काठमाडौँ : १५ सय वर्ष पुरानो धार्मिक एवम् प्राचिन खेल लगोरीको विश्वकपको लागि नेपालमा बिहीबारदेखि प्रशिक्षण सुरु गरिएको छ। लगोरी खेलका संस्थापक भारतीय सन्तोष गुरवले नेपाली टीमको प्रशिक्षण सुरु गरका छन्। आगामी डिसेम्बर २५ देखि ३० सम्म भारतको मुम्बई पहिलो लगोरी विश्वकप हुँदैछ र त्यसैमा नेपाल पनि लगोरी विश्वकपमा डेब्यु गर्न लागेको हो। विश्वकप सहभागिताका लागि एक महिना क्याम्प राखिने…
काठमाडौं : माओवादी 'जनयुद्ध'का योजनाकारसमेत रहेका डाक्टर बाबुराम भट्टराई नयाँ पार्टी नयाँ शक्तिको संयोजक भएपछि धेरैले उनलाई सोधिसके - तपाईँको पार्टीमा सम्बोधन कसरी गर्ने? नयाँ शक्ति पार्टीलाई बाम लोकतान्त्रिक पार्टी भनेर व्याख्या गरेका संयोजक भट्टराईलाई मुठ्ठी कसेर लाल सलाम भन्ने धेरै नै छन्। बाम पृष्ठभूमिबाट आएकाले लाल सलाम भन्नु स्वभाविक हो। उनकै पार्टीमा कांग्रेस छोडेर आउने पनि छन्। उनीहरुका लागि…
काठमाडौं : पछिल्लो समय नेपालमा निकै चर्चित बनेको फुटसल (इन्डोर फुटबल) को नेपालमा पहिलो पटक प्रिमियर लिग हुने भएको छ। यसअघि फुटसलका विभिन्न प्रतियोगिताहरु हुँदै आएपनि फुटसलकै प्रिमियर लिग हुन लागेको भने यो पहिलो पटक हो। एएमए इभेन्ट्स प्रालिको आयोजनामा हुन लागेको लिगको विजेताले नगद १० लाख पुरस्कार प्राप्त गर्नेछ। लिगमा १६ टीमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट १६ टीम छनोटका…
काठमाडौं : भूकम्पपीडितलाई एकमुस्ट दुई लाख दिनुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा आज सम्बोधन गरे। तर प्रतिपक्षसँगको सहमति उल्लेख नै नगरेपछि कांग्रेसका सांसदहरुले बीचैमा उठेर विरोध जनाएपछि केहीबेर सदनमा हल्लाखल्ला भयो। कांग्रेस सांसदहरुले हल्ला गर्न थालेपछि प्रधानमन्त्रीले केहीबेर सम्बोधन रोक्नुपरेको थियो। सभामुख ओनसरी घर्तीले पटकपटक बस्नका…
संगीतकार विकास चौधरीले निःशुल्क संगीत शिक्षा दिएका छन्। उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीन महिने संगीत शिक्षा दिएका हुन्। बुधवार धान दिवसमा पुतलीसडकस्थित कार्यालयमा उनले तालिम लिएका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे। ‘पारिवारिक अवस्था कमजोर भएका कारण संगीत सिक्ने चाहना हुँदाहुँदै पनि सानोमा मैले संगीत सिक्न पाइन,’ चौधरीले भने, ‘त्यस्तै अरुलाई नहोस्। त्यसैले संगीत सिक्न चाहने विपन्न…
फ्रान्समा चलिरहेको युरोकप २०१६ अन्तर्गत बिहीबारबाट क्वाटरफाइनलका खेल सुरु हुँदैछन्। २४ टोलीको सहभागिता रहेको युरोमा ४४ खेल सकिसकेका छन् भने अब ७ खेल मात्र बाँकी छ। आयोजक फ्रान्सँगै, जर्मनी, इटली, बेल्जियम, वेल्स, पोर्चुगल, आइसल्याण्ड र पोल्याण्ड क्वाटरफाइनलमा पुगेका छन् भने डिफेन्डिङ च्याम्पियन स्पेन र अर्को दाबेदार इंगल्याण्ड बाहिरिसकेको छ। पाँच खेलाडीले क्वाटरफाइलका खेल गुमाउने भएका छन्। जसमा फ्रान्सका एन गोलो…
सञ्जीव मिश्र - प्रिक्वाटर फाइनलमा सबैभन्दा रोमाञ्चक खेल इटली र स्पेनको हुने अपेक्षा थियो। दुवैको क्वाटर फाइनल प्रवेश सम्भावना ५०–५० थियो। तर डिफेन्डिङ च्याम्पियन भएका कारण स्पेन जित्छ भन्ने धेरैको आशा थियो। इटालियन टीम सँधै अन्तर्राष्ट्रिय फुटबलमा राम्रो प्रदर्शन गर्ने र रिजल्ट आफ्नो पक्षमा पार्ने टोलीको रुपमा चिनिन्छ। स्पेन, इंगल्याण्ड, जर्मनी लिगको कुरा धेरै हुन्छ। तर इटालियन लिगको चर्चा कम…
व्यवसायी एवम् गायक हिक्मत बहादुर मालीको स्मृतिमा उनकी पत्नी उर्मिला माली द्वारा स्थापित हिक्मत बहादुर माली संगीत सम्मानबाट गायिका तारा थापा सम्मानित भएकी छिन्। राजधानीको सोल्टी होटेलमा आयोजित रोटरी क्लब अफ काठमाडौँ वेस्टको १६ औँ वार्षिक साधारण सभामा नगद २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो। रोटरी क्लब अफ काठमाडौँ वेस्टका संथापक अध्यक्ष मालीको स्मृतिमा दुई लाखको अक्षय कोष खडा…
आइसल्याण्डका प्रशिक्षक हेमिर हलग्रिनसन आफुहरु लेस्टर सिटी जस्तै बन्न चाहेको बताएका छन्। 'लेस्टर सिटीले जसरी अन्त्य गर्यो मेरो विचारमा मलाई पनि यसरी नै अन्त्य गर्ने मन छ,' हलग्रिनसनले भने, 'उनीहरुले आफ्नो शक्तिमा खेले, हामी पनि आफ्नो शक्तिमा खेल्ने प्रयास गरिरहेका छौं। दुवै टीमको टीम स्पिरिट उस्तै छ। हामी एक अर्काका लागि खेल्न तयार छौं।' फ्रान्समा जारी युरो २०१६ को प्रिक्वाटर…
काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दलहरुबीच भूकम्प पीडितलाई पुन: निर्माणका लागि रकम बढाएर दिने सहमतिपछि बुधबार संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे। तर प्रधानमन्त्रीको सम्बोधनमा भूकम्प पीडितलाई घर निर्माणका लागि पहिलो किस्ता एक लाख पचास दिने प्रस्ट नभएको भन्दै कांग्रेसले केहीबेर बैठकमा अवरोध गर्यो। हेर्नुस् प्रधानमन्त्रीको सम्बोधन र कांग्रेसको विरोध।
फ्रान्समा जारी युरो कप २०१६ अन्तर्गत क्वाटर फाइनलका खेलहरु बिहीबारबाट सुरु हुँदैछ। तेस्रो क्वाटर फाइनलमा दुई पारम्परिक प्रतिद्वन्द्वी जर्मनी र इटली भिड्दैछन्। जर्मनी र इटली युरोकपमा भिड्न लागेको यो चौथो पटक हो। तर यसअघिका युरोमा जर्मनीले इटलीलाई हराउन सकेको छैन। युरोमा जर्मनी र इटलीबीचको दुई खेल बराबरीमा सकिएको थियो। पछिल्लो पटक सन् २०१२ को सेमिफाइनलमा इटलीले जर्मनीलाई हराएको थियो। समग्रमा…
मेसीले अर्जेन्टिनी राष्ट्रिय फुटबल टीमबाट सन्यास लिएको एक दिनपछि बोएनस अाइरस सरकारले मेसीको प्रतिमा स्थापना गरेको छ 'डन्ट गो' क्याम्पियन अन्तर्गत बोएनस अाइरसका मेयर होरासियो रोड्रिग्वेन लरेटाले मेसीको प्रतिमा सार्वजनिक गरेका हुन् । अमेरिकामा सम्पन्न कोपा अमेरिका सेन्टेनारियो फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । २९ वर्षकै उमेरमा सन्यास लिएका मेसीलाई अहिले सबैले सन्यास फिर्ता लिन…
काठमाडौं : आज बिहान ११ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। 'विशेष कारण' जनाउँदै बैठक दिउँसोसम्मका लागि स्थगित गरिएको हो। बैठक दिउँसो दुई बजे बस्नेछ। यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्ता पक्षबीच जारी असमझदारी हटाउन बनेको कार्यदलको बैठक भने जारी छ। भूकम्पपीडितलाई एकमुस्ट दुई लाख रुपैयाँ दिनुपर्ने मागसहित कांग्रेसले केही दिनदेखि सदन अवरुद्ध…
टर्कीको अन्तराष्ट्रिय विमानस्थलमा तीन आत्मघाती हमलाकारीको आक्रमणमा परी कम्तीमा ३६ जनाले ज्यान गुमाएका छन्। घटनामा परि १ सय ५० भन्दा धेरै घाइते छन्। मृत्यु हुनेमा केही विदेशीसमेत भएको हुन सक्ने बताइए पनि पुष्टि भइसकेको छैन। टर्कीका प्रधानमन्त्री बिनाली युलदरमले घटना आइएससँग सम्बन्धित समूहले गराएको बताएका छन्। घटनाका प्रत्यक्षदर्शी विल कार्टरले अतातुर्क विमानस्थलमा दुई ठूला विस्फोटपछि भागदौड मच्चिएको बताए। 'पहिला त…
विश्वकै नम्बर वान टीम र नम्बर वान खेलाडी भएको अर्जेन्टिनालाई यसपटक कोपा अमेरिका उपाधिको दाबेदारका रुपमा हेरिएको थियो। तर, सबैको अनुमानविपरीत अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिलीले कोपा अमेरिकाको उपाधि लगातार दोस्रो पटक आफ्नो पक्षमा पार्यो। दुई टीम खेल्दा अन्डरडग टीम कमजोर नै हुन्छ र ठूला टीम फेभरेट हुन्छन्। ठीक त्यस्तै भयो- अर्जेन्टिना र चिलीबीचको खेलमा पनि। अर्जेन्टिना उपाधिको…
विश्वका युनिभर्सिटीमध्ये सबैभन्दा ख्यातिप्राप्त कुन? अमेरिका र बेलायतले शीर्ष स्थान लिएका छन् यसपाला पनि। दी टाइम्स हायर एजुकेसन वर्ल्ड रेपुटेसन र्याङ्किङ २०१६ पनि अमेरिकी र बेलायती युनिभर्सिटीले दवदवा कायम राखेका हुन्। त्यसो त कुनै पनि युनिभर्सिटीलाई ख्यातिप्राप्त भन्नु आफैँमा विवादित विषय हो। तर यसका केही आधार छन् जसले युनिभर्सिटीलाई मापन गरिन्छ। विद्वानहरुको छनोट, त्यहाँबाट निस्केका एकेडेमिक सामग्री तथा स्थान लगायतलाई…
हिन्दी फिल्म निर्देशक शिरिष कुन्दरले जुन २७ मा आफ्नो लघु फिल्म 'कृति' युट्युबमा २५ लाख पटक हेरियो भन्दै ट्विट मार्फत् खुसी व्यक्त गरे। तर उनले ट्विट गरेको भोलिपल्टै नेपाली फिल्मकर्मी अनिल न्यौपानेले शिरिष कुन्दरको फिल्म कृति अब युट्युबबाट हटाइयो भन्दै लेखे। उनको ट्विटमा पनि खुसी झल्कन्छ। कारण थियो, फिल्मको कथामा कपी राइट आरोप। सन् २०१५ अक्टुबरमा सार्वजनिक अनिल न्यौपानेको नेपाली…
इटलीले चार वर्ष अघि फाइनलमा भोगेको पराजयको बदला लिँदा स्पेनको लगातार तेस्रो पटक युरो जित्दै उपाधि माथि ह्याट्रिक गर्ने सपना समाप्त भएको छ। फ्रान्समा जारी युरो अन्तर्गत सोमबार बेलुका भएको प्रिक्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई २–० ले पराजित गर्दै इटली क्वाटरफाइनलमा प्रवेश गरेको हो। जितसँगै इटलीले चार वर्ष अघि स्पेनसँग फाइनलमा भोगेको ४–० को बदला समेत लिएको छ भने क्वाटरफाइनलमा जर्मनीसँगको…
स्टार खेलाडीहरुले भरिएको इंगल्याण्डलाई स्तब्ध पार्दै आइसल्याण्ड फ्रान्समा जारी युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। युरो अन्तर्गत प्रिक्वाटरफाइनलको अन्तिम खेलमा आइसल्याण्डले इंग्ल्याण्डलाई २–१ ले हरायो। खेलको चौथो मिनेटमै एक गोलले पछि परेको आइसल्याण्डले उत्कृष्ट कमब्याक गर्दै इंग्ल्याण्डलाई स्तब्ध पारेको हो। सुरुवाती अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा दाबेदार इंग्ल्याण्ड प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। सरप्राइज प्याकेजको रुपमा रहेको आइसल्याण्डले इंग्ल्याण्ड…
फ्रान्समा जारी युरो २०१६ को क्वाटरफाइनल समिकरण पुरा भएको छ। गएराती भएको खेलहरुमा इटली र अाइसल्याण्ड विजयी भएसँगै क्वाटरफाइनल खेल्ने आठ टोलीको टुङ्गो लागेको हो। २४ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा अब आठ राष्ट्रमात्र बाँकी छन्। आयोजक फ्रान्स सहित पोल्याण्ड, पोर्चुगल, वेल्स, बेल्जियम, जर्मनी, इटली र आइसल्याण्ड अन्तिम आठमा प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन स्पेन र दाबेदारको रुपमा रहेको इंगल्याण्ड…