PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • ​२ सय ९२ दिनपछि ओली बालुवाटारबाट ‘ब्याक टु बालकोट’

    ​२ सय ९२ दिनपछि ओली बालुवाटारबाट ‘ब्याक टु बालकोट’

    काठमाडौँ : २९२ दिनपछि ‘पूर्व प्रधानमन्त्री’ बन्दै केपी शर्मा ओली भोलि बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्ने भएका छन्।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले ओली बुधबार साँझ बालुवाटारबाट सर्ने जानकारी दिए। ‘कति बजे भन्ने यकिन समय निश्चित भइसकेको छैन’, उनले भने, 'साँझतिर हुन्छ होला।'  ओली बालकोटबाट बालुवाटार पनि साँझ नै सरेका थिए। २०७२ साल असोज २४ गते…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डलाई १६ दलको समर्थन, कति मत पाउँदैछन् उनले?

    प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डलाई १६ दलको समर्थन, कति मत पाउँदैछन् उनले?

    काठमाडौँ : व्यवस्थापिका संसदमा बुधबार हुन लागेको प्रधानमन्त्री निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एक मात्र उम्मेदवार रहेका छन्।  संसद सचिवालय सार्वजनिक गरेको उम्मेदवारीको सूचनामा प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका छन् भने १६ दल र स्वतन्त्र सांसदको समर्थन रहेको छ।  प्रचण्डलाई समर्थन गर्ने दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राप्रपा, तमलोपा, सदभावना, नेकपा…

    विस्तृतमा पढ्नुस्

  • राहत वितरणलाई तीव्रता दिन कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन

    राहत वितरणलाई तीव्रता दिन कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राहत संकलन र वितरण अभियानलाई तीव्रता दिन पार्टी मातहतको युवा संगठनलाई निर्देशन दिएका छन्।   बाढी पहिरो पीडितका लागि सरकारले प्रभावकारी राहत वितरण र उद्धार कार्य गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष यादवले पार्टी निकट युवाहरुलाई त्यस कार्यका होमिन निर्देशन दिएका हुन्।   पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा समाजवादी युवा फोरमको सम्पन्न कार्य समितिको…

    विस्तृतमा पढ्नुस्

  • 'सुनुवाइअघि नै सरकारले राजदूतहरुको एग्रिमो प्रक्रिया बढाउनु गलत' : संसदीय सुनुवाइ विशेष समिति

    'सुनुवाइअघि नै सरकारले राजदूतहरुको एग्रिमो प्रक्रिया बढाउनु गलत' : संसदीय सुनुवाइ विशेष समिति

    काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित राजदूतहरुको नाम सुनुवाइअघि नै एग्रिमोका लागि प्रक्रिया अगाडि बढाएको भन्दै सरकारलाई सचेत गराएको छ।   सरकारका मुख्यसचिव र परराष्ट्र सचिव समेत सहभागी आजको छलफलमा समितिले एग्रिमोका लागि सम्बन्धित मुलुकलाई पत्राचार गर्ने सरकारको निर्णय गलत भएको निष्कर्ष निकालेको हो।   संसदीय सुनुवाइअघि नै एग्रिमोका लागि राजदूतहरुको नाम पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सूचना बाहिरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक फुटबल : नेमारले जिताउलान् ब्राजिललाई गोल्ड मेडल?

    ओलम्पिक फुटबल : नेमारले जिताउलान् ब्राजिललाई गोल्ड मेडल?

    खेलकुदको कुम्भ मेला मानिने ओलम्पिको ३१ औं संस्करण अगस्ट ५ मा ब्राजिलमा सुरु हुँदैछ। तर खेलकुदको राजा मानिने फुटबल भने ओलम्पिक उद्घाटन हुनु दुई दिनअघि नै सुरु हुनेछ। फुटबलसँगै यसपटक २८ खेलका ४२ इभेन्ट आयोजना हुँदैछन्।   रियो ओलम्पिक फुटबलमा कुल १६ टोलीको सहभागिता रहनेछ। २३ वर्षमुनिका खेलाडीहरु सम्मिलित टोलीले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने गर्छन्। तर त्यस टोलीमा २३ वर्षमाथिका तीन…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ उपत्यकाभर विद्युत ठप्प, स्युचाटारको विद्युत सब स्टेसनमा लागेको आगलागी नियन्त्रणमा

