PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • ​डब्लुसिएल च्याम्पियनसिप : टस हारेपछि नेपालले नेदरल्याण्ड्स विरुद्ध पहिले ब्याटिङ गर्ने

    ​डब्लुसिएल च्याम्पियनसिप : टस हारेपछि नेपालले नेदरल्याण्ड्स विरुद्ध पहिले ब्याटिङ गर्ने

    आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा आज नेदरल्याण्ड्स र नेपालबीच प्रतिस्पर्धा हुँदैछ।  नेदरल्याण्ड्सको घरेलु मैदान भिआरए ग्राउण्डमा हुने खेलमा डच टोलीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। डब्लुसिएलमा अपराजित रहेको नेदरल्याण्ड्स १० अंक सहित शीर्ष स्थानमा छ भने नमिविया विरुद्धको श्रृंखला जितेको नेपाल ४ अंक सहित छैटौ स्थानमा छ।  शीर्ष चारमा पर्ने…

    विस्तृतमा पढ्नुस्

  • उड्दाउड्दै आकाशबाटै हरायौ तिमी

    उड्दाउड्दै आकाशबाटै हरायौ तिमी

    स्मृति   विक्रम अधिकारी मलाई मृत्युदेखि डर लाग्दैन। जन्मेपछि मर्नुपर्छ; यो सत्य हो।   अफसोस कहिलेकाहीँ त्यही मृत्यु यति क्रोधित भएर आइदिन्छ जसले राम्रो नराम्रो सबै बढारेर लैजान्छ। न्याय, अन्याय भन्ने नै र्बिसन्छ।   गत अगस्ट ८ (साउन २४) बिहान करिब १० बजे (डेनमार्कको समय) सधैंझैं भर्खरै ओछ्यानमा पल्टिएर फेसबुकमा समाचारहरु हेर्दै थिए। जहाँ गोरखाबाट बिरामी लिएर काठमाडौं उडेको फिस्टेल…

    विस्तृतमा पढ्नुस्

  • डब्लुसिएल : नेदरल्याण्ड्ससँग नेपाल ९४ रनमा अलआउट

    डब्लुसिएल : नेदरल्याण्ड्ससँग नेपाल ९४ रनमा अलआउट

    विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ९४ रनमा अलआउट भएको छ।   नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले फितलो प्रदर्शन गर्‍यो र पूरै ५० ओभर टिक्न सकेन।   आम्टलभिनस्थित भिआरए ग्राउण्डमा नेपालले ३८ दशमलव १ ओभर खेल्दै मात्र ९४ रन बनाउन सक्यो। नेपालका लागि ४ खेलाडीले मात्र दोहोरो अंक छुन सके भने…

    विस्तृतमा पढ्नुस्

  • अवैध विदेशी मुद्रासहित विमानस्थलबाट रोमानियाका एक नागरिक पक्राउ

    अवैध विदेशी मुद्रासहित विमानस्थलबाट रोमानियाका एक नागरिक पक्राउ

    काठमाडौं : अवैध रुपमा विदेशी मुद्रा बाहिर लैजान लागेको अवस्थामा रोमानियाका एक नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ परेका छन्।   ३५ हजार अमेरिकी डलर र ७ हजार ३ सय ५० युरोसहित ०५२७१६८९५ नम्बरको राहदानी भएका ३४ वर्षीय एन्ड्री गुम्टीट्रअ समातिएका हुन्।   क्युआर ६५३ बाट दोहा हुँदै रोमानियाको बुचराष्ट जान लागेको अवस्थामा हेण्ड ब्याग चेकिङ एरियाबाट उनलाई प्रहरीले पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • मानिस आफ्नै अज्ञानताले दु:खी हुन्छ : हिन हङ

      मानिस आफ्नै अज्ञानताले दु:खी हुन्छ : हिन हङ

    काठमाडौं : बौद्ध अध्येता तथा भिक्षु हिन हङले मानिसको जीवनमा दुःख आइपर्ने भए पनि अज्ञानका कारण व्यर्थै अपनाइरहेको बताएका छन्।   काठमाडौंमा भएको नीति तथा सदाचार संस्थाको उद्घाटन तथा ‘एक्काइसौं शताब्दीमा बौद्धशिक्षा’ प्रवचनमा बोल्दै उनले सबै जीवित प्राणीहरुका लागि मैत्रीकामनाको अभ्यास गर्ने गरेमा जीवन सुखी, सहज र शान्तिपूर्ण हुने बताए।   अनावश्यक आसक्ति तथा द्वेषका कारण मानिसले गलत ‘कर्म’ गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ​हेलिकोप्टरका अपहरित चालक र अन्य मुक्त

    इस्लामावाद : अपहरणमा परेका पाकिस्तानको एक हेलिकोप्टर चालक र सो हेलिकोप्टरमा रहेका चालक दलका सदस्य मुक्त भएका छन्।   पाकिस्तानको सो हेलिकोप्टरले अफगानिस्तानमा लगेर आपतकालीन अवतरण गराएको थियो। त्यसपछि त्यस हेलिकोप्टर चालक र सबैजना सदस्यलाई अपहरण गरिएको थियो।   अपहरित ती सबैजना सदस्यलाई मुक्त गरिएको पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता नाफिस जाकारियाले जानकारी दिएका छन्।   पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • उपन्यास 'मौनता' लिएर आए सुमन

    उपन्यास 'मौनता' लिएर आए सुमन

    काठमाडौं : युवा साहित्यकार सुमन घिमिरेको उपन्यास 'मौनता' शनिबार सार्वजनिक भएको छ। वरिष्ठ पत्रकार किशोर नेपाल, निबन्धकार तथा समीक्षक कुमारी लामा र उदय अधिकारीले एकसाथ पुस्तकको विमोचन गरे। विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार नेपालले उपन्यासमा सामाजिक विषयलाई जीवन्त रुपमा उठाउने प्रयास गरिको बताए। 'समाजभित्रको मानवीय संवेदनालाई सचित्र उतार्ने प्रयासमा लेखक सफल भएका छन्,' उनले भने, 'वैदेशिक रोजगारी र रोनाधोनालाई उतार्ने प्रयास…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी उद्घाटन खेलमा हल सिटीसँग पराजित

    प्रिमियर लिग : डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी उद्घाटन खेलमा हल सिटीसँग पराजित

    नयाँ सिजनको प्रिमियर लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी पराजित भएको छ। शनिबार सम्पन्न खेलमा लेस्टर सिटी घरेलु मैदानमै हलसँग २-१ गोल अन्तरले पराजित भयो।   पहिलो हाफको इन्जुरी टाइममा अडामा डाओमान्डेले ओभर हेर्ड किकमार्फत गोल गर्दै भ्रमणकारी टोली हल सिटीलाई पहिले अग्रता दिलाए। तर दोस्रो हाफको सुरुवातमै लेस्टरले बराबरी गोल फर्कायो। ४७ औं मिनेटमा प्राप्त पेनाल्टीमा रियाद महारेजले…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्यान्ड्ससित नेपाल निराश : ​डब्लुसिएल च्याम्पियनसिपको खेलमा ७ विकेटको पराजय

    नेदरल्यान्ड्ससित नेपाल निराश : ​डब्लुसिएल च्याम्पियनसिपको खेलमा ७ विकेटको पराजय

    आइसीसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। शनिबार आम्स्टलभिनमा भएको खेलमा घरेलु टोली  विकेटले विजयी भयो।  ९५ रनको सामान्य विजय लक्ष्य नेदरल्याण्ड्सले १६ दशमलव ५ ओभरमा ३  विकेट गुमाएर पुरा गर्यो। नेदरल्याण्ड्सको जितमा विकेटकिपर वेस्ले बारेसीले सर्वाधिक ३७ रन बनाए। ३३ बल खेलेका बारेसीले बसन्त रेग्मीको बलमा आउट हुनुपूर्व ५ चौका समेत…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघको प्रतिनिधि विवाद टुंगियो, मतदाता सूची र निर्वाचन तालिका दिउँसो सार्वजनिक गरिने

    नेविसंघको प्रतिनिधि विवाद टुंगियो, मतदाता सूची र निर्वाचन तालिका दिउँसो सार्वजनिक गरिने

    काठमाडौं : रातभरिको प्रयासपछि नेपाल विद्यार्थी संघको प्रतिनिधि विवाद मिलेसँगै आज दिउँसो मतदाता नामावली र निर्वाचन तालिका प्रकाशन हुने भएको छ।   महाधिवेशन सम्पन्न गराउन गठन गरेको निर्देशक समितिले मतदाता नामावली प्रकाशनमा देखिएको समस्या समाधान गरेको हो।   महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशित गरेपछि मनोनयन दर्ता गर्ने र मतदान गर्ने तालिका सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ। यसअघि अरु विवाद मिलिसके…

    विस्तृतमा पढ्नुस्

  • माओवादी मन्त्रीको नाम टुंगो लागेन, महाधिवेशन तयारीका लागि भदौ ११ मा बैठक

    माओवादी मन्त्रीको नाम टुंगो लागेन, महाधिवेशन तयारीका लागि भदौ ११ मा बैठक

    काठमाडौं : नेकपा माओवादी केन्द्रको आजको बैठकले भदौ ११ गते राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय गरेको छ।   बिहानदेखि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले उक्त निर्णय गरेको हो। 'भदौ ११ गते भृकुटीमण्डपमा राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक गर्ने निर्णय भएको छ,' पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्।   सो बैठकमा नेताहरुले स्थानीय तहको पुनर्संरचनाबारे पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका र क्यानडाका खेलाडीलाई सय मिटर फ्रिस्टायलमा संयुक्त गोल्ड मेडल

    अमेरिका र क्यानडाका खेलाडीलाई सय मिटर फ्रिस्टायलमा संयुक्त गोल्ड मेडल

    ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा कीर्तिमान बन्ने क्रम जारी छ। विभिन्न स्पर्धामा विभिन्न खेलाडीले कीर्तिमान बनाउने भंग गरिरहेका छन्।   यसैक्रममा अर्को अनौठो संयोग जुरेको छ।   पौडीतर्फ महिला सय मिटर फ्रिस्टायलमा अमेरिका र क्यानडाका खेलाडीका संयुक्त रुपमा गोल्ड मेडल जितेका छन्।   अमेरिकन सिमाने मानुएल र क्यानिडियन पेनी ओलेकसिएकले दुरी सँगै पूरा गर्दै संयुक्त रुपमा मेडल जितेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र मन्त्रीको बढ्यो दुरी! सपथमा किन झारियो मञ्चबाट?

    राष्ट्रपति र मन्त्रीको बढ्यो दुरी! सपथमा किन झारियो मञ्चबाट?

    काठमाडौं : साउन २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै राष्ट्रपतिबाट दुई उपप्रधान र तीन मन्त्रीले सपथ ग्रहण गरे। तर सपथका लागि  मञ्च व्यवस्थापन पहिलाको निकै फरक देखियो। जुन लोकतान्त्रिक व्यवस्थामा सुहाउँदो थिएन। केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ ग्रहण गर्दा राष्ट्रपति थिए– रामवरण यादव। प्रधानमन्त्रीको सपथलगत्तै उपप्रधानमन्त्री र मन्त्रीहरुले मञ्चबाटै सपथ लिएका थिए। फाइल फोटो : पहिलोपोस्ट ​तर, प्रचण्डले सपथ…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकमा नेपाल : सरस्वती भट्टराईले शनिबार बिहान १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने

    ओलम्पिकमा  नेपाल : सरस्वती भट्टराईले शनिबार बिहान १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने

    काठमाडौं : ब्राजिलमा जारी रियो ओलम्पिककमा आजबाट एथ्लेटिक्सतर्फका प्रतिस्पर्धा सुरु हुँदैछन्। नेपालबाट पनि एथ्लेटिक्समा दुई खेलाडीले भाग लिँदै छन्। महिलातर्फ सरस्वती भट्टराईले १५ सय मिटर तथा पुरुषतर्फ हरिकुमार रिमालले ५ हजार मिटरमा प्रतिस्पर्धा गर्नेछन्। सरस्वतीले नेपाली समयअनुसार शनिबार बिहान ५.१५ बजे प्रतिस्पर्धा गर्नेछिन्। उनले हिट चरणमा एक नम्बरको हिटमा अन्य १३ खेलाडीसँगै प्रतिस्पर्धा गर्नेछिन्। रियोमा सरस्वतीको लक्ष्य व्यक्तिगत समयमा सुधार…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री बन्ने निश्चित भएपछि जनार्दन शर्माले छाडे लेखा समितिको सभापति

    मन्त्री बन्ने निश्चित भएपछि जनार्दन शर्माले छाडे लेखा समितिको सभापति

    काठमाडौं :  संसदको सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले राजीनामा दिएका छन्।   समितिको शुक्रबार बसेको बैठकमा शर्माले राजीनामा दिएको घोषणा गरेका हुन्। 'पार्टीले नयाँ भूमिका दिए नयाँ भूमिकामा नभए यही समितिमा सदस्यको रुपमा रहनेछु,' शर्माले बैठकले भने।   संसदको सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट सभापति हुने प्रचलन छ। तर सभापतिले राजीनामा नदिँदा सत्तारुढ दलका सांसदले पनि सभापतिको…

    विस्तृतमा पढ्नुस्

  • ​नवयुग, सन्दीप, गौरिका, फुपुसहित १० खेलाडीलाई 'राष्ट्रिय युवा प्रतिभा सम्मान'

    ​नवयुग, सन्दीप, गौरिका, फुपुसहित १० खेलाडीलाई 'राष्ट्रिय युवा प्रतिभा सम्मान'

    काठमाडौं : राष्ट्रको लागि उत्कृष्ट प्रदर्शन गर्दै नाम उँचो बनाउन सफल १० खेलाडी तथा संघलाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मान गरेको छ।  प्रज्ञा भवन कमलादीमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली लगायतले १० खेलाडी सहित विभिन्न क्षेत्रका २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गरेका हुन्।  अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषद्ले आयोजना…

    विस्तृतमा पढ्नुस्

  • ​१२ फोटोमा हेर्नुस्, रियो ओलम्पिक क्रममा घाइते भएका खेलाडीहरु

    ​१२ फोटोमा हेर्नुस्, रियो ओलम्पिक क्रममा घाइते भएका खेलाडीहरु

    विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित खेलकुद महोत्सव ओलम्पिकको ३१औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा जारी छ। हरेक खेलाडीको सपना हुन्छ, ओलम्पिकमा भाग लिने र सफलता हात पार्ने।  ओलम्पिकमा छनोट हुनु जति गाह्रो छ, छनोट भइसकेपछि खेलमा आफूलाई प्रस्तुत गर्न पनि उति नै अप्ठेरो। खेल्ने क्रममा शरीरको सही सन्तुलन नमिलेको खण्डमा दुर्घटना समेत हुन सक्छ। जसले गर्दा खेलाडीको करिअर समेत संकटमा पर्छ। …

    विस्तृतमा पढ्नुस्

  • युवा दिवसका अवसरमा राष्ट्रपतिद्वारा विभिन्न संस्था र युवा गरी २० लाई सम्मान

    युवा दिवसका अवसरमा राष्ट्रपतिद्वारा विभिन्न संस्था र युवा गरी २० लाई सम्मान

    काठमाडौं : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका युवा तथा संघसंस्थालाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ प्रदान गरेको छ।   काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,  युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली लगायतले २० व्यक्तिसहित संस्थालाई नगदसहित सम्मान गरे।   राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा सम्मानित हुनेेले जनही एक लाख रुपैयाँ प्राप्त गरेका छन्।   …

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, गत आर्थिक वर्षमा ७० प्रतिशत मुद्दा फर्छ्यौट

    कास्कीमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै, गत आर्थिक वर्षमा ७० प्रतिशत मुद्दा फर्छ्यौट

    पोखरा : कास्की जिल्लामा आर्थिक वर्ष ०७२/०७३ मा ६९ दशमलव ८३ प्रतिशत मुद्दा फर्छ्यौट  भएका छन्। शुक्रबार पोखरामा पत्रकारसँगको अन्तरक्रियामा न्यायाधीश नरिश्वर भण्डारीले सबैभन्दा बढी १ हजार ६९ मुद्दा फर्छ्यौट गरेको जानकारी दिइयो। यो फर्छ्यौट संख्यासँगै न्यायाधीश भण्डारीले एकै वर्षमा धेरै मुद्दा फर्छ्यौट गर्नेमा आफूलाइ नेपालभर पहिलो स्थानमा पुर्‍याउन सफल भएका छन्।   यसैगरी जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेल, अनन्तराज डुम्रे, नागेन्द्रलाल…

    विस्तृतमा पढ्नुस्

  • 'रुन नपाउने' सर्त राख्दै मृत्युअघि दुई दिनसम्म लगातार भव्य पार्टी

    'रुन नपाउने' सर्त राख्दै मृत्युअघि दुई दिनसम्म लगातार भव्य पार्टी

    क्यालिफोर्निया : मृत्यु भन्नेबित्तिकै धेरैलाई डर लाग्छ। यदि कसैको मृत्यु-समय निश्चित भइसकेको छ भने त्यहाँ परिवार, आफन्त र छरछिमेकीको रुवाबासी र कारुणिक दृश्यबाहेक केही देखिँदैन। तर क्यालिफोर्नियाकी एक महिलाले आफ्नो मृत्युअघि दुई दिनसम्म आफ्ना साथीहरुलाई भव्य पार्टी दिइन्।    ४१ वर्षीया बेट्सी डेभिस आत्महत्या गर्न पाउने कानुनअनुसार मृत्युवरण गर्ने पहिलो क्यालिफोर्नियन बनेकी छन्। उनले आफ्ना नजिकका ३० साथीहरुलाई बोलाएर दुई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell