'फुटबल साधारण खेल हो। २२ जना खेलाडी ९० मिनेटसम्म एउटा बलको पछि कुद्छन् र अन्त्यमा जर्मनीले सधैं जित्छ,' इंगल्याण्डका पूर्व स्टार ग्यारी लिनेकरले भनेका छन्, 'तर जब इटली र जर्मनीबीच ठूला प्रतियोगितमा भएका खेलको कुरा आउँछ, यो गलत साबित हुन्छ। कम्पिटेटिभ टुर्नामेन्टमा जर्मनीविरुद्ध इटली अपराजित छ। विश्वकप र युरो गरी अहिलेसम्म भएको ८ भेटमा इटलीले ४ खेल जितेको छ…
फ्रान्समा जारी युरो २०१६ अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा पोल्याण्डलाई पेनाल्टीसुटआउटमा ५–३ ले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेटमा अतिरिक्त ३० मिनेटको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेलको पेनाल्टीसुटआउटमा पुगेको हो। पेनाल्टीसुटआउटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, रेनाटो सान्चेजले जाओ माउटिन्हो, नानी र रिकार्डो क्वारेस्माले गोल गरे। पोल्याण्डका लागि रोबर्ट लेवान्डास्की, अर्काडिउस मिलिक, कमिल ग्लिक मात्र पेनाल्टीमा गोल गर्न सफल…
सरिता पौडेल - चितवन : अविरल वर्षाका कारण लगातार खसेको पहिरोसँगै नारायणगढ–मुग्लिन सडक खण्ड आज विहानैदेखि अवरुद्ध भएको छ। विहान पौने ६ बजेदेखि नै राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन्। कविलास–४ स्थित घुमाउने र चण्डिभञ्ज्याङ–९ स्थित चार किलो र पाँच किलोको बीच भागमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिए। त्यस्तै सडक खण्डको चार किलो…
मनिषा कोइरालाको दक्षिण भारतीय फिल्म ओरु मेल्लिया कोडु आज रिलिज हुँदैछ। फिल्मको लिड रोलमा देखिने मनिषाले यस फिल्मका लागि रमेश सिप्पीको फिल्म स्वीकारेकी थिइनन्। सिप्पीले ने मनिषालाई बलिउडमा स्थापित गर्न प्रमुख भूमिका खेलेका थिए। तमिल फिल्म ओरु मेल्लिया कोडु स्पेनिस थ्रिलर एल क्युरोपबाट प्रभावित फिल्म हो जसलाई ए एम आर रमेशले निर्देशन गरेका छन्। लामो समय विश्रामपछि दक्षिण भारतीय फिल्ममा…
काठमाडौं : 'गुण्डा नाइके' दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मनाङेलाई गएराति ठमेलबाट नियन्त्रणमा लिएको हो। सम्पति शुद्धीकरणको मुद्दा खेपिरहेका मनाङेले केही दिनअघि विशेष अदालतका कर्मचारीलाई थर्काएका थिए। त्यही आरोपमा उनलाई नियन्त्रणमा लिइएको एसएसपी विक्रमसिंह थापाले बताए। त्यस्तै, अवैध रुपमा पैसा असुल्दै आएका चक्रेका सहयोगी राजीवकुमार सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीले गुण्डा पक्राउ अपरेसनलाई सक्रिय बनाएको…
काठमाडौं : सन् २०१२ मा सार्वजनिक भएको फिल्म ‘चपली हाइट’को सिक्वेल ‘चपली हाइट २’ को ट्रेलर र गीत सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलरको साथमा ‘गरौं-गरौं’ बोलको गीतको भिडियो पनि प्रदर्शन गरियो। दीपेन्द्र के खनालद्वारा निर्देशित ‘चपली हाइट २’मा आयुष्मान देशराज जोशी, मरिष्का पोख्रेल, परमिता राना लगायतका कलाकारकाले अभिनय गरेका छन्। अर्जुनकुमारले निर्माण गरेको फिल्म भदौ ३ गतेदेखि…
डिफेन्डिङ च्याम्पियन स्पेन फ्रान्समा जारी युरो २०१६ बाट बाहिरिएपछि प्रशिक्षक भिसेन्ट डेल बोस्कले आफ्नो पदबाट राजीनामा दिएका छन्। इटलीसँग २–० ले पराजित भएपछि स्पेन प्रिक्वाटरफाइनलबाटै बाहिरिएको हो। बोस्कको प्रशिक्षणकालमा स्पेनले पहिलो पटक सन् २०१२ मा विश्वकपको उपाधि जितेको उचालेको थियो भने २०१२ मा लगातार दोस्रो पटक युरो च्याम्पियन बनेको थियो। सन् २००८ मा लुइस एरागोनेसले स्पेनलाई युरो उपाधि…
राजधानीको चुच्चेपाटीमा अझै पनि पाल टाँगेर बस्नेहरु छन्। सरकारले भूकम्प पीडितका लागि सहयोग गरेको दावीका सूचीहरु पेश गरिरहँदा यहाँ बस्नेहरुको 'खिल्ली उडाए झै' लाग्छ। राजधानीमा रहेका पीडितकै हालत यस्तो छ भने यो झरीमा मुलुकको अरु भागमा के हालत होला? भुकम्पबाट प्रभावित भएका देशका विभिन्न स्थानका करिब ३५० भन्दा बढी बासिन्दा बौद्धस्थित तारा गाँउको चौरमा बस्दै आएका छन्। ओआइएम आइएनजीओ संस्थाले…
काठमाडौं : बिहीबार दिनभर जसो ललितपुरका प्रहरीहरु गाँजा काट्न व्यस्त भए। अवैधरुपमा लगाइएको गाँजा फडानी गर्न प्रहरी दिनभर जुट्यो। महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटको नेतृत्वमा खटिएको ८९ जना प्रहरीको टोलीले गाँजा फडानी गरेको हो। ललितपुर जिल्लाको गोदवारी नगरपालिका वडा नं ४ स्थित चापाखर्क र त्रिवेणी क्षेत्रमा गाजा फडानी गरिएको हो। विभिन्न व्यक्तिले मकैबारी र आसपासका ७…
फ्रान्समा जारी युरोकप २०१६ अन्तर्गत आज राति हुने दोस्रो क्वाटरफाइनल खेलमा वेल्स र बेल्जियम भिड्दैछन्। वेल्स प्रिक्वाटरफाइनलमा उत्तरी आयरल्याण्डलाई पराजित गर्दै पहिलो सहभागितामै क्वाटरफाइनलमा पुगेको हो। बेल्जियमले भने प्रिक्वाटरफाइनलमा हंगेरीलाई हराएको थियो। समूह चरणमा स्लोभाकिया र रसियालाई पराजित गरेको वेल्स इंगल्याण्डसँग पराजित भएको थियो। सन् १९७२ मा युरोमा डेब्यु गरेको बेल्जियमको यो पाँचौ सहभागिता हो। सन् २०००…
काठमाडौं : एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेको सरकारले विद्युत महसुल भने बढाउने भएको छ। मध्य असारमा कम लोडसेडिङ हुनुपर्नेमा यसपाला विद्युत आपूर्ति सुधार भएको छैन। 'नबल्ने बिजुलीको भाउ बढाएको' आक्षेप लाग्ने गरी विद्युत महसुल बढ्न लागेको हो। विद्युत महसुल निर्धारण आयोगले विजुलीको भाउ १९ प्रतिसतसम्म बढाउन सिफारिस गरेको छ। आयोगको बिहीबार साँझ बसेको बैठकले भाउ बढाउन सिफारिस…
काठमाडौं : केही दिनदेखि परेको अविरल वर्षापछिको पहिरो र बाढीबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै नेपाली कांग्रेसले राहत र उद्धारमा जुट्न आग्रह गरेको छ। धादिङ, गोरखा, दोलखा लगायत देशका विभिन्न भागहरुमा आएको बाढी र पहिरोमा परी कतिपय व्यक्तिहरु हराइरहेका, सयौँको संख्यामा घाइते भएका र धनसम्पत्तिको अपूरणीय क्षति भएको जनाउँदै कांग्रेसले विपत्तिको सामना गर्न आग्रह गरेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले…
काठमाडौं : झरीले धेरै भागमा यातायात अवरुद्ध पारेको छ। नेपाल प्रहरीका अनुसार मुङलिङ-चितवन खण्ड पहिरो र ठूलो चट्टान झरेका कारण ठप्प छ। पुष्पलाल राजमार्गको दोलखा लाकुरी डाँडामा पहिरो जाँदा बाटो बन्द छ। काठमाडौंमा पनि झरीले सडक जाम गराइरहेको प्रहरीले जनाएको छ। यस्तो झरीमा यात्रा गर्दा सेफ्टी फस्ट भन्दै प्रहरीले होस पुर्याउन भनेको छ। झरीमा सवारी चलाउँदा ट्राफिक प्रहरीले दिएको टिप्स…
काठमाडौँ : मनसुन सक्रिय भएपछि बिहीबारदेखि देशभर अविरल वर्षा भइरहेको छ। भारी वर्षाका कारण बाढी, पहिरो डुबानले जनजीवन प्रभावित बनेको छ। बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण मुलुकभर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीपहिरोसँगै बढीजसो भूकम्पपीडित वर्षाका कारण समस्यामा परेका छन्। १५ महिनादेखि पाल र अस्थायी टहरामा दिन गुजारिरहेका उनीहरुलाई…
रसियन आइएल ७६ एअरक्राफ्ट ११ यात्रुसहित वेपत्ता भएको छ। इर्कुत्स्क क्षेत्रमा विमान हराएको हो। स्पुतनिकन्युजले जनाएअनुसार जंगल क्षेत्रमा आगलागी भएपछि त्यसको रिपोर्ट लिन गएको विमानले सूचना प्रवाह गर्न नसकेको हो।
काठमाडौँ : शुक्रबार संसदको बैठकमा सांसदहरुले बाढी पहिरो र खडेरी सम्झिए। अनि भूकम्प पीडितलाई गुज्रन सक्ने समस्यामा सरकारको ध्यानाकर्षण गराए। 'बाढी पहिरोका कारण भएको जनधनको क्षतिमा राज्यले ध्यान देओस्', कांग्रेस प्रमुख सचेतक समेत रहेका गोर्खाका सांसद चीनकाजी श्रेष्ठले भने। 'हिजो खडेरीले सतायो, अहिले बाढीले बगायो। प्रकृतिले त कष्ट पारि दियो। सरकारले पनि हेरेन । अविरल बर्षाका कारण पीडामा…
काठमाडौं : ललितपुरको गोदावरीस्थित बडेगाउँमा एक स्कुल नजिकको पर्खाल भत्किँदा दुई जना विद्यार्थीको ज्यान गएको छ भने २० जना घाइते भएका छन्। अविरलको वर्षापछि पुष्पाञ्जली माध्यमिक विद्यालय नजिकै रहेको पर्खाल भत्किँदा दुई जना विद्यार्थीको मृत्यु भएको हो। मृत्यु हुनेमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीया कृपा राई र १० वर्षीया अञ्जना पुन मगर रहेका छन्। उनीहरुको उपचारको क्रममा मृत्यु…
पूर्व शिक्षामन्त्री मंगलसिद्धि मानन्धरको आज निधन भएको छ। उनी एमाले परित्याग गरी पछिल्लो समय संघीय समाजवादी फोरममा सहभागी भएका थिए। उनी फोरमको सल्लाहकार समितिको अध्यक्ष पनि थिए। संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले उनको निधन भएको पुष्टि गरे। '१० बजेर ४५ मिनेटमा नर्भिक अस्पतालमा उहाँको निधन भयो,' श्रेष्ठले पहिलोपोस्टसित भने, 'पार्टी र परिवारजन मिलेर अन्येष्टि लगायतका विषयमा छलफल गर्दैछौँ।'…
भारतका दुई चर्चित नायक साहरुख खान र सलमान खान लामो समयसम्म एक-अर्कासँग बोल्दैनथे। तर दुई वर्षअघि रमजानको एक कार्यक्रममा प्याच भएका यी दुईबीच आजकल गजबको दोस्ती जमेको देखिन्छ। दुई स्टारले 'नो पोलुसन'को सन्देश दिँदै साइकलमा बसेर पोज दिएका छन्। साहरुखले 'भाइभाइ अन बाइक बाइक... भाइ सेज माइकल लाल साइकल लाल' भन्दै ट्वीटरमा फोटो पोस्ट गरेका छन्। फोटोमा दुई…
काठमाडौं : साउन महिनादेखि लागू हुनेगरी विद्युतको महसुल वृद्धि गर्ने निर्णय विद्युत महसुल निर्धारण आयोगले गरेको छ। विगत तीन वर्षदेखि विद्युतको महसुल वृद्धि भएको थिएन। ग्राहक समूह अनुसार फरकफरक दरमा महसुल बढाउने निर्णय आयोगले गरेको छ। त्यस्तै आयोगले अन्य शुल्कमा पनि परिवर्तन गरेको छ। आवेदन फारम, मिटर जडान, फ्युज सेवा, मिटर सिल गर्दा लाग्ने शुल्क पनि तोकिएको छ।