PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • भारतबाट दुबई पुगेको विमान ल्यान्डिङ गर्दा दुर्घटना

    भारतबाट दुबई पुगेको विमान ल्यान्डिङ गर्दा दुर्घटना

    भारतबाट दुबई पुगेको इमिरेट्स एयरलाइन्सको बोइङ ७७७-३०० ल्यान्डिङका क्रममा दुर्घटनामा परेको छ। दुबइको रनवे १२ एल मा स्थानीय समयअनुसार १२:४१ बजे ल्यान्डिङ हुँदा गियरमा समस्या उत्पन्न भएको जनाइएको छ। यात्रुहरुलाई सुरक्षित रुपमा उद्दार गरिँदै गरेको मिडियाहरुले जनाएका छन्। युनाइटेड अरब इमिरेट सरकारले विमान दुर्घटना भएको स्वीकार गर्दै मानवीय क्षतिको रिपोर्ट नभएको जनाएको छ। विमानमा २ सय ७५ यात्रु र चालक दलका…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ नेपालको ३९औं प्रधानमन्त्री प्रचण्डको इतिहास

    यस्तो छ नेपालको ३९औं प्रधानमन्त्री प्रचण्डको इतिहास

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक आज प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्।    प्रधानमन्त्री चुन्न अरु उम्मेदवार नभएको निर्वाचनमा भएको मतदानको परिणाम अनुसार उनले ३६३ मत पाए। उनको विपक्षमा २१० मत पर्‍यो। उनको पक्षमा नेपाली कांग्रेससहित १५ दल र एक स्वतन्त्र सांसदले मतदान गरेका थिए। पाठकहरुको जानकारीका लागि हामीले प्रचण्डको संक्षिप्त व्यक्तिगत जीवनीलाई प्रस्तुत गरेका…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सहयात्री प्रचण्डलाई बाबुराम भट्टराईको बधाई

    काठमाडौं : एमाओवादी पार्टी टुक्राएर नयाँ शक्ति नेपालको संयोजक बनेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित भएकोमा बधाइ दिएका छन्। संसद सदस्यबाट समेत राजीनामा गरिसकेका पूर्व प्रम भट्टराई पछिल्लो समय प्रचण्डका कटू आलोचकका रुपमा देखिँदै आएका छन्। उनले आज दिउँसो ट्विट गर्दै पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित भएकोमा हार्दिक वधाइ तथा कार्यकालको पूर्ण सफलताको कामना गरेका…

    विस्तृतमा पढ्नुस्

  • प्रम चुनिएलगत्तै प्रचण्डलाई मोदीको फोन, सहयोगको प्रतिवद्धता

    प्रम चुनिएलगत्तै प्रचण्डलाई मोदीको फोन, सहयोगको प्रतिवद्धता

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाइ दिएका छन्। मोदीले प्रचण्ड सरकारलाई पूर्ण सहयोग गर्ने बताउँदै भारत भ्रमणको निम्तासमेत दिएका छन्। मोदीले प्रचण्डसँग भएको कुराकानीबारे ट्विट गर्दै जानकारी गराएका हुन्। Spoke to Nepal's PM-elect Pushpa Kamal Dahal 'Prachanda' ji & congratulated him. Assured him of our full support & invited him to India. — Narendra…

    विस्तृतमा पढ्नुस्

  • थ्री स्टारको प्रशिक्षकमा मेघराज केसी, एएफसी प्लेअपका लागि २० खेलाडी छनोट

    थ्री स्टारको प्रशिक्षकमा मेघराज केसी, एएफसी प्लेअपका लागि २० खेलाडी छनोट

    काठमाडौं : रुस्लान थ्री स्टार क्लबको मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्।   अगामी अगस्ट २१ गतेबाट मंगोलियामा हुने एएफसी कपको प्लेअप छनोटमा सहभागी हुन लागेको पाटने क्लबले केसीलाई प्रशिक्षकमा नियुक्त गरेको क्लबका महासचिव सन्जीव शिल्पकारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। यस्तै प्रशिक्षकमा रवीन्द्र शिलाकार रहनेछन्।   २०७१ सालको राष्ट्रिय लिग विजेताको हैसियतमा थ्री स्टारले एएफसी कपको प्लेअप छनोटमा नेपालको…

    विस्तृतमा पढ्नुस्

  • प्रम निर्वाचित भएपछि प्रचण्ड निवासमा चिनियाँ राजदूत

    प्रम निर्वाचित भएपछि प्रचण्ड निवासमा चिनियाँ राजदूत

    काठमाडौं : प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्डको लाजिम्पाटस्थित निवासमा पुगेर नेपालका लागि चिनियाँ राजदूतले बधाइ दिएका छन्। नेपालका लागि चिनियाँ राजदुत यु चुन्ताईले नवनिर्वाचित प्रधानमन्त्रीलाई निवासमै पुगेर बधाइ दिएका हुन्। नयाँ प्रधानमन्त्री चयन भएको अवसरमा प्रचण्ड निवासमा झाँकीसमेत प्रदर्शन भएको छ। उनलाई बधाइ दिन जानेको भिड लागेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई फोन गरेर बधाइ दिइसकेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • नियमित आकस्मिकता : अल्पआयुमै ओली सरकारको अवसान

    नियमित आकस्मिकता : अल्पआयुमै ओली सरकारको अवसान

    काठमाडौं : संविधानसभा र गणतन्‍त्र घोषणापछि प्रधानमन्त्री बन्नेहरु सबै अल्पआयुकै रहे। गिरिजाप्रसाद कोइराला संक्रमणकालीन प्रधानमन्त्रीका रुपमा लामो समय टिके तर त्यसयताका प्रधानमन्त्रीहरु संसदीय अभ्यासबाटै गलहत्याइए। राजनीतिक दलहरुबीच समीकरणहरु पनि अदलबदल भइरह्यो। गणतन्त्रको घोषणापछि सबैभन्दा लामो समय सत्तामा रहे सुशील कोइराला। उनीपछि सबैभन्दा लामो समय टिकेका प्रधानमन्त्री हुन् नेकपा एमालेका माधवकुमार नेपाल। नेपालको संसदीय राजनीतिमा माधव कुमार नेपाल सबैभन्दा लामो समय…

    विस्तृतमा पढ्नुस्

  • 'नाइँ नभन्नु ल ४' का जोडी 'जोनी जेन्टलमेन'मा फेरि बाँधिदै

    'नाइँ नभन्नु ल ४' का जोडी 'जोनी जेन्टलमेन'मा फेरि बाँधिदै

    नाइँ नभन्नु ल ४ मा एक साथ ठुलो पर्दामा डेब्यु गरेका प्रेम जोडी पल शाह र आँचल शर्मा पुन: एक पटक एकै पर्दामा देखिने भएका छन्।  म्युजिक भिडियो निर्देशक नीतिन चन्दको पहिलो फिचर फिल्म 'जोनी जेन्टलमेन'मा यी दुईको जोडी बाँधिने भएको हो।   योर स्टाइलको ब्यानरमा बन्न लागेको फिल्मलाई एन्ड्रीउ पौडेलले निर्माण गर्न लागेका हुन्। महेश दवाडीको कथामा आधारित फिल्मका…

    विस्तृतमा पढ्नुस्

  • नयाँ प्रधानमन्त्रीका लागि आज संसदमा उम्मेदवारी दर्ता, एमाले बैठक बस्दै

    नयाँ प्रधानमन्त्रीका लागि आज संसदमा उम्मेदवारी दर्ता, एमाले बैठक बस्दै

    काठमाडौं : नयाँ प्रधानमन्त्री चयन गर्नका लागि व्यवस्थापिका संसदमा आज ११ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइने भएको छ।   व्यवस्थापिका संसदको हिजोको बैठकले मंगलबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तोकेको थियो।   निर्वाचन कार्यक्रमअनुसार आजै बेलुका उम्मेदवारको सूची सार्वजनिक हुनेछ भने प्रधानमन्त्रीको निर्वाचन भने भोलि बुधबार हुनेछ। बुधबार बिहान ११ बजे बस्ने संसदको…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित राजदूतहरुको सुनुवाइ आजदेखि सुरु

    काठमाडौं : प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ आजदेखि सुरु भएको छ।    संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित २१ राजदूतको सुनुवाइ आजदेखि सुरु गरेको हो।   आजको सुनुवाइमा भने चार जना रहनेछन्। सुनुवाइ हुने प्रस्तावित राजदूतहरुमा पाकिस्तानका लागि सेवा लम्साल अधिकारी, ब्राजिलका लागि ताराप्रसाद पोखरेल, भियनास्थित राष्ट्रसंघीय कार्यालयका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदी र संयुक्त अधिराज्य (बेलायत) का दुर्गाबहादुर सुवेदी…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो पटक प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरे प्रचण्डले, मधेसी मोर्चाको पनि समर्थन

    तेस्रो पटक प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरे प्रचण्डले, मधेसी मोर्चाको पनि समर्थन

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान ११ बजेर २६ मिनेटमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेका छन्।  समर्थकमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरासहित नेकपा संयुक्तका सांसद जयदेव जोशी, अखण्ड नेपालका सांसद कुमार खड्का र स्वतन्त्र सांसद…

    विस्तृतमा पढ्नुस्

  • नेपालकी गौरिका सिंह रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी

    नेपालकी गौरिका सिंह रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी

    काठमाडौं : नेपाली पौडी खेलाडी गौरिका सिंह रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गर्ने सबैभन्दा कम उमेरकी खेलाडी भएकी छिन्।   रियो ओलम्पिकको अफिसियल वेबसाइटमा १३ वर्षे किशोरी गौरिकालाई सबैभन्दा कान्छी खेलाडी भएको उल्लेख गरिएको छ। लण्डनमा बस्दै आएकी गौरिका नेपालबाट प्रतिनिधित्व गर्दैछिन्।   गत वर्ष गएको विनाशकारी भूकम्पका बेला राष्ट्रिय प्रतियोगिता खेल्न उनी काठमाडौं आएकी थिइन्। गौरिकाले रियो २०१६ को…

    विस्तृतमा पढ्नुस्

  • ​पेट्रोलियम सस्तिँदा कतै खुसी कतै दु:ख

    ​पेट्रोलियम सस्तिँदा कतै खुसी कतै दु:ख

    काठमाडौं : तेलको मूल्यमा आएको कमीका कारण नेपाल लगायत उपभोक्ता देशमा खुसी छन्। गुजाराका लागि मोटरसाइकलमा यात्रा गर्ने हुन् या सार्वजनिक यातायातमा हिँड्ने सर्वसाधारणमा पेट्रोलियमको मूल्य कटौतीले धेरै राहत दिने गर्छ। गृहिणीको मुहार समेत उज्यालो गराउँछ मूल्य घट्दा। तर, तेल उत्पादक देशहरुमा भने यो गिरावटले ठूलै रुवाबासीको अवस्था छ। रोजगारीबाट परिवार पाली रहेका कैयनले जागिर गुमाएका छन् भने कम्पनीहरु धमाधम…

    विस्तृतमा पढ्नुस्

  • नयाँ पुस्ताका लागि भलिबलको आइडियल को?

    कपिल किशोर श्रेष्ठ -  नेपालको लोकप्रिय खेल भएकाले यहाँको जुनसुकै क्षेत्रमा पनि भलिबल खेल्न सकिन्छ। तर प्रतियोगितात्मक रुपमा हेर्ने हो भने अहिले नेपाली भलिबलको अवस्था सन्तोषजनक छैन। पहिलेको भन्दा स्तर घट्दो छ।   चार वर्षअघि निर्वाचित नेपाल भलिबल संघले प्रयास गरेकै हो। घरेलु प्रतियोगितामा मात्र नेपाली भलिबल केही बढेको देखिएको हो, तर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको अवस्था राम्रो छैन।   कुनै…

    विस्तृतमा पढ्नुस्

  • ​सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीमा

    ​सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीमा

    विनोदसिंह बिष्ट  बैतडी : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुनेभएको छ। प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो। सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि पाटनमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ। भारतको हिमाञ्चलका धरम चन्दको नेतृत्वमा आएको एक प्राविधिक टोलीले सन् २०११…

    विस्तृतमा पढ्नुस्

  • छविराजको 'हिरो'बाट उदाएकी रेखा अब 'हिरो रिटर्नस'मा

    छविराजको 'हिरो'बाट उदाएकी रेखा अब 'हिरो रिटर्नस'मा

    काठमाडौं : छविराज ओझाको 'हिरो'बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री रेखा थापा पुन: 'हिरो' नाम जोडिएको फिल्ममा देखिने भएकी छिन्।   रेखा मुख्य भूमिकामा रहेको फिल्म 'हिरो रिटर्नस' २०५७ सालमा बनेको फिल्म हिरोको सिक्वेल भने होइन।   आशिष भेट्वालको निर्देशनमा बन्न लागेको फिल्ममा रेखासँगै देखिँदैछन् सविन श्रेष्ठ, दिल श्रेष्ठ, सुलेमान शंकर, सरोज खानाल लगायत। निर्माता चन्द्र गौतमका अनुसार फिल्मको नाम…

    विस्तृतमा पढ्नुस्

  • कार्यकालका बुँदाहरु सार्वजनिक गर्दै पर्यटनमन्त्रीले भने- 'मैले थुप्रै काम गर्न सकिन, दु:खी छु'

    कार्यकालका बुँदाहरु सार्वजनिक गर्दै पर्यटनमन्त्रीले भने- 'मैले थुप्रै काम गर्न सकिन, दु:खी छु'

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा गर्नैपर्ने थुप्रै काम गर्न नसकेको स्वीकार गरेका छन्।   पर्यटन पत्रकार संघ (जाट-नेपाल) ले आज राजधानीमा गरेको कार्यक्रममा मन्त्री पोखरेलले भने, 'के गर्न सकिस् भन्दा मैले थुप्रै गर्न सकिनँ, जब मैले सपना साँचेर आएको थिएँ। जे गरेँ अत्यन्त थोरै मात्र गरेँ।ʼ   उनले आफूले गरेका धेरै काममध्ये…

    विस्तृतमा पढ्नुस्

  • ​यी हुन् फ्रिस्टायल फुटबलका जादुगर, यस्तो छ उनको फुटबल कला

    ​यी हुन् फ्रिस्टायल फुटबलका जादुगर, यस्तो छ उनको फुटबल कला

    फुटबल विश्वकै सबैभन्दा चर्चित खेल हो। फुटबलसँगै बीच फुटबल, फुटबल, अमेरिकन फुटबल लगायत खेल विश्वभर खेलिन्छ। यी सबै टीम गेम हुन्। तर फ्रिस्टायल फुटबल अलि फरक छ। यो टीम गेम होइन, एकल खेल अर्थात् इन्डिभिजुअल परफमेन्स हो। यसमा खेलाडीको एकल कला प्रदर्शन हुन्छ। एउटै खेलाडीले बललाई विभिन्न तरिकाले खेलाउँछन्, जसले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ।  यस्तै फ्रिस्टायल फुटबलका चर्चित खेलाडी हुन् बेलायतका…

    विस्तृतमा पढ्नुस्

  • निर्धारित समयमा निर्वाचन हुनेमा एमालेको आशंका

    निर्धारित समयमा निर्वाचन हुनेमा एमालेको आशंका

    काठमाडौं : नेकपा एमालेले निर्धारित समयभित्र तीन वटै निर्वाचन हुनेमा शंका व्यक्त गर्न थालेको छ।   नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा भाग नलिने निर्णय गरेको एमालेले स्थानीय निकाय लगायतका निर्वाचन नहुने षड्यन्त्र भइरहेको बताएको हो। 'माघभित्र तीन वटै निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने एमालेको भनाइ हो तर अहिलेको राजनीतिक परिस्थिति त्यो देखिँदैन,' एमाले सचिव योगेश भट्टराईले भने।   निर्वाचन गर्ने विषयमा अब…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा सहभागी हुनेबारे राप्रपा नेपालले तत्काल निर्णय नगर्ने

    सरकारमा सहभागी हुनेबारे राप्रपा नेपालले तत्काल निर्णय नगर्ने

    काठमाडौं : राप्रपा नेपालले सरकारमा जाने या नजाने बारे राप्रपासँगको छलफलपछि मात्रै निर्णय गर्ने भएको छ।   आज सिंहदरबारमा बसेको पार्टीको बैठकले सरकारमा जाने निर्णयअघि राप्रपासँग यसबारेमा छलफल गर्ने निष्कर्ष निकालेको हो। तर, आजको बैठकमा बहुमत सदस्यले सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका थिए।   अहिलेको प्राथमिकता पार्टी एकीकरण भएकाले सरकारमा सहभागी हुने विषय पछिको कुरा भएको राप्रपा नेपालका अध्यक्ष कमल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell