PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

  • ​ला लिगा : एथ्लेटिको स्पानयोलसँग बराबरीमा रोकियो, सेभिया ग्रानाडासँग पराजित

    ​ला लिगा : एथ्लेटिको स्पानयोलसँग बराबरीमा रोकियो, सेभिया ग्रानाडासँग पराजित

    एथ्लेटिको मड्रिड ला लिगामा स्पानयोलसँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमै भएको खेलमा एथ्लेटिको स्पानयोलसँग गोलरहित बराबरीमा रोकिएको हो। बराबरीपछि स्पानयोलसँग १/१ अंक बाँडेको एथ्लेटिकोले तेस्रो स्थानमा उक्लने मौका समेत गुमायो। तेस्रो स्थानको सेभिया पराजित भएपछि एथ्लेटिकोलाई जित हात पार्दै तेस्रो स्थानमा उक्लने र शीर्ष स्थानको रियल र दोस्रो स्थानको बार्सिलोनासँग अंक दुरी कम पार्ने अवसर थियो। बराबरीपछि १४ खेलबाट २५ अंक…

    विस्तृतमा पढ्नुस्

  • बुण्डेसलिगा : लेइपजिग पुनः शीर्ष स्थानमा फर्कियो, साल्के पराजित

    बुण्डेसलिगा : लेइपजिग पुनः शीर्ष स्थानमा फर्कियो, साल्के पराजित

    जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको रासेनबल स्पार्ट्स लेइपजिग पुनः जर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा फर्किएको छ। साल्केका सिड कोलासिनक नायकबाट भिलेन बनेपछि लेइपजिगले साल्केलाई २-१ ले पराजित गरेको हो। जितसँगै अपराजित रहेको लेइपजिगले वायर्नलाई पछि पारेको हो। लेइपजिगको १३ खेलबाट ३३ अंक छ भने समान खेलबाट ३० अंक रहेको वायर्न दोस्रो स्थानमा झरेको छ। घरेलु मैदानमा भएको खेलमा टिमो वेनरको गोलमार्फत दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • संसदबाहिर प्रहरीले प्रहार गर्‍यो अश्रुग्यास, श्रीलङ्कामा तनाव

    संसदबाहिर प्रहरीले प्रहार गर्‍यो अश्रुग्यास, श्रीलङ्कामा तनाव

    कोलम्बो : श्रीलङ्काली संसदमा वार्षिक बजेटका विषयमा छलफल भइरहेको समयमा संसदबाहिर प्रतिपक्षीका समर्थक हजारौँ प्रदर्शनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास तथा पानीको फोहरा प्रयोग गरेको छ।   प्रदर्शनकारीलाई पूर्व राष्ट्रपति महिन्दा राजापक्षका समर्थकहरूले नेतृत्व गरेका थिए र उनीहरूले यातायात अवरुद्ध पार्नुका साथै संसद जाने मार्गलाई शनिबार निकै घण्टासम्म रोकिदिए।   प्रतिपक्षी सांसद रणजित सोयसाले प्रदर्शनकारीहरूले स्थानीय निर्वाचनको माग गरेको बताए। नयाँ निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • समानताको स्वर र असमानताको जीवन : सन्दर्भ नारायणगोपाल स्मृति दिवस

    समानताको स्वर र असमानताको जीवन : सन्दर्भ नारायणगोपाल स्मृति दिवस

    प्रकाश सायमी नेपाली सुगम संगीतमा नारायण गोपालले गाउन प्रवेश गर्दा नेपालमा रेडियोको स्थापना भएको भर्खर दशवर्ष पुगेको थियो। दशवर्षे रेडियोमा आफ्ना साथी माणिकरत्न स्थापित र प्रेमध्वजको संगीतमा गीत गाएर स्वर परिक्षामा उत्रेका गायक नारायण गोपालले पाँचवर्षभित्र रेडियो नेपालका एक स्तम्भ बन्ने सौभाग्य हासिल गरे। उनी कम समयमा रेडियो नेपालका चर्चित गायक र संगीतकार नै भए। उनले आफ्नो संगीतमा गाएका गीतले…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको अनसन तोडियो, भूकम्पपीडित बालकले पिलाए जुस

    डा. केसीको अनसन तोडियो, भूकम्पपीडित बालकले पिलाए जुस

    काठमाडौं : आमरण अनसनमा रहेका डा. गोविन्द केसीले २२औं दिनमा केही बेरअघि अनसन तोडेका छन्।   सरकार र केसीबीच १२ बुँदे सहमति भएपछि उनी अनसन तोड्न सहमत भएका हुन्। उनलाई भूकम्पपीडित साढे दुई वर्षका बालक मरसाङ तामाङले जुस पिलाएका थिए। गतवर्षको भूकम्पमा परी उनले आमा गुमाएका थिए।  चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा केपी सिंह र त्रिविका उपकुलपति तीर्थ खनियाँको…

    विस्तृतमा पढ्नुस्

  • के क्लासिकमा प्रियङ्काको रोल सहअभिनेत्रीको अवार्डका लागि पर्याप्त छ?

    के क्लासिकमा प्रियङ्काको रोल सहअभिनेत्रीको अवार्डका लागि पर्याप्त छ?

    काठमाडौं: लक्स कामना फिल्म अवार्डको दोस्रो संस्करणमा प्रियंका कार्कीले उत्कृष्ट सहअभिनेत्रीको उपाधीमा चित्त बुझाउन पर्यो। वडा नं ६ का लागि सर्वोत्कृष्ट अभिनेत्रीमा मनोनित भएपनि उनले क्लासिकबाट सहअभिनेत्रीको अवार्ड पाइन्। क्लासिकबाटै नम्रता श्रेष्ठ उत्कृष्ट घोषणा भएकी हुन्। फिल्म क्लासिकमै प्रियंकाको छोटो सस्पेन्स रोल छ। फ्ल्यासब्याकमा आर्यनको पुर्वप्रेमीकाको भूमिकामा देखिन्छिन् प्रियङ्का। क्लासिकको 'यो के हो माया हो' बोलको गीतमा पनि उनको अभिनय…

    विस्तृतमा पढ्नुस्

  • ​निर्देशक शर्मा तथा ध्वनि संयोजक उपाध्यायलाई कामनाको लाइफ टाइम अचिभमेन्ट अवार्ड

    ​निर्देशक शर्मा तथा ध्वनि संयोजक उपाध्यायलाई कामनाको लाइफ टाइम अचिभमेन्ट अवार्ड

    काठमाडौं: लक्स कामना फिल्म अवार्ड २०७३'मा लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा तथा ध्वनी संयोजक प्रदिप उपाध्यायलाई किर्तीमय दिर्घ योगदान सम्मान दिइएको छ। लेखक शर्मा असन्तोष, घाइते गुप्तचर, अँध्यारो जस्ता तीन उपन्यासका स्रजक हुन्। उनले दुई दर्जनभन्दा बढी नेपाली फिल्मका लागि पटकथा, कथा तथा संवाद लेखेका छन्। बदलिंदो आकाश, छोरी बुहारी, साथी, मिलनजस्ता फिल्म निर्देशन समेत गरेका शर्मा अहिले फिल्म सम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटनामा मृतक खेलाडीको शव ब्राजिल पुग्दा झरीसँगै बग्यो आँसुको भेल

    विमान दुर्घटनामा मृतक खेलाडीको शव ब्राजिल पुग्दा झरीसँगै बग्यो आँसुको भेल

    मेडिलिन (कोलम्बिया) : कोलम्बियामा गत सोमबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका ब्राजिलियन क्लब चापाकोएन्सका खेलाडीहरुको शव ब्राजिल पुर्‍याइएको छ।   ब्राजिलको माथिल्लो डिभिजनको क्लब चापाकोएन्सको टोली रहेको उक्त चार्टर्ड विमान दुर्घटना हुँदा खेलाडी र पत्रकार गरी ७१ जनाको मृत्यु भएको थियो।   उनीहरुको शव स्वदेश फर्काउँदा अन्तिम बिदाई गर्न फ्यानहरु चापाकोएन्सको मैदानमा पुगेका थिए। यसअघि उनीहरु फूल, सेतो बेलुन…

    विस्तृतमा पढ्नुस्

  • एसिया कपमा नेपाल : खराब प्रदर्शनपछि महिला क्रिकेट टोली भोलि फर्कंदै, कसको खेल कस्तो रह्यो?

    एसिया कपमा नेपाल : खराब प्रदर्शनपछि महिला क्रिकेट टोली भोलि फर्कंदै, कसको खेल कस्तो रह्यो?

    काठमाडौं : थाइल्याण्डमा भइरहेको एसिसी महिला एसिया कप क्रिकेटमा सबै खेल हार्दै यात्रा टुङ्गाएको नेपाली महिला क्रिकेट टोली भोलि नेपाल फर्कंदै छ। ६ टोली सम्मिलित प्रतियोगितामा अहिलेसम्मकै खराब प्रदर्शन गरेको नेपाल सबै खेल हार्दै अंकविहीन रह्यो। नेपालले प्रतियोगितामा आफ्नो स्तरअनुसार प्रदर्शन गर्न सकेन। खेलेका ५ वटै खेलमा अलआउट हुँदा लज्जास्पद पराजय बेहोर्न बाध्य भयो। एक दशक अघिदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न…

    विस्तृतमा पढ्नुस्

  • आज पनि संसदमा हंगामा, संसद अवरुद्ध गर्न राप्रपा समेत किन तम्सियो?

    आज पनि संसदमा हंगामा, संसद अवरुद्ध गर्न राप्रपा समेत किन तम्सियो?

    काठमाडौं : संविधान संशोधन विधेयक संसदमा पेश भएपछि संसद अवरुद्ध गराउँदै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई साथ दिन नेपा पार्टी पनि थपिएको छ।   आज बैठक सुरु हुनासाथ नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले राप्रपाको पार्टी एकीकरणमा बाह्य शक्तिको हात छ भनेर धारणा राखिन्। त्यसपछि राप्रपाका सांसद सुशीलकुमार श्रेष्ठ उठेर सभामुखसामु नियमापत्ति जनाए। उनको भनाइ सभामुखले सुनेको नसुनै गरिन् र…

    विस्तृतमा पढ्नुस्

  • १५औं आहा रारा गोल्डकप माघ ४ गतेदेखि

    १५औं आहा रारा गोल्डकप माघ ४ गतेदेखि

    पोखरा : १५ ‍औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता माघको पहिलो साताबाट सुरु हुने भएको छ। आयोजक पोखराको सहारा क्लबले अइतबार कार्यक्रम मार्फत १५ औँ संस्करण माघ ४ गतेदेखि हुने जानकारी गराएको हो। पश्चिमाञ्चलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित १५ औ आहा रारा गोल्ड कप २०७३ माघ १५ गतेसम्म पोखरा रंङ्गशालामा संचालन हुनेछ। यस वर्ष पनि राष्ट्रिय स्तरका उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा टिपरले ठक्कर दियो मोटरसाइकललाई, चालकको मृत्यु, एक घाइते

    पोखरा : पोखरा उपमहानगरपालिका-९ स्थित सडकमा ग १ ख ४३८५ नम्बरको टिपरले ग२ प १०६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ।   मृत्यु हुनेमा पोखरा खाल्टे १८ मसिना बस्ने १९ वर्षीय अशिम गुरुङ छन्। मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय रोशन गुरुङ भने गम्भीर घाइते भएका छन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह पुनर्संरचनामा विवाद, सिन्धुलीका १० गाविस अनिश्चितकालीन बन्द

    सिन्धुली : यहाँका १० गाविस आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ।   स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले गरेको सिफारिसप्रति असन्तुष्टि जनाउँदै बन्द गरिएको हो। कमलाखोज क्षेत्रका १० गाविस हत्पते, सिर्थौली, हर्षाही, जिनाखु, अरुणठाकुर, ककुरठाकुर, साविक लदाभिर, टाडी र दुधौली (हाल दुधौली नगरपालिका) गाविस बन्दको आह्वान गरिएको छ।   जिल्लास्तरीय पुनः संरचना प्राविधिक समितिले जनताको भावनाविपरीत स्थानीय विकास अधिकारीको निवासमा बसेर…

    विस्तृतमा पढ्नुस्

  • महानगरपालिकाको कारबाहीमा पर्नुहोला, घरभवन अद्यावधिक नगर्नेलाई यस्तो कडाइ!

    महानगरपालिकाको कारबाहीमा पर्नुहोला, घरभवन अद्यावधिक नगर्नेलाई यस्तो कडाइ!

    काठमाडौं : आगामी पुस मसान्तभित्र भवनको अद्यावधिक नगर्नेलाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ।   कामपा राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार कामपाले दिएको मितिसम्म पनि नगरवासीले उक्त काम नगरेमा कारबाहीमा पर्ने पक्का छ। सूचना सङ्कलनका लागि स्वीकृति लिएर सोबमोजिम निर्माण नभएका तथा स्वीकृति नलिई भवन निर्माण भएका सबै भवनको नक्सा अद्यावधिक गर्न समय दिइएको हो। गत असोज ६ गते…

    विस्तृतमा पढ्नुस्

  • ​सिंहदरबारको विद्युत आपूर्ति अकस्मात् किन काटियो?

    ​सिंहदरबारको विद्युत आपूर्ति अकस्मात् किन काटियो?

    काठमाडौँ : देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आइतबार दिउँसै अँध्यारो भयो। सिंहदरबारमा दिउँसो करिब १ बजेदेखि विद्युत आपूर्ति बन्द भएपछि त्यहाँका कार्यालयहरु अँध्यारो भएका हुन्।  विद्युत प्राधिकरणका अनुसार नेपाल टेलिभिजन अगाडि रहेको विद्युत ट्रान्सफर्मर पड्कँदा विद्युत अवरुद्ध भएको हो।  विद्युत प्राधिकरणले तत्काल ट्रान्सफर्मर मर्मतका लागि कर्मचारी पठाएको थियो। लगभग दुई घण्टापछि सिहदरबारको विद्युत आपूर्ति सुचारु भएको थियो। तिहारदेखि काठमाडौँ उपत्यकामा…

    विस्तृतमा पढ्नुस्

  • डा. गोविन्द केसीका कुन माग पूरा भए, कुन भएन? हेर्नुस् नौ बुँदे माग र १२ बुँदे समझदारीको तुलना

    डा. गोविन्द केसीका कुन माग पूरा भए, कुन भएन? हेर्नुस् नौ बुँदे माग र १२ बुँदे समझदारीको तुलना

    काठमाडौँ : प्रा. डा. गोविन्द केसीको १० औँ अनसन अहिलेसम्मकै सबैभन्दा लामो समय बसेको अनसनको कीर्तिमान राख्दै आइतबार बिहान समापन भयो। केसीले सुरुमा नौ माग पूरा गर्नुपर्ने भन्दै कात्तिक २८ गतेको साँझ ५ बजेदेखि आमरण अनसन थालेका थिए।  उनको मागको पहिलो बुँदामा रहेको आइओएम डिन र त्रिवि भिसीको बर्खास्तमध्ये डिन सिंहले शुक्रबार राजीनामा दिएपछि शनिबार सरकारले नयाँ डिनमा प्राडा जगदीशप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • सक्रिय हुने प्रयासमा गोइत, बम राखेको आरोपमा कार्यकर्ता पक्राउ

    सक्रिय हुने प्रयासमा गोइत, बम राखेको आरोपमा कार्यकर्ता पक्राउ

    सप्तरी : निस्कृय रहेको जयकृष्ण गोइत नेतृत्वको भुमिगत समुहले जिल्ला प्रहरी कार्यालय सप्तरीको कार्यालयमा बम राखेको खुलेको छ । गोइत समुहमा संलग्न रहेका २ जनाको पक्राउपछी गोइत समुहका अभिशेकको निर्देशनमा कार्यालयमा बम राखिएको खुलेको हो । नथुनी यादव र भवानीप्रसाद यादवलाई पक्राउ गरेपछी सो योजनामा गोइत समुहको संलग्नता खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी दिवस लोहनीले जानकारी दिए ।…

    विस्तृतमा पढ्नुस्

  • सालकको खपटा सहित दुई जना पक्राउ

    काठमाडौं : सालकको खपटा सहित दुई जना पक्राउ परेका छन् । केन्द्रिय अपराध अनुसन्धान व्यूरो र क्षेत्रिय अनुसन्धान समुह नेपालगंजबाट खएिको टोलीले बाके कोहलपुर का गणेश बहादुर बुढा र दार्जुलाका धनी नाथलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले सालको खपटा २० केजी ४ सय ग्राम वरामत गरेको छ ।

    विस्तृतमा पढ्नुस्

  • ​करण जोहरको नजरमा यस्ता छन् - साहरुख, करिना, दिपीका, अनुष्का, सिद्धार्थ र आलिया

    ​करण जोहरको नजरमा यस्ता छन् - साहरुख, करिना, दिपीका, अनुष्का, सिद्धार्थ र आलिया

    द कपिल शर्मा शोको एपिसोडमा उपस्थित बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहारले आफू निकट कलाकारहरुको केही रहस्य सार्वजनिक गरेका छन्। उनले शाहरुख खानदेखि सिद्दार्थ मल्होत्रासम्मको केही रमाइला अनि रोचक व्यवहार खुलाएका हुन। यस्ता छन् केही कलाकारको रमाइला रमाइला पक्ष: करिना कपुर: करिना कपुर जानकारीको स्रोत हो। उनलाई इन्फरमेशन एजेन्सी र उनको भाइ रणविर कपुरलाई प्रशारण माध्यम भन्दा फरक पर्दैन।…

    विस्तृतमा पढ्नुस्

  • किम्फको १४ औं संस्करण : नाकाबन्दीदेखि महिला हिंसासम्म

    किम्फको १४ औं संस्करण : नाकाबन्दीदेखि महिला हिंसासम्म

    काठमाडौं : काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा यो वर्ष नेपाली प्यानोरामा तर्फ सोह्रवटा फिल्म प्रदर्शन हुने भएको छ। ८ डिसेम्बरबाट सुरु हुने फेस्टिभलको १४ औं संस्करणमा २० देशका ८६ फिल्म देखाइने छ। अयोजकका अनुसार फेस्टिभलमा भूकम्प, नाकाबन्दी, महिला हिंसा लगायत विषयका डकुमेन्ट्री, डकुड्रामा र सर्टमुभी आकर्षणका विषय बन्ने संयोजक रम्यता लिम्बुले जानकारी दिइन्। 'विभिन्न विषयका फिल्मलाई प्रदर्शनका लागि अवसर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell