संयुक्त अरब इमिरेट्सका खेलाडी ओमार अब्दुलरहमानले सन् २०१६ को 'एएफसी प्लेअर अफ दि इअर' अवार्ड जितेका छन्। गत वर्ष आफ्नै सहकर्मी अहेमेद खालिलसँग पछि परेको ओमारले यस पटक इराकका हम्मादी अहमेद र चीनका वु लेईलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। युएईकै अल अइन क्लबबाट व्यावसायीक फुटबल खेल्ने ओमारलाई क्लब र देश दुवैका लागि राम्रो प्रदर्नन गरेको आधारमा अवार्ड प्रदान…
काठमाडौं : यो साता दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा उत्रिए। फ्राइडे रिलिज अन्तर्गत 'तँ म र ऊ' र 'बिजुली मेशिन' सार्वजनिक भएका हुन्। नेपालको पहिलो साइन्स फिक्सन फिल्म दाबी गरिएको बिजुली मेशिनले आवाजबाट बिजुली निकाल्न कोसिस गर्ने युवाहरुको कथा बोल्छ। फिल्मको बिहीबार प्रिमियर शो गरिएको थियो। फिल्मलाई नवीन अवालले निर्देशन गरेका हुन्। राजेश हमाल, अभिषेक सुवेदी, जीवन अधिकारी, बुद्धि…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले विज्ञान प्रविधिमा यथेष्ट लगानी गरेर मात्र विकासको पूर्वाधार खडा हुने बताएका छन्। शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ३९ औं प्राज्ञ सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले विज्ञान र प्रविधिमा लगानी राज्यको विकास र समृद्धिका लागि महत्वपूर्ण हुने बताए। राज्यले विज्ञान र प्रविधिको क्षेत्रमा कति लगानी गर्छ, कत्तिको महत्व दिन्छ भन्ने कुराले देशको विकास…
विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजनामा आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिप शुक्रबारदेखि थाइल्यान्डको पर्यटकीय नगरी पटायामा सुरु हुँदैछ। च्याम्पियनसिपमा नेपालबाट १ महिलासहित ४ खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्दैछन्। शारीरिक सुगठनको पुरुष ६५ केजीमा अनिललाल श्रेष्ठ, स्पोर्ट्स फिजिक्स १७५ सेन्टीमिटर उचाइमा विनोद वज्राचार्य तथा फिटनेस फिजक्स…
कावासोती : नयाँ साधारण सदस्यता वितरणमा तय गरिएको मापदण्ड विपरीत बलजफ्ती एकलौटी नयाँ साधारण सदस्यताका विषयमा निर्णय गरेको भन्दै पत्रकारसँग आबद्ध सङ्घसंस्थाले विरोध जनाउँदै नेपाल पत्रकार महासङ्घ नवलपरासीमा तालाबन्दी गरेका छन्। नयाँ साधारण सदस्यता वितरणमा नेपाल पत्रकार महासङ्घ नवलपरासीका कार्यबाहक अध्यक्ष एवम् छनोट समितिका संयोजक वीरेन्द्र पराजुलीले एकलौटी तरिकाले साधारण सदस्यता छनोट गरेको र कार्यसमितिले नयाँ सदस्यताको आवेदनमा छानबिन…
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले औचित्य र आवश्यकता बिनाको संविधान संशोधन प्रस्ताव बाँदरको घाउसरह भएको बताएका छन्। अनलाइन पत्रकारहरुसँगको कुराकानीमा भट्टराईले यो संशोधन प्रस्तावले धरातलीय र वास्तविकता सम्बोधन गर्न नसक्ने बताए। संशोधन प्रस्तावका कारण प्रमुख दलको अन्तरविरोधलाई कटुतामा बदल्न खोजेको भन्दै उनले प्रस्ताव फिर्ता लिन पनि आग्रह गरेका छन्। 'प्रस्ताव फिर्ता लिइयोस् र तीन दलको सहमतिमा पुन:…
बलिउड फिल्म निर्देशक सञ्जय गुप्ताले अभिनेता रणवीर कपुरसँग काम गर्न चाहेको बताएका छन्। 'ए दिल है मुश्किल'मा रणवीरको प्रस्तुति देखेर उनलाई आफ्नो नयाँ फिल्ममा लिन चाहेको उनले बताएका हुन्। सन् २०१७ मा प्रदर्शन हुने ऋतिक रोशन अभिनित 'काबिल' निर्देशन गरेका गुप्ताले एक भारतीय पत्रिकासँगै बोल्दै आफू रणवीरको कामदेखि प्रभावित भएको सुनाए। भने, 'म रणवीरसँग काम गर्न निकै आतुर छु।'…
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको सुधार प्रक्रियामा अवरोध गर्ने तीन सञ्चालकविरुद्ध ऊर्जा मन्त्रालयले कारबाही थालेको छ। ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई तुरुन्त प्रस्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन सचिव अनुपकुमार उपाध्यायलाई निर्देशन दिएका हुन्। मन्त्री शर्माले उपाध्याय सहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए। त्यही…
काठमाडौं : चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन केशवप्रसाद सिंहले शुक्रबार राजीनामा दिएका छन्। कात्तिक २८ गते उनी डिनमा नियुक्त भएका थिए। उनीसहित त्रिवि उपकुलपति तीर्थ खनियाँको राजीनामा माग गर्दै डा गोविन्द केसी आमरण अनसनमै छन्। वरिष्ठता मिचेर नियुक्त गरिएकोमा केसी असन्तुष्ट छन्। केसीसँग वार्ता गर्न बनेको सरकारी टोली र केसी पक्षधरबीच पटकपटक वार्ता गरे पनि निष्कर्ष निस्कन सकेको…
बेइजिङ : चीनमा शुक्रबार भएको एक सवारी दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ। करिब २० यात्रु सवार रहेका उक्त मिनीबस चीनको मध्य प्रान्त हुबेइको इझौउबाट वहानतर्फ गइरहेको र एक तालमा खस्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको राज्यद्वारा सञ्चालित सिसिटिभीले जनाएको छ। सडककिनारमा रहेको तालबाट दुर्घटनाग्रस्त मिनीबस निकालेको सिसिटिभीले दृष्य देखाएको छ। दुर्घटनाग्रस्त सो बसका…
थाइल्यान्ड : थाइल्यान्डका नयाँ राजा महा भाजिरालोङकोर्नले आफ्ना स्वर्गीय पिताको सम्झनामा शुक्रबार प्रार्थना गरेका छन्। पिताको देहावसानपछि राजा नियुक्त हुनुपर्ने महा भाजिरालोङकोर्नको औपचारिक राज्यारोहण झण्डै सात हप्ता ढिला भएको थियो। उनी राजा बनेपछि पहिलो पटक प्रार्थनाका लागि बैंककको ग्राण्ड प्यालेसमा देखिएका थिए। टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको प्रार्थना समारोहमा नयाँ राजा महा भाजिरालोङकोर्नलाई पहिलो झलकको रुपमा देखिएको थियो। …
काठमाडौं : छविराज ओझाको ब्यानरमा नयाँ फिल्म घोषणा भएको छ। छविराज प्रोडक्सनबाट बन्ने फिल्म ‘मङ्गलम’ सार्वजनिक गरिएको हो। नवल नेपालको निर्देशनमा बन्ने भनिएको फिल्मको अभिनेता भने टुङ्गो लागेको छैन। ओझाले भने, 'हामी राम्रो अभिनय गर्ने नायकको खोजीमा छौं।' निर्देशक नेपालले पहिले पनि फिल्म क्षेत्रमा काम गरिसकेको अभिनेताको खोजीमा रहेको बताए। 'नत्र दिइएको भूमिका कुशल तरिकाले निभाउन सक्ने कलाकार…
सन् २०१२ मा क्रिटिक्सबाट राम्रो समीक्षा पाउन सफल फिल्म 'कहानी'को सिक्वेल 'कहानी टू : दुर्गा रानी सिंह' यही हप्ता सार्वजनिक भयो। बोन्ड स्क्रिप्ट मोशन पिक्चर र पेन इन्डिया लिमिटेडको प्रस्तुति रहेको फिल्ममा एउटी आमाको जीवनकथालाई देखाइएको छ। एउटी आमाको जीवनमा सन्तानको महत्व र सन्तानको जीवनमा आमाको भूमिकालाई फिल्मले देखाउँछ। विद्या बालन विद्या सिंहाको भूमिकामा छिन् र फिल्मको कथा उनकै…
गत मंगलबार खेल इतिहासकै लागि बिर्सनलायक दिन बनाउने गरी सिंगै फुटबल टिम बोकेको विमान दुर्घटना भयो। विमानमा सवार ८१ जनामध्ये ७६ जनाको मृत्यु भयो। चार्टर्ड विमानमा ब्राजिली माथिल्लो डिभिजनको क्लब चापाकोएन्स टिमका खेलाडी, खेल पत्रकार लगायत अन्य यात्रु र चालक दलका सदस्य थिए। बोलिभियाबाट कोपा सुडअमेरिका कपको पहिलो लेग फाइनल खेल्न चापकोएन्सको टिम उक्त विमानमा कोलम्बिया जाँदै थियो।…
नेपालका अनिललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीको प्रिजजिङ राउन्डमा छैटौं भएका छन्। थाइल्याण्डमा शुक्रबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गत अनिलको तौलसमूहमा आयोजक थाइल्यान्डका ३ सहित ८ खेलाडीले प्रिजजिङ राउन्डमा प्रतिस्पर्धा गरेका थिए। ८ खेलाडी मध्ये शीर्ष पाँचमा रहने खेलाडीलाई पुनः फाइनल चरणमा प्रतिस्पर्धा गराइएको थियो। यस्तै छैटौं संस्करणमा रजत जितेको विमललाल श्रेष्ठ स्पोर्ट्स फिजिकसको १७० सेन्टीमिटरसम्म उचाईमा…
काठमाडौं : न्यू डायमण्ड एकेडेमीमा १० कक्षामा अध्ययनरत नेपाल राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई सम्मान गरिएको छ। नैकापस्थीत न्यू डायमण्ड एकेडेमीले आफ्नै क्लबकी खेलाडी प्रतिभालाई नगद सम्मानसहित सम्मानपत्रद्धारा प्रदान गरेको हो। भलिबलकी राष्ट्रिय टिमकी खेलाडी समेत रहेकी प्रतिभालाई माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा उत्कृष्ट प्रदर्शन गरेवापत सम्मान गरिएको हो। नेपालकी नम्बर एक स्पाइकर समेत रहेकी प्रतिभालाई सभासद श्याम श्रेष्ठल ४९…
काठमाडौं : गत सोमबार कोलम्बियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेकोहरुको सम्झनामा नेपालमा पनि दिप प्रज्वलन गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार बेलुका दीप प्रज्वलन र शोकसभा कार्यक्रम गरेको हो। कोलम्वियामा गत बुधबार हुने तय गरिएको कोपा सुडअमेरिका कपको फाइनल गएका ब्राजिली फुटबल क्लब चापाकोएन्सको खेलाडी बोकेको विमान दुर्घटना हुँदा खेलाडी, पत्रकारसँगै विमानमा सवार ७१ जनाको मृत्यु…
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले 'वर्ल्ड सकर प्लेअर अफ दि इअर अवार्ड' जितेका छन्। स्पानिस क्लब रियल मड्रिडबाट व्यावसायीक फुटबल खेल्ने रोनाल्डो यसै वर्ष फ्रान्समा भएको युरोकपको उपाधि जितेका थिए भने रियलले कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए। सन् २००८ मा पहिलो पटक यस अवार्ड जितेका रोनाल्डोले ४ पटक अवार्ड जित्दै लियोनल मेसीसँग बराबरी गरेका छन्। रोनाल्डोले…
दोलालघाट : पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल आर्मीका दुवै टिम फाइनलमा प्रवेश गरेका छन्। महिलातर्फ भने नेपाल पुलिसकी कोपीला उप्रेती र कमला पुन तथा एपीएफकी रेश्मा भण्डारी र निसाना बलालको जोडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। दोलालघाटस्थीत इन्द्रवती खोलाको विचमा शुक्रबार भएको महिलाको सेमिफाइनलमा कोपीला र कमलाको जोडीले आफ्नै विभागकी निता शाह र मनिषा…
नवलपरासी : नवलपरासीमा भएको ३५ औँ अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिताको उपाधि नेपालले जितेको छ। शुक्रबार सम्पन्न फाइनल प्रतिस्पर्धामा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ८-५ गोल अन्तरले पराजित गर्दै नेपालको टाइगर टप्स टस्कर्सले उपाधि हात पार्न सफल भएको हो। प्रतियोगितामा गालवया लज श्रीलङ्काले तेस्रो स्थान हासिल गर्यो। उसले पल ग्रिफिन्स अमेरिकालाई ६-४ गोल अन्तरले हरायो। हात्तीको संरक्षण सँगसँगै पर्यटकीय क्षेत्रको…