PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • मुटु, फोक्सो, मृगौला सहित ८ अङग प्रत्यारोपणको बाटो खुल्यो

    मुटु, फोक्सो, मृगौला सहित ८ अङग प्रत्यारोपणको बाटो खुल्यो

    काठमाडौँ : मानव अंग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ पारित गरेसंगै मुटु सहित आठ अंग प्रत्यारोपण गर्ने कानुनी बाटो खुलेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले नियमावली पारित गरेसंगै दुबै मृगौला, फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा र आँखा प्रत्यारोपण गर्न कानुनी बाटो खुला भएको हो । मानव अंग प्रत्यारोपण सम्बन्धी ऐन भए पनि नियमावलीको अभावमा नातेदारले मात्र अंग दिन सक्थे…

    विस्तृतमा पढ्नुस्

  • 'मेलम्चीमा सुनको डल्ला हैन, पहेँलो बालुवा भेटिएको'

    'मेलम्चीमा सुनको डल्ला हैन, पहेँलो बालुवा भेटिएको'

    काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको ड्याम बनाउन खन्ने क्रममा पहेँलो बालुवा भेटिएको छ। सिन्धुपाल्चोकको अम्बाथानमा ड्याम बनाउन खन्ने क्रममा शुक्रबार पहेँलो बालुवा निस्किए पछि महत्वपूर्ण खनिज हुनसक्ने भन्दै काम रोकेर सो स्थानलाई तारबार गरिएको हो। पहेँलो बालुवा निस्किएपछि सुन हुनसक्ने आशंकामा खानेपानी विकास बोर्डका अधिकारीले भूगर्भ विभागलाई जानकारी गराएका थिए। इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरीक्षक निरज डांगीका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको अनसन तोडाउन १० बुँदे सहमतिको मस्यौदा तयार, सरकार-केसी पक्षबीच वार्ता जारी

    डा. केसीको अनसन तोडाउन १० बुँदे सहमतिको मस्यौदा तयार, सरकार-केसी पक्षबीच वार्ता जारी

    काठमाडौँ : १० औँ पटक अनसन बसेका डा. गोविन्द केसीलाई मनाई आजै अनसन तोडाउन १० बुँदे सहमतिको मस्यौदा तयार गरी वार्ता सुरु भएको छ। यो समाचार तयार पार्दासम्म वार्ता जारी छ।  डा. केसीका प्रमुख माग मध्ये एक माग चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहले शुक्रबार दिउँसो राजीनामा दिइसकेका छन्। केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई पनि हटाउनु पर्ने माग गरेका…

    विस्तृतमा पढ्नुस्

  • ​युरोपा लिग : म्यान युनाइटेड, फेनरवाचे र फियोरेन्टिना अन्तिम ३२ मा प्रवेश, साउथह्याम्पटन बाहिरियो

    ​युरोपा लिग : म्यान युनाइटेड, फेनरवाचे र फियोरेन्टिना अन्तिम ३२ मा प्रवेश, साउथह्याम्पटन बाहिरियो

    अर्मेनियन खेलाडी हेनरिक मखातरन र ज्लाटन इब्राहिमोभिचले गोल गरेपछि इंगलिस क्लब मयानचेष्टर युनाइटेड जोर्यालाई २-० ले पराजित गर्दै युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ। यसै सिजन ओल्ड ट्राफोर्ड क्लब पुगेका मखातरनको युनाइटेडका लागि यो पहिलो गोल हो। मखातरनले ४८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ८८ औं मिनेटमा इब्राहिमोभिचले गोल गरेपछि युनाइटेडले २-० को जित हात पारेको…

    विस्तृतमा पढ्नुस्

  • इएफएल कप : म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा, साउथह्याम्पटनसँग हारेसँगै आर्सनल बाहिरियो

    इएफएल कप : म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा, साउथह्याम्पटनसँग हारेसँगै आर्सनल बाहिरियो

    म्यानचेष्टर युनाइटेड र साउथह्याम्पटन इएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्दा आर्सनल भने क्वाटरफाइनलबाटै बाहिरिएको छ। गएराति भएको खेलमा म्यान युनाइटेडले वेष्टहमलाई ४-१ ले हरायो। ज्लाटन इब्राहिमोभिक र एन्टोनी मार्सियलले २/२ गोल गरेपछि युनाइटेडले वेष्टहममाथि सहज जित निकाल्यो। केहि दिनअघि मात्र भएको प्रिमियर लिगको खेलमा युनाइटेड वेष्टहमसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। इब्राहिमोभिचलेले बराबरी गोल फर्काउँदै युनाइेटडलाई १ अंक दिलाएका थिए। …

    विस्तृतमा पढ्नुस्

  • आमाको स्मृतिमा मैनाको सहयोग, वृद्धवृद्धालाई न्यानो ओछ्यान

    फलेवास (पर्वत) :  सदरमुकाम कुश्माबजारकी एक समाजसेवीले आफ्नी आमाको मृत्युपछि हुने किरियाकर्मको संस्कारमा लाग्ने खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गरेकी छन्।   जाडो बढ्दै जान थालेपछि वृद्धवृद्धाको जनजीवन झनै कष्टकर बन्दै जाने अवस्थालाई मध्यनजर गर्दै कुश्मा नगरपालिका–९ स्थित ओमशान्ति टोलमा बस्ने मैना गुरुङले आफ्नी आमाको स्मृतिमा १५ जना वृद्धवृद्धालाई न्यानो ओछ्यान सहयोग गरेकी हुन्। प्रसिद्ध मोदीवेणी दिव्यधाममा रहेको वृद्धाश्रममा आश्रय लिएर बसेका…

    विस्तृतमा पढ्नुस्

  • स्कुल बस दुर्घटनामा ८ विद्यार्थी घाइते

    पोखरा : पोखरामा बुधबार बेलुका भएको बस दुर्घटनामा आठ विद्यार्थी घाइते भएका छन्। उपमहानगरपालिका–१९ लामाचौरस्थित अकला मन्दिर नजिक एल एन्जेल विद्यालयको ग १ क २२०६ नं को बस नालीमा पल्टिएको हो।   दुर्घटनामा घाइते विद्यार्थीको फिस्टेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घाइते सबै विद्यार्थी खतरामुक्त रहेको बताइएको छ। 

    विस्तृतमा पढ्नुस्

  • महिला एसिया कप : नेपाल लगातार चौथो खेलमा पनि अलअाउट, थाइल्याण्डसामु ६४ रनको लक्ष्य प्रस्तुत

    महिला एसिया कप : नेपाल लगातार चौथो खेलमा पनि अलअाउट, थाइल्याण्डसामु ६४ रनको लक्ष्य प्रस्तुत

    थाइल्याण्डमा भइरहेको महिला एसिया कप टी २० को चौथो खेलमा नेपालले थाइल्याण्डलाई ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।  बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल एक बल बाँकी छँदा ६३ रनमा अल आउट भयो। नेपालको लागि ओपनर ज्योति पाण्डेले सर्बाधिक १६ रन बनाएको खेलमा अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। अर्की ओपनर सीता…

    विस्तृतमा पढ्नुस्

  • आज पनि एमाले कार्यकर्ताको प्रदर्शन, विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुतला

    आज पनि एमाले कार्यकर्ताको प्रदर्शन, विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुतला

    काठमाडौं : सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरुद्धमा रहेको एमाले कार्यकर्ताहरु आज बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन्।   राजधानीका विभिन्न सरकारी क्याम्पसअगाडि समेत अनेरास्ववियुका कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। घन्टाघरमा रहेको त्रिचन्द्र कलेजअगाडि उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुतला जलाउनुका साथै सवारी आवागमनमा अवरोध गरेका छन्।   विद्यार्थीको प्रर्दशनलाई नियन्त्रण गर्न प्रहरीले राजधानीका क्यापसअगाडि सुरक्षा व्यवस्था कडा बनाइएको…

    विस्तृतमा पढ्नुस्

  • ​कोपा डेल रे : रियल, एथ्लेटिको र सेभियाको शानदार जित, बार्सिलोना हर्कुलससँग बराबरीमा रोकियो

    ​कोपा डेल रे : रियल, एथ्लेटिको र सेभियाको शानदार जित, बार्सिलोना हर्कुलससँग बराबरीमा रोकियो

    कोपा डेल रे फुटबल प्रतियोगितामा ला लिगाका क्लबहरु रियल मड्रिड, एथ्लेटिको मड्रिड, सेभिया, भियारियालले शानदार जित हात पार्दा बार्सिलोना भने हर्कुलससँग बराबरीमा रोकिएको छ। मारियानो मेजियाले ह्याट्रिक गरेपछि रियलले घरेलु मैदानमा भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा लिओनेसालाई ६-१ ले हरायो। पहिलो लेगमा ७-१ को जित हात पारेको रियल समग्रमा १३-२ को जित हात पार्दै अन्तिम १६ मा प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • तासको खालमा प्रहरी पसेपछि अत्तालिएका जुवाडेले तीनतले घरबाट हामफाले, चार जना घाइते

    तासको खालमा प्रहरी पसेपछि अत्तालिएका जुवाडेले तीनतले घरबाट हामफाले, चार जना घाइते

    काठमाडौं : ललितपुर प्रहरीले सानेपामा रहेको इन्टरनेशनल क्लबमा जुवा तथा तास खेलारहेको सूचना पायो। सुचना पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलामा पुग्दा १२ जना खाल जमाएर जुवा खेलिरहेका थिए। अचानक प्रहरी आएपछि अत्तालिएका चार जनाले कुनै विकल्प देखेनन् अन्तत: तीनतले घरबाट हाम फाल्न थाले।   आवेशमा हाम्फाल्दा उनीहरु सबै घाइते भए। हाल अस्पतालमा उपचार भइरहेको छ।   घाइते हुनेहरुमा काठमाडौं फर्पिङ घर…

    विस्तृतमा पढ्नुस्

  • ​महिला एसिया कप : नेपालको लगातार चौथो हार, थाइल्याण्डसँग ८ विकेटले पराजित

    ​महिला एसिया कप : नेपालको लगातार चौथो हार, थाइल्याण्डसँग ८ विकेटले पराजित

    नेपालले थाइल्याण्डमा भइरहेको महिला एसिया कपमा लगातार चौथो हार बेहोरेको छ। विहिबार भएको आयोजक विरुद्धको चौथो खेलमा पनि नेपाल पराजित भयो।  थाइल्याण्डसँग नेपाल ८ विकेटले पराजित भएको हो। फेरी एक पटक नेपालले पुरै २० ओभर ब्याटिङ गर्न सकेन। नेपाल ६३ रनमै अलआउट भयो। यसअघिका तीन खेलमा पनि नेपाल अलआउट भएको थियो भने ५० रन समेत पार गर्न सकेको थिएन। नेपालले…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न मधेसी मोर्चाको माग

    संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न मधेसी मोर्चाको माग

    काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न माग गरेको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा मोर्चाका नेताहरुले प्रस्तावप्रति असहमति जनाएका हुन्। बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्तावलाई सकरात्मक रुपमा लिएर निर्वाचनका जानका लागि मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए।   मधेसी मोर्चाले बुधबार संविधान संशोधन प्रस्तावप्रति सार्वजनिक रुपमै असहमति प्रकट…

    विस्तृतमा पढ्नुस्

  • पोखरीमा ट्रयाक्टर पल्टियो, किचिएर चालक-सहचालककै मृत्यु

    लहान : सिरहाको सीतापुर–२ मा रहेको पोखरीमा आज बिहान ट्रयाक्टर पल्टिँदा चालक र सहचालककै मृत्यु भएको छ।   बालुवा पुर्‍याएर फर्किने क्रममा स १ त १३७२ नम्बरको ट्रयाक्टर सडक छेउमा रहेको पोखरीमा पल्टिँदा च्यापिएर ट्रयाक्टरका चालक लहान नगरपालिका–२२ का ३२ वर्षीय प्रमोद यादव र सहचालक सोही ठाउँका अरविन्द महराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।   ट्रयाक्टरले किचेर…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनविरुद्ध आन्दोलन चर्किँदै, प्यूठान र रोल्पामा संयुक्त प्रदर्शन

    प्यूठान : प्रदेश विभाजन सीमा संशोधनको विरुद्धमा सुरु भएको आन्दोलन प्यूठान र रोल्पामा थप जटिल बन्दै गएको छ। दुवै जिल्लामा आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ। दिउँसो दुवै जिल्लाको सीमाना चतुर्भुजमा हुने बृहत् प्रदर्शनअगाडि जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा प्रदर्शन सुरु गरिएको हो।   प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मीलगायत यस क्षेत्रका पहाडी जिल्लालाई तराईसँग अलग बनाउँदै अव्यावहारिक कार्य गरेको भन्दै संसद्मा दर्ता…

    विस्तृतमा पढ्नुस्

  • नारायणगोपाल स्मृति सम्मान गायिकाद्वय मीरा र ज्ञानुलाई

    नारायणगोपाल स्मृति सम्मान गायिकाद्वय मीरा र ज्ञानुलाई

    काठमाडौँ : गायिकाद्वय मीरा राणा र ज्ञानु राणाले यस वर्षको ‘नारायण गोपाल स्मृति सम्मान’ पाउने भएका छन्। नारायण गोपाल सङ्गीत कोषले पुरस्कारबारे निर्णय गरेको हो। महाराजगन्जस्थित पहिले नारायण गोपाल बसेको घरमा मङ्सिर १९ गते स्मृति दिवसको अवसर पारेर सम्मान प्रदान गरिनेछ। सम्मानको राशि नगद २५/२५ हजार रहेको छ।   गायिका ज्ञानु र मीराले नेपाली गीत तथा सङ्गीत क्षेत्रको विकासमा योगदान…

    विस्तृतमा पढ्नुस्

  • एचआइभी नियन्त्रणमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री थापा

    एचआइभी नियन्त्रणमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री थापा

    काठमाडौं : स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले एचआइभी/एड्सलाई प्राणघातक रोगबाट दीर्घरोगको रुपमा परिभाषित गरी यसको नियन्त्रण तथा उपचारमा जोड दिएको बताएका छन्।   उनन्तीसौं विश्व एड्स दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य नीति र रणनीति दुवैले सबै एचआइभी सङ्क्रमितलाई एआरभी औषधिको सेवा पुर्‍याउने जानकारी दिए। वर्षको एक दिन दिवस मनाएर बाँकी दिन सुतेर नबस्न पनि उनले मन्त्रालयका अधिकारीलाई आग्रह…

    विस्तृतमा पढ्नुस्

  • एचआइभी सङ्क्रमित श्रेष्ठ पुनः सगरमाथा आरोहणको तयारीमा, भन्छन्- 'ममा आत्मबल छ'

    एचआइभी सङ्क्रमित श्रेष्ठ पुनः सगरमाथा आरोहणको तयारीमा, भन्छन्- 'ममा आत्मबल छ'

    काठमाडौं : एचआइभी सङ्क्रमितको तर्फबाट गोपाल श्रेष्ठले पुन: सर्वोच्च शिखर सगरमाथा आरोहणका गर्ने भएका छन्।   गएको वर्ष पनि उनले सगरमाथा आरोहणको प्रयास गरेका थिए। त्यो बेला वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण सोलुखुम्बुमा आफ्ना ६ सहकर्मी गुमाएका उनी आफैं पनि घाइते भएर काठमाडौं फर्किएका थिए।   राजधानीमा आयोजित विश्व एड्स दिवसका अवसरमा बोल्दै उने एचआइभी सङ्क्रमित हुँदैमा आत्मबल…

    विस्तृतमा पढ्नुस्

  • लोकमानको मुद्दाको सुनुवाइ आज हुन सकेन

    लोकमानको मुद्दाको सुनुवाइ आज हुन सकेन

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्तिको मुद्दाको अन्तिम किनारा न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा राखिए पनि आज सुनुवाई हुन सकेन।    लोकमानका कानुन व्यवसायीहरुले पेशी सार्न आग्रह गरेपछि आजको सुनुवाई स्थगित भएको हो।  गत ३१ भदौमा सर्वोच्च अदालतले कार्कीको नियुक्तिको मुद्दाको निस्सा प्रदान गरेको थियो। संसदमा महाभियोग प्रस्ताव दर्ता…

    विस्तृतमा पढ्नुस्

  • चीनकाजी श्रेष्ठको नियामपत्ति- 'सत्ता पक्षलाई माइक नै नदिने, विपक्षीलाई मात्रै?'

    चीनकाजी श्रेष्ठको नियामपत्ति- 'सत्ता पक्षलाई माइक नै नदिने, विपक्षीलाई मात्रै?'

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता बामदेव गौतमले संसदमा बोलिरहँदा सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले नियामपत्ति जनाएका छन्।   'सत्ता पक्षलाई माइक नै नदिने विपक्षीलाई मात्र' भन्दै उनले माइक लिए र, 'सभामुखले गर्नुभएको कामको सन्दर्भमा ल्याएको प्रस्तावमा कसैले विरोध जनाउन नपाउने' बताए। उनले भने, 'व्यवस्थापिका सांसदको नियामवली विपरीत सभामुखलाई आरोप लगाउनु नै नियमविपरीत हो,' उनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell