार…
राजविराज : विभिन्न माग राख्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकासकुमार तिवारीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको परिसरमा आमरण अनशन थालेका छन्। अस्पतालमा बालमैत्री, बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, बिरामीलाई स्वस्थ, पोषिलो खाना, स्वच्छ पानी, अस्पतालमा नाक, कान, घाँटी, छाला, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिस्ट लगायतका चिकित्सक, प्राविधिक उपलब्ध हुनुपर्ने र प्रसूतिगृह, निर्माणाधीन भवनको अविलम्ब निर्माण…
काठमाडौं : माइक्रोबसबाट झरेर घाइते भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ। गौशालाबाट माइक्रोबस चढेर चाबहिलतर्फ जाँदै गर्दा उनी गौशालानेर बुधबार दुर्घटनामा परेका थिए। गुडिरहेको बसबाट खस्दा उनको टाउको र ढाडमा चोट लागेको थियो। तत्काल उनलाई सिनामंगलको केएमसी अस्पताल लगिएको थियो। ढाडमा समस्या आएको र चिकित्सकले फिजियोथेरापी गर्न सुझाव दिएको उनका स्वकीय सचिव दुर्गा शर्माले…
काठमाडौँ : आलिया भट्टले १२ वर्ष बुवाको साथीका रुपमा शाहरुख खानसँग भेटेकी थिइन्। बुवा महेश भट्टसँग साहरुखको घरमा दिएको पार्टीमा आलिया सहभागि थिइन्। भोलिबाट प्रदर्शन हुन लागेको चलचित्र डियर जिन्दगीमा शाहरुखको अपोजिट भूमिकामा स्क्रिन सेयर गर्दैछिन् आलियाले। तर आलियाको शाहरुखसँग रोमान्स गर्ने इच्छा भने चलचित्रले पूरा गरेन। रोमान्स किङ्ग साहरुख खानसँग फिल्ममा आफूले रोमान्स गर्ने अवसर नै नपाएको आलियाले बिबिसी…
काठमाडौं : काठमाडौंको कारखाना चोकमा आज बिहान बसले पैदलयात्रुलाई ठक्कर दिँदा एक युवा घाइते भएका छन्। कलंकीबाट स्वयम्भू जाँदै गरेको बा ४ ख ३२५३ नम्बरको बसले बाटो क्रस गर्दै गरेको मकवानपुर गोकर्ण-७ घर भई हाल स्वयम्भू बस्ने २२ वर्षीय दिनेश लामा वाइवालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ। ठक्कर दिने बस…
वीरगन्ज : योगगुरु बाबा रामदेवले पतञ्जली ब्राण्डका जिन्स पाइन्टदेखि कुर्तासम्म उत्पादन थाल्ने जानकारी दिएका छन्। योग विज्ञान शिविर र पतञ्जली उद्योगको उद्घाटन गर्न वीरगन्ज आएका रामदेवले पतञ्जली ब्राण्डका जिन्स, टोपी, कुर्ता र पैजामा उत्पादन गरेर बजारमा ल्याउने जानकारी दिएका हुन्। उनले पतञ्जलीका तयारी पोसाकले शरीरलार्इ फाइदा हुने र सात्विक पहिरनको रुपमा लगाउन सकिने दाबी गरे। भारतमा दर्ता भएको पतन्जलीको…
सञ्चिता घिमिरे ललितपुर : सवारी चालक अनुमतिपत्रको फाराम भर्न नसकेर बुधबार फर्किएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य भए। बुधबार बिहान ७ बजे नै एकान्तकुना पुगेका उनी भlड देखेर फर्किएका थिए तर बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि तामाङ फर्कन बाध्य भए। बुधबार बाग्मती यातायात व्यवस्था कार्यालयमा नै भेटिएका मकवानपुरका विकास…
बेइजिङ : चीनमा निर्माणाधीन टावर भत्कँदा कम्तीमा ४० जना कामदारले ज्यान गुमाएका छन्। पूर्वी चीनमा रहेको जियाङसी प्रान्तमा निर्माणाधीन विद्युत गृहको छतमा निर्माणाधीन टावर भत्किँदा कम्तीमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। काम गर्ने क्रममा त्यहाँ ६८ जना कामदार रहेका थिए। स्थानीय समय अनुसार बिहीबार बिहान ७ बजे सो घटना भएको हो। घाइते ५ जना मजदुहरुको भने स्थानीय अस्पतालमा उपचार भइरहेको…
विराटनगर : मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा मात्रै संविधान संशोधन प्रस्ताव आउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले संशोधन प्रस्तावका विषयमा विरोधाभास देखिएकाले प्रमुख तीन दलको सहमतिले मात्रै भ्रम चिर्न सक्ने बताए। 'मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल नगरेकाले…
पाल्मविच (अमेरिका) : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेत केही महिलालाई सहयोगीका रूपमा नियुक्त गरेका छन्। साउथ क्यारोलीनाकी ४४ वर्षीय गभर्नर निक्की हेलीलाई उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गरेका हुन्। हेलीले ट्रम्पको प्रस्ताव अनुसार राष्ट्रसंघका लागि अमेरिकी राजदूतको मन्त्रिस्तरीय पद स्विकार्ने निर्णय गरेकी छिन्। भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध…