काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद साफ गेम्स सन् २०१९ मार्च ९ देखि १८ सम्म नेपालमा आयोजना हुने भएको छ। साउथ एसियन ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा सम्पन्न बैठकले १३ औं साफ २०१९ गर्नेगरी मिति तोकेको हो। बैठकले साउथ एसियन ओलम्पिक काउन्सिलको मुख्य कार्यालय नेपालमै बनाउने निर्णय गरेको छ। सन् १९८४ देखि नै कार्यालय कहाँ राख्ने भन्ने विषयमा छलफल सुरु…
जुम्ला : जुम्लाको भि–गुरु मन्दिरबाट चोरीएको पुरातात्विक महत्वको मुर्ती एक सातापछि फेला परेको छ । चन्दन्नाथ नगरपालिका–३ भन्डारीबाडास्थित भि–गुरु मन्दिरबाट चोरी भएको चाँदीले बनेको शिवको मूर्तिसहित सतबीर कठायत पक्राउ परेका हुन् । तातोपानीका ३५ वर्षिय उनी मानसिक रोगी भएको प्रहरीले दावी गरेको छ । गत शुक्रबार राति मन्दिमा रहेको १४ वटा मुर्ती चोरी भएपछि सो क्षेत्रका स्थानीय आन्दोलनमै…
काठमाडौ: राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुनमा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले फागुन ६ देखी ९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको पार्टीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । राप्रपा र राप्रपा नेपालको एकिकरणपछी पहिलो पटक अधिवेशन हुन लागेको हो । पार्टीका नेता राजाराम श्रेष्ठद्धारा जारी विज्ञप्ती अनुसार बैठकल संविधान संशोधन सम्बन्धी प्रस्तावको संवेदनशीलता…
नेपालका विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको पुरुष फिट्नेस फिजिक १७० सेन्टीमिटरसम्म उचाईमा शनिबार चौथो भएका छन्। प्रिजजिङ राउण्डमा सहभागी ६ राष्ट्रका ७ खेलाडीमध्ये विमल शीर्ष ५ मा रहँदै फाइनल राउण्डमा पुगेका थिए। पदकबाट थोरै चुकेका विमलले फाइनल राउण्डमा दक्षिण कोरियाका किम मिन वुलाई मात्र पछि पार्न सके। थाइल्यान्डकाद्वय वान्चाई कान्जानापिमिन र रत्चावत कापन्या क्रमशः…
दोलालघाट : पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसकी कोपीला उप्रेती र कमला पुन तथा पुरुषतर्फ आर्मीका बी का दिल सुनार र दुर्गा महत्ताकोे जोडीले उपाधि जितेका छन्। इन्द्रवती खोलाको बिचमा भएको फाइनल खेलमा महिलातर्फ पुलिसकी कोपीला र कमलाको जोडीले एपीएफकी रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६ र २१–६ को सोझो सेटमा हराउदै उपाधि जिते। यस्तै पुरुषतर्फ…
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन जनाउँदै चेल्सीले प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेष्टर सिटीलाई उसैको मैदानमा ३-१ ले हराएको छ। सिटीको मैदान एतिहाड स्टेडियममा भएको खेलमा पहिलो हाफको अन्तिम मिनेटमा कप्तान ग्यारी काहिलले आत्मघाती गोल गरेपछि सिटी पहिलो हाफमा १-० ले अग्रता लिएको थियो। सिटीका जेसस नाभासले गरेको प्रहार काहिलले क्लियर गर्न खोज्दा गोलमा परिणत भएको थियो। तर दोस्रो हाफमा चेल्सीले…
काठमाडौं : नेपाल कल्चर एण्ड एड्भेन्चर इभेन्ट्स र नेपाल मोटरसाइकल फेडेरेसन क्लबको संयुक्त आयोजनामा शनिबार ललितपुरको सातदोबाटोमा नेसनल स्टण्ट ब्याटल २०१६ सम्पन्न भएको छ। आयोजकका अनुसार यस प्रकारको मोटरसाइकल स्टण्ट ब्याटल नेपालमा पहिलो पटक भएको हो। स्टण्ड ब्याटलमा ५ टिम र १० इन्डिभिजुयल स्टण्टरहरुले आफ्नो प्रदर्शन देखाएका थिए। उनीहरुले विभिन्न विधामा आफ्नो कला र सिप प्रस्तुत गरेका थिए।
सर्जियो रामोसले अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोना र रियल मड्रिडबीच सिजनको पहिलो एल क्लासिको बराबरीमा सकिएको छ। स्पानिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना र रियलले १-१ गोलको बराबरी खेलेको हो। घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा लुइस सुवारेजले ५३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। सुवारेजले नेमारको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन्। तर अन्तिम मिनेटमा…
बैतडी : गएराति दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले राति १०:३७ बजे भूकम्प गएको जानकारी दिए। दार्चुला प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभएअनुसार अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन। सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ। यसको महसुस सुदूरपश्चिमका दार्चुलालगायत…
जाजरकोट : परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वस्वसहित आजीवन कारावासको सजाय हुने भएको छ। भेरीमालिका नगरपालिका–१३ कुदु्की कमला विकलाई यस्तो सजाय सुनाइएको हो। जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले आफ्नै सन्तानको हत्याको अभियोगमा कमलालाई उक्त सजाय गरेको हो। कमलाका पति वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छन्। पति वैदेशिक रोजगारीमा गएका बेला…
काठमाडौँ : १९ दिनदेखि आमरण अनसनमा रहेका त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसी र सरकारी पक्षबीच आज पुनः वार्ता हुने भएको छ। बिहीबार राति अबेरसम्म दुवै पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता भए पनि ठोस निष्कर्ष ननिस्किएपछि शुक्रबार बस्ने गरी स्थगन गरिएको हो। बिहान १० बजेपछि पुन: वार्ता चल्नेछ। बिहीबारको वार्तामा सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय…
काठमाडौँ : नेपाल पत्रकार महासङ्घद्वारा स्थापित लैङ्गिक समानता पत्रकारिता पुरस्कार पत्रकारद्वय धीरेन्द्र प्रेमर्षी र बबिता बस्नेतलाई प्रदान गरिएको छ। अमेरिकामा क्रियाशील संस्था मदरल्यान्ड नेपालको सहकार्यमा महासङ्घले स्थापना गरेको उक्त पुरस्कार एक समारोहबीच बिहीबार प्रदान गरिएको हो। पुरस्कारको राशि जनही रु ४० हजार रहेको छ । पुरस्कार प्रदान गर्दै सभामुख ओन्सारी घर्तीले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा महासङ्घले…
काठमाडौं : राजधानीको पाँचतारे होटल डेला अन्नपूर्ण नेपाल आयल निगमको थानकोट डिपोमा डिजल लिन नगएको १५ दिन भयो। लोडसेडिङका बेलामा होटलले मासिक १२ हजार लिटर डिजल लैजाने गरेको थियो। राजधानीकै अर्को पाँचतारे होटल सांग्रिलाले पनि साप्ताहिक ३ हजार लिटर डिजल किन्थ्यो। यो होटलबाट पनि डिजलको डिमान्ड लिएर २० दिनयता कोही कर्मचारी थानकोट डिपो पुगेका छैनन्। ‘थानकोट डिपोमा अहिले…
काठमाडौं : थाइल्याण्डमा भइरहेको महिला एसिया कप टी २० प्रतियोगिताको अन्तिम खेलमा नेपालले अहिले भारतको सामना गरिरहेको छ। नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२० रन बनाएको हो। भारतका लागि शिखा पाण्डेले नटआउट रहँदै सर्वाधिक ३९ रन बनाइन् भने भनिताले २१ तथा अनुजा पाटिलले १६ रन जोडिन्। बलिङमा नेपालकी…
वीरगन्ज : जिल्ला अदालत पर्साले अपहरणको आरोप लागेका प्रहरी जवानसहित ५ जनालाई दोषी ठहर गरी ९ वर्ष कैद तथा जनही रु पाँच लाख ५० हजार जरिवाना गरेको छ। पर्सा जिल्ला अदालतको आठ नं बेन्चका न्यायाधीश राजेन्द्र नेपालको इजलासले यस्तो फैसला गरेको हो। वीरगन्ज उपमहानगरपालिका–१९ नगवा बस्ने राजेशकुमार साहलाई अपहरण गरी रु ४ लाख फिरौती लिएको कसुरमा उनीहरुलाई यस्तो सजाय…
दोलालघाट : पाचौँ महिला तथा छैटौं राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ क्वाटरफाइनलको समीकरण पूरा भएको छ। दोलालघाटस्थित इन्द्रावती खोलाको बिचमा बिहीबार भएको खेलमा जित हात पार्दै पुरुषतर्फ एपीएफ, नेपाल पुलिस र आर्मीका दुवै जोडी तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चलको टोली अन्तिम आठमा स्थान बनाउन सफल भए। महिलातर्फ एपीएफ, पुलिस र पूर्वाञ्चलका दुवै टिम तथा पश्चिमाञ्चल र मध्यमाञ्चलको एक…
फिफाले फिफा प्रो वर्ल्ड ११ को लागि ५५ खेलाडीको सूची सार्वजनिक गरेको छ। जसमा ५ गोलरक्षक, २० डिफेन्डर, ११ मिडफिल्डर र १५ फरवार्ड परेका छन्। ५५ खेलाडीमध्ये स्पानिस क्लब बार्सिलोनाबाट सबैभन्दा बढी १२ जना परेका छन् भने रियल मड्रिडबाट १० जना छन्। यस्तै प्रिमियर लिग खेल्ने १६ खेलाडी मनोनयनमा पर्दा इंगल्याण्डबाट भने एक खेलाडी मात्र परेको छन्। गत सिजन लेस्टरलाई…
दोलखा : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख राजनीतिक शक्तिहरु मिलेर नै जारी संकट समाधान गर्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन दोलखा शाखाले आज चरिकोटमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले संविधान संशोधन प्रस्ताव दर्तासँगै आएका असन्तुष्टिलाई छलफलबाट निकास दिन सकिने बताए। संशोधन प्रस्तावमा आवश्यक संशोधन गरेर भए पनि पारित गर्न सकिने भन्दै उनले सहमतिमा आउन एमालेलाई आग्रह गरे।…
काठमाडौं : महिला एसिया कपको अन्तिम खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ। थाइल्याण्डमा भइरहेको प्रतियोगितामा नेपालले भारतविरुद्ध अहिलेसम्मकै सबैभन्दा कम स्कोर बनाउने रेकर्ड समेत राखेको छ। नेपाल भारतविरुद्ध २१ रनमा अलआउट भयो। यसअघि जारी प्रतियोगितामै नेपाल श्रीलंकाविरुद्ध २३ रनमा अलआउट भएको थियो। भारतले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमा अलआउट भएको हो। भारतविरुद्ध नेपालका कुनै…
पथरी (मोरङ) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन्। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले संशोधनको विषयमा केही राजनीतिक दलको असन्तुष्टि रहे पनि अन्ततः सबैले मत दिने हुँदा संशोधन प्रस्ताव पास हुने विश्वास व्यक्त गरे। 'जहाँ पायो त्यहीँ आन्दोलन गरेर समस्याको समाधान हुँदैन, झन्…