काठमाडौं : नेपाली पौडीका युवा स्टार शिरीष गुरुङलाई भाटभटेनी सुपर मार्केटले एक वर्षको लागि आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। बिहीबार एक कार्यक्रमबीच भाटभटेनीका तर्फबाट प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र १७ वर्षीय खेलाडी गुरुङबीच सम्झौता भएको हो। सम्झौतापछि पौडीका चम्किला तारा शिरीष गुरुङलाई भाटभटेनीले मासिक १ लाख प्रदान गर्ने बताएको छ। यस्तै शिरीषले सहभागिता जनाउने सबैखाले प्रतियोगिताको लागि…
काठमाडौं : धनकुटामा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना भएको थियो। दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित १३ जनाको ज्यान गएको हो। डाक्टर बाबुराम भट्टराईको मन्त्रिमण्डलमा खेवा अर्थ राज्यमन्त्री थिए। धनकुटा बुढीमोरङ्गका सनम तामाङ, मारेकटहरेका वीरबहादुर…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको 'मानसिक अवस्था ठीक नभएको' आरोप कांग्रेस सांसद अमरेशकुमार सिंहले लगाएपछि साउन ८ गते एमाले सांसदहरुले संसदमा विरोध जनाएका थिए। लगत्तै सभामुख ओनसरी घर्तीले सिंहको शब्द संसदको रेकर्डबाट मेटाउन लगाएकी थिइन्। यस्तै अपशब्दको घटना मंगलबार दोहोरिएको छ। संसद बैठकमा कांग्रेसकै अर्का सांसद सुरेन्द्र चौधरीले एमाले संसदीय दलका उपनेता समेत रहेका पूर्व सभामुख सुवास नेम्वाङलाई…
इम्फाल : भारतको मणिपुरमा सैनिक दुर्व्यवहारको विरुद्ध अनशनमा बस्दै आएकी इरोम शर्मिलाले १६ वर्षपछि अनशन त्याग्ने र चुनावमा भाग लिने निर्णय गरेकी छिन्। ४४ वर्षीया उनले मणिपुर जिल्ला अदालतमा आगामी अगस्ट ९ मा अनशन अन्त्य गर्ने जानकारी दिइन्। उनले अदालतमा बिहे गर्ने इच्छासमेत जाहेर गरिन्। उनले मणिपुरमा हुने आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेसमेत सुनाइन्। अनशनमा बसेकी उनलाई सरकारले ट्युबबाट जबरजस्ती…
काठमाडौं : केही दिनदेखि देशका पूर्वी र मध्य क्षेत्रमा परेको लगातारको वर्षाले देशभरका १७ सयभन्दा बढी घरहरु डुवानमा पुरेका छन्। पहिरो र बाढीका कारण २० जनाभन्दा बढीका मृत्यु भएको छ। वर्षाले कर्णाली, भेरी, बबई, रतुवा, बक्रा लगायत नदीमा पानीको बहाव बढेसँगै वरपरका बासिन्दाहरु त्रासित बनेका छन्। गएराति मात्र पोखरामा २ सय २३ मिलिमिटर, सुर्खेतमा २०३ मिलिमिटर, सिमरामा ८७ मिलिमिटर, काठमाडौंमा ८७…
फिलाडेल्फिया : अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई अन्तत: उम्मेदवार घोषित गरेको छ। पूर्व राष्ट्रपति विल क्लिन्टनकी पत्नी हिलारी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा प्रत्यासी भएको यो पहिलो घटना हो। फिलाडाल्फियामा भएको डेमोक्रेटिक कन्भेन्सनले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेलगत्तै अमेरिकामा पहिलो महिला राष्ट्रपति हुने सम्भावनाको ढोका खोलेको छ। डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारीसँगै सिनेटर वर्नी सेन्डर्सले कडा प्रतिस्पर्धा…
फलेवास (पर्वत) : वर्षासँगै भीरबाट झरेको पहिरोले गएराति माझफाँट–३ को कपास उद्योग पुरिँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। पहिरोले कालीपुलको पक्की मोटरेवलपुल नजिकैको धौलागिरी कपास उद्योग पुरिएको थियो। सो क्रममा गम्भीर घाइते भएकी ११ वर्षीया अंकिता तामाङलाई उपचार क्रममा पोखरा लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। घाइते भएकाहरुमा नुवाकोट धोडेनी नगरपालिका विदुर…
काठमाडौं : व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुमाथिको सुनुवाइ सुरु भएको छ। समितिको आजको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित भएकामध्ये दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हुने कार्यसूची तोकिएको छ। सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका सात जना न्यायाधीश र चार जना वरिष्ठ…
सिटी पोख्रेल प्युठान : सोमबारदेखिको लगातार परेको वर्षाका कारण जिल्लाको फोप्ली–६ सिममा गएराति पाँच घर पहिरोले बगाउँदा नारायण केसी, द्रोणबहादुर केसी र उनकी श्रीमती पवित्राको मृत्यु भएको छ। पहिरोमा परी बेपत्ता हुनेमा नेकपा माओवादीका केन्द्रीय सदस्य हरिबहादुर केसी र उनकी श्रीमती विन्दु, नरबहादुर बुढाथोकी (जागेश्वर) र उनकी श्रीमती तिमा रहेका छन्। पहिरोबाट नारायण केसीकी श्रीमती नानीमैया र भीमसेन पुनलाई सकुशल उद्धार…
काठमाडौं : नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रस्तावित स्थानीय तहको संख्या कम भएको ठहर गर्दै आयोगसँग थप छलफल गर्ने निर्णय गरेका छन्। आज बसेको दुई दलबीचको बैठकमा स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेको ५६५ वटा स्थानीय तह (गाउँपालिका-नगरपालिका) को वितरण वैज्ञानिक र व्यावहारिक नभएको ठहर गरेको हो। यसलाई अझ प्रभावकारी रुपमा बहस गर्न मधेसी मोर्चा, नेकपा एमाले तथा आयोगसँग…
अर्जेन्टाइन स्ट्राइकर गोन्जालो हिगुएन विश्वकै तेस्रो महँगो खेलाडी बनेका छन्। इटालियन जायन्ट युभेन्ट्ले अर्को क्लब नेपोलीबाट हिगुएनलाई ७५ दशमलव ३ मिलियन पाउण्डमा क्लब भित्र्याएपछि उनी तेस्रो महँगो खेलाडी बनेका हुन्। टोरिनो क्लबले २८ वर्षे हिगुएनसँग ५ वर्षे सम्झौता गरेको छ। युभेन्ट्सले दुई किस्तामा नेपोलीलाई 'ट्रान्सफर फि'बापत ९० मिलियन युरो तिर्नेछ। क्लबले आफ्नो अफिसियल वेबसाइटमार्फत हिगुएनले ५ वर्षको सम्झौता गरेको उल्लेख…
काठमाडौं : ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक–२०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारील बिदाइ गरेकी छिन्। राष्ट्रपति भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार खेलाडी लगायत प्रशिक्षक र पदाधिकारीलाई बिदाइ गर्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइन्। खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको पहिचान र गौरव अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यममध्ये एक भएको समेत उनले धारणा व्यक्त गरिन्। अगष्ट…
चेन्नई : रजनिकान्तको एक्सन ड्रामा कवाली मंगलबारबाट २ सय करोड क्लबमा प्रवेश गरेको छ। वर्ल्डवाइड कलेक्सनबाट २ सय करोड पूरा गरेपछि सुपर स्टारले आफ्ना फ्यानहरुलाई धन्यवाद दिएका छन्। 'यो सबैभन्दा छिटो २ सय करोड कमाउने दक्षिण भारतीय फिल्म बनेको छ। फिल्मले ५ दिनमा नै यति कमाइ रहेको हो। मंगलबारसमेतको कमाइ जोड्दा फिल्मले २ सय ५ करोड कलेक्सन गरेको छ,' ट्रेड…
काठमाडौँ : निजी मेडिकल कजेल सञ्चालकले डा गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गदै काठमाडौँमा प्रदर्शन गरेका छन्। देशभरका मेडिकल कलेज सञ्चालकले सरकारले डा केसीसँग गरिएका सम्झौताले निजी मेडिकल कलेज धरासायी हुने भन्दै खारेजीको माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। स्वदेशका मेडिकल कलेजमा कार्यरता कर्मचारीको रोजीरोटी नखोस्न, निर्धारित मापदण्ड पूरा गरेका मेडिकल कलेजमा अध्ययन गर्ने…
काठमाडौं : सिंहदरबारमा आज बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको बैठकले स्थानीय निकायको निर्वाचन चैतको दोस्रो सातासम्म गर्नेगरी राजनीतिक सहमति गरेका छन्। यी दुई दल स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेको ५६५ वटा स्थानीय तह (गाउँपालिका-नगरपालिका) को वितरण वैज्ञानिक र व्यावहारिक नभएको ठहर गर्दै यसलाई पहिले टुंगो लगाएर स्थानीय निर्वाचन गर्नुपर्नेमा समेत सहमत देखिएका हुन्। जसका लागि मधेसी मोर्चा,…
काठमाडौं : ओरियन बुटिकले ‘द ओरियन फेसन शो-२०१६’ आयोजना गर्ने भएको छ। ओरियनले नेपाली नयाँ-पुराना मोडलहरुलाई प्रतिभा प्रस्तुतिको अवसर दिनका लागि फेशन शो आयोजना गर्न लागेको हो। भदौ १० गते आर्मी अफिसर्स क्लबमा हुने फेसन शोमा १८ व्यावसायिक मोडलहरु ओरियन बुटिकको डिजाइनमा देखिनेछन्। शोबाट उठेको रकम भने सामाजिक कार्यको लागि उपयोग गरिने आयोजकले जनाएको छ। डाउन सिन्ड्रम सोसाइटी…
जुलाई दुई स्टार सलमान खान र रजनिकान्तका फिल्मका कारण चर्चित रह्यो। बलिउडका दुई स्टारको बक्स अफिस प्रतिस्पर्धा हेर्न लायक थियो। अब अगस्ट महिनामा पनि यस्तै घम्साघम्सी देख्न पाइनेछ। हृतीक रोशनको मोहनजो दडो र अक्षय कुमारको रुस्तम अगस्ट १२ मा भिड्ने तयारीमा जुटेका छन्। यी दुवै फिल्म ठूला नामका कारण सबैबीच चर्चामा छन्। चर्चित निर्देशक आशुतोष गोवारिकरले मोहनजो दडोको निर्देशन गरेका…
काठमाडौं : भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक एपिजे अब्दुल कलामको निधन भएको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ। ८४ वर्षको उमेरमा मेघालयस्थित एक अस्पतालमा उनको सन् २०१५ जुलाई २७ मा निधन भएको थियो। जीवनको अन्तिम क्षणमा पनि उनी सिलोङ्गको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टमा लेक्चर दिने क्रममा थिए। स्टेजमा ढलेका कलामलाई तत्काल अस्पताल लगिएको थियो। तर उनलाई चिकित्सकहरुले बचाउन सकेनन्। सन् १९३१ अक्टोबर…
प्यूठान : अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा आज थप सात जनाको मृत्यु भएको छ। गएराति फोप्ली– ६ सीमामा– पाँच घर पहिरोले बगाउँदा सातजनाको मृत्यु भएको हो। घटनामा परी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हरिबहादुर केसीसहित उनकी श्रीमती विन्दु केसीको मृत्यु भएको छ। त्यस्तै घटनामा परी नारायण केसीको मृत्यु भएको छ भने उनकी श्रीमती नानुमैया केसीको उद्धार…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार वितरण गरेको छ। बुधवार राजधानीमा कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो। राष्ट्रिय पुरस्कारबाट ४ जना पुरस्कृत भएका छन्। परस्कृत हुनेले जनही १ लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै विभिन्न ४ विधामा २० जनालाई क्षेत्रीय पुरस्कार दिइएको छ। क्षेत्रीय पुरस्कारबाट पुरस्कृत हुनेले सम्मान पत्रसहित जनही…