काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा ६ दिवसीय भ्रमणका लागि आज चीन जाँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा उनी चीनको बेइजिङ जान लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणका लागि चिनियाँ समकक्षी सी जिनपिङलाई पठाएको निमन्त्रणापत्र महराले चीन सरकारलाई हस्तान्तरण गर्ने भएका छन्। यस्तै प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री लि खछ्याङलाई पठाएको नेपाल भ्रमणको आमन्त्रण पत्र पनि…
काठमाडौं : अखिल क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण आज देशभरका शिक्षण संस्थाको पठनपाठन प्रभावित बनेको छ। निजी स्कुल-कलेजले लिएको चर्को शुल्कको विरोध र विद्यार्थीलाई शिक्षा, स्वास्थ्य, यातायात तथा मनोरञ्जन क्षेत्रमा छुट लगायतका माग गर्दै उक्त संगठनले शैक्षिक हड्तालको आह्वान गरेको हो। नेकपा माओवादीको नेत्रविक्रम चन्द 'विप्लव' समूह निकट सो संगठनले सोमबार र मंगलबार शैक्षिक हड्ताल गरिने जनाएको छ।
नयाँ सिजनको पहिलो चरणमै भिडेका आर्सनल र लिभरपुरबीचको खेलमा कुल ७ गोल भयो। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा लिभरपुलले आर्सनललाई ४-३ ले हरायो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल विजयी बन्यो। खेलको २९ औं मिनेटमै आर्सनलले पेनाल्टी पाएको थियो। वाल्कोटको पेनाल्टी प्रहार लिभरपुलका गोलरक्षक सिमोन मिङनोलेटले बचाए। तर त्यसको दुई…
काठमाडौं : नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद हमदान मोहम्मद अल नक्वीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। भेटमा नक्वीले नेपाल र संयुक्त अरब इमिरेट्सबीच मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै प्रधानमन्त्री प्रचण्डको कार्याकालमा द्वीपक्षीय सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा नक्वीले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका…
आइसीसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपालले आज चौथो चरणको दोस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ। नेदरल्याण्ड्सको आम्टलभिनस्थित भिआरए ग्राउण्डमा नेपाली समयअनुसार दिउँसो २:५० बजे खेल सुरु हुनेछ। शनिबार भएको पहिलो खेलमा नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको नेपालको लागि आजको खेल निकै महत्वपूर्ण छ। आजको खेलमा पनि पराजित भए शीर्ष ४ मा पर्न नेपालको लागि कठिन बन्नेछ। त्यसैले पनि…
स्पानिस सुपर कप फाइनलको पहिलो लेगमा बार्सिलोनाले सेभियालाई पराजित गरेको छ। सेभियाको मैदानमा भएको खेलमा बार्साले सेभियालाई २-० ले हरायो। उसको जितमा लुइस स्वारेज र मुनिर अल हड्डाईले १-१ गोल गरे । दोस्रो लेगको खेल आगामी बिहिबार बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुनेछ। स्पानिस सुपर कप उपाधिका लागि ला लिगा च्याम्पियन र कोपा डेल रे को च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्छ।…
काठमाडौँ : नेपालको संविधान जारी भएको वर्षगाँठको अवसरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेको छ। दिपान्जयन रोय चौधरीले भारतीय पत्रिका इकोनोमिक टाइम्समा संविधान संशोधन भएको खण्डमा भारतीय राष्ट्रपति असोजमा नेपाल आउने तयारी भइरहेको लेखेका छन्। चिनियाँ राष्ट्रपतिको भ्रमण असोजको अन्तिममा हुने भएकाले त्यसअघि नै मुखर्जीको नेपाल भ्रमण गराउने तयारी भइरहेको समाचारमा उल्लेख…
सरिता पौडेल - चितवन : देवघाटधाममा साउने मेला भर्न आएका भक्तजन चढेको एउटा डुङ्गा आज पल्टिएको छ १० जना सवार डुगां त्रिशुली नदिको पानीको बहाव एक्कासी बढेपछि पल्टिएको हो। डुंगा पल्टिएर यात्रुहरु नदीमा बगेको बेला उनीहरुलाई सशस्त्र प्रहरी बल कुरिनटारको टोलीले सकुशल उद्दार गरेको देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका सदस्य टङ्कनाथ पौडेलले जानकारी दिए। यस्तै आजै नदीले बगाएको एउटा बच्चालाई पनि सकुशल…
आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपालले नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। टस हारेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। आज नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ। फास्ट बलर करण केसीको स्थानमा स्पिनर शक्ति गौचनले स्थान पाएका छन्। सोमबार भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दा ९४ रनमा अलआउट भएको थियो।
सिन्हवा - दलियन : दी चाइना रेलवे कर्पोरेसनले सोमबार 'चाइना स्ट्यान्डर्ड' बुलेट ट्रेनले सेवा सुरुवात गरेको घोषणा गरेको छ। इलेक्ट्रिक मल्टिपल युनिट्स (इमयु)का रुपमा परिचित यो पहिलो रेल सेवा हो जसको पूरै डिजाइन चीनमा नै तयार भएको छ। उत्तरपूर्वी चीनको लायोनिङ प्रान्तमा यसको सेवा सुरुवात भएको हो। जी ८०४१ नम्बरको रेल लायोनिङको राजधानी सेन्याङबाट यात्रुसहित हिडेको हो। चाइना स्ट्यान्डर्ड इमयु…
नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। च्याम्पियनसिपको चौथो चरण अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेल खेलिरहेका पारस सर्वाधिक बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लेका हुन्। ८ खेल खेलेका पारसले यो समाचार तयार पार्दासम्म कुल ३ सय १३ रन बनाइसकेका छन् भने नेदरल्याण्ड्स विरुद्ध अहिले ४५ रन बनाएर खेलिरहेका छन्।…
काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफ्नो पदावधिबारे कानुनमै स्पष्ट रहेको बताएका छन्। नयाँ सरकार गठनसँगै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत परिवर्तन हुने विषयले चर्चा पाइरहेका बेला ज्ञवालीले आफ्नो पदावधिबारे कानुनमा प्रष्ट रहेको उल्लेख गरे। सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने - सरकार परिवर्तनसँगै प्रमुख कार्यकारी पद के हुन्छ भन्ने बारे मैले थप भनिराख्नु पर्दैन, कानुनमै प्रष्ट…
काठमाडौं : १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रममा मिथिलाका राजा सलहेसको कथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक फिल्म निर्माणको घोषणा गरिएको हो। पाचौं, छैटौ शताब्दीतिर मिथिलामा राजा बनेका सलहेसको चर्चा मैथिली समुदायमा अझै पनि हुने गर्छ। लोककल्याणमा सक्रिय रहेका कारण सम्मानित तिनै व्यक्तिमाथि फिल्म बन्ने भएको हो। प्रेम, सद्भाव, प्रकृतिका प्रतीक पनि…
विश्व क्रिकेट लिग च्यामिपयनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन्। डच टुरमा दुई खेल खेल्दा नेपाली खेलाडीले बनाएको यो पहिलो अर्धशतक हो। ६९ बल खेल्दै पारसले ४ चौका र १ छक्काको मद्दतमा आफ्नो अर्धशतक पूरा गरे। उनले ३७ औं ओभरको चौथो बलमा २ रन लिँदै अर्धशतक पूरा गरेका हुन्। अघिल्लो खेलमा खाता नखोली…
काठमाडौँ : नेविसंघको ११ औँ महाधिवेशनको हिजै सुरु हुनुपर्ने निर्वाचन प्रक्रिया फर्जी महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गरियो भन्दै हिजो रामचन्द्र पौडेल पक्षका विद्यार्थीहरुले विरोध गरे। विरोधका क्रममा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी मात्रै हैन, पत्रकार पनि घाइते भए। पार्टीको निर्देशन समितिका संयोजकले एकपक्षीय रुपमा तीन सय प्रतिनिधि थपिएको भन्दै पौडेल निकटका विद्यार्थीहरु आन्दोलित भएका थिए। विरोधपछि देउवाले मिलाएर जान आग्रह गर्दै…
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सामु २१८ रनको चुनौती पेस गरेको छ। आस्टलभिलस्थित भिआरए ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा २ सय १७ रन बनाएको हो। नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक ८४ रन बनाए। लगातार तीन विकेट पतन भएको बेला कप्तान पारसले सागर…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि गर्ने व्यापारीविरुद्ध र्यापिड एक्सन प्लानमा कार्वाही गर्न निर्देशन दिएका छन्। सोमबार प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति लगायतका मन्त्रालयका सचिवहरुको संयुक्त बैठकको आयोजना गरी प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले भने, ‘महंगी, कालोबजारी र कृत्रिम अभावले उपभोक्ता आक्रान्त छन्, उनीहरुलाई देशमा सरकार छ भन्ने कुराको…
काठमाडौं : सिनामंगलका १८ वर्षीय विवेक खड्का र थापाथलीकी २१ वर्षीया रोनाली अमात्य मोडल हन्ट नेपाल-२०१६ को उपाधि चुम्न सफल भएका छन्। राजधानीको आर्मी अफिसर्स क्लबमा शनिबार साँझ सम्पन्न अन्तिम स्पर्धामा विवेकले पुरुषतर्फको र रोनालीले महिलातर्फको उपाधि जितेका हुन्। ६ फिट एक इन्च उचाइका विवेकले ३४ र ५ फिट ३ इन्च हाइटकी रोनालीले २५ स्पर्धीलाई पछि पार्दै उपाधि…
विभागिय डर्बी भिडन्तमा नेपाल पुलिसलाई पराजित गर्दै त्रिभुवन आर्मीले चौथो नेपाल कप फुटबलको उपाधि जितेको छ। चितवनमा सोमबार सम्पन्न फाइनल खेलमा पुलिसलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो। उपाधि सँगै स्पोर्टस फर अल क्लब नेपालले आयोजना गरेको प्रतियोगितामा आर्मीले उपाधि सहित नगद ३ लाख, ट्रफी र प्रमाणपत्र हात पारेको छ। क्याम्पाचौरमा भएको खेलमा दुवै गोल आर्मीले पहिलो हाफमा…
सरोजराज अधिकारी (खोज पत्रकारिता केन्द्रका लागि) प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो उमेर एक वर्ष सच्चाएको प्रमाण फेला परेको छ । १ मंसिर २०१६ मा जन्मिएका क्षत्रीले प्रधानसेनापति हुन प्रवेशिका परीक्षा (एसएलसी)को मार्कसिट र प्रमाणपत्रमा १ मंसिर २०१७ बनाएको खुलासा भएको हो । क्षत्रीले तत्कालीन परीक्षा नियन्त्रण कार्यालयको ‘मार्क रजिस्टर’मै केरमेट गरी एक वर्ष उमेर सच्चाएका हुन् (हेर्नुस् तस्बिर १) । जसमा…