काठमाडौं : संविधान संशोधनको विषयलाई लिएर नेपाली कांग्रेसका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक सुरु भएको छ। सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यलयमा बैठक बसेको हो। संविधान संशोधनको विषयमा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष नेकपा एमाले र मधेस केन्द्रित दलहरुबीच कुरो नमिलेपपछि कांग्रेसले पदाधिकारीहरुसँगको छलफल गर्न लागेको कांग्रेसका एक नेताले बताए। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला वरिष्ठ…
हुवाँ मार्टिन डेल पोर्टोले मारिन सिलिकलाई पराजित गरेपछि अर्जेन्टिनाले क्रोएसियालाई ३-२ ले पराजित गर्दै पहिलो पटक डेविस कपको उपाधि जितेको छ। क्रोसियाको जाग्रेवमा भएको फाइनलमा २-१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई सेट जितेको हो। आइतबार डेल पोर्टोले पनि दुई सेटले पछि पर्दा शानदार कमब्याक गर्दै सिलिकलाई ६-७, २-६, ७-५, ६-४ ६-३ ले हराएका थिए। पाँचौं…
काठमाडौं : सेल्फी खिच्न विश्वमै चर्चित ओप्पोको मोडल ‘ए३७’ मोबाइलको मूल्य घटेको छ। यो मोबाइलको मूल्य २ हजार २ सय रुपैयाँ घटेर २० हजार ४ सय ९० रुपैयाँ कायम भएको हो। ५ मेगापिक्सेल क्षमताको फ्रन्ट फेसिङ क्यामेरा सहितको यो फोनमा अटो फोकस सुविधा सहितको ८ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा छ। फोनमा कम्पनीले २ जिबी र्याम र १६ जिबी…
काठमाडौं : आफ्नो फेसबुकमा विभिन्न पत्रपत्रिकामा आएका मेनपावरको विज्ञापन राखी विदेश पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उजुरीको आधारमा दोलखा मौगापैवा गाविसका ३० वर्षीय दावा योञ्जनलाई पक्राउ गरेको हो। उनले तिलकबहादुर गुरुङ, डोरबहादुर थापा, प्रदीपकुमार गुरुङ, चन्द्रप्रसाद बस्नेत क्षेत्री लगायतका व्यक्तिसँग विज्ञापनको फोटो र आफ्नो मोबाइल नम्बर राखी फेसबुकमार्फत ठगी गरेका…
अभिनेता बरुण धवनले सुकुम्बासी क्षेत्रमा बसोबास गर्ने फुटबल खेलाडीहरुलाई सहयोग गरेका छन्। चलचित्र ढिसुममा आफूले लगाएको ज्याकेट तथा नगदबाट उनले खेलाडीहरुलाई सहयोग गरेका हुन्। खेलाडीहरुको सहयोगका लागि उनले फन्ड समेत जम्मा गरेका छन्। ढिसुमको प्रचारका बेला बरुण सहयोग संकलनमा समेत केन्द्रित भएका थिए। फिल्ममा धवनले लगाएको सुनौलो रङको ज्याकेट उनले सहयोग स्वरुप दान गरेका हुन्। उनले स्टाइलक्रयाकर नामक संस्थाले आयोजना…
पोखरा : सोमबार बिहानैको परकम्पका कारण लेखनाथ नगरपालिका-४ स्थित जलधारेका रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको छ। २०७२ बैसाख १२ गतेको भूकम्पले चर्काएको उक्त घरमा बिहानको कम्पनले क्षति पुर्याएको हो। केही वर्षयता भट्टराई परिवार उक्त घरमा बस्ने गरेका थिएनन्। बिहान ५ बजेर २० मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्पको परकम्प गएको थियो। कम्पनको केन्द्रबिन्दु रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रमा…
पर्सा : सभामुख ओमसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताएकी छिन्। वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गरिन्। दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग गर्दै वर्तमान जटिलताको समाधान खोजिने…
काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पुरानो डुङ्गा’ले दुई दिनमा १ करोड १० लाखको व्यापार गरेको छ। बिक्रेताका अनुसार सो रकम राजधानीका हलहरुबाट मात्रै जम्मा भएको हो। उपत्यकाबाहिर कति कमाइ भयो भन्नेबारे यकिन जानकारी आएको छैन। फिल्म युनिटले काठमाडौंबाहिर ५० लाख बराबरको व्यापार भएको हुन सक्ने अनुमान गरेको छ। फिल्मले पहिलो दिन गोपीकृष्ण मुभिजका पाँच हल हाउसफुल…
पर्सा : योगगुरु स्वामी रामदेवले राष्ट्रिय एकताले नै मुलुकलाई बलियो र समृद्ध बनाउने विचार व्यक्त गरेका छन्। विगत पाँच दिनदेखि वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको समापन समारोमा बोल्दै रामदेवले नेपाल ऋषिहरुको तपस्यास्थल र अध्यात्मभूमि भएकाले यस देशका नागरिकको चिन्तन स्वच्छ र मन कञ्चन रहेको बताए। शिविरमा सहभागीलाई स्वामी रामदेवले योग प्रशिक्षण दिनुभएको थियो। सो क्रममा प्रधानमन्त्री,…
काठमाडौँ : उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले विपद् जोखिम न्यूनीकरणका लागि लैङ्गिकमैत्री नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएको बताएका छन्। नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय लैङ्गिक समानता र महिला सशक्तीकरण सम्बन्धी संयन्त्र (युएन ओमन) ले आज आयोजना गरेको ‘विपद् पूर्व तयारीमा लैङ्गिक समानता र महिला सशक्तीकरणको प्रभावकारी सम्बोधन’ विषयक दक्षिण एसिया क्षेत्रीय कार्यशालाको उद्घाटन गर्दै मन्त्री निधिले संविधानतः प्राप्त…
महिला एसिया कप अन्तर्गत दोस्रो खेलमा पनि नेपालले ब्याटिङमा सुधार गर्न सकेन। थाइल्याण्डमा भइरहेको प्रतियोगितामा श्रीलंका विरुद्धको खेलमा पनि नेपालको पुरानै समस्या दोहोरियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १६ दशमलव २ अोभरमा जम्मा २३ रनमा अलआउट भयो। नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। अर्का ओपनर सिता मगर ४ तथा कप्ता…
काठमाडौं : संविधान संशोधनमा विवादित विषयमा छलफल गर्न बसेको कांग्रेस पदाधिकारीको बैठकले अरु दलसँग पनि छलफल जारी राख्दै संशोधन विधेयक अघि बढाउने निर्णय गरेको छ। सोमबार दिउँसो सिंहदरबारमा बसेको पदाधिकारीहरुको बैठकमा संशोधनका विषयमा ब्रिफिङ भएको थियो। बैठकपछि कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले विधेयक रोकिएको नभई यसबारे छलफल मात्रै लम्बिएको बताए। चार विषयमा संशोधन विधेयक…
पाँचथर : शान्ति तथा पुनःनिर्माण मन्त्री शान्तिदेवी यादवले राजनीतिक सहमतिका आधारमा द्वन्द्वकालमा भत्किएका संरचनाको निर्माण गर्नुपर्ने बताएकी छिन्। पाँचथरको फिदिममा सोमबार स्थानीय शान्ति समिति पाँचथरले गरेको छलफल तथा अन्तरक्रियामा बोल्दै मन्त्री यादवले सरकारले भत्किएका संरचना पुनःनिर्माणका लागि कनिका छराइको बजेटले नपुग्ने उल्लेख गरिन्। दशवर्षे सशस्त्र द्वन्द्वकालमा भत्किएका पुनःसंरचना निर्माणका लागि ३० अर्ब रकम लाग्ने उनको भनाइ छ। यसका…
काठमाडौं : पूर्वी तथा पहाडी भेगमा केही दिनमै आंशिक वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा भने बाक्लो कुहिरो लाग्ने सम्भावना छ। न्युनचापीय क्षेत्रको प्रभावले चिसो बढ्दै गएको र डिसम्बरको सुरुवातदेखि जाडो बढ्ने मौसमविद् वरुण पौडेलले बताए। न्युनचापीय क्षेत्रको विकास भएकाले देशका पूर्वी र मध्य भेगमा बदली भएको छ। यसका कारण उपत्यकाका साथै देशभर चिसो महसुस गरिएको…
महिला एसिया कप अन्तर्गत दोस्रो खेलमा पनि नेपालले ब्याटिङमा सुधार गर्न नसक्दा श्रीलंकासँग ८ विकेटले पराजित भएको छ। नेपालले दिएको २४ रनको सामान्य लक्ष्य श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। थाइल्याण्डमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग खराब ब्याटिङ गरेको नेपालले श्रीलंका विरुद्ध पनि पुरानै समस्या दोहोरायो। श्रीलंकाको जितमा कप्तान हसिनी परेराले नटआउट १७ रन बनाइन्। नेपालको लागि कप्तन…
रमेश लम्साल काठमाडौं : बहुप्रतिक्षीत एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ। हिउँदमा बढ्दो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ। ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ।…
काठमाडौं : बाल्यकालदेखि अहिलेसम्मको घटना समेटेर गायक आनन्द कार्कीको 'अटोबायोग्राफी भिडियो' तयार भएको छ। दिपेन्द्र केसीको निर्देशनमा बनेको भिडियोमा गायक कार्कीको पन्ध्रौं एल्बम विमोचनसम्म आइपुग्दाका अनुभव समेटिएको छ। 'अनुभव र सम्झनलायक क्षणहरुको सँगालोको रुपमा मेरो बायोग्राफी आएको छ,' गायक कार्कीले पहिलोपोस्टसँग भने, 'यसमा संघर्षको कथा पनि देखाउने प्रयास गरेको छु।' स्टेज शो र देश विदेशका कार्यक्रमहरुमा सो भिडियो…
काठमाडौं : संविधानप्रति असन्तुष्ट रहँदै आएको मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव दर्ता गराउन सरकारलाई १५ दिने अल्टिमेटम आज सकिँदै छ। विधेयक पेश हुन ढिलाइ भएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा गठबन्धनको बैठक जारी छ। गठबन्धनले कात्तिक २९ गते संविधान संशोधन विधेयक पेश गर्नका लागि सरकारलाई अल्टिमेटम दिएको थियो। आफूहरुसँग भएका सहमतिअनुरुप…
बनेपा : प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताएका छन्। आज धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा बोल्दै उनले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक रहेको बताए। नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको औँल्याउँदै प्रधानमन्त्री दाहालले समाजको निम्ति उपयोगी काम गर्न महत्वाकाङ्क्षी योजना लिएर अघि…
हरारे : जिम्बाबेले सोमबार नगदको गम्भीर सङ्कट हटाउन अमेरिकी डलरको समकक्षमा आफ्नै मुद्राको रूपमा जमानतयुक्त नोट जारी गरेको छ। अर्कोतर्फ यस मुद्रामा पनि उच्च स्फीति हुने आशङ्का गरिएको छ। अफ्रिकाको दक्षिणी भागमा अवस्थित सङ्कटग्रस्त यस मुलुकले सन् २००९ देखि अमेरिकी हरियो मुद्राका साथमा अनेकौँ विदेशी मुद्रा उपयोगमा ल्याइरहेको छ। यसअघि ५०० अर्ब प्रतिशतसम्म स्फीति भएको अवस्थामा त्यहाँ जिम्बाबे डलर…