अन्तत ५४ वर्षपछि ठुला फुटबल प्रतियोगितामा जर्मनीले इटलीमाथि जित हात पारेको छ। फ्रान्समा जारी युरो २०१६ अन्तर्गत क्वाटरफाइनलमा इटलीलाई पेनाल्टीसुटआउटमा ६–५ ले पराजित गर्दै जर्मनी सेमिफाइनलमा पुगेको हो। कुनै पनि ठुला प्रतियोगितामा जर्मनी सेमिफाइनल पुगेको यो लगातार छैटौं पटक हो भने युरोकपमा लगातार तेस्रो पटक हो। यता इटलीको हारमा भने ९ अंकको अनौठो संयोग बनेको छ। जर्मनीले पछिल्ला ८ कम्पिटेटिभ खेलमा…
'हामीले एउटा पक्ष त लिनै पर्छ। सन्तुलनमा बस्नाले पीडकलाई सघाउँछ, पीडितलाई होइन। मौनताले दोषीलाई प्रोत्साहित गर्छ, दु:खीलाई होइन' धेरैले यो भनाई सुनेको या पढेको हुनुपर्छ। यो भनाई हो इलाई वेसलको जसको हिजो निधन भयो। नोबेल शान्ति पुरस्कार विजेता विसेल 'प्रलयमा जिवित' मानिसका रुपमा चिनिन्छन् जसको क्लासिक 'नाइट' ले नाजीहरुको अपराधजन्य कदमलाई स्थापित गर्न भूमिका खेल्यो। मानवताविरोधी गतिविधिका एक प्रत्यक्षदर्शीका रुपमा…
काठमाडौं : सरकारले बजेटमार्फत ल्याउने गरेको कार्यक्रमजस्तै नेपाल राष्ट्र बैंकले ल्याएका ऋण स्किमहरु पनि 'फ्लप' भएका छन्। राष्ट्र बैंकले सर्वसाधारणलाई प्रत्यक्ष प्रभाव पार्ने गरी कार्यक्रम नै बनाएर ल्याएका स्किमहरु प्रभावहीन देखिएका हुन्। राष्ट्र बैंकले निकै जोडबलका साथ ल्याएको भूकम्प पीडितलाई २ प्रतिशत ब्याजमा घर बनाउने कर्जादेखि विपन्न परिवारलाई दिइने विशेष पुनर्कर्जासम्म 'फ्लप' देखिएका छन्। भूकम्प गएको केही दिनमै…
इटलीलाई पेनाल्टीसुटआउटमा ६–५ ले पराजित गर्दै जर्मनी फ्रान्समा चलिरहेको युरोकप २०१६ को सेमिफाइनलमा पुगेको छ। निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जहाँ विश्व विजेता जर्मन भाग्यमानी मात्र बनेन मुख्य प्रतियोगितामा इटलीलाई पहिलो पटक हराउन सफल भयो। जर्मनी र इटली बीचको खेलमा कुल १९ पेनाल्टी प्रहार भए। १८ पेनाल्टी पेनाल्टी सुटआउटमा प्रहार भए…
व्यवस्थापिका संसदले भूगोलविद्, प्राध्यापक डाक्टर तथा पूर्व मन्त्री एवम् सांसद मंगलसिद्धि मानन्धरको निधनमा शोक प्रस्ताव पारित गरेको छ। मानन्धर २०५६ सालमा काठमाडौँबाट सांसद निर्वाचित भएका थिए। ७५ वर्षीय मानन्धरको हृद्यघातका कारण असार १७ गते शुक्रबार निधन भएको थियो। संसदले मानन्धरको निधनमा मौन धारण गरेको थियो। संसद बैठक आजै आधा घण्टाका लागि स्थगित भएको छ।
सलमान खानको करिअर ग्राफ हेर्ने हो भने उनको फिल्मले भन्दा आलोचनाले चर्चा दिने गर्थ्यो। बक्स अफिसको रिपोर्टले चर्चा दिलाउँदैन थियो। सन् २००५ देखि २००९ सम्म हेर्ने हो भने उनले एक से एक फ्लप फिल्म दिए। त्यसबीचमा आएको पार्टनरमात्र एउटा हिट थियो। फिल्म इन्ड्रस्टिजका प्रेमका रुपमा परिचित उनका फिल्महरुले राम्रो पहिचान नदिएको होइन। मेने प्यार किया, हम आप के है कौन,…
काठमाडौं : केही साताअघि अफगानिस्तानमा आत्माघाती बम बिस्फोटनमा परी १३ नेपालीको मृत्यु भयो। अफगानिस्तान वैदेशिक रोजगारीका लागि असुरक्षित भन्दै सरकारले जान रोक लगायो लगत्तै। तर, अफगानिस्तान लैजाने गिरोहहरु उत्तिकै सक्रिय छन्। अफगानिस्तान लैजाने भन्दै दुवईमा लगेर अलपत्र पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धादिङ जिल्ला घर भएका ३३ वर्षीय यमन तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनले धादिङकै ४४ वर्षीय टेकबहादुर…
काठमाडौं : नक्कली भूकम्प पीडित बनाएर क्यानडा लैजान्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान व्युरोको टोलीले उजुरीको आधारमा ठगी गर्ने काठमाडौं धापासीका देव जुङ पण्डितलाई पक्राउ गरेको हो। उनले काठमाडौं बुढानिलकण्ठका मक्ष श्रेष्ठलाई नक्कली भूकम्प पीडित बनाएर क्यानडा लैजाने भन्दै २२ लाख रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।
युरो २०१६ को अन्तिम क्वाटर फाइनलमा आज राति आयोजक फ्रान्स र आइसल्याण्ड भिड्दैछन्। तेस्रो पटक युरो कपकको उपाधि जित्ने अभियानमा रहेको आयोजक फ्रान्स जित हात पार्दै जर्मनीसँगको सेमिफाइनल भिडन्त पक्का गर्ने दाउमा छ। यता अन्तिम १६ मा इंगल्याण्ड जस्तो उपाधि दाबेदार टोलीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको आइसल्याण्डको मनोबल पनि उच्च छ। फ्रान्समा युरो खेलिरहेका टोलीमध्ये हरेक खेलमा गोल गर्ने दुई…
विश्व नम्वर वान टेनिस खेलाडी नोभाक जोकोभिच विम्वलडन ओपनको तेस्रो चरणबाटै बाहिरिएका छन्। साविक विजेता समेत रहेका सर्वियन खेलाडी जोकोभिच २८ औं वरियताका साम क्वेरेसँग ३१ को सेटमा स्तब्ध बने। वर्षको तेस्रो ग्राण्डसलामा विल्वलडनमा अमेरिकन खेलाडी सामले जोकोभिचलाई ७–६, ६–१, ३–६ र ७–६ को सेटमा पराजित गरेका हुन्। विम्वलडनमा तेस्रो चरणमा बेहोरेको हारसँगै जोकोभिचको ग्राण्डसलाममा ३० खेलको अपराजित यात्रा समेत…
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो वितरण गरिएको ‘फान अवार्ड’का विजेता कलाकारको सम्मानमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दिवाभोज कार्यक्रम गरे। बालुवाटारमा पुगेर फिल्म ड्रिम्सबाट अवार्ड पाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अनमोल केसीले सेल्फी खिचे। भुवन केसीले निर्देशन गरेको यो फिल्म हिट भएको थियो। साम्राज्ञीको यो पहिलो फिल्म थियो। दिवाभोजमा अवार्ड पाएका कलाकारहरु सहभागी थिए। निवासमै आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले…
पुर्व स्वीडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिच इंग्सिल क्लब म्यानचेष्टर युनाइटेडसँग अनुबन्धित भएका छन्। गत सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाडेपछि क्लब बिहिन रहेका इब्राहिमोभिचलाई युनाइटेडले १ वर्षको लागि सम्झौता गरेको छ। सम्झौता पछि उत्साहित हुँदै इब्राहिमोभिचले आफु पुन माउरिन्होसँग काम गर्न नकुर्ने बताएका छन्। उनले माउरिन्होलाई फ्यान्टास्टिक म्यानेजर भन्दै नयाँ चुनौतीमा काम गर्न तयार रहेको बताए। ज्लाटन र जोसे माउरिन्होले इटालियन क्लब…
काठमाडौं : धादिङको जोगीमारामा ट्रक र माइक्रो बस एकापसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ। जोगीमारा- २ मौवा खोलास्थित पृथ्वी लोकमार्गमा ना ४ ख ४६१ नम्बरको ट्रकले बा २ ख ५२२८ नम्बरको माइक्रोलाई ठक्कर दिँदा माइक्रोमा सवार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष छन्। घटनामा घाइते तीन जनाको गजुरी अस्पताल र मलेखु…
बेल्जियमलाई पराजित गर्दै पहिलो सहभागितामै युरोकपको सेमिफाइनलमा पुगेपछि वेल्सका खेलाडी जोए लेड्लीले ड्रेसिङ रुममा आफ्नै शैलीमा डान्स गरेका छन्। गएराति सम्पन्न क्वाटरफाइनल खेलका बेल्जियमलाई ३–१ ले हराउँदै वेल्स सेमिफाइनलमा पुगेको हो। वेल्सका लागि एस्ले विलियम्स, रोब्सन कामु र साम भोक्सले एक/एक गोल गरेका थिए भने बेल्जियमका राड्दा नाइङगोलानले एक गोल गरे। लेड्लीको डान्स मात्र होइन वेल्सका खेलाडीले…
काठमाडौँ : ढाकाको कुटनीतिक क्षेत्रमा रहेको एउटा बेकरीमा शुक्रबार राति बन्दूकधारीहरुले गरेको आक्रमणपछि सेनाले गरेको अपरेसनका क्रममा २० जना बन्धक र दुई सुरक्षाकर्मीको मृत्यु भएको बंगलादेशको सेनाले जनाएको छ। बन्धक प्रकरण शनिबार बिहान बल्ल सकिएको थियो। ज्यान गुमाउने सबै बन्धकहरु विदेशी भएको भनिए पनि परिचय खुलाइएको छैन। आक्रमणकारीहरुले बन्दूक, विस्फोटक पदार्थ र घरेलु हतियार प्रयोग गरेको बंगलादेशी सेनाका ब्रिगेडियर जनरल…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजान सकेमात्र स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन्। कोइरालाको ९३औं जन्म जयन्तीको सन्दर्भ पारेर नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १० ले आयोजना गरेको प्रशिक्षणमा कार्यक्रममा बोल्दै सिंहले शान्ति प्रक्रिया नै कोइरालाको अगुवाइमा भएकाले संविधान कार्यान्वयमा जुट्न सबैलाई आग्रह गरे। 'कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कांग्रेसबाहेक…
बेल्जियमलाई हराउँदै युरोकप २०१६ को सेमिफाइनल पुगेको वेल्सका दुई खेलाडीले पोर्चुगल विरुद्धको खेल गुमाउने भएका छन्। बेल्जियम विरुद्धको जितमा दुई असिस्ट गरेका मिडफिल्डर आरोन राम्से र डिफेन्डर बेन डेभिसले पोर्चुगल विरुद्धको खेल खेल्न पाउने छैनन्।यसअघिका खेलमा दुई पहेँलो कार्ड खाएका कारण राम्से र डेभिसले पोर्चुगल विरुद्धको खेल खेल्न नपाउने भएका हुन्। पहिलो पटक युरोकप खेलिरहेको वेल्स क्वाटरफाइनलमा बेल्जियमलाई…
लखनउ : नेपालसँग सीमा जोडिएको भारतको राज्य उत्तर प्रदेशका ८ विश्वविद्यालय नक्कली रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ। भारतको विश्वविद्यालय अनुदान आयोगले मुलुकभरि २२ वटा नक्कली विश्विद्यालय रहेको सार्वजनिक गर्दा ८ वटा उत्तर प्रदेशका परेका हुन्। उत्तर प्रदेशमा उच्च शिक्षाका लागि जाने नेपालीको संख्या ठूलो छ। वृन्दावनमा रहेको गुरुकुल युनिभर्सिटी, इलाहवादका महिला ग्राम विद्यापिठ र गान्धी हिन्दी विद्यापिठ, कानपुरको नेसनल…
बलिउड अभिनेत्री प्रियंका चोपडाले आफू अहिलेसम्म डेटिङ नगएको बताएकी छिन्। अमेरिकी थ्रिलर टेलिभिजन सिरिज क्वान्टीको मार्फत अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएकी चोपडाले 'इन स्टाइल म्यागेजिन'सँगको अन्तरवार्तमा उक्त खुलासा गरेकी हुन्। 'आई ह्याभ नेभर डेटेड,' प्रियंकाले भनिन्। उक्त म्यागेजिनको अगस्ट अंकको कभरमा देखिन लागेकी प्रियंकाले थपिन्, 'म सधैं रिलेशनसिपमा छु।' उनले भारतमा सम्बन्धको सुरुवात गर्ने प्रोसेस धेरै फरक भएको…
कृष्ण ओली - काठमाडौं : अपहरणमा परेको ३ घण्टापछि कोहलपुर प्रहरीले एक बालकको सकुशल उद्दार गरेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट आज दिउँसो तुलसीपुर नगरपालिका ९ का ६ वर्षीय बालक सृजन ओली अपहरणमा परेका थिए। इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बालकलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा कोहलपुर बसपार्कबाट उद्दार गरी अपहरणकारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँके महादेवपुरी ४…