काठमाडौँ : नेपालकी ननिता महर्जनले आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा आइतबार कास्य पदक जितेकी छिन्। ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १६५ सेन्टीमिटर उचाइसम्ममा कास्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन्। थाइल्यान्डको पटायास्थित समुद्र किनारमा रहेको एम्बासडर सिटी होटलको कन्भेन्सल हलमा भएको तीनदिने प्रतियोगिताको अन्तिम दिन ननिताले फाइनलमा चाइनिज ताइपेईंकी सुन सु तिङ…
काठमाडौं : काठमाडौंको नैकाप ओरालोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार एक जनाको मृत्यु भएको छ। गएराति ८ बजेतिर कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना ५ ख ९०१४ नम्बरको ट्रकले बा४६प ४३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नैकाप विष्णुदेवी बस्ने ३५ वर्षीया निर्मला विश्वकर्माको मृत्य भएको हो। गम्भीर घाइते उनको उपचारको लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो। मोटरसाइकल चालक विनय…
फलेवास (पर्वत) : विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी भएका यहाँका अधिकांश लघु जलविद्युत् आयोजना बन्द भएका छन्। डेढ दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजनामध्ये आठ आयोजना पूर्ण रुपमा बन्द भएका हुन्। हाल तीन वटा मात्र आयोजना सञ्चालनमा छन्। पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत गाउँमा…
पेरिस : फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले दोस्रो पदावधिका लागि प्रयास नगर्ने बताएपछि उनका प्रधानमन्त्री म्यानुएल भाल्सलाई आउँदो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवार हुन मार्ग खुला भएको छ। राष्ट्रपति अलोँप्रतिको समर्थन हाल निकै कम छ र उनले त्यसलाई स्वीकार गर्दै आउँदो वर्ष पदबाट हट्ने निर्णय गरेका छन्। यसबाट वामपन्थी क्षेत्रबाट निर्वाचनका लागि स्थान खुला भएको छ। राष्ट्रपति…
काठमाडौं : पटकपटक भएको वार्ताबाट पनि निष्कर्ष ननिस्किएपछि अनसनरत डा. गोविन्द केसी र सरकारबीच आज पुन: वार्ता हुने भएको छ। डा. केसीका प्रमुख मागमध्ये एक माग चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहले शुक्रबार राजीनामा दिए पनि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त नगरी अनसन नतोड्ने अडानमा केसी छन्। १० औँ पटकको अनसनमा रहेका केसीलाई शुक्रबार बेलुका नै अनसन…
नुवाकोट : रमेश लामा। उमेर मात्र १९ वर्ष। किशोर उमेरका यिनी अहिले प्रहरी हिरासतमा छन्, तर उनलाई जुन अभियोग लगाइएको छ, त्यो पत्याउनै गाह्रो छ। सुन्दा पनि आङ सिरिङ हुन्छ। पैसाको लागि आफूभन्दा २६ वर्ष जेठी महिलासँग प्रेमसम्बन्ध राखी पैसा पाएपछि जंगलमा लगेर विभत्स हत्या गरेको अभियोगमा अनुसन्धान गर्दैछ अहिले प्रहरी। विदुर नगरपालिका–११ त्रिशूली बजारकी ४५ वर्षीया प्रतिमा अमात्यको हत्या…
काठमाडौँ : तिहार यता लोडसेडिङमुक्त रहेको काठमाडौँ उपत्यकामा रहेको पाटनका केही क्षेत्रमा हिजो राति करिब नौ बजे अन्धकार छायो। केही ग्राहकको घरमा राति नै बत्ती आयो भने केहीमा आज बिहानसम्म पनि बत्ती आएको थिएन। किन यस्तो भयो? नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार हिजो रातभर बत्ती नभएका स्थानममा पनि आज बिहान करिब साढे नौ बजेदेखि विद्युत आपूर्ति सुचारु भइसकेको…
'फिफा बेस्ट प्लेअर अफ दि इअर अवार्ड'को अन्तिम तीनको मनोनयनमा रोनाल्डो र मेसीसँगै ग्रिजमन पनि गरेका छन्। फिफाले जारी गरेको अन्तिम तीनको सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका एन्टोनी ग्रिजमन परेका हुन्। यस्तै फिफा बेस्ट वुमन्स प्लेअर अफ दि इयरको मेलानी बेहरिंगर, अमेरिकाकी चार्ली लोएड र ब्राजिलकी मार्टा परेकी छिन्। यस्तै फिफाले प्रशिक्षक र पुस्ता अवार्ड तर्फको…
९ पटकको ओलम्पिक गोल्ड मेडल विजेता जमैकन धावक उसेन बोल्टले कीर्तिमानी छैटौं पटक वर्ल्ड एथ्लेट अफ दि इयरको अवार्ड जितेका छन्। जमैकन स्प्रिन्टर बोल्टले मो फराह र डेविड रुडिसालाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्। ३० वर्षे बोल्टले रियो ओलम्पिकमा सय, दुई सय र चार गुणा सय रिलेमा गोल्ड मेडल जित्दै ओलम्पिकमा 'ट्रिपल ट्रिपल पुरा गरेका थिए। बोल्टले सन् २००८,…
काठमाडौं : स्वास्थ्यमन्त्री गगनकुमार थापाले २१ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई भेट गरेका छन्। आज बिहान आमरण अनसन स्थल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर मन्त्री थापाले भेटेका हुन्। थापाले अनसन तोड्न आग्रह गरे पनि केसीले अडान छोडेका छैनन्। सरकार केसीको मागमा लचिलो भएको र उठाएका माग पूरा गर्नेबारे आज वार्तामार्फत समस्या समाधान गर्ने मन्त्रीले अश्वासन समेत…
रोवर्ट लेवान्डास्की र आर्येन रोवेनको गोलको मद्दतमा वायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा मेइन्ज विरुद्ध जित हात पारेको छ। एक गोलले पछि परेको स्थिति उल्टाउँदै वायर्नले मेइन्जलाई ३-१ ले पराजित गरेको हो। जितसँगै १३ खेलबाट ३० अंक जोडेको वायर्न लेइपजिगलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। मेइन्जले घरेलु मैदानमा जहन कोर्डोवाको गोमार्फत चौथो मिनेटमै अग्रता लिएको थियो। तर त्यसको चार मिनेछपछि नै…
काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच आज भेटवार्ता भएको छ। भेटमा सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसद्मा देखिएको मतभिन्नता अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल भइरहेको बारे जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। उपराष्ट्रपति पुनले राजनीतिक…
एल क्लासिकोको रुपमा परिचित बार्सिलोना र रियल मड्रिडबीच सिजनको पहिलो भिडन्त आज राती हुँदैछ। स्पानिस ला लिगा अन्तर्गत पहिलो लेगको एल क्लासिको बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुँदैछ। ला लिगाको १४ औं चरणको खेल नेपाल समय अनुसार राती ९ बजे सुरु हुनेछ। ला लिगामा १३ खेल सकिँदा अपराजित रियल बार्सिलोना भन्दा ६ अंककले अगाडी छ। रियलको १३ खेलबाट ३३ अंक…
काठमाडौं : अनसनरत डा गोविन्द केसीको माग पूरा गर्दै सरकारले त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. जगदीश अग्रवाललाई नियुक्त गरेको छ। केही बेरअघि त्रिवि कार्यकारी परिषदको बैठकले आजबाटै लागू हुनेगरी नयाँ डिनमा अग्रवाललाई नियुक्ति गरेको हो। वरिष्ठता तोडेर डिन नियुक्त गरिएको र बर्खास्त गर्नुपर्ने सहितका माग राख्दै केसी २१ दिनदेखि आमरण अनसनमा छन्। यसअघि नियुक्त भएका डिन केपी…
काठमाडौं : कुवेत जान दिल्ली हुँदै दुबई पुगेका ६ जना नेपाली महिलालाई दुबईको अध्यागमनले नेपाल फिर्ता पठाएको छ। घरेलु कामदारको रुपमा कुबेतका लागि दिल्लीको बाटो हुँदै पुगेका उनीहरुलाई मानव तस्कर समूहले लगेको आशंकामा दुबई अध्यागमनले नेपाल फर्काएको हो। उनीहरु त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै विमानस्थलमा रहेको अध्यामगनको कार्यालयले नियन्त्रणमा लिएर सोधपुछपछि थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको छ। ‘दिल्ली हुँदै दुबई पुगेका…
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पोलिट्बुरो बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराएका छन्। जारी बैठकमा संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले नेताहरुलाई जानकारी गराउँदै संविधान संशोधनमा सबै सहमति जुटाउन सरकार प्रयत्नशील रहेको बताएका छन्। प्रमुख प्रतिपक्षी र मधेसी मोर्चासँग सरकार निरन्तर सम्वादमा रहेको र सहमति जुटाएर सरकार…
काठमाडौँ : गएराति बौद्ध फूलबारीमा गस्तीमा रहेका प्रहरी देख्ने बित्तिकै आफू चढिरहेका मोटरसाइकल छाडेर दुई युवक टाप ठोके। प्रहरीले सोच्यो, मापसे गरेका होलान्, अनि भागे। तर जब प्रहरीले मोटरसाइकलमा के रहेछ भनेर खोतले, तब पो थाहा भयो उनीहरु भाग्नुको कारण। महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी विपिन रेग्मीका अनुसार बा ५ प १७७२ नम्वरको मोटरसाइकलमा १० केजी सुन भेटियो। उनका अनुसार…
काठमाडौं : दसौं चरणको २१ दिनको आमरण अनसनमा रहेका प्राडा गोविन्द केसीको समर्थन र सरकारलाई दबाब दिन आज राजधानीमा प्रदर्शन गरिएको छ। आजको र्यालीमा नागरिक समाजका अगुवा, चिकित्सकहरु, विद्यार्थी तथा राजनीतिक दलका नेताहरु पनि सहभागी थिए। त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा केही दिन नियुक्त केपी सिंहलाई हटाउनुपर्ने र त्रिविका उपकुलपति तीर्थ खनियाँको राजीनामा लगायत माग राखी…
काठमाडौं : त्रिवि शिक्षण अस्पतालको शैय्यामा डा. गोविन्द केसी २१ दिनको आमरण अनसनमा छन्। उनको माग पूरा गराउन विभिन्न चरणमा र्याली र प्रदर्शन पनि भइरहेका छन्। विद्यार्थी, चिकित्सक , विभिन्न संघसंस्था सम्बद्ध समर्थक मात्र होइन आज राजधानीमा भएको दबाब र्यालीमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि पुगेर समर्थन जनाए। र्यालीमा सम्बोधन गर्दै उनले केसीले करोडौं नेपालीको…
प्रभात भट्टराई काठमाडौँ : तीन जना युवा। दुईले कालो कोट, कालै टोपी र टल्लक टल्किने जुत्ता लगाएका छन्। अर्का एक छन्- पूरै गेरुबस्त्रधारी। चप्पल समेत नलगाएका। गेरुबस्त्रधारीले कोट लगाउने मध्ये एक जनाको काखिमुनीबाट हात छिराएका छन् 'तथास्तु' मुद्रामा अगाडितिर हत्केला फर्काएका छन्। गेरुबस्त्रधारी टाँसिएका ब्यक्तिले चाहिँ आफ्ना दुबै हातका औँला एक आपसमा गाँसेका छन्- हात कम्मरको छेउमा पुर्याएर। उनी दुवै…