काठमाडौं : नेपालमा तपाईंलाई मन पर्ने खेलाडी को हुन्? चर्चित खेलाडीको नाम लिँदा कसको नाम लिनुहुन्छ? एसएमएस गरेर आफूलाई मन पर्ने खेलाडीलाई जिताउनुहोस्। चर्चित खेलाडी छान्नुहोस्। यसका लागि नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत पिपुल च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको छ। शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच एनएसजेफले वर्षका पाँच चर्चित खेलाडीको सूची सार्वजनिक गरेको हो।…
सरिता पौडेल - माडी : चितवनको दक्षिणी भेग माडीमा बाढीको खतरा बढेको छ। गएरातिदेखिको अविरल वर्षासँगै खोलाको बहाब खतराको लेभल भन्दा बढी भएकाले जोखिम बढेको हो। स्थानीय रिउ खोला, छरछरे खोला र कल्याणपुरमा पानीको बहाब ३.८ मिटर रहेकोले बाढीको उच्च जोखिम भएको हो। यदि खोलामा ३.४ मिटर भन्दामाथि पानीको बहाब जाने वित्तिकै खतराको संकेत हुन्छ। खतराको संकेत पनि नाघि सकेकाले…
रसियाको समाचार संस्था आरआइए नोभोस्टीका अनुसार १० यात्रुसहित हराइरहेको रसियन विमान जंगलमा लागेको आगो निभाउनका लागि गएको थियो। सुरुमा ११ जना विमानमा रहेको जानकारी दिइएको भए पनि हराइरहेको विमानमा १० जनामात्रै रहेको पुष्टि भएको छ। 'मस्कोको समयअनुसार बिहान ६:३० बजे विमानमा रहेका उद्दारकर्ताले सम्पर्क गर्नुपर्थ्यो तर उनीहरु यसमा असफल रहे,' स्रोतलाई उदृत गर्दै आरआइएन नोभोस्टीले जनाएको छ। रसियाको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना निर्देशक समितिको बैठकले संघीयतामा जाँदा सेवा प्रवाहका क्षेत्र वृद्धि गर्दा आर्थिक दायित्व कम हुने गरी नयाँ संरचनाहरु तयार गरिने निर्णय गरेको छ। अति आवश्यक परेको सेवामा बाहेक नयाँ संगठनहरु नबनाउने निर्णयसमेत बैठकले गरेको छ। निर्देशक समितिको यो पहिलो बैठक हो। साथै बैठकले संघ, प्रदेश र…
काठमाडौँ : ललितपुरको पुष्पाञ्जलि बोर्डिङ स्कूलमा बिहान एकाएक बज्रपात आइलाग्यो। रातिदेखि नै अविरल वर्षा भइरहेको थियो। वर्षालाई बेवास्ता गरी स्कूल पुगेका थिए विद्यार्थीहरु। कक्षा कोठामा पढिरेहका विद्यार्थीमाथि एकाएक पर्खाल खस्यो। विद्यालयको छेउमै ठूलो पर्खाल थियो, त्यही पर्खाल कक्षा ३ मा अध्ययनरत दुई विद्यार्थीको काल बन्न पुग्यो। कक्षा ३ मा अध्ययनरत ९ वर्षीया कृपा राई र १० वर्षीया अञ्जना पुन मगरको…
काठमाडौं : पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मृत्यु भएको ६ वर्षपछि सरकारले किरिया खर्च तिरेको छ। भट्टराईसँगै पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको किरिया खर्चसमेत तिरेको छ। भट्टराईको २०६७ फागुन २० गते मृत्यु भएको थियो। सरकारले किरिया खर्च भने २०७३ वैशाख २३ गते कांग्रेसबाट प्रधानमन्त्री बनेका तीनै जनाको किरिया खर्च दिने निर्णय गरेको थियो। सरकारले किरिया खर्चको रकम पशुपति क्षेत्र…
नयाँदिल्ली : भारतमा केन्द्र सरकारले सातौं वेतन आयोगको सिफारिस लागू गरेसँगै ५० लाख कर्मचारीको तलब बढेको छ। ५८ लाख पेन्सनरको पेन्सनमा वृद्धि भएको छ। भारतमा गरिएको तलब वृद्धिबाट साढे दुई लाख नेपालीसमेत लाभान्वित हुनेछन्। नेपालमा भारतीय सेनाबाट अवकाश पाएका झण्डै डेढ लाख पेन्सनर छन् भने भारतीय सेनामा ५० हजार नेपालीले काम गरिरहेका छन्। भारतको क्याबिनेट बैठकले बुधबार आयोगको सिफारिस…
काठमाडौं : विभागीय डर्बी भिडन्तमा नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ क्लबले यती फलोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा एपिएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो। डिफेन्डिङ च्याम्पियन समेत रहेको एपिएफले गत वर्ष पहिलो संस्करणको फाइनलमा न्यु डायमन्ड एकेडेमीलाई हराउँदै उपाधि जितेको थियो।…
फ्रान्समा चलिरहेको १५ औं सस्करणको युरोअन्तर्गत क्वाटरफाइनलका खेल आजबाट सुरु हुँदैछन्। २४ टोलीको सहभागिता रहेको प्रतियोगिताबाट उत्कृष्ट ८ टोली क्वाटरफाइनलमा पुगेका छन्। कुल ५१ मध्ये ४४ खेल सम्पन्न भइसकेको छ भने दुई चरणका खेलहरु पनि सकिएका छन्। अब क्वाटरफाइन, सेमिफाइनल र फाइनल गरी तीन चरणका खेल बाँकी छन्। डिफेन्डिङ च्याम्पियन स्पेन प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ भने उपाधि दाबेदारको…
काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय बोल्ने अधिकांश सांसदले पुनर्निर्माण र मनसुनले निम्त्याएको प्राकृतिक प्रकोपबारे धारणा राखेका छन्। कांग्रेस सांसद चीनकाजी श्रेष्ठले गोर्खामा गएको पहिरोले पुर्याएको क्षतिबारे जानकारी गराउँदै कतिपय गाविस सम्पर्क विच्छेद भएको बताए। 'खच्चर हिँड्ने त कता हो कता मान्छे हिँड्ने बाटो समेत छैन,' उनले भने, ' माली भेगका गाविसहरु सम्पर्कविहीन हुन लागेका छन्। यसमा…
आगामी अगस्टमा घरेलु भूमिमा हुने रियो ओलम्पिकको लागि ब्राजिलियन फुटबल टीमको घोषणा भएको छ। नेमार र डगलास कोस्टा सहित फर्नाण्डो प्रास २३ वर्षमाथिका खेलाडीका रुपमा टीममा परेका छन्। ओलम्पिक टीममा २३ वर्ष मुनिका खेलाडी खेलाउने भए पनि तीन जना २३ वर्षमाथिका खेलाडी राख्न पाउने नियम छ। ब्राजिलका उमेर समूहका प्रशिक्षक रोगेरियो मिलेकलले घोषणा गरेको १८ सदस्यीय सूचीमा पूर्वकप्तान…
काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय बोल्ने अधिकांश सांसदले पुनर्निर्माण र मनसुनी वर्षाले निम्त्याएको प्राकृतिक प्रकोपबारे धारणा राखेका छन्। कांग्रेस सांसद चीनकाजी श्रेष्ठले गोर्खामा गएको पहिरोले पुर्याएको क्षतिबारे जानकारी गराउँदै कतिपय गाविस सम्पर्क विच्छेद भएको बताए। 'खच्चर हिँड्ने त कता हो कता मान्छे हिँड्ने बाटो समेत छैन,' उनले भने, 'माली भेगका गाविसहरु सम्पर्कविहीन हुन लागेका छन्। यसमा सकारले…
भीमदत्तनगर : कृषिमन्त्री हरिबोल गजुरेलले गमलामा धान रोप्नुलाई अन्यथा रुपमा नलिन आग्रह गरेका छन्। राष्ट्रिय धान दिवसका अवसरमा काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा गमलामा धान रोपेपछि उनीबारे अनेकखाले टिकाटिप्पणी भएका छन्। सामाजिक सञ्जालमा समेत नकारात्मक टिप्पणीको ओइरो लागेको छ। नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गजुरेलले धान रोप्ने…
काठमाडौं : कलाकार निशा अधिकारी सहितको टोलीले जनकपुर पुगेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई भेटेको छ। युवा अभियन्ता ईशान र कलाकार कर्मासहित पुगेकी निशाले राउतलाई भेटेपछि यसबारे टीकाटिप्पणी हुन थालेको छ। सिंहदरबारमा रातो रङ छ्यापेर चर्चामा आएका ईशानसहित तराई पुगेकी निशा र कर्माले राउतलाई पत्र समेत बुझाएका थिए। राज्य टुक्र्याउने अभिव्यक्ति दिँदै स्वायत्त मधेसको माग गर्दै आएका राउतसँग आफूहरुले समझदारीका…
काठमाडौं : नक्कली पेस्तोल देखाएर धम्काउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका-७ प्यागतल घर भई हाल हरिसिद्धि बस्दै आएका ४५ वर्षीय विकास महर्जन पेस्तोल र गोलीसहित समातिएका हुन्। नक्कली पेस्तोल देखाई धम्काएको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी ईश्वर कार्कीले जानकारी दिए। मर्हजनको साथबाट प्रहरीले १ थान सक्कली सर्टगन, त्यसमा लाग्ने ४६ राउण्ड गोली र…
युरोकप २०१६ अन्तर्गत क्वाटरफाइनलका खेल आजबाट सुरु हुँदैछन्। पहिलो क्वाटरफाइनलमा पोल्याण्ड र पोर्चुगल भिड्ने भएका छन्। पोल्याण्ड र पोर्चुगलबीचको खेललाई वर्तमान युरोपियन फुटबलका दुई ठुला स्ट्राइकर रोबर्ट लेवान्डास्की र क्रिस्टियानो रोनाल्डोको भिडन्तमा रुपमा लिन सकिन्छ। लेवान्डास्की पोल्याण्डका कप्तान हुन भने रोनाल्डो पोर्चुगलका। यी दुई फरवार्डलाई आफ्नो टीमका लागि गोल गर्दै खेल जिताउने चुनौती हुनेछ। क्लब फुटबलमा जमेका…
काठमाडौं : एउटा कविता लेखियो, कविताको अंश कथा बन्यो अनि त्यो कथा फिल्म। फिल्म बनेन मात्र, अरु लघु फिल्मभन्दा फरक साबित पनि भयो। फरक यस अर्थ कि सो फिल्मले सन् २०१५ मा क्यानेस फिल्म फेस्टिभलमा सर्ट फिल्म कर्नर पायो। साथै सार्क फिल्म फेस्टिभलको २०१५ मै बेस्ट सर्ट फिल्म अवार्ड पनि हात पार्यो। 'लभ? लस्ट? लाइफ?’ इन्डियन फिल्म फेस्टिभल…
काठमाडौं : पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको माग गदै विप्लव माओवादीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आज नै उपत्यका सहित देशभरका जिल्लामा विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको पार्टीका प्रवक्ता खड्गबहादुर विकले बताए। दिउँसो १ बजे रत्नपार्कबाट सुरु भएको र्यालीमा सहभागीले सिंहदरबार…
काठमाडौं : दयाहाङ राई र नम्रता श्रेष्ठ यस बर्षको उत्कृष्ट कलाकार घोषित भएका छन्। राष्ट्रिय चलचित्र पुरस्कारका लागि अभिनेतातर्फ कबड्डी कबड्डीबाट दयाहाङ राई र अभिनेत्रीतर्फ फिल्म क्लासिकबाट नम्रता श्रेष्ठ चुनिएका हुन्। चलचित्र बिकास बोर्डको १६ औं वार्षिक उत्सव र सम्मान कार्यक्रमको अवसरमा उनीहरु उत्कृष्ट कलाकार घोषित भएका हुन्। बोर्डले बिहीबार थप २७ कलाकारलाई वरिष्ठ चलचित्रकर्मी घोषणा गर्दै परिचयपत्र वितरण…
काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान जारी भइसकेको अवस्थामा पुरानै संरचनामा निर्वाचन गर्नु भनेको संघीयताविरुद्धको कदम हुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी हिँउदमा स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा जुटेको विषयलाई लिएर भट्टराईले भने,'यसरी निर्वाचनमा जानु भनेको छुद्र राजनीतिमात्र हो। सीमाङ्कन लगायतका विषयमा पुनर्संरचनापछि निर्वाचन गर्नुपर्छ।' सञ्चारकर्मीहरुसँगको छलफलमा भट्टराईले एकै पटक तीन तहको निर्वाचन गर्नु…