रिलिजअघि नै रजनिकान्तको फिल्म कवाली चर्चाको शिखरमा थियो जसले यसलाई तल आउन दिने अवस्था नै थिएन। अहिले फिल्मले थिएटरमा तहल्का मच्चाएको छ र हेर्दा हेर्दै रेकर्डहरु तोडिरहेको छ। रजनिकान्तलाई अपेक्षा गर्न नसकिने अपेक्षाहरु बनाइदिन्छन् भन्ने यसपाला फेरि पुष्टि भएको छ। थोरै दिनमै रजनिकान्तले बनाएका रेकर्डहरु : १. २०१६ को सबैभन्दा धेरै ओपनिङ डे कलेक्सन गर्नेमा सलमान खानको सुल्तान थियो। कवाली…
धुन्चे : पहिरोका कारण आज बिहानदेखि स्याफ्रू– टिमुरे खण्डको सडक अवरोध हुँदा नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प भएको छ। निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत इलेक्टिसियन सानो कान्छा तामाङअनुसार वृदिम गाविस–१ फ्याङ्लुङ पाखाबाट झरेको पहिरोले सडकको सतह पुरी आवतजावतमा समेत अवरोध पुर्याएको छ। सामान लिन केरुङतर्फ जाँदै गरेका ५० भन्दा बढी कन्टेनर बीच सडकमा अलपत्र परेको बताइएको छ। …
काठमाडौं : विभागीय टोली सशस्त्रको एपिएफले महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आगामी अगस्टमा हङकङमा हुने आइसिसी विश्वकप एसियाली छनोटका लागि भएको प्रतियोगितामा पूर्वाञ्चललाई १० रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। उपाधिसँगै एपिएफले नगद १ लाख, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको पूर्वाञ्चलले ५० हजार पाएको छ। सिनियर महिला क्रिकेटमा यो सर्वाधिक पुरस्कार राशी…
काठमाडौं : व्यवस्थापिका संसदले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संविधानको बाधा अड्काउ फुकाउ आदेश आज अनुमोदन गरेको छ। प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले राखेको प्रस्तावमाथि छलफल भएर संसद्को बहुमतबाट यो पारित त भयो तर छलफलमा केही सांसदले रोचक कुरा पनि गरे। बहसका क्रममा चर्काचर्की पनि भयो। रमेश लेखक : संविधानको व्याख्या गरिएको हो कि संशोधन…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको 'मानसिक अवस्था ठीक नभएको' आरोप कांग्रेस सांसद अमरेशकुमार सिंहले लगाएपछि साउन ८ गते एमाले सांसदहरुले संसदमा विरोध जनाएका थिए। लगत्तै सभामुख ओनसरी घर्तीले सिंहको शब्द संसदको रेकर्डबाट मेटाउन लगाएकी थिइन्। यस्तै अपशब्दको घटना मंगलबार दोहोरिएको छ। संसद बैठकमा कांग्रेसकै अर्का सांसद सुरेन्द्र चौधरीले एमाले संसदीय दलका उपनेता समेत रहेका पूर्व सभामुख सुवास नेम्वाङलाई…
काठमाडौं : नेपाली राष्ट्रिय महिला टीम र भारतीय राष्ट्रिय महिला टीमबीच हुन लागेको दुई मैत्रीपूर्ण भलिबल खेलको तयारी पूरा भएको नेपाल भलिबल संघले बताएको छ। मंगलबार एक कार्यक्रममको आयोजना गर्दै संघले मैत्रीपूर्ण खेलका लागि सम्पूर्ण तयारी पूरा भएको र भारतसँग खेल्न नेपाली महिला खेलाडी तयार रहेको बताएको हो। नेपाल भलिबल संघको आयोजनामा नेपाल र भारतको महिला टोलीले बिहीबार…
काठमाडौं : आठ घण्टा बत्ती गएर आउनु पनि रमाइलो थ्यो नि। पानी आउने दिन घरभरिको भाडा राखेर पानी भर्नुमा पनि त मज्जा थ्यो नि। कुरा सुखसुविधाको मात्र होइन कुरा हो मनको शान्ति को हो। यस्तै सोच राख्छ, अमेरिकामा आफ्नो पढाइ सकाएको युवा। नेपालमा रहेका बेथितिहरुमा माथि भनिएजत्तै किसिमको रमाइलो महसुस गर्छ ऊ। उसले अमेरिका बसेर पढाइ सक्काउनासाथ नेपाल…
प्यूठान : सोमबारदेखिको अविरल वर्षाका कारण प्यूठानमा १४ जनाको मृत्यु भएको छ। त्यस्तै २४ जना बेपत्ता भएका छन्। उत्तरी प्यूठानको लुङ–६ बहानेमा पाँच, पुजाँमा दुई, खवाङमा दुई र झिमरुक नदीमा पाँच गरी १४ जनाको मृत्यु भएको प्रहरीले आज पुष्टि गरेको छ। लुङ–६ बहानेमा शिशिर रिजाल, ध्वजबहादुर पुन र वसन्ता केसीको घर पहिरोले पुर्दा स्थानीयवासी करिब ३५ वर्षीया शोभा रिजाल,…
काठमाडौं : युरोपको दुई गन्तब्यमा आफ्ना प्रस्तुती बोकेर लोक रक टोली नेपथ्य त्यसतर्फको यात्रामा अग्रसर भएको छ। ह्याम्बर्ग र कोपेनहेगनमा आयोजना हुने दुई कन्सर्टका निम्ति ब्याण्ड बुधबार हिँड्दैछ। टोलीको पहिलो प्रस्तुती जुलाइ ३० तारिखका दिन ह्याम्बर्गमा हुनेछ। त्यहाँस्थित ग्रुइन्सपानमा लोकभाकामा आधारित नेपथ्य आवाजहरु घन्काएपछि यो समूहले डेनमार्कको कोपेनहेगनस्थित अमागेर्वियोमा उपस्थिति जनाउनेछ। अगस्त २ तारिखका दिन त्यहाँ कन्सर्ट तय गरिएको छ।…
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा दिए। लगत्तै उनी संसद पुगे अनि आफू विरुद्धको अविश्वासको प्रस्तावमा उठेको प्रश्नको जवाफ दिए। सबैभनदा धेरै जवाफ फर्काए प्रस्तावक पुष्पकमल दाहाल प्रचण्डलाइ। तर उनले राजीनामा दिएको विषय भने छलफल टुङ्गिएर छलफलको जवाफ दिने क्रमको अन्तिममा मात्र बताए। राजीनामा नदिएको भए सोही बैठकमा सभामुख ओनसरी घर्तीले मतदान प्रक्रियामा लाने थिइन्। तर राजीनामाको…
काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दको प्रभाव राजधानीको सडकमा देखिएका छन्। सार्वजनिक सवारी साधन निकै कम मात्रामा चलेका छन् भने स्कूल र कलेजहरु बन्द भएका छन्। काठमाडौँ उपत्यकाबाट बाहिरने र उपत्यका भित्रिने सार्वजनिक बसहरुको संख्यामा समेत निकै कमी आएको छ। राजधानीको सडकमा मोटरसाइकल र निजी सवारी साधन भने निर्वाध रुपमा चलेका छन्। केही बस र माइक्रोहरु…
काठमाडौं : प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि त्यसलाई भारतले कसरी लिएको छ त? भारत विरोधी छवी बनाएको ओली सरकार बहिर्गमनलाई भारतीय मिडियाले भने निक्कै सकारात्मक रुपमा लिएका छन्। चीनसँग नाता नजिक्याएको र भारत विरोधी भावना बढाएको भन्दै भारतीय मिडियाले ओलीको राजीनामालाई 'राम्रो' भएको विश्लेषण गरेका छन्। भारतको संस्थापनसँग नजिक रहेको पत्रिका दी टाइम्स अफ इन्डियाको हिन्दी संस्करण नवभारत…
रजनीकान्त साच्चिकै भन्दा सुपरस्टारका सुपरस्टार हुन् र यसलाई उनको हालैको फिल्म काबलीले पुष्टि गरेको छ। सलमान खानको फिल्म सुल्तानको रिलिजको दिनको कमाइसँग तुलना गर्ने हो भने रजनिकान्त सबैका बाउ बनेर निस्किए। कबालीले ओपनिङमा नै करिब ५३ करोड ग्रस आम्दानी गर्यो। यसअघि बलिउड स्टार सलमान खानको फिल्म सुल्तानले ३६.५ करोड कमाएको थियो। रजनिकान्तको फिल्मलाई समीक्षकहरुले रुचाएका छैनन्। तर उनको फिल्मले भारत…
काठमाडौँ : नयाँ सरकारमा मन्त्री बन्ने चर्चामा रहेका कांग्रेस नेता अर्जुननरसिंह केसी र माओवादी केन्द्रका जनार्दन शर्माले डाक्टर गोविन्द केसीसँग भेट गरेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डाक्टर गोविन्द केसीसँग भेट गरी उनीहरुले केसीका माग आगामी सरकारले पूरा गर्ने प्रतिबद्धता जनाए। उनीहरुले डाक्टर केसीले उठाएका माग र अभियानमा समर्थन समेत व्यक्त गरे। सोमबार मात्र सरकार र डाक्टर गोविन्द…
तनहुँ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको क्रममा सोमबार तनहुँमा ट्रकमा आगजनी भएको छ। भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना ४ ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दिपुर नगरपालिका ५ ऑधिखोलामा रोकी जलाएका हुन्। बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट झारी उनीहरुले आगो लगाएका थिए। आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प्रहरीले…
काठमाडौं : हलिउड स्तरको भन्दै प्रचार गरिएको फिल्म ‘द विनर’को गीत र टिजर पछिल्लो समय चर्चामा छ। रिलिजको तयारीमा रहेको फिल्मका नायक महेशमान श्रेष्ठले अस्ट्रेलिया, दुबई र नेपालमा छायांकन गर्दाको तस्बिर सार्बजनिक गरेका छन्। उनी यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गर्दैछन्। हिक्मत बिष्टको निर्देशन रहेको फिल्मको डबिङ भइरहेको छ। तीन देशमा छायांकन गरिएको यो नै पहिलो नेपाली फिल्म भएको…
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि नेपाली क्रिकेटको अवस्था बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टोली सोमबार नेपाल आउने भएको छ। आइसिसीले क्यानलाई निलम्बन गरेपछि टोली पहिलो पटक नेपाल आउन लागेको हो। आइसिसीका प्रतिनिधिहरु दुई समूहमा नेपाल आउन लागेका हुन्। आइसिसी एसियाका डेपलपमेन्ट म्यानेजर बन्दुला वार्नापुरा, एकाउन्ट शाखाका अमर शेख तथा पाउल मामाहोन सोमबार नेपाल आउने…
काठमाडौं : सद्भावना पार्टीका सांसद तथा कानुनविद् लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीले आफ्नो लाज ढाक्न संविधानमा नभएको बाधा अड्काउ फुकाउ प्रस्ताव सिफारिस गरेको आरोप लगाएका छन्। पहिलोपोस्टसँगको कुराकानीमा सांसद कर्णले ओलीले सुरुमा संविधानको सहारा लिएर सत्ता टिकाउन खोजेको र सबैको समर्थन गुमेर हट्नैपर्ने अवस्था आएपछि बाधा अड्काउ फुकाउको नाटक गरेर लाज ढाक्ने काम गरेको बताए। ‘महिलाहरुले लाज ढाक्न बुर्का लगाउँछन्, ओलीजीले पहिले…
काठमाडौं : नयाँ प्रधानमन्त्री चयनका लागि संवैधानिक जटिलता देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गरेकी छिन्। नेपालको संविधानको धारा २९८ मा संक्रमणकालीन मन्त्रिपरिषद्सम्बन्धी व्यवस्था छ। सोही व्यवस्थाबमोजिम व्यवस्थापिका-संसदबाट केपी ओली प्रधानमन्त्री निर्वाचित भएका हुन्। संविधानको धारा २९८ को उपधारा (८) बमोजिम ओलीले प्रधानमन्त्रीले राजीनामा दिएका थिए। संविधानमा अर्को प्रधानमन्त्री निर्वाचित हुने…
झापा : केही दिनदेखिको वर्षाका कारण पूर्वी तराईको जनजीवन कष्टकर बन्दै गएको छ। वर्षापछिको बाढीमा परेर झापामा दुई जनाले ज्यान गुमाएका छन् भने एक बेपत्ता छन्। मृतकहरुमा गोलधाप–८ मा ६४ वर्षीय कालीबहादुर लिम्बू र गौरादह–५ निवासी ३६ वर्षीय टेकेन्द्र खड्का रहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। भारत घर भई कुमरखोद–४ मा बस्दै आएका १८ वर्षीय बाबुलाल मर्डी भने…