इलाम : चियापछिको अर्को मुख्य नगदेबालीको रूपमा रहेको अलैँचीले यहाँ बजार लिन थालेसँगै मूल्य भने निरन्तर ओरालो लाग्न थालेको छ। खोल्सीको ‘कालो सुन’ उपमाले समेत चिनिएको यो नगदेबालीको मूल्य अस्वाभाविक रूपमा घट्दै गएकाले किसान चिन्तित बनेका हुन्। बजारमा नयाँ अलैँची निस्किन थालेको करिब दुई महिना पुग्न लाग्दा गत सालको मूल्य भन्दा प्रतिमन करिब रु २५ हजार घटेको छ।…
नयाँदिल्ली : भारतीय राज्य मध्यप्रदेशमा अवस्थित एक जेलमा रहेका आठ जना विद्रोही सोमबार बिहानै जेल तोडेर भागेका छन्। मध्यप्रदेशको जेलमा राखिएका भारतको एक प्रतिबन्धित समूह, स्टुडेन्ट्स इस्लामिक मोभमेन्ट अफ इन्डियाका ती विद्रोही भोपालको जेलबाट भागेका हुन्। उक्त प्रतिबन्धित इस्लामिक संगठनका ती विद्रोहीलाई मध्यप्रदेशको राजधानी भोपालमा अवस्थित एक जेलमा राखिएको थियो। ती विद्रोही सोमबार बिहानै उक्त जेलमा रहेका एक सुरक्षा गार्डको…
पाँचथर : तिहारको समयमा फूलको अभाव भएपछि सदरमुकाम फिदिम लगायत ग्रामीण भेगका बजारमा कृत्रिम फूलको व्यापार बढेको छ। व्यावसायिक रुपमा फूलखेती नहुँदा सहर बजारमा फूलको अभावले कृत्रिम फूलको व्यापार बढेको व्यवसायीहरु बताउँछन्। कस्मेटिक पसल गर्दै आएका फिदिमका वर्षा एन्ड समुद्र स्टोर्सका प्रोपाइटर अनिलकुमार गुप्ताले भने, “तिहारको समयमा घर सजाउन कृत्रिम फूल, देवीदेवताको पोस्टकार्ड र पूजा सामाग्रीको व्यापार अहिले…
चितवन : प्रहरीले बरामद गरेको करिब रु एक लाख २५ हजार बराबरको पटका नष्ट गरेको छ। वडा प्रहरी नारायणगढले जिल्लाका विभिन्न ठाउँबाट बरामद गरेको उक्त परिमाणको पटका स्थानीयवासी नागरिक, पत्रकार र जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रतिनिधिको रोहबरमा नष्ट गरेको हो। तिहारलाई सौहार्द रुपमा सम्पन्न गराउने उद्देश्यसहित चितवनमा विशेष सुरक्षा योजना लागू गरिएको छ। वडा प्रहरी कार्यालय…
कपिलवस्तु : गतराति दीपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएका छन्। लक्ष्मी पूजा गरेर घरमा दीपावली गर्दा दियोबाट आगो सल्केको हो। आगलागीका कारण स्थानीय शिब्बड रैदास, रामविलाश रैदास, राजु रैदास र भिख्खु रैदासको घर पूर्णरुपमा ध्वस्त भएको छ। आगलागीबाट चार थान सिलाइ मेसिन, दुई थान इन्टरलक मेसिन, रु सात हजार नगद…
यस सिजन फ्रेन्च लिग वानमा अपराजित रहँदै एकरुपताको प्रदर्शन गर्दै आएको नाइसले गएराति भएको खेलमा नान्टसलाई ४-१ ले पराजित गरेको छ। नाइसको शानदार जितमा मारियो बालोटेलीले प्रेरणदायी प्रदर्शनी गरे। नाइसलाई जिताउन १ गोल गरेका बालोटेलीले २ गोलका लागि सहयोग समेत गरे। यस्तै वाइलन साइप्रिएनले २ गोल गरे भने अलासाने प्लेअले १ गोल गरे। यस सिजन लिगमा ११ मध्ये ६ खेल…
भक्तपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले एमाले लगायतका दलले कांग्रेसको बारेमा छरेको भ्रम मेटाउन कांग्रेस लाग्नुपर्नेमा पनि जोड दिए। संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने उनको भनाइ छ। निर्वाचन हुन्न…
वाइ-फोर्टी दी डिप जोय यस्तो स्विमिङ पुल हो जहाँ फ्रि डाइभ हान्ने सपना देख्ने पौडीबाजहरुले विपनामै पाउन सक्छन्। गिनिज वर्ल्ड रेकर्ड कायम गरेको यो स्विमिङ पुलको गहिराई १ सय ३७ फिट छ। यो स्विमिङ पुलमा स्विमर्सहरुले सबैखाले डाइभिङ गर्न र अभ्यास गर्न समेत सक्छन्। हेर्नुस् भिडियो :
टर्कीका प्रहरीले विपक्षी आवाज प्रवाह गर्ने पत्रिका चुमहुरियतीका प्रधान सम्पादक र कम्तिमा ८ सिनियर स्टाफलाई पक्रेको छ। सरकारको कदमविरुद्ध आलोचनात्मक रहेको पत्रिकाका सम्पादकसमेतलाई पक्राउ गरिएको हो। प्रधान सम्पादक सुरत सवुन्चु तथा पत्रिकाका वकिल तथा अन्य स्तम्भकारको घरमा छापा मार्दै गए राति प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको त्यहाँको सरकार नियन्त्रित एजेन्सी अनादोलु एजेन्सीले जनाएको छ। प्रहरीले पत्रिकाका सिनियर स्टाफसँगै कार्टुनिस्टको घरमा समेत…
फोटोमा देखिएकी २० वर्षीया मुस्लिम युवती हुन् जसलाई सार्वजनिक स्थानमा दण्ड दिइएको छ। इन्डोनेसियाकी यी युवतीको अपराध के होला? दण्ड पाउने युवती सरिया कानुन भंग गरेको आरोपित हुन्। उनको मुख्य दोष हो – आफूले बिहे नगरेको युवकसँग नजिक बस्नु। सरिया कानुनमा बिहे गरेका बाहेक पुरुषसँग नजिकिन मिल्दैन। आरोपित युवतीलाई मस्जिदको बाहिर सार्वजनिक स्थानमा ल्याइयो। दुई महिलाले उनलाई दण्ड दिने ठाउँमा…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको विविधता नै सम्पत्ति भए पनि विभिन्न नाममा त्यसमाथि आक्रमण हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। रिपोर्टर्स क्लबको नेतृत्वमा देउसी खेल्न ओली निवास पुगेको सञ्चारकर्मीहरुको टोलीसँग कुरा गर्दै उनले भने, 'यहाँ कहिले धर्म त कहिले राजनीतिका नाममा संस्कृतिमाथि आक्रमण भइरहेको छ।' 'वनकाली सम्मेलन'लाई उदाहरणका रुपमा प्रस्तुत गरेका ओलीले अहिलेको आधुनिक…
काठमाडौं : रिपोर्टर्स क्लबको नेतृत्वमा रहेको सञ्चारकर्मीहरुको देउसी टोली आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा पुग्यो। सबै भेला भइसकेपछि सञ्चारकर्मीहरुले ओलीलाई पनि उठेर सँगै नाच्न आग्रह गरे। तर उनी टसको मस भएनन्। मुसुमुसु हाँसी मात्रै रहे। यता देउसी टोलीले विभिन्न प्यारोडी गीत सहित नाचगानमै व्यस्त थियो। यतिकैमा टोलीले 'प्रधानमन्त्री ओलीलाई खोज्या छन्' भनेर भाका हालेको…
काठमाडौं : यमपञ्चकको तेस्रो दिन आज देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज साँझ घरको वरिपरि सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङ लगायतका ठाउँमा झिलिमिली बत्ती बालिन्छ। लक्ष्मीपूजा गर्नका लागि आज बिहानैदेखि सबैले घरघरमा सरसफाइ गरिरहेका छन्। आजको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ। साँझ…
इंगलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा ठूला टीमहरु म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुलले शानदार जित हात पारेका छन्। यता यस सिजन अपराजित रहेको टोटनहम हट्सपरले फेरि बराबरी खेल्दै अपराजित यात्रा कायम राखेको छ। सिटी, आर्सनल र लिभरपुलले जितपछि १० खेलबाट समान २३ अंक जोडेका छन्। तर गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा छ भने आर्सनल दोस्रो र लिभरपुल तेस्रो…
नवलपरासी : नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमका घटना न्युनीकरणका लागि नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त रुपमा सुरक्षा गस्ती गरिएको छ। तिहारको समयमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सीमा सुरक्षा बल र भारतीय प्रहरीको टोलीले संयुक्त रुपमा गस्ती गरेको हो। सीमा क्षेत्रमा चाडबाडका समयमा हुन सक्ने…
काठमाडौं : नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०७औं जन्मजयन्ती आज मनाइँदैछ। स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उनको सम्झना गरिँदैछ। नेपाली साहित्यका विराट प्रतिभा मानिने देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औंसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो। …
बुटवल : रुपन्देहीको बुटवल १२ कालिकानगरमा लु२९प ३४१५ नम्बरको मोटरसाईकलको ठक्करबाट एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय पूर्णबहादुर घर्ती रहेका छन्। घर्तीको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा गएराति सवा १२ बजे मृत्यु भएको ट्राफिक प्रहरीले बताएको छ। सोही दुर्घटनामा घाइते भएका चालक विदुर खनालको भने लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि रियल मड्रिडले ला लिगामा गएराति भएको खेलमा अलाभेसलाई पराजित गरेको छ। रोनाल्डो फर्ममा फर्केपछि रियलले रवाफ देखाएको दिन ठूला क्लब बार्सिलोना र एथ्लेटिको मड्रिडले पनि जित हात पारेको छ। सेभिया भने बराबरीमा रोकिएको छ। १ गोलले पछि परे पनि रियलले अलाभेसलाई उसैको मैदानमा ४-१ गोल अन्तरले हराएको हो। रियलको जितमा रोनाल्डोले ह्याट्रिक गर्दा अल्भारो मोराटोले एक…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले संविधान संशोधन र कार्यान्वयन गर्न सबै दल नमिली नहुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा पुगेको पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै राणाले संविधान संशोधनका लागि प्रमुख दलहरु एक ठाउँमा उभिनुपर्ने बताए। सत्ता साझेदार कांग्रेस-माओवादी र एमालेबीच पछिल्ली समय देखिएको एकताबाट आफू आशावादी रहेको उनको भनाइ छ।…
लमजुङ (बेसीसहर) : जिल्लामा पहिलो पटक व्यावसायिक सफा टेम्पो सञ्चालनमा आएको छ। नगरवासीको समस्यालाई मध्यनजर गर्दै सदरमुकाम बेसीसहरमा सफा टेम्पो सञ्चालनमा ल्याइएको हो। बेसीसहरका केही व्यवसायीले सफा टेम्पो सञ्चालनमा ल्याएका हुन्। बेसीसहर नगरभित्र मात्रै सञ्चालन गर्ने उद्देश्यले टेम्पो सञ्चालनमा ल्याइएको सञ्चालक नारायणप्रसाद घिमिरेले बताए। सफा टेम्पो सञ्चालनका लागि शनिबार परीक्षण समेत गरिएको छ। सदरमुकाम बेसीसहरको मनाङ्गे चौतारादेखि गाउँसहरको…