PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • २५ हजार फिट माथिबाट बिनाप्यारासुट हामफाल्दै लुक अइकिन्सले राखे विश्व रेकर्ड

    २५ हजार फिट माथिबाट बिनाप्यारासुट हामफाल्दै लुक अइकिन्सले राखे विश्व रेकर्ड

    अमेरिकी स्काई डाइभर लुक अइकिन्सले २५ हजार फिटमाथिबाट बिनाप्यारासुट हामफाल्दै विश्व कीर्तिमान कायम गरेका छन्।   हेभन सेन्ट नाम दिइएको उक्त स्टन्टमा ४२ वर्षे अइकिन्सले प्यारासुट र विङ्गसुटबिनै हामफालेका हुन्।  ​ क्यालिफोर्निया डिजर्टमा उनी उच्च प्रविधिको १० हजार स्क्वायर फिट नेटमा सफलतापूर्वक अवतरण भएका थिए। अइकिन्सलाई २५ हजार फिटमाथिबाट हाम फाल्न दुई मिनेट समय लागेको थियो।   उक्त नेटबाट बाहिर…

    विस्तृतमा पढ्नुस्

  • केट मिडलटनकी बहिनीले आरोहण गरिन् म्याटरहन पर्वत, च्यारिटीबाट संकलित रकम नेपालका स्कुललाई

    केट मिडलटनकी बहिनीले आरोहण गरिन् म्याटरहन पर्वत, च्यारिटीबाट संकलित रकम नेपालका स्कुललाई

    माइकल म्याथ्यु जो अहिले यो संसारमा छैनन्। सन् १९९९ मा सगरमाथा आरोहणका क्रममा भएको घटनामा उनको मुत्यु भएको थियो।   उनका भाइ हुन् जेम्स म्याथ्यु र जेम्सकी प्रेमिका हुन् पिप्पा मिडलटन। जेम्सकी प्रेमिकाभन्दा पहिला पिप्पा केट मिडलटनकी बहिनी हुन्। ३२ वर्षीय पिप्पाको पूरा नाम फिलिप्पा चार्लोट मिडलटन हो। केट मिडलटन बेलायती युवराज विलियम्सका श्रीमती अर्थात् क्याथरिन डचेज अफ क्याम्ब्रिज हुन्।…

    विस्तृतमा पढ्नुस्

  • पत्नीको हत्या गरी खेतमा गाड्ने पति पक्राउ

    वीरगन्ज : पत्नीको हत्या गरी फरार भएका एक पुरुषलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।   पत्नीको हत्या गरी खेतमा गाडेर फरार भएका भेडिहारी–९ गदियानी निवासी परमा मण्डललाई प्रहरीले पक्राउ गरेको हो। मण्डलले बिहीबार राति आफ्नी २० वर्षिया पत्नी रमावती देवीको घाँटी थिचेर हत्या गरेका थिए। हत्या गरी घर नजिकको धानखेतमा गाडेर उनी फरार भएका थिए।   रमावतीको माइती पक्ष शुक्रबार…

    विस्तृतमा पढ्नुस्

  • बास्टिन स्वाइन्स्टाइगरद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    बास्टिन स्वाइन्स्टाइगरद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    विश्व विजेता जर्मनीका कप्तान बास्टिन स्वाइन्स्टाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।   जोसे माउरिन्हो म्यानचेस्टर युनाइटेडको व्यवस्थापक बनेयता क्लब करिअर अनयोलमा रहेका बेला जर्मन मिडफिल्डरले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन्।   सन्यास लिएको घोषणा गर्दै उनले फेसबुकमा लेखेका छन्, 'मैले मुख्य प्रशिक्षकलाई अब राष्ट्रिय टीममा मलाई छनोट नगर्न भनिसकेको छु, म आफ्ना समर्थक, राष्ट्रिय टीम, फुटबल संघ लगायत…

    विस्तृतमा पढ्नुस्

  • धनगढी पुगेर बाबुरामले भने, 'नेपाल-भारत सम्बन्ध पुनरावलोकनका लागि नेपालले आँट गर्नुपर्छ'

    धनगढी पुगेर बाबुरामले भने, 'नेपाल-भारत सम्बन्ध पुनरावलोकनका लागि नेपालले आँट गर्नुपर्छ'

    धनगढी : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ सन्दर्भमा नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका छन्। शनिबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले दुई देशबीचको सम्बन्धमा पुनरावलोकन गर्न भारत तयार रहनुपर्ने समेत बताए। 'नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ,' उनले भने, 'यसमा भारत पनि तयार रहनुपर्छ र नेपालले पनि पुनरावलोकनका लागि आँट गर्नुपर्छ।' संयोजक भट्टराईले विगतमा राजनीतिक अस्थिरताका कारण नेपालले…

    विस्तृतमा पढ्नुस्

  • बाढीले सडक भत्काएपछि ठोरी-भरतपुर सडक सम्पर्क विच्छेद

    वीरगन्ज : चितवनसँग पर्साका दुर्गम तीन गाविसको सम्पर्क टुटेको छ। अविरल वर्षाको कारण ठोरी–माडी–भरतपुर सडकखण्डको माडीदेखि ठोरीसम्मको सडकखण्ड बाढीले ठाउँठाउँमा भत्काएपछि सडक सम्पर्क टुटेको हो। सडक अवरुद्ध भएपछि पर्साको सुवर्णपुर, निर्मलबस्ती, ठोरी गाविसका जनताहरु भरतपुर आउजाउ गर्न पाएका छैनन्। सुवर्णपुर–ठोरी–माडी हुँदै काठमाडौं चल्ने बस सेवा पनि बिहीबार रातिदेखि ठप्प भएको बस व्यवसायीहरुले बताएका छन्। काठमाडौंबाट आउने बस भने शुक्रबारदेखि आउन…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक समझदारीका लागि कांग्रेस, माओवादी र मोर्चाले बनाए कार्यदल, १८ गतेसम्म सहमति खोजिने ​

    राजनीतिक समझदारीका लागि कांग्रेस, माओवादी र मोर्चाले बनाए कार्यदल, १८ गतेसम्म सहमति खोजिने ​

    काठमाडौं : नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाको संयुक्त बैठकले राजनीतिक समझदारीका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ।   आज राज्यव्यवस्था समितिको सभाहल सिंहदबारमा बसेको संयुक्त बैठकले राजनीतिक समझदारीका निम्ति तीन वटै दलबाट तीन-तीन जना रहेको एक समिति निर्माण गरेको हो। उक्त कार्यदलले साउन १८ गतेसम्म सहमति खोजिने योजनाअनुरुप भोलिदेखि नै काम थाल्नेछ। छलफलमा मधेसवादी दलहरुले भने नयाँ सरकारका…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल सञ्चालनमा

    अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल सञ्चालनमा

    काठमाडौं : अब नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल सञ्चालनमा आएको छ।   राजधानीको धुम्बाराही, हाँडीगाउँमा रहेको धन्यन्तरी फुटसल प्रालिले धन्यन्तरी स्विमिङ पुल सञ्चालनमा ल्याएको हो। शनिबार नेपाली पौडीबाज शिरीष गुरुङले एक कार्यक्रमका बीच उक्त पुलको उद्घाटन गरे।   १३ वर्षअघि यस्तै पुलबाट करिअर सुरु गरेको बताउँदै शिरीषले यस्ता नयाँ स्विमिङ पुलबाट नयाँ प्रतिभाहरु निस्कने विश्वास व्यक्त गरे।   २ करोड…

    विस्तृतमा पढ्नुस्

  • पौडी खेलाडी शिरीष गुरुङ सम्मानित

    पौडी खेलाडी शिरीष गुरुङ सम्मानित

    काठमाडौं : रियो ओलम्पिक खेल्न जान लागेको नेपाली पौडीबाज शिरीष गुरुङ सम्मानित भएका छन्।   शिरीषलाई राजधानीको धुम्बाराहीमा रहेको धन्यन्तरी फुटसल प्रालिले शनिबार नगदसहित सम्मान गरेको हो।   धन्यन्तरी स्विमिङ पुलको उद्घाटन कार्याक्रमको अवसरमा उनलाई ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो।   रियो ओलम्पिक २०१६ मा सहभागिता जनाउन जानुअघि यस्तो प्रकारको सम्मानले थप हौसला मिलेको शिरीषले बताए।…

    विस्तृतमा पढ्नुस्

  • स्विडिस नागरिकमा किन घट्यो सेक्स मोह? चिन्तित बनेको सरकारले गर्दैछ अनुसन्धान

    स्विडिस नागरिकमा किन घट्यो सेक्स मोह? चिन्तित बनेको सरकारले गर्दैछ अनुसन्धान

    सेक्स हरेक व्यक्तिको इच्छा र चाहना हुन्छ। धेरैलाई यो चासोको विषय पनि हो तर सबैको लागि सेक्स उत्तिकै चाहनाको विषय बन्ला त?   स्विडेनमा एक अध्ययनले के देखाएको छ भने स्विडिस जनताहरुमा सेक्सको मोह भंग भएको छ। त्यहाँको सरकार यस विषयलाई लिएर निकै चिन्तित छ यति बेला।   स्विडिस मिडियामा आएको रिपोर्ट अनुसार त्यहाँका जनताहरुमा सेक्स गतिविधिमा ह्रास आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ङ समूहले गर्दैछ नाटक लेखन प्रतियोगिता

    ङ समूहले गर्दैछ नाटक लेखन प्रतियोगिता

    काठमाडौं : ‘ङ समूह’ले ‘युवा लेखकहरुका लागि नाटक लेखन प्रतियोगिता’ गर्ने भएको छ।   नेपालमा पहिलो पटक हुन लागेको यस्तो प्रतियोगिताको मुख्य उद्देश्य मौलिक सिर्जनालाई प्रोत्साहन गर्ने र विजयी नाटकलाई केही समयसम्म राजधानीमा मञ्चन गर्ने हो। प्रतियोगितामा युवा लेखकहरुलाई प्रशिक्षण समेत दिइनेछ।   'हामी सधैं विदेशी नाटकहरुमा मात्र आश्रित हुनुपर्ने हुनाले पनि यस्तो खालको प्रतियोगिताको आयोजना गर्न लागेका हौं,' आयोजक…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् विश्वकै महँगा १० फुटबलर

    यी हुन् विश्वकै महँगा १० फुटबलर

    तीन दिनअघि मात्र अर्जेन्टिनाका गोन्जालो हिगुएन विश्वकै तेस्रो महँगो फुटबलर बनेका थिए। नेपोलीबाट ७६ मिलियन पाउण्डमा इटलीकै अर्को क्लब युभेन्ट्स गएसँगै महँगो खेलाडीको सूचीमा हिगुएनले लुइस सुवारेजलाई पछि पारेका थिए।   यसअघि ट्रान्सफर विन्डोमा गारेथ बेल सर्वाधिक महँगा खेलाडी थिए भने क्रिस्टियानो रोनाल्डोको सूचीको दोस्रो स्थानमा थिए।   तर अब बेल दोस्रो स्थानमा झर्ने भएका छन् भने कुनै बेला विशवकै…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्र कि लोकमान? सांसदलाई चुनौती दिएका डा. केसीले भने- लोकमान 'भ्रष्टाचारको नायक'

    लोकतन्त्र कि लोकमान? सांसदलाई चुनौती दिएका डा. केसीले भने- लोकमान 'भ्रष्टाचारको नायक'

    काठमाडौं : चिकित्सा क्षेत्रको बेथितिविरुद्ध आठौं पटकसम्म अनसन बसिसकेका डा. गोविन्द केसी आफैं शनिबार आफ्ना समर्थकका साथमा प्रदर्शन उत्रिएका छन्।   ठूलो संख्यामा रहेका समर्थकसँगै डा. केसीले राजधानीको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म पैदल यात्रा गरे। आठौं पटकको अनसनमा चार बुँदे सम्झौता गरी गएको सोमबार अनसन तोडेका उनले सम्बोधन पनि गरेका छन्।   आफ्नो आन्दोलनमा साथ दिने र सहयोग गर्नेहरुलाई धन्यवाद दिएका…

    विस्तृतमा पढ्नुस्

  • धनकुटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

    धनकुटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

    काठमाडौं : धनकुटामा बिहीबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस धनकुटाको परेवादिन–५ सिधुवा बजार नजिक ब्रेक फेल भई दुर्घटनामा परेको थियो।   विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका धरान-१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको संख्या थपिएको हो। उपचारको क्रममा धनकुटा बुढीमोरङका सनम…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई भेटे चिनियाँ राजदूतले, आफ्नो सरकारले चीनसँग नयाँ सम्झौता गर्ने प्रचण्डको भनाइ

    प्रचण्डलाई भेटे चिनियाँ राजदूतले, आफ्नो सरकारले चीनसँग नयाँ सम्झौता गर्ने प्रचण्डको भनाइ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदुत वु चुन्ताईबीच आज भेटवार्ता भएको छ।   भेटका लागि राजदूत चुन्ताई प्रचण्ड निवास लाजिम्पाटमा नै पुगेका थिए।   भेटका क्रममा प्रचण्डले अहिलेको राजनीतिक घट्नाक्रमबारे जानकारी गराउँदै केही दिनभित्रै आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका थिए। आफ्नो नेतृत्वमा बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थीरता एवं शान्ति, पुनर्निमाण र…

    विस्तृतमा पढ्नुस्

  • रेडकर्नर नोटिसमा एक नेपालीको नाम थपियो, को हुन् यी 'मोस्ट वान्टेड'?

    रेडकर्नर नोटिसमा एक नेपालीको नाम थपियो, को हुन् यी 'मोस्ट वान्टेड'?

    काठमाडौं : रेडकर्नर नोटिसमा एक नेपाली थपिएका छन्। नेपाल प्रहरीले जारी गरेको रेडकर्नर नोटिसमा यसअघि १३ जना नेपाली र दुई विदेशीको नाम थियो। प्रहरीले उक्त सूचीमा जीवनबहादुर अधिकारीको नाम थप गरेको हो। कास्कीको सिद्ध गाविस-७ घर भएका अधिकारी हत्याका अभियुक्त हुन्। उनले सोही ठाउँमा शिवराज थापालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। उनी अहिले फरा छन्। विभिन्न गम्भीर घटना…

    विस्तृतमा पढ्नुस्

  • देउवाले 'एक दिन पख' भनेपछि नेविसंघका अनसनकारी निराश, अब आमरण अनसन

    देउवाले 'एक दिन पख' भनेपछि नेविसंघका अनसनकारी निराश, अब आमरण अनसन

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा छ दिनदेखि रिले अनसनमा रहेका नेपाल विद्यार्थी संघका अनसनकारीहरु निराश भएका छन्। उनीहरु रिले अनसनबाट नेतृत्वले आफ्ना मागको सुनुवाइ नगर्ने निष्कर्षसहित आमरण अनसनको तयारीमा जुटेका छन्।   नेविसंघका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा पाँच दिनका लागि भन्दै छ दिनअघि सुरु भएको रिले अनसन पार्टी सभापति शेरबहादुर देउवाले 'एक दिन पख' भनेकै कारण थप…

    विस्तृतमा पढ्नुस्

  • एक लाख जित्ने फोटो, जुन व्यावसायिक फोटोग्राफरले होइन पुजारीले खिचेका थिए

    एक लाख जित्ने फोटो, जुन व्यावसायिक फोटोग्राफरले होइन पुजारीले खिचेका थिए

    काठमाडौं :  …र, यसपटकको फोटो अफ दि इयरको अवार्ड जित्नुभएको छ- दीपकरत्न बज्राचार्यले।   राष्ट्रिय नाचघरको मिनी हलमा कसैको ताली बजेन। अघिपछि अरु विधामा अवार्ड जित्नेको नाम घोषणा गर्दा हलै थर्काउने गरी चिच्याएको सुनिए पनि यति बेला कसैले चियर गरेन।   पर्दामा भूकम्पको त्रास झल्काउने गरी स्वयम्भूमा भत्कँदै गरेका घर र आत्तिँदै गरेका मानिसहरु भएको फोटो प्रोजेक्टरबाट देखाइसकिएको थियो।   यसपटकको फोटो…

    विस्तृतमा पढ्नुस्

  • 'लालजोडी'को गीतमा रेखा थापाको स्वर

    'लालजोडी'को गीतमा रेखा थापाको स्वर

    काठमाडौं : रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म 'लालजोडी'को प्रोमोसँगै दुई गीतको भिडियो सार्वजनिक भएको छ।   अभिनेत्री रेखा थापाको समेत स्वर रहेको 'मा कसम' र 'आज त क्या राम्री' बोलको दुई गीतको भिडियो प्रोमोसहित सार्वजनि भएको हो।   दोस्रो पटक फिल्म निर्देशन गरेका सुवेदीले पहिलो फिल्म आफ्नो परीक्षण नभएकाले दोस्रोमा हात हालेको बताए। 'व्यवसायका लागि फिल्म बनाएको हुँ।…

    विस्तृतमा पढ्नुस्

  • भारतीय भूमिबाट नेपालीमाथि भएको आक्रमणको ​एमालेद्वारा भर्त्सना

    भारतीय भूमिबाट नेपालीमाथि भएको आक्रमणको ​एमालेद्वारा भर्त्सना

    काठमाडौँ : नेकपा एमालेले सप्तरीको तिलाठी नजिकै दसगजा क्षेत्रमा भारतीय भूमिबाट नेपालीमाथि भएको ढुङ्गामुढा र आक्रमणको भर्त्सना गरेको छ।  एमाले केन्द्रीय सचिवालय बैठकले भारतबाट एकतर्फी ढंगले बनाइएका बाँध र सडक लगायत संरचनाका कारण नेपालतर्फको  भूभाग डुबानमा परेको उल्लेख गर्दै समाधानका लागि प्रभावकारी कदम चाल्न सरकारलाई ध्यानाकर्षण समेत गराएको छ।  सचिव योगेश भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ- हिजो सप्तरीको तिलाठी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell