काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले आफूसँगको सहयात्रामा धोका दिएको बताएका छन्। जापानको हिरोसिमा र नागासाकीमा एटम बम हमला भएको ७१औँ स्मृति वर्षका सन्दर्भमा आज यहाँ नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठन (आप्सो)ले आयोजना गरेको ‘एसियामा आणविक अस्त्रको अविछिन्न सन्त्रास’ विषयक गोष्ठीमा अध्यक्ष ओलीले जहाँ पुग्यो त्यहीँ प्रेम (लभ) गर्नेहरुसँगको सङ्गतका कारण आफू…
काठमाडौं : भारतको कोलकातामा जारी दोश्रो अन्तर्राष्ट्रिय कराते च्यापिम्पयनसीपको पहिलो दिन नेपाली खेलाडीले ३ स्वर्ण र १ कास्य जितेका छन्। पुरुषतर्फ पर्शुराम बाँस्तोला र महिलामा सरिता श्रेष्ठले एकल कातामा नेपाललाई स्वर्ण दिलाए। पर्शुरामले बंगलादेशलाई ५–०, सिंगापुरलाई ३–२ तथा भारतलाई ५–० ले पराजित गरे। सरिताले भारतलाई ३–२, सिंगापुरलाई ४–१ तथा बंगलादेशलाई ५–० ले हराइन्। महिला ५० केजीमा स्वर्ण…
काठमाडौं : वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराज बसन्तको उपन्यास ‘मुदिर’ आज राजधानीको सर्वनाम थिएटरमा सार्वजनिक गरिएको छ। आख्यानकार नयनराज पाण्डे, भोगीराज चामलिङ, नीलम कार्की निहारिका र संगीतश्रोताले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे। समकालीन लेखकको दर्जामा मीनराजलाई भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै आख्यानकार पाण्डेले आफैं वैदेशिक रोजगारमा गएर लेखिएको उपन्यासमा दु:ख, संघर्ष र पीडा यथार्थ रुपमा आएको बताए। सञ्चारमाध्यामको…
काठमाडौं : आफ्नो पतिको सफलतामा पत्नी कति खुसी हुन्छिन्? अझ मुलुककै कार्यकारी पदमा पुग्दा उनमा खुसीको मात्र कति बढ्ला? तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालका विषयमा यो लागू हुन्न। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी हातमा राखिदिँदा समेत उनी हाँस्नु त परै जाओस् मुस्कुराउन समेत सकिनन्। शुक्रबार क्रिकेट टोलीलाई विदाइ गर्ने समारोहमा खिचिएको सामूहिक फोटोमा पनि…
वीरगन्ज : तीन दिनदेखि अपहरित बाराका बस व्यवसायी राजु दोङको अवस्था अझै अज्ञात छ। बारा निजगढ -१३ डम्बरपुर निवासी ३८ वर्षीय दोङ वीरगन्ज बजार आएको बेला बुधबार अपहरणमा परेका थिए। वीरगन्ज-निजगढ चल्ने ना६ख ४१२८ नम्बरको बस सञ्चालन गर्दै आएका दोङ बुधबार दिउँसो १ बजे वीरगन्जको बसपार्कबाट अज्ञात समूहको अपहरणमा परेको परिवारको दाबी छ। बसपार्कबाट मध्याह्न १२ बजे बजारमा…
रियो ओलम्पिक २०१६ अन्तर्गत भएको फुटबलमा आयोजक ब्राजिल दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ। समूह ए अन्तर्गत बिहीबार मेन गारिन्चा स्टेडियममा भएको खेलमा ब्राजिल १० खेलाडीमा सीमित दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमा रोकिएको हो। ५९ औं मिनेटमा मोथोवी एमभला रातो कार्ड खाँदै मैदान बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा झरेको थियो। तर कप्तान नेमार गाब्रिएल जेसस, गाब्रियल बार्सोसा जस्ता स्टार रहेको…
प्रभात भट्टराई काठमाडौं : माओवादी-कांग्रेस गठबन्धनमा कृष्णबहादुर महराले उपप्रधानको पोर्टफोलियो सहित अर्थमन्त्रालय सम्हालेका छन्। अर्थमा अनुभव नभएका महराले बिहीबार अबेर पदभार ग्रहण गर्दै युवा उद्यमीलाई प्रोत्साहन गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने बताए। महराले विकासका लागि बजेटको कार्यान्वयनका लागि एक संयन्त्र बनाउने, भन्सारमा राजस्व सङ्कलनका लागि अत्याधुनिक मेसिन राख्ने निर्णय गरे। पद सम्हाल्नेबित्तिकै यो निर्णय गरे पनि उनले दुई…
काठमाडौं :सपथ लिएको २४ घन्टा नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय गठबन्धनका शीर्ष नेताहरुसँगको छलफललाई अघि बढाएका छन्। मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा गठबन्धन सम्बद्ध दलका नेताहरुले प्रचण्डसँग तीन बुदेँ सहमतिको दुई बुँदा कहिले कार्यान्वयन हुन्छ भनेर जिज्ञासा राखेका थिए। तीन बुँदे सहमतिमध्ये तेश्रो बुदाँमा मोर्चाले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाइ भोट हाल्ने उल्लेख थियो। 'भोट हाल्ने बुँदा कार्यान्वयन भयो अब बाँकी बुदाँ…
विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित खेल उत्सव मानिने गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करणको आज बाट सुरु हुँदैछ। दक्षिण अमेरिकी राष्ट्रमा पहिलो पटक हुन लागेको खेल मेलाको ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा भव्य उद्घाटन हुने बताइएको छ। विश्वका २०६ देशका करिब १० हजार २९३ खेलाडीले २८ खेलमा प्रतिस्पर्धा गर्नेछन्। ३०६ स्वर्ण, ३०६ रजत र ३५० भन्दा बढी कास्य पदकका लागि ३०६ स्पर्धा…
काठमाडौं : अघिल्लो सरकारले विभिन्न मुलुकमा राजदूतका लागि सिफारिस गरेका १४ जनाको नाम आज बसेको मन्त्रिपरिषदको बैठकले रद्ध गरेको छ। मन्त्रिपरिषदको बैठकले गरेको यो निर्णयसँगै राजनीतिक दलका नेता र पूर्वमन्त्रीले समेत मुखैमा पुगेका राजदूत पद गुमाएका छन्। केपी ओली नेतृत्वको सरकारले २२ जना राजदूतको सिफारिस गरेको थियो। उनीहरुको संसदीय सुनुवाईसमेत सुरु भइसकेको थियो। २२ मध्ये १४ राजनीतिक दलबाट र बाँकी…
श्रीलंकन स्पिनर रंगना हेराथ टेष्ट क्रिकेटमा ह्याट्रिक विकेट लिने सबैभन्दा पाका खेलाडी बनेका छन्। अष्ट्रेलिया विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा हेराथले ह्याट्रिक विकेट लिएका हुन्। उनले अष्ट्रेलियाका एडम भोग्स, पिटर नेभिल र मिचेल स्टार्कलाई लगातार आउट गरेका थिए। उनले ३८ वर्ष १३९ दिनको उमेरमा टेष्ट क्रिकेट ह्याट्रिक विकेट लिएका हुन्। हेराथ श्रीलंकाबाट टेष्ट क्रिकेटमा ह्याट्रिक लिने दोस्रो खेलाडी हुन्। यसअघि…
काठमाडौं : अमेरिकी सहर न्युयोर्कमा आयोजना हुँदै आएको कुटर फेसन विक पहिलो पटक नेपालमा आयोजना हुने भएको छ। न्युयोर्कमा रहेको एलाइट फेसन हाउससँगको सहकार्यमा पहिलो पटक कुटर फेसन विक नेपालमा हुन लागेको हो। 'काठमाडौं पोस्ट प्रिजेन्ट्स कुटर फेसन नेपाल २०१६' नाम दिइएको उक्त फेसन शो आगामी साउन २९ गते होटल हायतमा हुनेछ। कुटर फेसन विक न्युयोर्क सिइओ आन्द्रेस…
काठमाडौं : रुस्लान क्रिकेटका ब्राण्ड एम्बेसेडरहरुलाई रुस्लान क्रिकेटका कार्यकारी निर्देशक राज बहादुर शाहले विदाई गरेका छन्। शाहले नेदरल्याण्ड जाँदै गरेको नेपाली राष्ट्रिय टोलीका सदस्य खेलाडीलाई जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजबाट बिदाई गरेका हुन्। सो अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, अन्य खेलाडीहरु शरद भेषावकर, विनोद भण्डारी र वसन्त रेग्मी उपस्थित थिए। विश्व क्रिकेट लिग च्याम्पियनसीपका लागि यही अगष्ट १३…
काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निवासमै पुगेर भारतीय राजदूत रन्जीत रेले बधाई तथा शुभकामना दिएका छन्। प्रचण्ड निवास लाजिम्पाट पुगेका राजदूत रेले बधाई ज्ञापन गर्दै कार्यकाल सफल रहोस् भनी शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै हिजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएका थिए। प्रचण्ड सरकारलाई पूर्ण सहयोग गर्ने बताउँदै उनले भारत भ्रमणको…
रियो ओलम्पिक सुरु हुनुअगावै बुधबारबाट सुरु भएको फुटबल खेलमा महिलातर्फ आयोजक ब्राजिल र अमेरिकाले विजयी सुरुवात गरेका छन्। समूह ई अन्तर्गत भएको खेलमा ब्राजिलले चीनलाई ३-० ले हरायो। पहिलो पटक ओलम्पिकमा महिला फुटबलतर्फ स्वर्ण जित्ने अभियानमा रहेको ब्राजिलका लागि मोनिसका आन्द्रेस अल्भस र क्रिस्टियनले १-१ गोल गरे। समूह ई अन्तर्गत नै भएको उद्घाटन खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई १-० ले पराजित…
खगेन्द्र संग्रौला प्रचण्ड ठूलो चुनौतीका अगाडि जिम्मेवारी लिँदै हुनुहुन्छ। उहाँलाई राम्रो काम देखाउनलाई अवसर पनि छ, र उत्तिकै कठिनाइ पनि। उहाँका केही कमजोर पक्ष छन्, जसले पार्टीका साथै स्वयंलाई पनि हानि पुर्याएको हामीले देख्दै आएका छौं। ती कमजोरीबारे म संक्षिप्तमा बताउँछु। १. हतारमा निर्णय जथाभावी बोल्ने गर्नुहुन्छ उहाँ। अविश्वासको आशंकाले ग्रस्त समाजमा रहेपछि यत्तिको जिम्मेवार व्यक्तिले तौलेर बोल्नुपर्ने…
प्रभात भट्टराई काठमाडौं : एनसेलमा एक्जियटाको साझेदार बनेका सतिशलाल आचार्यले स्मार्ट टेलिकममा भएको ३० प्रतिशत शेयर (बिक्री?) हस्तान्तरण गरेका छन्। स्मार्टका तीन साझेदारमध्ये एक लालसाहु डिष्ट्रिब्युटर्ससँग भएको शेयर सतिशले सेसिल्सको कस्बो इन्भेष्टमेन्ट लिमिटेडलाई बिक्री गर्न लागेका हुन्। उनले स्मार्टमा भएको ९६ हजार कित्ता शेयर प्रतिकित्ता सय रुपैयाँमा बिक्री गर्न लागेको जानकारी उद्योग विभागलाई दिएका छन्। यसको अर्थ स्मार्टको…
काठमाडौं : गायिका सरु गौतम र गायक बीर्खबहादुर धामीको तीज गीत सार्वजनिक भएको छ। पोहोर ‘नाच्ने हो नाच्ने हो’ बोलको तीज गीत सार्वजनिक गरेका उनीहरुले यसपालि ‘यसपालि तीजमा’ गीत ल्याएका हुन्। सुभाष गौतमको शब्द रहेको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन्। अर्जुन अधिकारीले यसको भिडियो निर्देशन गरेका छन्। भिडियोमा अभिनेत्री अनु शाह र मोडल विपना थापाको अभिनय र नृत्य…
काठमाडौं : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। देशभरबाट करिब ३४ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन यही २३ गते १ बजे भृकुटीमण्डपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन्। प्रतिनिधिहरुलाई हालसालै खिचिएको तीनप्रति फोटो र आफ्नो स्पष्ट परिचय खुल्ने परिचयपत्र, नागरिकता वा लाइसेन्ससहित सहभागी सर्कुलर गरिएको छ। विभिन्न जिल्लाका प्रतिनिधि राजधानी आउने क्रम पनि…
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले ५ नयाँ खेल थप्ने निर्णय पारित गरेसँगै सन् २०२० मा हुने टोकियो ओलम्पिकमा ३३ खेल आयोजना हुने भएको छ। जापानको टोकियोमा हुने ओलम्पिकका लागि आइओसीले कराँते, स्केटबोर्ड, स्पोर्ट्स क्लाइम्बिङ, सर्फिङ र बेसबल/सफ्टबल गरी ५ नयाँ खेल थप गरेको हो। ३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुनुअघि आइओसीको १२९ औं बैठकले…