काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद चल्न नदिने भएको छ। सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक परिपक्व हुन पाँच दिन लागे पनि एमालेले बिहीबारको संसद बैठक नै अवरुद्ध गर्ने निर्णय गरेको हो। अध्यक्ष केपी ओली अनुपस्थित बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतमले एमााले संसदीय दलको बैठकमा पार्टीको अध्यक्षका तर्फबाट भन्दै संसद अवरुद्ध गर्ने निर्णय सांसदहरुलाई सुनाएका हुन्। बानेश्वरमा…
काठमाडौं : अठार दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको माग पूरा गराउने सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले सरकारलाई २४ घन्टाको अल्टिमेटम दिएको छ। सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ। केसीको मागप्रति समर्थन जनाउँदै गोदानका महासचिव डा विष्णुरथ गिरीले आज प्रेस विज्ञप्ति जारी गर्दै डा केसीको अनसन टुङ्ग्याउन आग्रह गरिएको…
काठमाडौँ : नेकपा एमालेले कांग्रेससँग मिलेर २०७१ मंसिरमा ल्याएको सीमाङ्कन प्रस्तावको स्वामित्व अस्वीकार गरेको छ। सरकारले कांग्रेस र एमालेले २०७१ मा ल्याएको सीमाङ्कनकै आसपास हुनेगरी संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि एमालेले त्यसको स्वामित्व अस्वीकार गरेको हो। एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष बामदेव गौतमले त्यति बेला नै प्रस्ताव कांग्रेसको प्रभावमा परेर ल्याएको बताए। सरकारले बुधबार दर्ता गराएको सीमाङ्कन प्रस्ताव कांग्रेस…
काठमाडौँ : शिक्षा पत्रकार सञ्जालको अध्यक्षमा भवानीश्वर गौतम निर्वाचित भएका छन्। बुधबार भएको सातौं वार्षिक साधारणसभाले गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। सञ्जालको उपाध्यक्षमा रुवी रौनियार, महासचिवमा सूर्यप्रसाद पाण्डे, सचिवमा नारायण किलम्बु र कोषाध्यक्षमा विनोद घिमिरे निर्वाचित भएका छन्। सदस्यमा विष्णु नेपाल, शरद शर्मा, रवीचन्द्र पराजुली, पार्वता चौधरी, रुपेश आचार्य र दुर्गा लामिछाने छन्। …
बोगोटा : कोलम्बिया सरकार र कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह रेभोलुसनरी आर्म्ड फोर्स अफ कोलम्बिया (फार्क) बीचमा भएको संशोधित शान्ति सम्झौता सिनेटबाट पारित भएको छ। शान्ति सम्झौताको विपक्षमा उभिँदै आएको पार्टी सेन्ट्रो डेमोक्र्याटिकका सदस्यहरुले भने मङ्गलबार राति भएको मतदान पनि बहिष्कार गरेका थिए। सिनेटमा सम्झौता परित भएपछि सिनेटका अध्यक्ष मौरिसिओ लिज्कानोले ‘शान्ति दिगो होस्, कोलम्बिया जिन्दावाद’ नारा लगाउँदै सिनेट बैठक…
काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन विधेयकप्रति असन्तुष्ट रहेको नेकपा एमालेका कार्यकर्ताले आज राजधानीमा सरकारी गाडी तोडफोड गरेका छन्। पार्टीको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले आज विरोध प्रदर्शनको आह्वान गरेको थियो। सोही क्रममा बानेश्वरमा प्रदर्शनकारीले बा१झ ८११३ नम्बरको सरकारी गाडी तोडफोड गरे। अहिले पनि उनीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने काम…
काठमाडौँ : साहित्यकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:लाई २०७२ सालको ‘घटराज पुरस्कार’ प्रदान गरिएको छ। घटराज भट्टराई स्मारक कोशले साहित्यकार घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा सो पुरस्कार दिएको हो। निबन्ध लेखनका अतिरिक्त कला, संस्कृतिका क्षेत्रमा समेत उल्लेखनीय योगदानका निम्ति ग्वंगलाई शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा सो पुरस्कारका साथ रु पचास हजार र ताम्रपत्र प्रदान गरिएको हो। ग्वंग: लामो समयदेखि शिक्षा…
काठमाडौं : अमेरिकी डलरको भाउ फेरि ११० रुपैयाँ नाघेको छ। मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ २६ पैसा तोकेको छ। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको छ। दुई सातायता अमेरिकी डलर निरन्तर बढ्न थालेको हो। ब्याजदरका कारण यसै पनि अमेरिकी डलर…
बनेपा : प्रहरीले गौवध गरेको आरोपमा काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ परेका एक जनालाई अदालतमा गौवध मुद्दा दर्ता गरेको छ। सिन्धुपाल्चोकको नवलपुर गाविस–१ निवासी ३५ वर्षीय विशाल न्यौपानेलाई गाईको दुई वटा खुट्टासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। त्यस्तै, प्रहरी टोलीमाथि हातपात गर्न खोज्ने दुईजनालाई पनि केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा…
गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चार किशोरीको उद्धार गरेको छ। घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट उद्धार गरिएको हो। लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदैछन् भन्ने सूचना पाएपछि सिमलटारीदेखि तम्घासतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले खोजतलास गर्दा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका…
रोल्पा : हाल कायम ५ नम्बर प्रदेशबाट रोल्पा, प्यूठान लगायत पहाडी जिल्ला छुट्याउन लागेको भन्दै बेग्लाबेग्लै आन्दोलन गरिरहेका जिल्लाबासीहरु आजदेखि भने संयुक्त आन्दोलनमा उत्रने भएका छन्। प्यूठानको भिङ्ग्रीमा सोमबार बसेको रोल्पा र प्यूठानका राजनीतिक दल र नागरिक समाजका प्रतिनिधि संलग्न सर्वदलीय, सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले प्यूठानका पूर्व सांसद मुक्तिप्रसाद शर्माको संयोजकत्वमा २३ सदस्यीय संयुक्त सङ्घर्ष…
दमक : झापाको शिवसतासी नगरपालिका–५ का गएराति स्कारपियोको ठक्करबाट धरमपुर–९ बस्ने अन्दाजी ६२ वर्षीय इन्द्रबहादुर कोइरालाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ४००१ नम्बरको स्कारपियोले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल, दमक पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने स्कारपियोका चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको…
काठमाडौं : आठौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मंगलबार थाइल्यान्डको पटाया प्रस्थान गर्दैछ। प्रतियोगितामा नेपालबाट एक महिलासहित कुल ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन। शारीरिक सुगठनअन्तर्गत पुरुषतर्फ ६० केजीमा अनिल श्रेष्ठ, फिटनेस विधाको १७५ सेन्टिमिटर विनोद वज्राचार्य तथा फिटनेस फिजक्सको १७० सेन्टिमिटरमा विमललाल श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। महिलाको मोडल फिजिक्स १७० सेन्टिमिटरमा ननिता महर्जनले भाग लिने छिन्। टोली…
काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतले शान्तिपूर्ण आन्दोलनमा दमन हुनु राज्यका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन्। लोकतन्त्रमा धर्ना, जुलुस लगायतका शान्तिपूर्ण कार्यक्रममा राज्यले देखाएको व्यवहार भर्त्सना योग्य रहेको राउतले बताए। गठबन्धनले मंगलबार बिहान राजधानीको मधेस मिडिया हाउसमा आयोजना गरेको ‘विभेद विरोध दिवसमा दमन र आगामी कार्ययोजना’ विषयक पत्रकार सम्मेलनमा डा. राउतले भने, ‘राज्यले त्यति हदसम्म यातना…
वीरगन्ज : पर्साको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै ज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन्। सिन्धुपाल्चोक चैनपुर–४ घर भई विगत ३० वर्षदेखि त्यहीँ बस्दै आएका पहडीले आफ्नो ससुराको हत्या गरेकफ जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आज बिहान ३ बजे हत्या गरी फरार भएका पहरीलाई खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज…
ब्राजिलियन फुटबल टिम चापकोएन्सका खेलाडी सहित ७२ जना सवार विमान दुर्घटना भएको छ। विमान कोलम्वियामा दुर्घटना भएको हो। बोलिभियाबाट कोलम्वियाको मेडलिनतर्फ जाँदै गरेको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। The @AeropuertoMDE confirms LAMIA Bolivia RJ85, registration CP-2933 has crashed near Medellin, Colombia. https://t.co/ayIDZCJVZs pic.twitter.com/GUzZcwHkwo — Flightradar24 (@flightradar24) November 29, 2016 दुर्घटनापछि क्षतिको विवरण आइसकेको छैन। सहरभन्दा बाहिर पहाडी…
बिबिसी पर्सनालिटी अफ दि इअर अवार्डको मनोनयनमा फुटबलर जेमी भार्डी, टेनिस खेलाडी एण्डी मुरे, फुटबलर गारेथ बेल लगायत १६ खेलाडी परेका छन्। ओलम्पिक, पारा ओलम्पिक र अन्य विभिन्न खेलकुद प्रतियोगितामा हात पारेको सफलताको आधारमा १६ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो। मनोनयनमा परेका अन्य खेलाडीहरुमा बक्सिङका निकोला एडम्स, ट्रायथलनमा एलिस्टयर ब्रोवनली, एक्वेस्ट्रियनका सोफी क्रिस्टिउनसेन, एथ्लेटिक्स साइकलिङका काडिना कक्स, एथ्लेटिकसका मो फराह,…
थाइल्यान्ड : थाइल्यान्डको मन्त्रिपरिषदले युवराज महा भाजिरालोङकोर्नलाई नरेश बनाउन उनको नाम संसदमा प्रस्तुत गरेको छ। यसबाट युवराज भाजिरालोङकोर्नका लागि आफ्ना पिताको निधनपछि नरेश बन्ने बाटो खुला भएको छ। ठूलो सम्मानका साथ बाँचेका नरेश भुमिबोल अदुल्यादेजको अक्टोबर १३ मा निधन भएको थियो। थाइल्यान्डलाई सात दशकसम्म शासन गरेका उनलाई विभाजित मुलुकमा एकताको खम्बाको रूपमा लिइन्थ्यो। युवराज भाजिरालोङकोर्नले आफ्ना पिताको निधनपछि…
बेँसीसहर (लमजुङ) : सदरमुकाम नजिकै गाउँसहरको भीरबाट लडेर १२ वर्षीय बालकको मृत्यु भएको छ। बेंसीसहर बजार बस्दै आएका रोल्पा, गाम –७ का सन्देश बुढा मगरको मृत्यु भएको हो। बेँसीसहरबाट विद्यालय गएका मगर सोमबार बेलुकी घर नफर्किएपछि खोजतलास गर्दा गाउँसहरकै दनै गाउँ नजिकै रहेको भीरमा उनी मृतावस्थामा फेला परेका थिए। उनी दनैगाउँस्थित यशोब्रह्म माविमा कक्षा ४ मा अध्ययन गर्दै…
काठमाडौं : काठमाडौं : फिल्म 'लुट-२'को प्यारोडी टिजर सार्वजनिक भएको छ। सिड्नी प्रिमियर विशेष टिजर युट्युब मार्फत अस्ट्रेलियाबाटै सार्वजनिक भएको हो। यस स्टडीले बनाए फिल्मको प्रोमोशनल टिजरमा अस्ट्रेलियाकै केही दृश्य देखाइएको छ। एक मिनेट १३ सेकेन्डको टिजरमा हाकु कालेको चरित्र नै केन्द्रमा छ। यस स्टडीले अस्ट्रेलियामा प्रिमियर शो गरेपछि सोही दिन २०१७ फेब्रुअरी २४ मा यो फिल्म नेपालमा सार्वजनिक हुँदैछ। …