काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ। गत सोमबारदेखि शारदीय नवरात्र सुरु भई नित्य कर्मका रुपमा दुर्गा पूजा र आराधना चलिरहेका बेला आजदेखि शुक्र अस्त भएकाले केही मानिसले असर पर्ने भनी गरेको चर्चा शास्त्रीयरुपमा सही नभएको समितिले जानकारी गराएको हो। समितिका अध्यक्ष…
अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु भएको छ। दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी मानिस घाइते भएका छन्। विस्फोट हुँदा विद्यार्थीहरु विश्वविद्यालय परीक्षाको तयारी कक्षामा थिए। विस्फोट भएको क्षेत्रमा हराजा अल्पसंख्यक समुदाय बस्ने गर्छ। उनीहरुलाई लक्षित गरेर यसअघि पनि यो क्षेत्रमा यस्तै विस्फोट भएका छन्। आक्रमणको जिम्मेवारी…
काठमाडौंः बर्दिया प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। असोज १२ गते बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई नियन्त्रणमा लिएको हो। उनले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरे फरार भएका थिए। घाइतेको उपचारको लागि अस्पताल ल्यैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। फरार बाबुलाई आज बिहान गुलरिया नगरपालिका वडा नम्बर ११…
काठमाडौः साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। बिहीबारको भन्दा तोलामा २ सय रुपैयाँले बढेको शुक्रवारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो दिनका तुलनामा बिहीबार सुन तोलामा १२ सय रुपैयाँले बढ्दा कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ भएको थियो।चाँदीको मूल्य शुक्रवार स्थिर छ। अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ बढ्दा…
काठमाडौं : दशैंमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ। कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो। यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक सवारी साधनका लागि टाइम…
काठमाडौं : लाल महम्मद (दर्जी)को हत्यामा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा असोज ४ गते सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को गोली हानेर हत्या गरिएको थियो। घटनाको अनुसन्धान गर्दै जाँदा तीन जनालाई पक्राउ गर्न सफल भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। तर उनीहरु घटनामा सहयोगीको भूमिकामा मात्र भएको खुलेको छ।…
काठमाडौं : काठमाडौं महानगरपालिकाले कुहिने फोहर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटक-पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको महानगरले जनाएको छ। बञ्चरेडाँडामा हानीकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप महानगरले यस किसिमको अध्ययन सुरु गरेको हो। महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयका सदस्य सुनिल…
काठमाडौं : गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सातवाट पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएको थियो। अहिले नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दशैंमा यातायात सहज भएको छ। नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ।…
काठमाडौंः सिरहामा नक्कली नोटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। कल्याणपुर नगरपालिका-११ स्थित बजारबाट १ हजार दरको ५ थान नक्कली नोट सहित सोही नगरपालिका-१० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभत्रि ठुलो असन्तुष्टि रहेको बताएका छन्। शुक्रवार काठमाडौंको चाबहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यसलाई चिर्न आवश्यको रहेको थापाले बताए। 'पार्टीभित्र यत्रो ठुलो असन्तुष्टि छ। यो सबै चिर्नका लागि नयाँ खालको संघर्षको आवश्यकता देखिएको छ,' थापाले भने। पार्टीमा अहिले ठुलो शुद्धीकरण आवश्यक रहेकोसमेत उनले बताए। व्यवस्था बदल्न भनेर जाने व्यक्ति कहिलेकही आफै…
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको बेला सञ्चार माध्यम र सामाजिक सञ्जालमा आउन सामग्रीको अनुगमन निर्वाचन आयोग आफैले गर्ने भएको छ। आयोगले नेपाली सेनाको साइबर ब्युरो र नेपाल प्रहरीको साइबर ब्युरोको प्रतिनिधि राखेर 'प्रेस अफिस'समेत स्थापना गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा रहने उक्त संयन्त्रले अनलाइन सञ्चारमाध्यममा प्रकाशन हुने समाचार, सूचनाका साथै व्यक्तिगत ब्लग र उम्मेदवारहरूको सामाजिक…
काठमाडौंः काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा सोमबार साँझ गोली लागि हत्या गरिएका सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ। हतियार व्यवस्थापन गर्नेदेखि बस्ने प्रवन्ध मिलाउनेसम्मका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। काठमाडौं बाहिर…
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा कोर्स करेक्सन आवश्यक देखिएको बताएका छन्। दसैंको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रियता र इतिहास नै संकटापन्न अवस्थामा पुगेको उल्लेख गर्दै कोर्स करेक्सन आवश्यक रहेको बताएका हुन्। 'डेढ दशको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको छ। हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ। हाम्रा मौलिक धार्मिक संस्कृतिक मान्यताहरु विस्थापित गर्ने…
काठमाडौं : ऐतिहासिक कथावस्तुमा बनेको फिल्म ‘नालापानी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईं र बहादुरीको कथालाई देख्न सकिन्छ। तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मलाई रिमेश अधिकारीको निर्देशन गरेका हुन्। यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र…
काठमाडौं : शुक्रवार सिनेमा हलमा एक नेपाली र दुई विदेशी फिल्महरू प्रदर्शनमा आउँदै छन्। नेपाली फिल्मतर्फ ‘बाबरी’ र विदेशी फिल्मतर्फ भारतीय फिल्म ‘विक्रम बेधा’ र ‘पोन्नियिन सेलवान’ रिलिज भएका हुन्। सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ। फिल्ममा अदिती बुढाथोकी, धिरज मगर र धीरज नाड्करको मुख्य भूमिका रहेको छ। साथै फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव…
काठमाडौं : नेकपा (एमाले)को सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ। अन्तिम बन्दसूची निर्वाचन आयोगमा एमालेले असोज १५ गते भित्र बुझाउने तय भएको छ। सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 'समानुपातिक तर्फको प्राथमिक लिष्ट हामीले तयार पारेका थियौं त्यसमा आवश्यक थप घट गर्न अध्यक्षज्यूलाई अधिकार प्रत्यायोजन गरेका छौ,' गुरुङले…
काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमालेको सचिवालयको बैठक बसिरहेको छ। साँझ सुरु भएको बैठक मध्यरातसम्मै लम्बिएको हो। यसअघि दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो। नभ्याइएको भन्दै उक्त बैठक केही घण्टा पछि सारिएको थियो। एमालेले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार तय गर्न बैठक बोलाएको हो। एमालेका शीर्ष नेताका बीचमा उम्मेदवारका…
काठमाडौं: पचली भैरवलाई थकु जुजुको घरबाट टेकुस्थित पचलीमा रहेको मन्दिर पुर्याइएको छ। पचली भैरवको मूर्तिलाई खटमा राखेर मन्दिर पुर्याइएको हो। मन्दिरमा पुर्याइएपछि पचली भैरवको विधिवत् पूजा गरि घ्याम्पोमा प्रसाद चढाइएको थियो। साँझ भने मन्दिर परिसरमा नै होम गरिएको छ। घटस्थापनाको दिन पा:ला: को घरबाट कोहितिमा रहेका पुं (चित्रकार) कहाँ मूर्ति लगिएको थियो। आज दिउँसो त्यहाँ मूर्तिलाई रंग्याउने काम भयो। त्यसपछि…
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पाँच लाख ५० हजार चक्की सिटामोल वितरण गरेको छ। डेङ्गीको उच्च संक्रमणबीच उपत्यकामा सिटामोल समेत अभाव भएको भन्दै आलोचना भइरहेका बेला मन्त्रालयले वितरण गरेको हो। मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न सरकारी र सामुदायिक अस्पताल तथा तीनै जिल्लाका स्थानीय तहलाई निःशुल्क रुपमा उक्त मात्रामा सिटामोल वितरण गरेको हो। निःशुल्क वितरणका लागि अस्पतालहरुलाई मन्त्रालयले पारासिटामोल…
काठमाडौंः नेपाल बार एशोसिएशनले कायम मुकायम प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीश सरहको सुविधा दिनेगरी गरेको निर्णय प्रचलित कानुन विपरीत भएको बताएको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले विज्ञप्ति जारी गर्दै कुनै व्यक्ति र पदलाई लक्षित गरी भएको निर्णय स्वतन्त्र न्यायपालिकाको अवधारणा विपरीत भएको बताएका छन्। बारले सो सुविधा नलिने कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आग्रह समेत गरेको छ। बारले विज्ञप्तिमा…