    काठमाडौँ : नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित सब स्टेसनमा लागेको आगो दिउँसो साढे दुई बजे नियन्त्रणमा आएको जुद्ध वारुण यन्त्रले जनाएको छ।  स्युचाटारको १३२ केभी लाइनबाट नै काठमाडौँ उपत्यका भरी विद्युत प्रसारण हुने भएकोले आगो लागेसँगै काठमाडौँ उपत्यका भर विद्युत आपूर्ति ठप्प भएको छ।   आगलागी कसरी भयो भन्ने बारे थाहा हुन सकेको छैन।  सुरुमा काठमाडौँबाट लगिएका दुई वटा दमकलले आगो…

    विस्तृतमा पढ्नुस्

  • ​अनमोलकी नयाँ नायिका अदिती बुढाथोकी, चलचित्र 'कृ' मा गर्नेछन् यी दुईले रोमान्स

    ​अनमोलकी नयाँ नायिका अदिती बुढाथोकी, चलचित्र 'कृ' मा गर्नेछन् यी दुईले रोमान्स

    काठमाडौं: नेपाली चलचित्र स्टार अनमोल केसीको नयाँ फिल्म 'कृ' को लागि नायिका छनोट भएकी छिन्।  'कृ' मा अनमोल केसीसँग अनस्क्रीन देखिने भएकी छिन् मोडल अदिती बुढाथोकी। अडिसन मार्फत फिल्मको लागि हिरोइन चयन गरिएको हो। फिल्म युनिटले लिएको अडिशनमा ३० युवतीले आवेदन भरेको जानकारी दिइयो। जसमा २९ प्रतिस्पर्धीलाई पछी पार्दै अदिती फिल्मकी नायिका चुनिएकी हुन्।   सुवास गिरी र भुवन केसीको निर्माण…

    विस्तृतमा पढ्नुस्

  • बाढी, पहिरो र डुबानका कारण १७ दिनमा १ सय २ जनाको मृत्यु, प्युठानमा सबैभन्दा बढी क्षति

    बाढी, पहिरो र डुबानका कारण १७ दिनमा १ सय २ जनाको मृत्यु, प्युठानमा सबैभन्दा बढी क्षति

    काठमाडौं : बाढी, पहिरो र डुबानका कारण साउन १ गतेयता १ सय २ जनाले ज्यान गुमाएका छन्। ती प्राकृतिक विपत्तिमा परी २२ जना बेपत्ता छन् भने ५८ जना घाइते रहेका छन्।   उपप्रधान तथा गृहमन्त्री भीम रावलले प्राकृतिक विपत्तिका कारण ४३ जिल्लामा भएको मानवीय र भौतिक क्षतिबारे आज सदनमा यस्तो जानकारी दिएका हुन्।   पहिरोका कारण सबैभन्दा बढी प्युठानमा मात्रै…

    विस्तृतमा पढ्नुस्

  • तीन अर्बको लागतमा नयाँ धरहरा : बगैंचा, पानीको फोहरा, थिएटरसँगै चढ्नका लागि लिफ्टको सुविधा

    तीन अर्बको लागतमा नयाँ धरहरा : बगैंचा, पानीको फोहरा, थिएटरसँगै चढ्नका लागि लिफ्टको सुविधा

    अन्जली रम्तेल काठमाडौं : २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ।   अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको एक कार्यक्रमका बीच धरहराको प्राविधिक प्रस्तावलाई सार्वजनिक गरिएको छ। तीन अर्ब रुपैयाँको लागतमा तीन…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलमा 'पोकमन गो' नभएपछि ओलम्पिक खेल्ने खेलाडी चिन्तित

    ब्राजिलमा 'पोकमन गो' नभएपछि ओलम्पिक खेल्ने खेलाडी चिन्तित

    आगामी शुक्रबारबाट ब्राजिलको रियो दि जेनेरियोमा ३१ औं गृष्मकालीन ओलम्पिक सुरु हुँदैछ। खेलकुदको कुम्भ मेलामा सहभागिता जनाउन विश्वभरका खेलाडीहरु ब्राजिल पुग्ने क्रम जारी छ।   खेलकुदको सबैभन्दा ठूलो उत्सव हुन लाग्दा पनि ब्राजिलमा समस्याको कुनै कमी नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरिरहेका छन्। कतिपय खेलाडीले जिका भारइसका कारण ओलम्पिकबाट आफ्नो नाम फिर्ता लिइसकेका छन् त कति देशले ओलम्पिक भिलेज बस्न…

    विस्तृतमा पढ्नुस्

  • कोशी बाँधमा आक्रमणको चेतावनीबारे भारतको स्थानीय निकायबाट भएको पत्राचारप्रति नेपालको आपत्ति

    कोशी बाँधमा आक्रमणको चेतावनीबारे भारतको स्थानीय निकायबाट भएको पत्राचारप्रति नेपालको आपत्ति

    काठमाडौँ : उपप्रधान तथा गृह मन्त्री भीम रावलले कोशी ब्यारेजमा आतंकवादी हमलाको हल्लाबारे भारतको स्थानीय निकायबाट भएको पत्राचारप्रति आपत्ति जनाएका छन्।   संसदलाई यस विषयमा जानकरी गराउँदै रावलले यो 'कुनै देशको स्थानीय निकायबाट स्थानीय निकायलाई पत्राचार गरेर निर्देशित गर्ने विषय' नभएको बताए। गत साउन १० गते भारतको बिहारस्थित सुपौलको डिस्ट्रिक्ट म्याजिस्ट्रेट वैधनाथ यादवले नेपालको मोरङ, सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई…

    विस्तृतमा पढ्नुस्

  • किन भयो भारतीय र नेपालीबीच सप्तरीमा झडप? पढ्नुस् गृहमन्त्रीको संसदमा बयान

    किन भयो भारतीय र नेपालीबीच सप्तरीमा झडप? पढ्नुस् गृहमन्त्रीको संसदमा बयान

    काठमाडौँ : भारतीय बाँधका कारण सप्तरीको तिलाठी गाविसस्थित दशगजा क्षेत्रमा नेपाली भूभाग डुबानको विषयलाई लिएर गत साउन १३ गते भएको झडपको विषयमा उपप्रधान तथा गृह मन्त्री भीम रावलले सदनलाइ जानकारी गराएका छन्। रावलले बाँध निर्माणका कारण नेपाली भूभाग डुबानमा परेको उल्लेख गर्दै तत्काल काम अगाडि नबढाउने भारतीय पक्षसँग भएको सहमतिबारे सदनलाई जानकारी गराए। साथै झडपमा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प पीडितलाई उठाइएको रकम हिनामिना : बदनाम भयो अमेरिकामा कांग्रेस

    भूकम्प पीडितलाई उठाइएको रकम हिनामिना : बदनाम भयो अमेरिकामा कांग्रेस

    बिष्णुहरि घिमिरे/पहिलोपोस्ट - न्युयोर्क : अमेरिकामा रहेका आफ्ना अनुयायी भनिएकाहरु यो हद सम्म नाङ्गिने छन् भन्ने लागेको भए  सम्भवत नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले जनसम्पर्क समितिको परिकल्पना पनि गर्ने थिएनन् होला।  विदेशमा रहेका नेपाली कांग्रेस समर्थकहरुको एउटा यस्तो संगठन जसले पार्टीको  आह्वान र आवश्यकता अनुसार मुलुकका लागि सहयोग गर्न सकोस् भन्ने कल्पना सहित भारत निर्वासनमा रहेको बेला वीपीले जन…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चका लागि ११ न्यायाधीश सर्वसम्मतले अनुमोदन

    सर्वोच्चका लागि  ११ न्यायाधीश सर्वसम्मतले अनुमोदन

    काठमाडौँ : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ११ जना न्यायाधीशको नाम सर्वसम्मतले अनुमोदन गरेको छ। गत वर्षको १८ फागुनमा न्यायपरिषद्ले सर्वोच्च अदालतमा नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको थियो। उनीहरुको बिहीबार र शुक्रबार सुनुवाई भएपनि अनुमोदन बाँकी रहेको थियो। आइतबार बसेको समितिको बैठकले नाम सर्वसम्मतले अनुमोदन गरेको हो। राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुलाई प्रधान न्यायाधीशले सपथ खुवाउनेछिन्। दीपककुमार…

    विस्तृतमा पढ्नुस्

  • देउवाले बनाए डिनालाई केन्द्रीय सदस्य

    देउवाले बनाए डिनालाई केन्द्रीय सदस्य

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महालक्ष्मी उपाध्याय डिनालाई पार्टी केन्द्रीय सदस्य बनाएका छन्। गत महाधिवेशनमा केन्द्रीय सदस्यमा खुला तर्फ प्रतिस्पर्धा गरेर पराजित डिनालाई देउवाले नेपाली कांग्रेसको विधान, २०१७ को धारा २१ (ठ) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा आज मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश थपिने भएपछि इजलास र कार्यकक्ष म्यानेज गर्दै सर्वोच्च प्रशासन

    न्यायाधीश थपिने भएपछि इजलास र कार्यकक्ष म्यानेज गर्दै सर्वोच्च प्रशासन

    काठमाडौँ : सर्वोच्च अदालतमा ११ जना न्यायाधीश नियुक्तिका लागि अनुमोदन भएपछि सर्वोच्च प्रशासन आवश्यक स्थानहरुको व्यवस्थापनमा जुटेको छ। नयाँ संविधानको व्यवस्था अनुसार थप ११ जना न्यायाधीश एकसाथ सर्वोच्च भित्रने भएपछि भूकम्पका कारण क्षत विक्षत बनेको सर्वोच्च अदालतको मूल भवनको निर्माण कार्य जारी रहेको छ। पहिलोपोस्टसितको कुराकानीमा सर्वोच्च अदालतका सहायक रजिष्टार समेत रहेका प्रवक्ता नहकुल सुवेदीले इजलास र कार्यकक्ष लगायतका स्थान…

    विस्तृतमा पढ्नुस्

  • संसदीय सुनुवाइ समितिले बोलायो- मुख्यसचिव र परराष्ट्र सचिवलाई

    संसदीय सुनुवाइ समितिले बोलायो- मुख्यसचिव र परराष्ट्र सचिवलाई

    काठमाडौँ : संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको सुनुवाइअघि नै एग्रिमोका लागि प्रक्रिया  अगाडि बढाएको विषयमा छलफलका लागि मुख्यसचिव र परराष्ट्र सचिवलाई निम्त्याएको छ। संसदीय सुनुवाइअघि नै एग्रिमोका लागि राजदूतहरुको नाम पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको सूचना बाहिरिएको थियो। प्रधानमन्त्री कार्यालयको निर्देशनमा परराष्ट्र मन्त्रालयले एग्रिमोका लागि प्रस्ताव तयार गरेको थियो। समितिका रहेका कांग्रेस सांसदहरुले संसदीय सुनुवाइ समिति र संसदलाई बाइपास गरेर कार्यक्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • महावीर पुनको 'महादान' : २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई

    महावीर पुनको 'महादान' : २८ रोपनी जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई

    काठमाडौं : सामाजिक अभियन्ता महावीर पुनले 'राष्ट्रिय आविष्कार केन्द्र' निर्माणका लागि आफ्नो नाममा रहेको २८ रोपनी जग्गा दान दिने घोषणा गरेका छन्।   पोखराको बेगनास तालदेखि उत्तरपट्टि पर्ने ठुलाकोटस्थित डाँडामा रहेको जग्गालाई आविष्कार केन्द्रका लागि उपयोग गरिने पुनले बताएका हुन्। २० वर्षअघि खरीद गरेको उक्त जग्गाको स्वामित्व पुन र हाल अमेरिकाको मेरिल्यान्ड बस्दै आएका पर्वतका पदम पुनको समेत भए पनि…

    विस्तृतमा पढ्नुस्

  • 'सोल्टिनी'सँगै आए सुसन

    'सोल्टिनी'सँगै आए सुसन

    काठमाडौं : लिम्बु भाषाका गायक सुसन साम्सोहाङ लिम्बुको नेपाली गीति एल्बम ‘सोल्टिनी’ सार्वजनिक भएको छ।   मण्डला थिएटरमा आयोजित एक सांगीतिक समारोहमा संगीतकार राजु सिंह, गायक सत्यराज आचार्य, व्यंग्यकार मनोज गजुरेल तथा एमाले नेता योगेश भट्टराईसहितले एल्बम विमोचन गरेका हुन्।   ‘सोल्टिनी’ एल्बममा पाँच गीत समावेश छन्।   तीन वर्षअघि ‘सुसन’ शीर्षकको एल्बममार्फत नेपाली सांगीतिक क्षेत्रमा डेब्यु गरेका सुसनले ‘सोल्टिनी’…

    विस्तृतमा पढ्नुस्

  • ​कमल थापालाई सरकार गठनमा सहयोग गर्न प्रचण्डको आग्रह

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निर्माणका विषयमा सहयोग गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापालाई आग्रह गरेका छन्। जवाफमा थापाले भने सरकारका विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए। राप्रपाका सह प्रवक्ता मोहन श्रेष्ठका अनुसार उनीहरुका बीचमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा समेत छलफल भएको थियो। छलफल नेकपा माओवादीको सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा भएको हो। 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell