PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

  • नक्कली लालपूर्जा देखाई ठगी गर्ने केसी पक्राउ

    नक्कली लालपूर्जा देखाई ठगी गर्ने केसी पक्राउ

    काठमाडौं : ललितुपर इमाडोल गाविस-९ बस्ने राजनकुमार केसीले अनिता बुढाथोकीलाई आफूले कोटेश्वरस्थित कित्ता नम्बर १९४ को ३ रोपनी जग्गा किनेको बताए। उनले जग्गाको नक्कली कागजाग समेत देखाएर प्रतिआना १५ लाखका दरले बैना गरेको र पैसाको अभाव भएको सुनाए। जग्गामा साझेदारी गर्न आग्रह गरे। अनिताले पनि राम्रै फाइदा हुने आशमा उनलाई १२ लाख रुपैयाँ दिइन्।   त्यसको केही समयपछि केसीले अनितालाई…

    विस्तृतमा पढ्नुस्

  • एपिजे अब्दुल कालम जसलाई भेट्न एक सूचीकारले २७ सय किलोमिटर साइकल हाँके

    एपिजे अब्दुल कालम जसलाई भेट्न एक सूचीकारले २७ सय किलोमिटर साइकल हाँके

    चेन्नई : सत्तरी वर्षका एस नागोर मिरान दिउँसो सुचिकार हुन् र रात परेपछि पहरेदार। मिरान त्यस्ता मानिसमा पर्छन् जसलाई तपाईँले पूर्व राष्ट्रपति अब्दुल कालमसँग उनको फोटो देखिएपछिमात्रै गहिरिएर हेर्नुहुन्छ र पछ्याउनुहुन्छ। यी वृद्ध थिरुभनिमयरमा रुखमुनि काम गरिरहेका हुन्छन्। राष्ट्रपतिसँगको फोटो देखाउँदै उनले तामिलनाडूको तिनकासीदेखि नयाँ दिल्लीस्थिति राष्ट्रपति भवनसम् पुगेको कथा सुनाउँछन् जुन २ हजार ७ सय किलोमिटरभन्दा लामो छ जसलाई…

    विस्तृतमा पढ्नुस्

  • ट्युव लाइटमा सलमानको चिनिया युवतीसँग रोमान्स!

    ट्युव लाइटमा सलमानको चिनिया युवतीसँग रोमान्स!

    बजरंगी भाइजान र एक था टाइगरको सफलतापछि बलिउड स्टार सलमान खान र निर्देशक कविर खान फेरि नयाँ फिल्म ट्युव लाइटमा संगै आउने भएका छन्। बजरंगी भाइजानमा सलमान खानलाई फरक रुपमा प्रस्तुत गर्न सफल निर्देशकले फेरि उनलाई कसरी प्रस्तुत गर्लान त? फिल्ममा सलमान खान विशेष व्यक्तिका रुपमा रहनेछन्। उनलाई सबैले माया गरेर ट्युवलाइट भन्छन्। कुनै पनि कुरा साह्रै सुस्त गतिमा बुझ्ने…

    विस्तृतमा पढ्नुस्

  • ​प्रचण्डको तीतो स्वीकारोक्ति: काम गर्न सकेनौं, युद्धबाट आयौं शान्ति बुझ्न समय लाग्यो

    काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसँग पर्याप्त अनुभव नहुँदा जनताको भावनाअनुसार काम गर्न नसकेको स्वीकारेका छन्।   नेपालमै पहिलो पटक काखीमुनि सानो प्वाल पारी मुटुको शल्यक्रिया गरिएको जानकारी दिन ग्रीनसिटी अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने – “गणतन्त्र आएपछिको पहिलो प्रधानमन्त्री भएर खुला र प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा अनुभवको कमी थियो।…

    विस्तृतमा पढ्नुस्

  • 'बोल्न नसक्ने' भएपछि संसदीय समितिको बैठकमा अख्तियार प्रमुख कार्की अनुपस्थित

    'बोल्न नसक्ने' भएपछि संसदीय समितिको बैठकमा अख्तियार प्रमुख कार्की अनुपस्थित

    काठमाडौं : संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की अनुपस्थित भएका छन्।   स्वास्थ्यमा समस्या रहेको कारण देखाउँदै उनी समितिको बैठकमा नगएका हुन्। उनले पत्र पठाएर आफू अस्वस्थ रहेको जानकारी गराएका छन्।   पत्रमा घाँटीमा संक्रमण भएकाले बोल्न नसक्ने जनाइएको छ। एक हप्ता एन्टिबायोटिक खानका लागि डाक्टरले सल्लाह दिएकाले बैठकमा जान नसकेको पत्रमा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • 'इपिएस' भाषा परीक्षाको नतिजा सार्वजनिक, यहाँ हेर्नुस् नतिजा

    'इपिएस' भाषा परीक्षाको नतिजा सार्वजनिक, यहाँ हेर्नुस् नतिजा

    काठमाडौं : सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।   यसपटको लिइएको परीक्षाबाट कुल ३ हजार ५ सय १७ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाका प्रमुख डिल्लीराम बास्तोलाले पहिलोपोस्टलाई बताए।   आज प्रकाशित नतिजामा २१ सय ४० जना कृषि र १३ सय ७७ जना उद्योग क्षेत्रका लागि उत्तीर्ण भएका हुन्।   असार ४…

    विस्तृतमा पढ्नुस्

  • केयुको परीक्षामा अख्तियारको संलग्नताबारे छानबिन गरिने, ५ सदस्यीय उपसमिति गठन

    काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयु) चिकित्सा शास्त्रअन्तर्गत स्नातकोत्तर तहको परीक्षामा अख्तियारको संलग्नताबारे छानबिन गर्न पाँच सदस्यीय उपसमिति गठन भएको छ।   आज बसेको संसदको सुशासन तथा अनुगमन समितिको बैठकले पाँच जनाको उससमिति बनाएको हो। जसमा पद्मनारायण चौधरी, जनकराज जोशी, उदय नेपाली श्रेष्ठ, मिलन राजवंशी र नरसिंह चौधरी रहेका छन्।   बैठकमा धारणा राख्ने सांसदहरुले परीक्षामा अख्तियारले हस्तक्षेप गरेको बताएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • हङकङमा हाइक फर नेपाल, फोटोमा हेर्नुस्- पहाडमा फहरायो चन्द्रसूर्य

    हङकङमा हाइक फर नेपाल, फोटोमा हेर्नुस्- पहाडमा फहरायो चन्द्रसूर्य

    हङकङ : भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवर्द्धनका लागि हङकङमा लामो दुरीको पैदल यात्रा- हाइकिङ आयोजना गरियो। ‘हाइक फर नेपाल’ शीर्षकमा आयोजित कार्यक्रमले एसियाज वर्ल्ड  सिटीको उपमा पाएको हङकङ सहरलाई करिब चार घन्टा नेपालमय बनाएको थियो। करिब १३ किलोमिटर यात्रालाई ‘नेपालका लागि सँगसँगै पाइला चालौं’ नारा दिइएको थियो। सहरको मुटुमा केन्द्रित सेन्ट्रलस्थित हङकङ अवजरभेसन विह्लबाट सुरु भएको यात्रा वान चाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क लगायत सहरका मुख्य…

    विस्तृतमा पढ्नुस्

  • २६ वर्षे युवकको छुरीले लियो १९ को ज्यान, दोस्रो विश्वयुद्धपछिको ठूलो मास किलिङ

    २६ वर्षे युवकको छुरीले लियो १९ को ज्यान, दोस्रो विश्वयुद्धपछिको ठूलो मास किलिङ

    सागामिहरा : शान्त र सुरक्षित मानिने जापानमा चक्कुको प्रहारबाट कम्तिमा १९ जना मारिएका छन् भने २० जना घाइते भएका छन्। जापानको राजधानी टोकियोभन्दा बाहिर अपाङ्गहरुलाई राखिने ठाउँमा चक्कु प्रहार गरी हत्या गरिएको हो। टोकियोबाट ५० किलोमिटर दुरीमा रहेको सागामिहरा सहरमा अपाङ्ग राखिने केन्द्रबाट प्रहरीलाई बिहान २:३० बजे फोन आएको थियो। फोन गर्नेले 'डरलाग्दो घटना भयो' भन्ने सूचना दिएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानको अनुपस्थितिमा कुन सांसदले के भने?

    ​लोकमानको अनुपस्थितिमा कुन सांसदले के भने?

    काठमाडौँ : 'अचानक घाटीमा संक्रमण भइ बोल्नमा समस्या' भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की संसदको सुशासन समितिमा मंगलबार आएनन्। उनले पत्र पठाएर स्वास्थ्य अवस्था कारक रहेको बताए। कार्की नआएपछि सांसदहरुले खल्लो महसुस गरेको उल्लेख गरे। साथै कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे। काठमाडौँ विश्वविद्यालयमा चिकित्साशास्त्र अन्तर्गत स्नातकोत्तर तहको परीक्षामा हस्तक्षेपको आरोप अख्तियार माथि छ। कुन सांसदले…

    विस्तृतमा पढ्नुस्

  • जर्मन फुटबल संघका पूर्व अध्यक्षलाई एक वर्षको प्रतिबन्ध

    जर्मन फुटबल संघका पूर्व अध्यक्षलाई एक वर्षको प्रतिबन्ध

    जर्मन फुटबल संघ डिएफएका पूर्व अध्यक्ष ओल्फग्याङ नाएसरब्याचलाई फुटबलको सर्वोच्च निकाय फिफाको इथिक्स कमिटीले एक वर्षको लागि सबैखाले फुटबल गतिविधिबाट प्रतिबन्ध लगाएको छ।   २००६ मा जर्मनीलाई विश्वकप आयोजनाको अधिकार दिलाउने क्रममा नियमविपरीत काम गरेको पत्ता लागेपछि इथिक्स कमिटीले ६५ वर्षे नाएसरब्याचलाई प्रतिबन्ध लगाएको हो। अनुसन्धाताहरुले उनलाई २ वर्षे प्रतिबन्धको माग गरेका थिए।   सन् २००० मा भएको भोटिङमा जर्मनीले…

    विस्तृतमा पढ्नुस्

  • ​बुधबारबाट वर्षाको मात्रा कमी आउने

    ​बुधबारबाट वर्षाको मात्रा कमी आउने

    काठमाडौं : केही दिनदेखि देशका पूर्वी र मध्य क्षेत्रमा परेको लगातारको वर्षाले देशभरका १७ सयभन्दा बढी घरहरु डुवानमा पुरेका छन्। पहिरो र बाढीका कारण १० जनाभन्दा बढीका मृत्यु भएको छ। वर्षाले कर्णाली, भेरी, बबई, रतुवा, बक्रा लगायत नदीमा पानीको बहाव बढेसँगै वरपरका बासिन्दाहरु त्रासित बनेका छन्। गएराति मात्र पोखरामा २ सय २३ मिलिमिटर, सुर्खेतमा २०३ मिलिमिटर, सिमरामा ८७ मिलिमिटर, काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • 'कामचलाउ' सरकारलाई सांसदको ध्यानाकर्षण, बाढीपहिरोका पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

    'कामचलाउ' सरकारलाई सांसदको ध्यानाकर्षण, बाढीपहिरोका पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

    काठमाडौं : देशका विभिन्न ठाउँमा भएको बाढी पहिरोको क्षतिका विषयमा सांसदहरुले आजको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन्।   मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले डुबानको समस्याबारे उठाएका छन् भने पहाडका सांसद्हरुले पहिरोको समस्याले जनता पीडित भएको जनाएका छन्। संसद्को विशेष समयमा बोल्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराउँदै जनताका समस्याबारे आवाज उठाएका हुन्।   संसदमा अविश्वास प्रस्ताव आएर अल्पमतमा परेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले…

    विस्तृतमा पढ्नुस्

  • पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको नाम सार्वजनिक

    पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको नाम सार्वजनिक

    काठमाडौं : पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच वटा पुस्तकहरुको सूची सार्वजनिक गरिएको छ।  खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले बर्सेनि प्रदान गर्दै आइरहेको पद्मश्रीका लागि २०७२ मा प्रकाशित पुस्तकहरुको सूची निकालिएको हो। यीमध्ये सर्वोत्कृष्ट एउटा पुस्तकले मात्र पुरस्कार पाउनेछन्।   प्रतिष्ठानको गतवर्षको निर्णयबमोजिम नै पहिलो चरणमा उत्कृष्ट ठहरिएका पाँच पुस्तको सर्ट लिस्ट सार्वजनिक गरिएको हो। मनोनयनमा परेका पुस्तकहरुमा ऐना (कथा) रामलाल जोशी, चीरहरण (उपन्यास) नीलम…

    विस्तृतमा पढ्नुस्

  • सत्ता परिवर्तनबारे बोल्यो चीन : ओलीको राजीनामाले सम्बन्धमा असर पार्दैन

    सत्ता परिवर्तनबारे बोल्यो चीन : ओलीको राजीनामाले सम्बन्धमा असर पार्दैन

    बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामापछि पनि नेपालसँगको सम्बन्धमा कुनै असर नपर्ने चीनले जनाएको छ। प्रधानमन्त्री ओलीलाई चिनियाँ समर्थन रहेको व्यापक भएको समयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालसँगको सम्बन्धमा कुनै असर नपर्ने बताएका हुन्। भारतसँग सम्बन्ध चिसिएको र चीनसँग सम्बन्ध नजिक भएको विषयले प्राथमिकता पाउँदै आएको समयमा चीनले यस्तो धारणा सार्वजनिक गरेको हो। भारतसँग ओली सरकारको सम्बन्ध चिसिएको थियो…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निकायको संख्या घटाउने कुरा व्यावहारिक छैन : कांग्रेस

    स्थानीय निकायको संख्या घटाउने कुरा व्यावहारिक छैन : कांग्रेस

    काठमाडौं : नेपाली कांग्रेसले हाल स्थानीय निकायहरुको संख्या घटाएर ५६५ मा झार्ने कुरा व्यावहारिक नभएको जनाएको छ।   संसदीय दलमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले स्थानीय निकाय पुनसंरचना आयोगले गर्दै आएको स्थानीय निकायको संख्या घटाउने कुरा अलि व्यावहारिक नभएको निषकर्ष निकालेको हो।   जनतालाई आवश्यक सेवा पुर्‍याउन नसक्ने भएकाले संख्या केही बढाउन र व्यावहारिक बनाउने विषयमा अरु दलसँग समेत छलफल गरी…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर र थिमि पनि डुबानमा, नगरकोटमा तीन घर पुरिए

    रमेश गिरी भक्तपुर : लगातारको वर्षाका कारण भक्तपुर र मध्यपुरथिमि नगरपालिका क्षेत्रका विभिन्न भाग डुबानमा परेका छन्।    मध्यरातिदेखि हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुर थिमिका कमेरोटार, राधेराधे, निकोसेरा, दुवाकोट मोड, सिर्जननगर र सल्लाघारी क्षेत्रका सयौँ घर डुबानमा परेका हुन्।    त्यसैगरी भक्तपुरका जगाते, हनुमानघाट, बाराही क्षेत्र आसपासका घर, सिद्धिस्मृति प्रतिष्ठान, शान्ति निकेतन माविलगायत विभिन्न विद्यालय समेत डुबानमा परेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बाधा अड्काउ फुकाउ आदेश संसदबाट अनुमोदन, कार्यान्वयनका लागि ७ दिनको समय

    बाधा अड्काउ फुकाउ आदेश संसदबाट अनुमोदन, कार्यान्वयनका लागि ७ दिनको समय

    काठमाडौं : व्यवस्थापिका संसदले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संविधानको बाधा अड्काउ फुकाउ आदेश अनुमोदन गरेको छ।   प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले राखेको प्रस्ताव संसद्को बहुमतबाट पारित भएको हो।     संसदमा कांग्रेस र माओवादीसहित अधिकांश सांसद्ले बाधा अड्काउ फुकाउ आदेश आवश्यक नभएको र गलत रुपमा प्रयोग भएको भन्दै विरोध गरे पनि अन्त्यमा उनीहरुकै…

    विस्तृतमा पढ्नुस्

  • फेम शृंखलामा जम्दैछन् गायक नरेन लिम्बु

    फेम शृंखलामा जम्दैछन् गायक नरेन लिम्बु

    काठमाडौं : एकल गायन प्रस्तुति गर्दै आएको फेम नेपालले जुलाई महिनाको शृंखलामा गायक नरेन लिम्बुलाई प्रस्तुत गर्नेछ। नरेनले दरबारमार्गस्थित भिक्ट्री लन्जमा आउँदो शनिबार आफ्ना गीत प्रस्तुत गर्ने भएका हुन्।   ‘आस्था’ व्यान्डको एल्बमसँगै संगीत क्षेत्रमा आएका नरेन छोटो समयमै लोकप्रिय बने।   फेम नेपालले नरेनलाई ‘लाइभ म्युजिकल एरा २०१६’को छैटौं शृंखलामा प्रस्तुत गर्न लागेको हो। बेलुकी ९ बजेबाट सुरु हुने…

    विस्तृतमा पढ्नुस्

  • १६ वर्ष अनवरत अनशन गरेकी शर्मिला चाहन्छिन बिहे गर्न

    १६ वर्ष अनवरत अनशन गरेकी शर्मिला चाहन्छिन बिहे गर्न

    इम्फाल : भारतको मणिपुरमा सैनिक दुर्व्यवहारको विरुद्ध अनशनमा बस्दै आएकी इरोम शर्मिलाले १६ वर्षपछि अनशन त्याग्ने र चुनावमा भाग लिने निर्णय गरेकी छिन्। ४४ वर्षीया उनले मणिपुर जिल्ला अदालतमा आगामी अगस्ट ९ मा अनशन अन्त्य गर्ने जानकारी दिइन्। उनले अदालतमा बिहे गर्ने इच्छासमेत जाहेर गरिन्। उनले मणिपुरमा हुने आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेसमेत सुनाइन्। अनशनमा बसेकी उनलाई सरकारले ट्युबबाट जबरजस्ती…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell